Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

संघीय खरिदार—२०८३/०१/२६ (GK and IQ Both)

  • Ajnabee Khadka
  • September 17, 2026
  • 162

संघीय खरिदार—२०८३/०१/२६ (GK and IQ Both)

संघीय खरिदार—२०८३/०१/२६ (GK and IQ Both)

1. दिगो विकासका 17 वटा लक्ष्यमध्ये Goal 5 केसँग सम्बन्धित छ ?

  • (A) Gender Equality ✔

  • (B) Quality Education

  • (C) Zero Hunger

  • (D) Affordable and Clean Energy

2. तल दिइएका भनाई सही वा गलत के छन् ? छुट्ट्याउनुहोस्।

(I) DPT खोप भ्यागुते रोग, धनुष्टङ्कार र लहरे खोकी विरुद्ध दिइने खोप हो।

(II) BCG खोप बच्चा जन्मेको 1 वर्ष भित्र दिइन्छ।

(III) पक्षघातबाट बचाउन बच्चालाई पोलियो खोप दिइन्छ।

(IV) बिफर रोग लिसा भाइरस (Lissa Virus) को कारण लाग्दछ।

  • (A) I र II ठीक, III र IV बेठीक

  • (B) I, II, III ठीक, IV बेठीक ✔

  • (C) II, III, IV ठीक, I बेठीक

  • (D) I, II, III, IV सबै ठीक

3. कुन भिटामिनको कमीले गर्दा मानिसमा रिकेट्स रोग लाग्दछ ?

  • (A) भिटामिन A

  • (B) भिटामिन B

  • (C) भिटामिन C

  • (D) भिटामिन D ✔

4. तलको भनाई अध्ययन गरी विकल्पबाट सही उत्तर छान्नुहोस्।

(I) बर्डफ्लु जनावरबाट मानिसमा सर्ने रोग हो।

(II) स्वाइनफ्लु श्वास-प्रश्वास सम्बन्धी रोग हो।

(III) बर्डफ्लु सर्वप्रथम कम्बोडियामा देखा परेको थियो।

  • (A) I ठीक, II र III बेठीक

  • (B) I बेठीक, II र III ठीक

  • (C) I र II ठीक, III बेठीक ✔

  • (D) I र III बेठीक, II ठीक

5. तलका मध्ये कुन चाहिँ सार्क संगठनका उद्देश्यहरू हुन् ?

(i) आर्थिक वृद्धि प्रवर्द्धन

(ii) सांस्कृतिक सहयोग अभिवृद्धि

(iii) आतङ्कवाद विरुद्ध सैन्य सहयोग

  • (A) i र ii ✔

  • (B) ii र iii

  • (C) i र iii

  • (D) i, ii र iii सबै

6. नेपालले हालसम्म कतिवटा T20 विश्वकप क्रिकेट प्रतियोगितामा सहभागिता जनाएको छ ?

  • (A) 2

  • (B) 3 ✔

  • (C) 4

  • (D) 5

7. विश्व विख्यात दार्शनिक सुकरात (Socrats) को जन्म कुन देशमा भएको हो ?

  • (A) रुस

  • (B) अमेरिका

  • (C) जर्मनी

  • (D) ग्रीक ✔

8. European Union का सम्बन्धमा देहायका मध्ये कुन भनाई सत्य होइन ?

  • (A) राजधानी बेल्जियममा रहेको छ

  • (B) 31 राष्ट्र सदस्य छन् ✔

  • (C) बेलायत यसको सदस्य होइन

  • (D) स्पेन यसको सदस्य हो

9. तल दिइएका मध्ये जनसंख्याको आधारमा ठूलो देखि सानो सार्क राष्ट्रको क्रम कुन सही छ ?

  • (A) पाकिस्तान, बंगलादेश, नेपाल, अफगानिस्तान

  • (B) पाकिस्तान, बंगलादेश, अफगानिस्तान, नेपाल ✔

  • (C) बंगलादेश, पाकिस्तान, नेपाल, अफगानिस्तान

  • (D) अफगानिस्तान, पाकिस्तान, बंगलादेश, नेपाल

10. दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (ASEAN) को स्थापना कहिले भएको हो ?

