Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (३१ भदौ २०८३, बुधबार)

  • Ajnabee Khadka
  • September 16, 2026
  • 134

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (३१ भदौ २०८३, बुधबार)

Public Service Preparation Special: Objective Questions and Answers (31 Bhadra 2083, Wednesday)

१.  नेपालसँग दौत्य सम्बन्ध कायम भएको १८५ औँ राष्ट्र कुन हो ? 

➤ माइक्रोनेसिया 

  • दौत्य सम्बन्ध कायम मिति : सन् २०२६ सेप्टेम्बर १४ 
  • संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा र माइक्रोनेसियाका स्थायी प्रतिनिधि राजदूत जिम एस लिपवेद्वारा संयुक्त वक्तव्यमा हस्ताक्षर भएको ।
  • पश्चिमी प्रशान्त महासागरमा अवस्थित यो देश फिलिपिन्सको पूर्व र पपुवा न्युगिनीको उत्तरतर्फ पर्दछ । यसको राजधानी पालिकिर हो ।
  • ७०२ वर्ग किलोमिटर क्षेत्रफलमा विस्तारित यस मुलुकको जनसङ्ख्या करिब एक लाख १४ हजार रहेको । 

२. एसिसी मेन्स प्रिमियर कप, २०२६ को उपाधि विजेता राष्ट्र कुन हो ? 

➤ नेपाल (उपविजेता : संयुक्त अरब इमिरेट्सयुएई)

  • नेपालले एसिसी प्रिमियर कपको फाइनलमा युएईलाई ४४ रनले हराउँदै एसिया कपका लागि छनोट भएको ।
  • मलेसियाको वायुमास ओभलमा नेपालले ५० ओभरमा नौ विकेट गुमाएर ३१३ रन बनाएको; जसमा आसिफ शेखले १०२ रन बनाएका ।
  • युएई ४९.२ ओभरमा २६९ रनमा अलआउट भएको ।
  • संस्करण : तेस्रो
  • आयोजक राष्ट्र : मलेसिया
  • सञ्चालन मिति : २०२६ अगस्त ३० सेप्टेम्बर १२
  • आयोजक निकाय : एसियाली क्रिकेट काउन्सिल 
  • खेल प्रारूप : ओडिआई (५० ओभर)
  • सहभागी टिम सङ्ख्या : १०
  • कुल खेल सङ्ख्या : २४
  • ‘प्लेयर अफ दी सिरिज’ : सन्दीप लामिछाने (नेपाल)
  • सर्वाधिक रनकर्ता : वीरनदीप सिंह (मलेसिया) २७३ रन
  • सर्वाधिक विकेटकर्ता : सन्दीप लामिछाने (नेपाल) १७ विकेट

३. लोक सेवा आयोगको ६७ औँ वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८२/८३) अनुसार सर्वाधिक दरखास्त परेका प्रमुख पाँच जिल्ला कुन कुन हुन् ?

➤ क्रमश: सर्लाही, धनुषा, बारा, महोत्तरी र सप्तरी 

  • न्यून दरखास्त परेका पाँच जिल्ला : क्रमश: मनाङ, मुस्ताङ, रसुवा, रुकुमपूर्व र डोल्पा 
  • सबैभन्दा बढी उम्मेदवार सिफारिस भएका जिल्ला : क्रमश: गुल्मी, सर्लाही, धनुषा, स्याङ्जा र काठमाडौँ 
  • मनाङ र रसुवा जिल्लाबाट कुनै पनि उम्मेदवार सिफारिस हुन सकेनन् । सबैभन्दा कम उम्मेदवार सिफारिस भएका पाँच जिल्ला क्रमश: तेह्रथुम, दोलखा, डोल्पा, मुस्ताङ र रुकुमपूर्व रहेका । 
  • प्रतिवेदन अवधिमा सिफारिस भएका उम्मेदवारको औसत उमेर २८ वर्ष रहेको । 
  • प्रतिवेदनको संस्करण : ६७औँ 
  • समेटिएको आव : आव २०८२/८३
  • पेस गरिएको मिति : वि.सं. २०८३ भदौ २५ 
  • को समक्ष : राष्ट्रपति रामचन्द्र पौडेल
  • नेपालको संविधानको धारा २९४ मा प्रत्येक वर्ष लोक सेवा आयोगले आफ्नो कामकारबाही र प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने प्रावधान अनुरूप यो प्रतिवेदन बुझाइएको ।
  • यस प्रतिवेदनमा आयोगले आव २०८२/८३ भर गरेका पदपूर्ति, परीक्षा सञ्चालन, सिफारिस, नीतिगत सुधार र अन्य प्रशासनिक गतिविधिको समष्टिगत विवरण समेटिएको ।

