विश्व बिरामी सुरक्षा दिवस, २०२६
- दिवस मनाइने मिति: हरेक वर्षको सेप्टेम्बर १७ (तदनुसार वि.सं. २०८३ असोज १ गते)
- सन् २०२६ को अन्तर्राष्ट्रिय नारा (Slogan): "Safe care for life! (जीवनका लागि सुरक्षित हेरचाह!)"
- सन् २०२६ को मुख्य विषयवस्तु (Theme): "Safe care for noncommunicable diseases (नसर्ने रोगहरूको लागि सुरक्षित हेरचाह)"
- नेपालको राष्ट्रिय नारा: 'सुरक्षित उपचार र निरन्तर हेरचाह, नसर्ने रोग व्यवस्थापनको बलियो आधार'
- दिवसको संस्थागत सुरुवात: विश्व स्वास्थ्य संगठन (WHO) को ७२ औँ विश्व स्वास्थ्य सभाले सन् २०१९ मे महिनामा पारित गरेपछि सन् २०१९ देखि औपचारिक रूपमा मनाउन थालिएको,
- नाराको मुख्य केन्द्रबिन्दु: दीर्घकालीन उपचार चाहिने मुटुरोग, मधुमेह, क्यान्सर र श्वासप्रश्वास जस्ता नसर्ने रोग (NCDs) को उपचारका क्रममा हुन सक्ने स्वास्थ्यजन्य जोखिम र त्रुटिहरू न्यूनीकरण गर्नु,