  • (A) सन् 1967 अगस्ट 8 ✔

  • (B) सन् 1976 अगस्ट 8

  • (C) सन् 1977 अगस्ट 8

  • (D) सन् 1987 अगस्ट 8

11. विश्वका पर्वत शृङ्खलाहरूको सम्बन्धमा जोडा मिलाई सही उत्तर छान्नुहोस्।

समूह I समूह II
a) विश्वको सबैभन्दा लामो पर्वतमाला 1. माउन्ट किलिमन्जरो
b) अफ्रिका महादेशको सर्वोच्च शिखर 2. एण्डिज
c) मनास्लु हिमालको उचाई 3. 8586 मिटर
d) कञ्चनजङ्घा हिमालको उचाई 4. 8163 मिटर
  • (A) a-2, b-1, c-4, d-3 ✔

  • (B) a-4, b-3, c-2, d-1

  • (C) a-2, b-1, c-4, d-3

  • (D) a-1, b-2, c-3, d-4

12. नेपालको प्रामाणिक समय अनुसार नेपालमा बिहानको 9:15 बज्दा सार्क राष्ट्रहरूमा हुने समय फरकका आधारमा तलका मध्ये कुन समय सही हुन्छ ?

(I) भारतमा बिहानको 9:30 बज्छ

(II) श्रीलंकामा बिहानको 9:00 बज्छ

(III) पाकिस्तानमा रातको 8:30 बज्छ

(IV) अफगानिस्तानमा रातको 8:00 बज्छ

  • (A) I र II सही छन्

  • (B) II मात्र सही छ ✔

  • (C) I, II र IV सही छन्

  • (D) III र IV सही छन्

13. क्षेत्रफल तथा जनसंख्याका हिसाबले दक्षिण अमेरिका महादेशको सबैभन्दा ठूलो राष्ट्र कुन हो ?

  • (A) भेनेजुएला

  • (B) अर्जेन्टिना

  • (C) चिली

  • (D) ब्राजिल ✔

14. द्वितीय विश्वयुद्धका समयमा Axis Power अन्तर्गत रहेको राष्ट्र इटालीका शासक को थिए ?

  • (A) एडोल्फ हिटलर

  • (B) अर्कड्युक फर्डिनेन्ड

  • (C) बेनिटो मुसोलिनी ✔

  • (D) ह्यारी ट्रुम्यान

15. जीवहरूको उत्पत्तिको आधारमा पृथ्वीको भौगोलिक इतिहासलाई इओन (Eon), इरा (Era), पिरियड (Period) र इपोक (Epoch) गरी चार भागमा बाडिएको छ। जसमध्ये सबैभन्दा ठूलो भाग कुन हो ?

  • (A) Eon ✔

  • (B) Era

  • (C) Period

  • (D) Epoch

16. तल दिइएका नदीहरू र तिनका उत्पत्ति स्थलहरू बीच जोडा मिलाउनुहोस्।

नदीहरू उत्पत्ति स्थल
1) सानो भेरी a. अन्नपूर्ण हिमाल
2) बुढीगण्डकी b. गोसाँइकुण्ड
3) त्रिशुली c. धौलागिरि हिमाल
4) मोदी d. गणेश हिमाल
  • (A) 1-c, 2-d, 3-b, 4-a ✔

  • (B) 1-c, 2-b, 3-d, 4-a

  • (C) 1-a, 2-c, 3-d, 4-b

  • (D) 1-d, 2-c, 3-b, 4-a

17. समूह I सँग समूह II को जोडा मिलाई सही विकल्प रोज्नुहोस्।

समूह I समूह II
a) मकै पर्व i. वि.सं. 1903
b) लाइब्रेरी पर्व ii. वि.सं. 1987
c) अलौ पर्व iii. वि.सं. 1904
d) भण्डारखाल पर्व iv. वि.सं. 1977
  • (A) a-i, b-iv, c-ii, d-iii

  • (B) a-i, b-ii, c-iii, d-iv

  • (C) a-ii, b-iv, c-i, d-iii

  • (D) a-iv, b-ii, c-iii, d-i ✔

18. रंगभेद विरुद्धका विश्व नेता नेल्सन मण्डेलाको निधन कहिले भएको थियो ?