 

४. आगामी (९९ औँ) ओस्कार अवार्ड (एकेडेमी अवार्ड) का लागि नेपालबाट सिफारिस हुन सफल चलचित्र कुन हो ? 

➤ तिनीहरू : एलिफेन्ट्स इन दी फग

  • अविनाशविक्रम शाहद्वारा निर्देशित र लिखित यस चलचित्रले जङ्गली हात्तीको आतङ्कबाट आक्रान्त बस्तीमा बसोबास गर्ने अल्पसङ्ख्यक समुदायको कथा प्रस्तुत गरेको ।
  • यो चलचित्रले कान्स फिल्म फेस्टिभलमा जुरी अवार्डसमेत जितेको ।

५. उदीयमान अर्थतन्त्र भएका राष्ट्रहरूको सङ्गठन ब्रिक्सको १८ औँ शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ? 

➤ सन् २०२६ सेप्टेम्बर १२१३, नयाँ दिल्ली, भारत 

  • विश्व अर्थतन्त्र, व्यापार, ऊर्जा सुरक्षा, समावेशी आर्थिक विकास र क्षेत्रीय द्वन्द्वमा सम्मेलन केन्द्रित रहेको ।
  • ब्रिक्सले विश्वको करिब ५० प्रतिशत जनसङ्ख्या, ४० प्रतिशत कुल गार्हस्थ उत्पादन र २६ प्रतिशतभन्दा बढी विश्व व्यापारको हिस्सा ओगट्ने ।
  • सहभागी राष्ट्र/सरकार प्रमुख : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, चिनियाँ राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, ब्राजिलका राष्ट्रपति लुइस इनासिओ लुला दा सिल्भा, इरानका राष्ट्रपति मसुद पेजेस्कियान, युएईका राष्ट्रपति मोहम्मद बिन जायद अल नाहयान, इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तो, इथियोपियाका प्रधानमन्त्री अबी अहमद, इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अलसिसी र दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा आदि । 
  • ब्रिक्स सदस्य राष्ट्रहरू : ११ (ब्राजिल, चीन, इजिप्ट, इथियोपिया, इन्डिया, इन्डोनेसिया, इरान, रुस, साउदी अरब, साउथ अफ्रिका र युएई)     
  • सन् २०२७ मा ब्रिक्सको अध्यक्षता चीनले समाल्ने छ ।
  • १४० अनुच्छेद समेटिएको यस घोषणापत्रले सुरक्षा परिषद् सुधार, ‘डीडलराइजेसन’, आतङ्कवाद, पश्चिम एसियाको तनाव र एआई शासन जस्ता महत्वपूर्ण विषय समेटेको ।

६. प्रथम संस्करणको नेपाल भलिबल लिग (एनभिएल) को उपाधि कसले जित्यो ? 

