Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

वि.सं. २०८३ असारसम्म लोकसेवाले सोधका विश्वको भूगोल सम्बन्धी प्रश्नहरू

  • Ajnabee Khadka
  • July 26, 2026
  • 33

वि.सं. २०८३ असारसम्म लोकसेवाले सोधका विश्वको भूगोल सम्बन्धी प्रश्नहरू

World Geography Questions Asked by Public Service Commission till Asar 2083 BS
  1. युरोप र एशियाबीचको समुद्री दूरी छुट्याउने नहर तलका मध्ये कुन हो? [नायब सुब्बा, २०८३/०१/२०]
    • (A) Panama Canal
    • (B) Suez Canal ✓
    • (C) Kiel Canal
    • (D) Corinth Canal
  2. देहायका मध्ये कुन भनाई सत्य होइन? [नायब सुब्बा, २०८३/०१/२०]
    • (A) महाद्विपीय प्रवाह सिद्धान्त जर्मनीका अल्फ्रेड वेनरले पत्ता लगाएका हुन्।
    • (B) रिकापिय विवर्तनीय सिद्धान्तसँग सम्बन्धित।
    • (C) व्यापारिक वायु भूमध्य रेखामा पाइन्छ।
    • (D) मनसुनी वायु ग्रीष्मऋतुमा जमिनबाट समुद्रतर्फ बहन्छ। ✓
  3. मिसिसिपी नदीको उद्गमस्थल कुन हो? [मधेश प्रदेश, सातौं, २०८३/०१/१९]
    • A) इटास्का ताल (Lake Itasca) ✓
    • B) सुपेरियर ताल (Lake Superior)
    • C) ओन्टारियो ताल (Lake Ontario)
    • D) मिसौरी ताल (Lake Missouri)
  4. अबोरिजिनल (Aboriginal) आदिवासीको बसोबास मुख्यतया कुन देशमा रहेको छ? [मधेश प्रदेश, सातौं, २०८३/०१/१९]
    • A) न्युजिल्याण्ड
    • B) क्यानडा
    • C) अस्ट्रेलिया ✓
    • D) दक्षिण अफ्रिका
  5. विश्वमा सबैभन्दा बढी आप्रवासी (Immigrant) बसोबास गर्ने देश कुन हो? [कोशी प्रदेश, चौथो, २०८३/०१/२६]
    • (A) क्यानडा
    • (B) अस्ट्रेलिया
    • (C) अमेरिका ✓
    • (D) जर्मनी
  6. संसारकै सबैभन्दा गहिरो समुद्री बिन्दु कुन हो? [कोशी प्रदेश, चौथो, २०८३/०१/२६]
    • (A) Factorian Deep
    • (B) Sirena Deep
    • (C) Emerald Deep
    • (D) Challenger Deep ✓
  7. तलका मध्ये कुन भनाइ गलत छ? [कोशी प्रदेश, चौथो, २०८३/०१/२६]
    • (A) विश्वको सबैभन्दा ठूलो भूपरिवेष्ठित देश अफगानिस्तान हो। ✓
    • (B) अष्ट्रेलियामा पाइने घाँसे मैदानलाई डाउन्स भनिन्छ।
    • (C) दक्षिण अमेरिकाको सबैभन्दा ठूलो नदी अमेजन हो।
    • (D) साँढे जुधाई स्पेनको राष्ट्रिय खेल हो।
  8. सुप्रसिद्ध भिक्टोरिया ताल कुन-कुन तीनवटा देशहरूसँग बाँडिएको छ? [सशस्त्र प्रहरी निरीक्षक, २०८३/०२/०८]
    • (A) केन्या, युगान्डा, तान्जानिया ✓
    • (B) इथियोपिया, सुडान, इजिप्ट
    • (C) रुवान्डा, बुरुन्डी, सुडान
    • (D) नाइजेरिया, क्यामरुन, चाड
  9. चीनको Great Wall पर्खालको लम्बाई कति रहेको छ? [सशस्त्र प्रहरी निरीक्षक, २०८३/०२/०८]
    • (A) २१,१९६ किमी ✓
    • (B) २२,१९६ किमी
    • (C) २१,२९३ किमी
    • (D) २२,१९३ किमी
  10. सुमेरु महासागरले देहायका राष्ट्र मध्ये कुनलाई छुँदैन? [सशस्त्र प्रहरी निरीक्षक, २०८३/०२/०८]
    • (A) क्यानाडा
    • (B) डेनमार्क
    • (C) एण्डोरा ✓
    • (D) आयरल्याण्ड
  11. ग्रेट ब्यारियर रिफ कुन महादेशको समुद्री तटमा पर्दछ? [सशस्त्र प्रहरी निरीक्षक, २०८३/०२/०८]
    • (A) एशिया
    • (B) अफ्रिका
    • (C) दक्षिण अमेरिका
    • (D) अष्ट्रेलिया ✓
  12. पृथ्वीको उत्तरी र दक्षिणी ध्रुव जोड्ने अर्धवृत्ताकार काल्पनिक रेखालाई के भनिन्छ?  [ने.वि.प्रा.,पाँचौ (मिटरिडिङ सुपरभाइजर/लेखापाल), २०८३/०२/२३] 
    • A) अक्षांश
    • B) देशान्तर ✓
    • C) कर्कट रेखा
    • D) मकर रेखा
  13. महादेशका सम्बन्धमा तलका मध्ये कुन कथन सही छ? [सशस्त्र प्रहरी सहायक निरीक्षक, २०८३/०२/२७]
    • (A) सबैभन्दा सानो अफ्रिका हो ।
    • (B) सबैभन्दा पुरानो एशिया हो ।
    • (C) एशियामा सबैभन्दा धेरै भाषा बोलिन्छ । ✓
    • (D) दक्षिण अमेरिका भन्दा उत्तर अमेरिका सानो छ ।