  • (A) डिसेम्बर 2, 2013

  • (B) डिसेम्बर 4, 2013

  • (C) डिसेम्बर 5, 2013 ✔

  • (D) डिसेम्बर 10, 2013

19. लिच्छवीकालमा गाउँको सानातिना मुद्दा मिलाउने निकायलाई के भनिन्थ्यो ?

  • (A) महाप्रतिहार

  • (B) पाञ्चाली ✔

  • (C) सामन्त

  • (D) महासामन्त

20. वि.सं. 2062/63 को जनआन्दोलन कति दिन सम्म चलेको थियो ?

  • (A) 15 दिन

  • (B) 17 दिन

  • (C) 19 दिन ✔

  • (D) 21 दिन

31. राष्ट्र संघ (League of Nations) को स्थापना कहिले भयो ?

  • (A) सन् 1917

  • (B) सन् 1918

  • (C) सन् 1919

  • (D) सन् 1920 ✔

32. औद्योगिक क्रान्तिको क्रममा भएका तलका आविष्कार र आविष्कारकबीच जोडा मिलाउनुहोस्।

आविष्कार आविष्कारक
i) पावरलुम a. जेम्सवाट
ii) टिम ईञ्जिन b. एडमण्ड कार्ट रहिड
iii) वाफबाट चल्ने रेल ईञ्जिन c. हम्फ्री डेभि
iv) सेफ्टिल्याम्प d. जर्ज स्टिफेनसन
  • (A) i-b, ii-a, iii-d, iv-c ✔

  • (B) i-d, ii-c, iii-b, iv-a

  • (C) i-b, ii-d, iii-a, iv-c

  • (D) i-d, ii-a, iii-b, iv-c

33. देहायका मध्ये कुन हक नेपालको संविधानको भाग 3 मा उल्लेख गरिएका मौलिक हकहरू अन्तर्गत पर्दैन ?

  • (A) स्वच्छ वातावरणको हक

  • (B) खाद्य सम्बन्धी हक

  • (C) समावेशीताको हक ✔

  • (D) सामाजिक न्यायको हक

34. जोडा मिलाउनुहोस्।

समूह क समूह ख
1) वसन्तपञ्चमी a. सीता
2) वैदेही b. सरस्वती
3) ऐरावत हात्ती c. मुसो
4) गणेश d. इन्द्र
  • (A) 1-b, 2-a, 3-d, 4-c ✔

  • (B) 1-a, 2-c, 3-b, 4-d

  • (C) 1-a, 2-b, 3-d, 4-c

  • (D) 1-d, 2-c, 3-a, 4-b

35. सोह्रौँ आवधिक योजनाको अन्त्यसम्म नेपालको प्रतिव्यक्ति आय कति अमेरिकी डलर पुर्याउने लक्ष्य राखिएको छ ?

  • (A) 1456

  • (B) 2150

  • (C) 2351 ✔

  • (D) 2525

36. आर्थिक सर्वेक्षण, 2081/82 अनुसार वैदेशिक रोजगारीका लागि संस्थागत रुपमा खुला गरिएका मुलुकको संख्या कति रहेको छ ?

  • (A) 105

  • (B) 111 ✔

  • (C) 160

  • (D) 178

37. नेपालको संविधानको सम्बन्धमा देहायका मध्येबाट ठीक उत्तर छान्नुहोस् ?

I. नेपालको संविधानमा 31 वटा मौलिक हकहरू रहेका छन्।

II. नेपालको संविधानमा 9 वटा अनुसूचीहरू रहेका छन्।

III. नेपालको संविधानको धारा 48 मा नागरिकका 4 वटा कर्तव्य हुने प्रावधान रहेको छ।

  • (A) I मात्र ठीक

  • (B) I र II ठीक

  • (C) I, II र III तीनवै ठीक ✔

  • (D) II र III ठीक

38. तल दिइएको समूह A र समूह B बीच जोडा मिलाई सही उत्तर छान्नुहोस्।

समूह A समूह B
a) भवानी भिक्षु 1. गजेन्द्र मोक्ष
b) सिद्धिचरण श्रेष्ठ 2. नवमञ्जरी
c) माधवप्रसाद घिमिरे 3. गुनकेशरी
d) मोतिराम भट्ट 4. उर्वशी
  • (A) a-3, b-2, c-4, d-1 ✔

  • (B) a-3, b-4, c-2, d-1

  • (C) a-3, b-4, c-1, d-2

  • (D) a-1, b-4, c-2, d-3

39. अन्तर्राष्ट्रिय योग दिवस कहिले मनाइन्छ ?

  • (A) जनवरी 21

  • (B) मार्च 21

  • (C) जुन 21 ✔

  • (D) जुलाई 21

40. नेपालले विश्व स्वास्थ्य संगठन (World Health Organization) को सदस्यता कहिले लिएको हो ?

  • (A) सन् 1935 सेप्टेम्बर 2

  • (B) सन् 1935 जुन 2

  • (C) सन् 1953 सेप्टेम्बर 2 ✔

  • (D) सन् 1953 जुन 2

Extracted IQ Questions

21. दिइएका सूचनाहरूको अध्ययन गर्नुहोस्।

रुजु गर्नुपर्ने सूचीमा दिइएका सूचनाहरूलाई मूल सूचीमा दिइएका सूचनाहरूसँग तुलना गरी दिइएका मध्ये सही विकल्प छान्नुहोस् ।

  • (A) कुनैपनि महलमा त्रुटि छैन

  • (B) एउटा महलमा त्रुटि रहेको छ

  • (C) दुईवटा महलहरूमा त्रुटि रहेका छन्। ✔

  • (D) तीनैवटा महलहरूमा त्रुटि रहेका छन्

22. मूल प्रति:

नेपालले जलवायु परिवर्तन लगायतका विभिन्न ठाउँमा देखा परिरहेका समस्या समाधान गर्नलाई कूटनीतिक ढङ्गबाट सांसदले खेल्ने भूमिका खेल्नुपर्दछ । नन एलाइमेन्ट मोभमेन्टमा पनि नेपालको तर्फबाट सहभागिता जनाएको छ र अहिले देखा परेका चुनौती, जलवायु परिवर्तनले पारिरहेको प्रभाव र नेपाल तथा नेपालजस्ता मुलुकहरूमा तत्काल परेका असरहरूलाई न्यूनीकरण गर्ने लगायतका विषयमा छलफल हुनुपर्दछ ।

उतार प्रति:

नेपालले जलवायु परिवर्तन लगायतका विभिन्न ठाउँमा देखा परिरहेका समस्या समाधान गर्नलाई कूटनीतिक ढङ्गबाट सांसदले खेल्ने भूमिका खेल्नुपर्दछ । नन एलाइमेन्ट मोभमेन्टमा पनि नेपालको तर्फबाट सहभागिता जनाएको छ र अहिले देखा परेका चुनौती, जलवायु परिवर्तनले पारिरहेको प्रभाव र नेपाल तथा नेपालजस्ता मुलुकहरूमा तत्काल परेका असरहरूलाई न्यूनीकरण गर्ने लगायतका विषयमा छलफल हुनुपर्दछ ।

माथिका हरफहरू पढी उतार प्रतिमा कति ठाउँमा त्रुटि भएको छ, पत्ता लगाउनुहोस्।

  • (A) 1 ✔

  • (B) 2

  • (C) 3

  • (D) 4

23. तल दिइएको क्रम/श्रेणीमा प्रश्नचिन्ह (?) राखिएको स्थानमा कुन विकल्प आउछ ?

[ \ ]  [ / ]  [ ^ ]  [ v ]  [ ? ]  --->  (A) [ \ ]  (B) [ / ]  (C) [ ^ ]  (D) [ v ]

  • (A) Option (A) ✔

  • (B) Option (B)

  • (C) Option (C)

  • (D) Option (D)

24. तल दिइएको क्रमांकमा प्रश्नवाचक चिन्ह (?) को ठाउँमा के हुन्छ? पत्ता लगाउनुहोस्।

BEH, EID, ?, KUV

  • (A) HOZ ✔

  • (B) IOV

  • (C) VOP

  • (D) GOY

25. तल दिइएका विकल्पहरूबाट नमिल्ने विकल्प छनौट गर्नुहोस्।

  • (A) (A) ✔

  • (B) (B)

  • (C) (C)

  • (D) (D)

26. तल दिइएका विकल्पहरूबाट नमिल्ने विकल्प छनौट गर्नुहोस्।

  • (A) PNLJ

  • (B) VTRP

  • (C) JHFD

  • (D) TQOM ✔

27. तलको प्रश्नमा दिइएको प्रश्नवाचक चिन्ह (?) रहेको स्थानमा उपयुक्त विकल्प छनौट गर्नुहोस्।

6 : 35 :: 7 : ?

  • (A) 48 ✔

  • (B) 42

  • (C) 34

  • (D) 13

28. प्रश्नवाचक चिन्हको ठाउँमा उपयुक्त हुने विकल्प छान्नुहोस्।

$\le$ : $\ge$ :: M : ?

  • (A) M

  • (B) $\Sigma$

  • (C) W ✔

  • (D) $\Xi$

29. तल दिइएका अंकहरूलाई संख्यात्मक क्रममा फाइलिङ गर्दा underlined गरिएको अंक कुन स्थानमा पर्दछ ? पत्ता लगाउनुहोस्।

7.215, 72.15, 721.5 and 7.251

  • (A) First

  • (B) Second ✔

  • (C) Third

  • (D) Fourth

30. तलका नामहरूलाई वर्णानुक्रम अनुसार राख्दा कुन चाहि सही हुन्छ ?

  1. अनुक्रम

  2. सिताराम

  3. अनायास

  4. जगत

  5. धानबहादुर

  6. इन्द्रमाया

  • (A) 1,3,5,4,6,2

  • (B) 3,1,5,6,4,2

  • (C) 3,1,4,5,6,2

  • (D) 3,1,6,4,5,2 ✔

41. तल दिइएको निर्देशन अध्ययन गरी सो निर्देशन बमोजिम प्रश्नचिन्ह रहेको स्थानमा रहने उपयुक्त चित्र पत्ता लगाउनुहोस्।

  • (A) Option (A)

  • (B) Option (B)

  • (C) Option (C)

  • (D) Option (D) ✔

42. यदि पदम असोज 1 गते देखि सुरु गरी उक्त महिनाको हरेक चौथो दिन क्रिकेट अभ्यास गर्छ भने, उक्त महिनाको कुन दिन उसको अभ्यास गर्ने अन्तिम दिन हुनेछ ?

  • (A) 27 असोज

  • (B) 28 असोज

  • (C) 29 असोज ✔

  • (D) 30 असोज

43. 1-35 भित्रका 3 र 5 ले निःशेष भाग जाने सबै अंकहरूको औसत कति हुन्छ ?

  • (A) 20

  • (B) 21

  • (C) 22.5 ✔

  • (D) 23.25

44. यदि '+' भनेको '-', '$\times$' भनेको '+', '-' भनेको '$\div$', '+' भनेको '$\times$' हुन्छ भने तल दिइएका समीकरणहरू मध्ये कुन समीकरण पूर्ण हुन्छ ? पत्ता लगाउनुहोस्।

  • (A) 30 - 6 + 5 × 4 ÷ 2 = 27 ✔

  • (B) 30 + 6 - 5 ÷ 4 × 2 = 30

  • (C) 30 × 6 + 5 - 4 + 2 = 32

  • (D) 30 ÷ 6 × 5 + 4 - 2 = 40

45. यदि कुनै भाषाको कोडमा 'DOWN' लाई '5@9#', 'NAME' लाई '#6%3' लेखिन्छ भने 'MODE' लाई कुन कोड प्रयोग गरिन्छ ?

  • (A) %653

  • (B) %@63

  • (C) %5@3

  • (D) %@53 ✔

46. यहाँ कृत्रिम भाषाबाट अनुवाद गरिएका केही शब्दहरू दिइएका छन्। तिनीहरूको आधारमा सही उत्तर विकल्पबाट छान्नुहोस्।

  • hapllesh को अर्थ cloudburst

  • srenchoch को अर्थ pinball

  • resbosrench को अर्थ ninepin हो भने

"Cloud nine" भन्नाले कुन लाई जनाउँछ ?

  • (A) leshsrench

  • (B) ochhapl

  • (C) haploch

  • (D) haplresbo ✔

47. पचपन्न जना विद्यार्थीहरू भएको कक्षामा रोशनी अगाडीबाट चौधौँ स्थानमा पर्ने रहिछन्। यदि उनको कक्षामा अरु चार जना विद्यार्थीहरू थप भर्ना भएपछि उनी अघिल्लो स्थान भन्दा तीन स्थान पछाडि सरिछन् भने, अब रोशनी पछाडीबाट कतिऔँ स्थानमा पर्दिछिन् होला ?

  • (A) 41

  • (B) 42

  • (C) 43 ✔

  • (D) 44

48. दिइएको चित्रमा त्रिभुजहरूको संख्या पत्ता लगाउनुहोस्।

  • (A) 18

  • (B) 20

  • (C) 24 ✔

  • (D) 27

49. उत्तर तर्फ फर्किरहेको एकजना केटी 180° घडीको सुईको विपरीत दिशा घुम्दिछिन् र फेरि घडीको सुईको दिशामा 225° घुम्दिछिन् भने अहिले उनी कतातर्फ फर्किरहेकी होलिन ? पत्ता लगाउनुहोस्।

  • (A) उत्तर-पश्चिम

  • (B) उत्तर-पूर्व ✔

  • (C) दक्षिण-पश्चिम

  • (D) पश्चिम

50. निम्न प्रश्न दिइएको जानकारीमा आधारित छ।

P, Q, R, S, T र U दुई पंक्तिमा उत्तर र दक्षिण फर्केर बगैँचामा उभिएका छ वटा आँपका रुखहरूको नाम हुन्।

रुख Q उत्तरतिर फर्केको छ र S सँग जोडिएको छैन।

रुख S र U एकअर्कातिर विकर्ण रुपमा फर्किएका छन्।

U र R दक्षिणतिर फर्किएका छन्, जबकि T र R क्रमशः उत्तर र दक्षिणतिर फर्किएका छन्।

निम्न मध्ये कुन संयोजनले दक्षिणतिर फर्केका रुखहरू देखाउँछ ?

  • (A) QTS

  • (B) UPT

  • (C) URP ✔

  • (D) QSR

Categories

  • Current Affairs 799
  • Gorkhapatra 343
  • Others 1186
  • Vacancy 1
  • Past Questions 147
  • Nepal Police 9

Latest Blogs

Khardar, Fourth Level, Pre-Qualification Examination - 2083/06/04
Past Questions

खरिदार, चौथो तह, पूर्वयोग्यता परीक्षा - २०८३/०६/०४

  • Sep 21, 2026
  • 163
World Day of Peace, 2026
Current Affairs

विश्व शान्ति दिवस, २०२६

  • Sep 21, 2026
  • 50
Nepal's diplomatic relations with ASEAN countries
Others

नेपालको आसियान (ASEAN) राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध

  • Sep 20, 2026
  • 120
Ranking of SAARC countries by population (from largest to smallest)
Others

जनसंख्याको आधारमा सार्क राष्ट्रहरूको क्रम (ठूलो देखि सानो)

  • Sep 20, 2026
  • 108
Short list of best works for the Pahachan Award for BS 2081 and 2082
Current Affairs

पहिचान पुरस्कारको लागि वि.सं. २०८१ र २०८२ सालका लागि उत्कृष्ट कृतिहरूको संक्षिप्त सूची

  • Sep 19, 2026
  • 117
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA