विश्व निमोनिया दिवस, २०२६
- हरेक वर्ष नोभेम्बर १२ तारिखका दिन मनाइन्छ,
- दिवस सुरुवात वर्ष: सन् २००९ नोभेम्बर १२ बाट
- दिवस स्थापना गर्ने संस्था: 'बाल निमोनिया विरुद्धको विश्वव्यापी गठबन्धन (Global Coalition Against Child Pneumonia)' नामक संस्थाको पहलमा
- सन् २०२६ को नारा: "A New Era of Pneumonia Control"
- मुख्य उद्देश्य: निमोनियाको रोकथाम, समयमै पहिचान तथा उपचारका बारेमा विश्वव्यापी जनचेतना फैलाउनु
- रोगको परिचय: निमोनिया फोक्सोमा संक्रमण भई वायुकोष (Alveoli) सुन्निने तथा पानी वा पिप जम्ने एक गम्भीर श्वासप्रश्वासजन्य रोग
- प्रमुख कारक तत्व: यो रोग मुख्यतया स्ट्रेप्टोकोकस निमोनिया (Streptococcus pneumoniae) नामक ब्याक्टेरिया र विभिन्न भाइरस तथा ढुसीको संक्रमणबाट
- मुख्य लक्षणहरू: छिटो-छिटो सास फेर्नु, कोखा हान्नु, उच्च ज्वरो आउनु र खोकी लाग्नु
- अति जोखिम समूह: ५ वर्षमुनिका बालबालिका, ६५ वर्षमाथिका ज्येष्ठ नागरिक र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिहरू
- बाल मृत्युदरको स्थिति: विश्व स्वास्थ्य सङ्गठन (World Health Organization - WHO) का अनुसार ५ वर्षमुनिका बालबालिकाको संक्रामक रोगबाट हुने मृत्युको सबैभन्दा प्रमुख कारण
- नेपालमा खोप तालिका: नेपालको राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत निमोनिया विरुद्धको PCV (Pneumococcal Conjugate Vaccine) खोप शिशु जन्मेको ६ हप्ता, १० हप्ता र ९ महिनामा गरी ३ मात्रा दिइन्छ,
- रोकथामका उपाय: नियमित खोप, जन्मेको ६ महिनासम्म पूर्ण स्तनपान, सन्तुलित पोषण र धुवाँधुलोबाट बच्नु निमोनिया रोकथामका मुख्य उपाय
- अन्तर्राष्ट्रिय कार्ययोजना. विश्व स्वास्थ्य सङ्गठन (WHO) र संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय बाल शिक्षा कोष (United Nations International Childrens Education Fund - UNICEF) ले सन् २००९ मा नै निमोनिया रोकथाम तथा नियन्त्रणका लागि विश्वव्यापी कार्ययोजना (Global Action Plan for the Prevention and Control of Pneumonia - GAPP) सार्वजनिक गरेका,