विश्व जनसंख्या दिवस, २०२६
- दिवस मनाइने मिति: हरेक वर्षको जुलाई ११ (वि.सं. २०८३ मा असार १७ गते यो दिन परेको,)
- सन् २०२६ को अन्तर्राष्ट्रिय नारा (Theme): "Realizing the hopes and aspirations of young people: today and for the future" (युवाहरूको आशा र आकांक्षाको पहिचान: आज र भविष्यका लागि)
- ऐतिहासिक पृष्ठभूमि: सन् १९८७ जुलाई ११ मा विश्वको जनसंख्या ५ अर्ब (बिलियन) पुगेको दिन (Five Billion Day) लाई आधार मानी यो दिवस तय गरिएको,
- दिवस मनाउने निर्णय: संयुक्त राष्ट्रसंघीय विकास कोष (UNDP) को गभर्निङ काउन्सिलले सन् १९८९ मा यो दिवस मनाउने निर्णय गरेको,
- दिवस मनाउन थालिएको मिति: आधिकारिक रूपमा पहिलो पटक सन् १९९० देखि यो दिवस मनाउन थालिएको,
- विश्वको हालको कुल जनसंख्या: आठ अर्ब तीस करोड (8.3 Billion)
- राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कुल जनसंख्या: २,९१,६४,५७८
- सबैभन्दा धेरै जनसंख्या भएको राष्ट्र: भारत
- सबैभन्दा थोरै जनसंख्या भएको राष्ट्र: भ्याटिकन सिटी