संयुक्त राज्य अमेरिकाको २५० औँ वर्षगाँठ (Semiquincentennial)
- संयुक्त राज्य अमेरिकाले सन् २०२६ जुलाई ४ मा आफ्नो स्थापनाको २५० औँ स्वतन्त्रता दिवस (Semiquincentennial) भव्य रूपमा मनाएको,
- उत्सवको आधिकारिक नाम: "अमेरिका२५०" (America250) र डोनाल्ड ट्रम्प प्रशासनद्वारा यसलाई "फ्रीडम २५० (Freedom 250)" पनि भनिएको,
- ऐतिहासिक घोषणा: सन् १७७६ जुलाई ४ मा उत्तरी अमेरिकाका १३ बेलायती उपनिवेशले स्वतन्त्रताको घोषणा गर्दै बेलायतबाट अलग हुने निर्णय गरेका र त्यहि दिनको स्मरणमा हरेक बर्षको जुलाई ४ मा संयुक्त राज्य अमेरिकामा स्वतन्त्रता दिवस (Independence Day) मनाइन्छ,
लोकसेवा परीक्षाका लागि अति-सम्भावित वस्तुगत प्रश्नोत्तर (MCQs):
| प्रश्न | उत्तर |
| अमेरिकाले आफ्नो २५० औँ स्वतन्त्रता दिवस कहिले मनायो? | सन् २०२६ जुलाई ४ |
| अमेरिकी स्वतन्त्रताको २५० औँ वर्षगाँठलाई के नाम दिइएको छ? | अमेरिका२५० (America250) |
| सन् १७७६ जुलाई ४ मा कतिवटा ब्रिटिस उपनिवेशहरूले स्वतन्त्रताको घोषणा गरेका थिए? | १३ वटा |
| अमेरिकी स्वतन्त्रता घोषणापत्रको मुख्य मस्यौदाकार को हुन्? | थॉमस जेफरसन |
| अमेरिकालाई स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिने पहिलो विदेशी राष्ट्र कुन हो? | नेदरल्यान्ड्स |