विश्व रेडियोग्राफी दिवस, २०२६
- हरेक वर्ष नोभेम्बर ८ तारिखमा विश्वभर मनाइन्छ (तदनुसार वि.सं. २०८३ कात्तिक २२ गते)
- मुख्य नारा (Theme 2026): ""Professionalism in Radiography"
- ऐतिहासिक पृष्ठभूमि: जर्मन भौतिकशास्त्री विल्हेल्म कोनराड रोएन्टजेन (Wilhelm Conrad Röntgen) ले सन् १८९५ नोभेम्बर ८ मा एक्स-रे (X-ray) पत्ता लगाएको दिनको सम्झनामा यो दिवस मनाइन्छ— सन् २०२६ मा एक्स-रे पत्ता लागेको १३१औँ वार्षिकोत्सव मनाइँदै,
- सुरुवात: सन् २००७ देखि विश्व रेडियोग्राफी दिवस र सन् २०१२ देखि अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस (International Day of Radiology) मनाउन थालिएको,
- भौतिकशास्त्रतर्फको पहिलो नोबेल पुरस्कार: एक्स-रेको खोजबापत विल्हेल्म रोएन्टजेनले सन् १९०१ मा भौतिकशास्त्रतर्फको पहिलो नोबेल पुरस्कार प्राप्त गरेका,
- प्रमुख प्रविधिहरू: रेडियोग्राफीअन्तर्गत एक्स-रे (X-ray), सिटी स्क्यान (CT Scan), एमआरआई (MRI), अल्ट्रासाउन्ड (Ultrasound), म्यामोग्राफी (Mammography) र फ्लोरोस्कोपी (Fluoroscopy) पर्दछन्,