➤ अन्नपूर्ण स्पाइकर किङ्ग्स (पुरस्कार राशि : रु. २० लाख)

  • उपविजेता : कर्णाली शिवराज 
  • संस्करण : पहिलो 
  • सहभागी टोली : छ
  • खेला सञ्चालन : वि.सं. २०८३ भदौ १९२७ 
  • ट्रफीको नाम : दी डिएनए अफ नेपाल 
  • पहिलो खेल : सगरमाथा शमशेर र मधेश वारियर्सबिच भएको । 
  • कहाँ आयोजना : राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हल, काठमाडौँ 
  • नारा : उचाइको नयाँ उडान (अ न्यु फ्लाइट टु ग्रेटर हाइट्स) 
  • नेपालमा भलिबललाई राष्ट्रिय खेल घोषणा : वि.सं. २०७४ जेठ ८
  • हाल विश्व वरीयतामा नेपाली पुरुष भलिबल टोली ८३ औँ स्थानमा रहेको । 

७. संयुक्त राष्ट्रसङ्घीय महासभाको आयोजना कहिलेदेखि सुरु हुने प्रावधान छ ? 

➤ सेप्टेम्बर महिनाको तेस्रो मङ्गलबार 

  • संस्करण : ८१ औँ (सन् २०२६)
  • अध्यक्षता : खालिलुर रहमान (बङ्गलादेश)
  • ८१ औँ महासभाको नारा : विश्वासको पुनस्र्थापना, रूपान्तरणको व्यवस्थापन : सबैका लागि कार्य गर्ने संयुक्त राष्ट्रसङ्घ
  • नेपालबाट प्रतिनिधित्व : प्रधानमन्त्री वालेन्द्र शाह (२०८३ असोज ६ गते न्युयोर्क प्रस्थान र असोज १० गते स्वदेश फिर्ती कार्यक्रम तय) । 
  • युएनओका वर्तमान महासचिव : एन्टोनियो गुटेर्रेस, पोर्चुगल 

 

८. सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा कसलाई नियुक्त गर्‍यो ? 

➤  डा. हरिप्रसाद लम्साल

  • नियुक्ति मिति : वि.सं. २०८३ भदौ २५ 
  • सदस्य : रामशरण सापकोटा 
  • महिला सदस्य : विष्णु घिमिरे रिमाल
  • शिक्षा ऐनमा भएको व्यवस्था अनुसार आयोगमा एक अध्यक्ष र दुई जना सदस्य गरी जम्मा तीन सदस्यीय पदाधिकारी रहने प्रावधान रहेको । 

शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल नियुक्त | Hamro Patro

९. दक्षिण एसिया वन्यजीव प्रवर्तन नेटवर्क (सावेन) को महासभा पहिलो पटक कहिले र कहाँ आयोजना भएको हो ? 

➤ वि.सं. २०८३ भदौ २५-२६ (सन् २०२६ सेप्टेम्बर १०-११), काठमाडौँ 

  • कृषि, वन तथा पर्यावरण मन्त्रालयको नेतृत्वमा नेपालमा पहिलो पटक आयोजना गरिएको ।
  • दक्षिण एसियाली मुलुकका वन्यजन्तु अपराध नियन्त्रण तथा संरक्षणसँग सम्बन्धित उच्च अधिकारी तथा प्रतिनिधिको सहभागिता रहेको ।
  • वन्यजन्तु तथा वनस्पतिको अवैध ओसारपसार नियन्त्रण, सीमा क्षेत्रमा हुने अपराध न्यूनीकरण र क्षेत्रीय सहकार्यलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित । 

 

१०. राष्ट्रिय बालदिवस कहिले मनाउने गरिन्छ ?

➤ भदौ २९ 

  •   वि.सं. २०८३ को नारा : बालापनको रक्षा : भविष्यको सुरक्षा । 
  •   यस दिवसको मुख्य उद्देश्य बालमैत्री वातावरणमा बालअधिकार प्रवर्धन गर्न नागरिक समाज तथा सरोकारवालालाई थप जिम्मेवार र जवाफदेही बनाउनु हो ।

११. सेवाग्राहीलाई लक्षित गर्दै ग्रिन टोकन प्रणाली सुरुवात गर्ने जिल्ला प्रशासन कार्यालय कुन हो ? 