  14. लण्डन शहर कुन नदीको किनारमा अवस्थित छ? [सशस्त्र प्रहरी सहायक निरीक्षक, २०८३/०२/२७]
    • (A) नाइल
    • (B) ओन्टारियो
    • (C) टेम्स ✓
    • (D) राइन
  15. सबैभन्दा धेरै देशहरू भएको महादेश कुन हो? [सशस्त्र प्रहरी सहायक निरीक्षक, २०८३/०२/२७]
    • (A) एशिया
    • (B) अफ्रिका ✓
    • (C) उत्तर अमेरिका
    • (D) दक्षिण अमेरिका
  16. "वाणिज्य महासागर" भनेर कुन महासागरलाई भनिन्छ? [सशस्त्र प्रहरी सहायक निरीक्षक, २०८३/०२/२७]
    • (A) हिन्द महासागर
    • (B) सुमेरु महासागर
    • (C) आन्ध्र महासागर ✓
    • (D) प्रशान्त महासागर
  17. पानामा नहरको पूर्ण नियन्त्रण अमेरिकाले पानामालाई कहिले हस्तान्तरण गरेको थियो? [सशस्त्र प्रहरी सहायक निरीक्षक, २०८३/०२/२७]
    • (A) सन् १९०३
    • (B) सन् १९६४
    • (C) सन् १९८९
    • (D) सन् १९९९ ✓
  18. संसारको सबैभन्दा धेरै देशहरू भएर बग्ने नदी कुन हो? [सशस्त्र प्रहरी सहायक निरीक्षक, २०८३/०२/२७]
    • (A) डेन्युब ✓
    • (B) राइन
    • (C) नाइल
    • (D) गंगा
  19. ज्वालामुखी नभएको महादेश कुन हो? [गोरखापत्र संस्थान, लेखा अधिकृत (छैठाैँ), २०८३/०३/०५]
    • A) युरोप
    • B) अष्ट्रेलिया ✓
    • C) उत्तर अमेरिका
    • D) दक्षिण अमेरिका
  20. संसारको सबैभन्दा ठूलो ताजा पानीको ताल कुन हो? [गोरखापत्र संस्थान, लेखा अधिकृत (छैठाैँ), २०८३/०३/०५]
    • A) भिक्टोरिया
    • B) सुपेरियर ✓
    • C) क्यास्पियन
    • D) उराल
  21. क्षेत्रफलका आधारमा ठूलो द्वीप वा टापु तलका मध्ये कुन हो? [गोरखापत्र संस्थान, लेखा अधिकृत (छैठाैँ), २०८३/०३/०५]
    • A) माडागास्कर
    • B) श्रीलंका
    • C) पपुवा न्यू गिनी
    • D) ग्रीनल्याण्ड ✓
  22. सियाचेन हिमनदी कुन महादेशमा पर्दछ? [गोरखापत्र प्रशासन, अधिकृत, २०८३/०३/०७]
    • (A) अफ्रिका
    • (B) अन्टार्कटिका
    • (C) अष्ट्रेलिया
    • (D) एसिया ✓
  23. विश्वको दोस्रो ठूलो महादेश कुन हो? [गोरखापत्र प्रशासन, अधिकृत, २०८३/०३/०७]
    • (A) एसिया
    • (B) अफ्रिका ✓
    • (C) उत्तर अमेरिका
    • (D) दक्षिण अमेरिका
  24. किलिमञ्जारो हिमाल कुन देशमा पर्दछ? [गोरखापत्र प्रशासन, अधिकृत, २०८३/०३/०७]
    • (A) पाकिस्तान
    • (B) तान्जानिया ✓
    • (C) रुस
    • (D) अर्जेन्टिना
  25. क्षेत्रफलका आधारमा विश्वको सबैभन्दा ठूलो ताल कुन हो? [CTEVT, तृतीय, २०८३/०३/२७]
    • A) बैकाल ताल
    • B) भिक्टोरिया ताल 
    • C) क्यास्पियन सागर ✓
    • D) टोरेन्स ताल
  26. एण्डिज पर्वत कुन महादेशमा रहेको छ? [CTEVT, तृतीय, २०८३/०३/२७]
    • A) एसिया
    • B) दक्षिण अमेरिका ✓
    • C) युरोप
    • D) उत्तर अमेरिका
  27. एसिया महादेशको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश कुन हो? [CTEVT, तृतीय, २०८३/०३/२७]
    • A) भारत
    • B) सिंगापुर
    • C) चीन ✓ 
    • D) जापान
  28. संसारको सबैभन्दा लामो समुन्द्री तट भएको देश कुन हो? [CTEVT, तृतीय, २०८३/०३/२७]
    • A) अष्ट्रेलिया
    • B) रूस
    • C) क्यानडा ✓
    • D) इन्डोनेसिया
  29. क्षेत्रफल तथा जनसंख्याका हिसाबले दक्षिण अमेरिका महादेशको सबैभन्दा ठूलो राष्ट्र कुन हो? [खरिदार, २०८३/०१/२६]
    • (A) भेनेजुएला
    • (B) अर्जेन्टिना
    • (C) चिली
    • (D) ब्राजिल ✓
  30. विश्वका पर्वत श्रृङ्खलाहरूको सम्बन्धमा जोडा मिलाई सही उत्तर छान्नुहोस्। [खरिदार, २०८३/०१/२६]
समूह I समूह II
a) विश्वको सबैभन्दा लामो पर्वतमाला 1) माउन्ट किलिमञ्जरो
b) अफ्रिका महादेशको सर्वोच्च शिखर 2) ८,५८६ मिटर
c) मनास्लु हिमालको उचाई 3) एण्डिज
d) कञ्चनजङ्घा हिमालको उचाई 4) ८,१६३ मिटर
    • (A) a-1, b-3, c-2, d-4
    • (B) a-3, b-1, c-4, d-2 ✓
    • (C) a-3, b-1, c-2, d-4
    • (D) a-1, b-3, c-4, d-2

Categories

  • Current Affairs 722
  • Gorkhapatra 327
  • Others 1121
  • Vacancy 1
  • Past Questions 104
  • Nepal Police 8

Latest Blogs

World Geography Questions Asked by Public Service Commission till Asar 2083 BS
Past Questions

वि.सं. २०८३ असारसम्म लोकसेवाले सोधका विश्वको भूगोल सम्बन्धी प्रश्नहरू

  • Jul 26, 2026
  • 32
Gandaki Province, Mechanical Supervisor (Fifth Level) - 2083/04/07
Past Questions

गण्डकी प्रदेश, मेकानिकल सुपरभाइजर (पाँचौं तह) - २०८३/०४/०७

  • Jul 26, 2026
  • 58
44th Chinnalata Song Awards and Honors
Current Affairs

४४औँ छिन्नलता गीत पुरस्कार एवम् सम्मान

  • Jul 26, 2026
  • 55
Economic Survey 2082/083: Consolidated Table of Key Figures
Current Affairs

आर्थिक सर्वेक्षण २०८२/०८३: मुख्य तथ्याङ्कहरूको एकीकृत तालिका

  • Jul 26, 2026
  • 96
Various tropical cyclones of the world and their regional names
Others

विश्वका विभिन्न उष्णदेशीय चक्रवात आँधीहरू (Tropical Cyclones) र तिनका क्षेत्रीय नाम

  • Jul 24, 2026
  • 101
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA