Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालका राष्ट्रिय विभूतिहरु

  • Ajnabee Khadka
  • November 10, 2026
  • 179

नेपालका राष्ट्रिय विभूतिहरु

National figures of Nepal

विषय प्रवेश भन्दा अघि: नेपालमा राष्ट्रिय विभूति घोषणा:

  • सुरुवात गर्ने व्यक्तित्व: राजा महेन्द्र
  • वि.सं. २०१६ मा सुरुमा घोषित विभूति संख्या: १३ जना— प्रसिद्ध नाट्यकार तथा साहित्यकारको अधक्षतामा गठित आयोगको सिफारिसमा भएको,
  • घोषणाको मुख्य मापदण्ड: धार्मिक, शैक्षिक, सांस्कृतिक, आर्थिक सुधार, युद्धकालीन वीरता, साहित्य, वास्तुकला वा प्रजातन्त्रका क्षेत्रमा राष्ट्रको गौरव बढाएको हुनुपर्ने,
  • महत्वपूर्ण कानुनी नियम: राष्ट्रिय विभूतिको उपाधि मरणोपरान्त (मृत्यु पछि) मात्र प्रदान गरिन्छ। यो जीवित व्यक्ति वा कुनै नियमित पुरस्कारका रूपमा दिइँदैन।
  • हालको राष्ट्रिय विभूति सिफारिस निकाय: नेपाल प्रज्ञा-प्रतिष्ठान (विज्ञहरूको आयोग/टोलीको छलफल र सिफारिसका आधारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा लगिन्छ,)
  • अन्तिम निर्णय गर्ने निकाय: नेपाल सरकार (मन्त्रिपरिषद्)
  • हालसम्मको कुल संख्या: १८ जना (पछिल्लोपटक जयपृथ्वीबहादुर सिंह थपिएका,)
  • लामो समयपछि थपिएको विभूति: सुरुका १३ जना पछि ४४ वर्षपछि १४ औं विभूतिका रूपमा शङ्खधर साख्वा (वि.सं. २०५६) लाई थपिएको,
  • पछिल्लो (१८ औं) विभूति: जयपृथ्वीबहादुर सिंह (मन्त्रिपरिषद्को निर्णय मिति: वि.सं. २०७९ असार ६ गते)

नेपालका राष्ट्रिय विभूतिहरु:

क्र.सं. राष्ट्रिय विभूतिको नाम परिचय विभूति घोषणा मिति
१. श्री गौतम बुद्ध
  • को हुन्?: 'एसियाका ज्योति (Light of Asia)' भनेर चिनिने बौद्ध धर्मका प्रवर्तक,
  • मुख्य योगदानहरू: विश्वमा शान्ति, अहिंसा, चार आर्य सत्य र अष्टाङ्गिक मार्गको सन्देश फैलाएर मानवताको कल्याण गर्नु,
वि.सं. २०१६
२. राजा अंशुवर्मा
  • को हुन्?: लिच्छविकालका प्रतापी राजा— उनको शासनकाललाई नेपालको इतिहासमा स्वर्णयुग मानिन्छ,
  • मुख्य योगदानहरू: तिब्बतसँग कूटनीतिक सम्बन्ध विस्तार (भृकुटीको विवाह), संस्कृतिको विकास, र शासन व्यवस्थालाई सुदृढ गर्नु,
वि.सं. २०१६
३. राजा जनक
  • को हुन्?: प्राचीन मिथिला (विदेह) राज्यका राजा तथा माता सीताका पिता
  • मुख्य योगदानहरू: वैदिक साहित्य (बृहदारण्यक उपनिषद आदि) मा दार्शनिक चिन्तन, निष्काम कर्म र आदर्श राज्य सञ्चालनको परम्परा बसालेका,
वि.सं. २०१६
४. माता सीता
  • को हुन्?: राजा जनककी पुत्री तथा भगवान विष्णुका मानव अवतर मानिने भगवान श्री रामकी पत्नी
  • मुख्य योगदानहरू: त्याग, पवित्रता, सहनशीलता र आदर्श नारीत्वको प्रतीकको रूपमा नेपाली सांस्कृतिक पहिचान स्थापित गरेकी,
वि.सं. २०१६
५. अरनिको
  • को हुन्?: १३औँ शताब्दीका प्रख्यात नेपाली वास्तुकार, शिल्पी तथा चित्रकार
  • मुख्य योगदानहरू: चीन र तिब्बतमा नेपाली प्यागोडा शैलीको वास्तुकला भित्र्याएका (बेइजिङको प्रसिद्ध 'श्वेत चैत्य' का निर्माणकर्ता)
वि.सं. २०१६
६. राजा राम शाह
  • को हुन्?: गोरखाका प्रख्यात तथा न्यायप्रेमी शाह वंशीय राजा
  • मुख्य योगदानहरू: "न्याय नपाए गोरखा जानू" उखान स्थापित गर्ने, मान-पाथी तथा नापतौल प्रणाली र दण्ड-सजायको कानुनी थिति बसालेका,
वि.सं. २०१६
७. अमरसिंह थापा
  • को हुन्?: नेपालका बडाकाजी तथा पश्चिम नेपालका सर्वोच्च सैन्य कमान्डर ('पश्चिमका जीवित सिंह')
  • मुख्य योगदानहरू: नेपाल-अंग्रेज युद्धमा सतलज नदीसम्म नेपालको सिमाना रक्षाका लागि अंग्रेजविरुद्ध वीरतापूर्वक नेतृत्व र संघर्ष गरेका,
वि.सं. २०१६
८. पृथ्वीनारायण शाह
  • को हुन्?: आधुनिक नेपालका निर्माणकर्ता
  • मुख्य योगदानहरू: बाइसे-चौबिसे राज्यहरूलाई एकीकरण गरी विशाल नेपालको सिर्जना तथा 'दिव्योपदेश' मार्फत राष्ट्रिय सुरक्षा र परराष्ट्र नीतिको मार्गदर्शन दिएका,
वि.सं. २०१६
९. भानुभक्त आचार्य
  • को हुन्?: नेपाली साहित्यका 'आदिकवि'
  • मुख्य योगदानहरू: अध्यात्मरामायणलाई नेपाली भाषामा अनुवाद गरी र नेपाली भाषा, साहित्यको माध्यमबाट सिंगो देशलाई भावनात्मक रूपमा एकसूत्रमा बाँधेका,
वि.सं. २०१६
१०. भीमसेन थापा
  • को हुन्?: नेपालका पहिलो प्रधानमन्त्री
  • मुख्य योगदानहरू: नेपाली सेनाको आधुनिकीकरण, धरहरा (भीमसेन स्तम्भ) निर्माण, प्रशासनिक र सामाजिक सुधार तथा देशको अखण्डता रक्षाका लागि संघर्ष
वि.सं. २०१६
११. बलभद्र कुँवर
  • को हुन्?: नेपाल-अंग्रेज युद्धका वीर गोर्खाली सेनानायक
  • मुख्य योगदानहरू: नेपाल-अंग्रेज युद्ध अन्तर्गत नालापानीको लडाईमा अत्यन्त सीमित स्रोत र पानीविना पनि अंग्रेज सेनालाई कडा टक्कर दिई अदम्य वीरता प्रदर्शन गरेका,
वि.सं. २०१६
१२. राजा त्रिभुवन
  • को हुन्?: नेपालको पहिलो प्रजातान्त्रिक राजा
  • मुख्य योगदानहरू: जनताको साथ दिँदै १०४ वर्षको जहानियाँ राणा शासन अन्त्य गर्न र वि.सं. २००७ सालमा प्रजातन्त्र स्थापना गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका,
वि.सं. २०१६
१३. मोतिराम भट्ट
  • को हुन्?: नेपाली साहित्यका 'युवाकवि' तथा साहित्यिक पुनर्जागरणका प्रणेता
  • मुख्य योगदानहरू: आदिकवि भानुभक्तका रचनाहरू खोजी गरी प्रकाशनमा ल्याएका, नेपाली साहित्यमा गजल र शृङ्गार रसको भित्र्याउने काम गरेका,
वि.सं. २०१६
१४. शंखधर साख्वा
  • को हुन्?: काठमाडौँका प्रख्यात व्यापारी, समाजसेवी तथा परोपकारी
  • मुख्य योगदानहरू: नेपाल संवत् (११२० ई.) को शुरुआत गरी गरिब तथा विपन्न जनताको ऋण चुक्ता गरेर मुक्ति दिलाएका (नेपाल संवत्का प्रवर्तक)

वि.सं. २०५६ मङ्सिर १८ (सन् १९९९ डिसेम्बर ५)

१५. पासाङ ल्हामु शेर्पा
  • को हुन्?: विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने पहिलो नेपाली महिला
  • मुख्य योगदानहरू: नेपाली महिलाहरूको साहस, दृढ संकल्प र आत्मविश्वासको प्रतीक बनेर राष्ट्रको गौरवलाई अन्तराष्ट्रियस्तरमा उच्च बनाएकी,

वि.सं. २०५९ वैशाख १० (सन् २००२ अप्रिल २३)

१६. महागुरु फाल्गुनन्द
  • को हुन्?: किराँत धर्मका सुधारक, समाजसुधारक तथा आध्यात्मिक गुरु
  • मुख्य योगदानहरू: समाजमा रहेका विकृति-विसङ्गति (जस्तै: जीव बलि, मदिरा सेवन) विरुद्ध अभियान चलाएका, सत्यहाङ्लुङ पन्थको स्थापना र सामाजिक/शैक्षिक सुधार गरेका,

वि.सं. २०६६ मङ्सिर १६ (सन् २००९ डिसेम्बर २)

१७. सरदार भक्ति थापा
  • को हुन्?: नेपाल-अंग्रेज युद्धका सेनानायक
  • मुख्य योगदानहरू: उमेर ढल्किए पनि देशको सिमाना र स्वाधीनता रक्षाका लागि देउथलको युद्धमा तरबार बोकेर लड्दै वीरगति प्राप्त गरेका,

वि.सं. २०७८ असार १४ (सन् २०२१ जुन २८)

१८. जयपृथ्वीबहादुर सिंह
  • को हुन्?: नेपालका शिक्षाविद्, मानवअधिकारवादी तथा पहिलो नेपाली अखबार 'गोरखापत्र'का पहिलो सम्पादक
  • मुख्य योगदानहरू: नेपालमा आधुनिक शिक्षा प्रणालीको प्रचारप्रसार, व्यावहारिक शिक्षाको प्रवर्द्धन र विश्व बन्धुत्व तथा मानवअधिकारको पक्षमा वकालत

वि.सं. २०७९ असार ६ (सन् २०२२ जुन २०)

  • वि.सं. २०१६ मा सर्वप्रथम विभूति घोषित व्यक्तित्वहरु: राजा जनक, आदर्श नारी सीता, गौतम बुद्ध, अंशुवर्मा, अरनिको, रामशाह, पृथ्वीनारायण शाह, भानुभक्त, भीमसेन थापा, अमरसिंह थापा, बलभद्र कुँवर, मोतीराम भट्ट र राजा त्रिभुवन
  • सबैभन्दा पछिल्लोसमयमा विभूति घोषित भएका व्यक्तित्व: जयपृथ्वीबहादुर सिंह (वि.सं. २०७९ असार ६ मा विभूति घोषित भएका,)
  • वि.सं. २०१६ साल यताको ताका विभूति घोषित भएका व्यक्तित्वहरु क्रमशः
    • १४ औं विभूति: शङ्खधर साख्वा (घोषणा: २०५६ मंसिर ३)
    • १५ औं विभूति: पासाङ ल्हामु शेर्पा (घोषणा: २०५९ वैशाख १०)
    • १६ औं विभूति: महागुरु फाल्गुनन्द (घोषणा: २०६६ मंसिर १६)
    • १७ औं विभूति: सरदार भक्ति थापा (मन्त्रिपरिषद् निर्णय मिति २०७८ असार १४)
    • १८ औं विभूति: जयपृथ्वीबहादुर सिंह (घोषणा: २०७९ असार ६)
  • वि.सं. २०१६ साल यताको ताका यता व्यक्तित्वहरु कसको पालामा विभूति घोषित भएका?:
    • शङ्खधर साख्वा: प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पालामा
    • पासाङ ल्हामु शेर्पा: प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा
    • महागुरु फाल्गुनन्द: प्रधानमन्त्री माधवकुमार नेपालको पालामा
    • सरदार भक्ति थापा: प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा
    • जयपृथ्वीबहादुर सिंह:  प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा
  • पहिलो महिला विभूति: पासाङ ल्हामु शेर्पा
  • लामो समयपछि थपिएको विभूति: शङ्खधर साख्वा (वि.सं. २०५६)— सुरुका १३ जना पछि ४४ वर्षपछि १४ औं विभूतिका रूपमा उनलाई थपिएको,

Categories

  • Current Affairs 866
  • Gorkhapatra 354
  • Others 1206
  • Vacancy 1
  • Past Questions 162
  • Nepal Police 10

Latest Blogs

Booker Prize 2026
Current Affairs

बुकर पुरस्कार, २०२६

  • Nov 10, 2026
  • 168
World Science Day for Peace and Development
Current Affairs

शान्ति र विकासको लागि विश्व विज्ञान दिवस, २०२६

  • Nov 10, 2026
  • 160
National figures of Nepal
Others

नेपालका राष्ट्रिय विभूतिहरु

  • Nov 10, 2026
  • 178
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (History of Nepal)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (नेपालको इतिहास)

  • Nov 09, 2026
  • 74
International Day Against Fascism and Anti-Semitism
Current Affairs

फासीवाद र यहूदी विरोधीता विरुद्धको अन्तर्राष्ट्रिय दिवस

  • Nov 09, 2026
  • 69
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA