'TIME100 Climate 2026' र अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
- नेपालका माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्वका १०० प्रभावशाली जलवायु नेताहरूको सूचीमा छनोट भएका,
- सूची सार्वजनिक मिति. सन् २०२६ नोभेम्बर ९ (वि.सं. २०८३ कार्तिक २३ गते)
- सूचीको नाम. 'टाइम १०० क्लाइमेट २०२६ (TIME100 Climate 2026)'
- छनोटको मुख्य आधार: जलवायु न्याय, अन्तर्राष्ट्रिय जलवायु वित्त परिचालन र हिमाली राष्ट्रहरूको क्षतिका पक्षमा विश्वमञ्चमा गरेको सशक्त वकालतका आधारमा
- विनाशकारी हिमताल बाढी: सन् २०२६ अगस्ट महिनामा नेपालमा भएको हिमताल विस्फोटनपछिको बाढी (Glacial Flood) ले १,५०० भन्दा बढीको मृत्यु र हजारौँलाई विस्थापित गराएको,
- पुनर्निर्माण लागत अनुमान: उक्त विनाशकारी बाढीपछिको पुनर्निर्माण तथा पुनरुत्थानका लागि कुल ५ अर्ब अमेरिकी डलर ($5 billion) लागत अनुमान गरिएको,
- जलवायु क्षतिपूर्तिको अनुरोध: नेपाल सरकारले जलवायु क्षतिपूर्तिका लागि विश्वका तीन प्रमुख हरितगृह ग्यास उत्सर्जक देशहरू चीन, अमेरिका र भारत समक्ष औपचारिक अनुरोध पठाएको,
- हानि तथा नोक्सानी कोष: जलवायु परिवर्तनका कारण हुने विनाशबाट प्रभावित देशहरूलाई सहयोग गर्न स्थापित विश्वव्यापी वित्तीय संयन्त्र हानि तथा नोक्सानी कोष (Loss and Damage Fund)
- कोषबाट अस्थायी स्वीकृति: संयुक्त राष्ट्रसङ्घ (United Nations - U.N.) ले नेपाललाई हानि तथा नोक्सानी कोषमार्फत २ करोड १६ लाख अमेरिकी डलर ($21.6 million) उपलब्ध गराउन सन् २०२६ अक्टोबर २२ मा अस्थायी स्वीकृति दिएको— नेपालले प्राप्त गरेको उक्त २ करोड १६ लाख डलर रकम हानि तथा नोक्सानी कोष (Loss and Damage Fund) को इतिहासमै पहिलो परिचालन (First use case)
- अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुति. टर्कीको अन्टाल्यामा सुरु भएको जलवायु सम्मेलन कोप-३१ (COP31) को सन्दर्भ पारेर नेपालको हिमाली जोखिम र जलवायु न्यायको मुद्दालाई अन्तर्राष्ट्रियकरण गरेकोमा टाइमले प्रशंसा गरेको,