विश्व स्वतन्त्रता दिवस २०२६
- हरेक वर्ष नोभेम्बर ९ तारिखका दिन विश्वभर यो दिवस मनाइन्छ (तदनुसार वि.सं. २०८३ कात्तिक २३ गते)
- सन् १९८९ नोभेम्बर ९ मा जर्मनीमा शीतयुद्धको प्रतीक मानिएको बर्लिनको पर्खाल (Berlin Wall) भत्काइएको दिनको सम्झनामा यो दिवस मनाउन सुरु गरिएको,
- के थियो बर्लिनको पर्खाल?: दोस्रो विश्वयुद्धपछि विभाजित जर्मनीमा पूर्वी बर्लिन (साम्यवादी) र पश्चिम बर्लिन (लोकतन्त्रवादी) लाई छुट्याउन सन् १९६१ मा निर्माण गरिएको पर्खाल
- सन् २००१ मा अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुस (George W. Bush) ले बर्लिनको पर्खाल भत्किएको ऐतिहासिक घटनाको सम्मान र साम्यवादको पतनको उत्सव मनाउन आधिकारिक रूपमा यो दिवसको घोषणा गरेका,
- मुख्य उद्देश्य: युरोपमा शीतयुद्धको अन्त्य भएको सम्झना गर्दै विश्वभर लोकतन्त्र, व्यक्तिगत स्वतन्त्रता र मानव अधिकारको प्रवर्द्धन गर्नु,