➤ काभ्रेपलाञ्चोक 

  • सुरुवात : वि.सं. २०८३ भदौ २२
  • उद्देश्य : लामो समयसम्म लाइनमा बस्न वा कुर्न नसक्ने विशेष वर्गका सेवाग्राहीलाई पहिलो प्राथमिकतामा राखेर छिटो र सहज रूपमा सेवा प्रदान गर्नु ।
  • प्रक्रिया : सेवा लिन आउने लक्षित व्यक्तिले कार्यालयको सोधपुछ (दर्ता चलानी) शाखामा पुगेर हरियो रङको टोकन लिनुपर्ने र सोही आधारमा सेवा प्रदान गरिने । 

 

१२. अन्तर्राष्ट्रिय साक्षरता दिवस कहिले मनाउने गरिन्छ ? 

➤ सेप्टेम्बर ८ 

  • सन् २०२६ (६० औँ) को नारा : लिट्रेसी फर पिपुल, दी प्लानेट एन्ड प्रोस्पेरिटी 
  • (जनता, ग्रह र समृद्धिका लागि साक्षरता)
  • सन् २०२६ को मुख्य विश्वव्यापी समारोह युनेस्कोको अगुवाइमा मेक्सिकोमा आयोजना गरिएको । 
  • युनेस्कोले सन् १९६६ मा यो दिवस मनाउने निर्णय गरेको ।
  • विश्वभर पहिलो पटक सन् १९६७ सेप्टेम्बर ८ मा यो दिवस मनाइएको । 

१३. इन्डस्ट्रियल एन्ड बिजिनेस लिडरसिप एक्सिलेन्स अवार्ड, २०२६ बाट सम्मानित हुने उद्यमशील व्यक्तित्व को हुन् ? 

➤ भीमप्रसाद घिमिरे 

  • कोशी प्रदेशमा उद्योगव्यवसायको विकास, रोजगारी सिर्जना, उद्यमशीलता प्रवर्धन, संस्थागत नेतृत्व तथा सामाजिक सेवामा पुर्‍याएको योगदानको कदर गर्दै घिमिरेलाई उक्त सम्मान प्रदान गरिएको । 

 

१४. १६ औँ योजनाले योजनाको अन्त्यसम्म विद्युत्जडित क्षमता कति प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ ? 

➤ ११,७६९ मेगावाट

 

१५. जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रको ३१ औँ सम्मेलन ‘कोप३१’ कहिले र कहाँ हुने भएको छ ?  

➤ सन् २०२६ नोभेम्बर ९-२०, अन्ताल्या, टर्किए

  •  जलवायु परिवर्तनसम्बन्धी पछिल्ला सम्मेलन:
    • कोप २७ सन् २०२२ नोभेम्बर ६१८, सार्म एल शेख (इजिप्ट)
    • कोप २८ सन् २०२३ नोभेम्बर ३०डिसेम्बर १२, युएई
    • कोप २९ सन् २०२४ नोभेम्बर १११२, बाकु, अजरबैजान 
    • कोप ३० सन् २०२५ नोभेम्बर १०२१, बेलेम, ब्राजिल

 

१६. आसियानको सबैभन्दा कान्छो सदस्य राष्ट्र कुन हो ? 

➤ पूर्वी टिमोर (सदस्य बनेको : सन् २०२५ अक्टोबर २६)

 

१७. आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार नेपालमा पर्यटकको सरदर बसाइ अवधि कति रहेको छ ? 

➤ १६.३४ दिन (गत वर्ष १३.३० दिन रहेको)

 

१८.  नेपाल प्रिमियर लिग (एनपिएल) को तृतीय संस्करण कहिले आयोजना हुने भएको छ ? 

➤ वि.सं. २०८३ कात्तिक ९ मङ्सिर ५  

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 799
  • Gorkhapatra 343
  • Others 1186
  • Vacancy 1
  • Past Questions 147
  • Nepal Police 9

Latest Blogs

Khardar, Fourth Level, Pre-Qualification Examination - 2083/06/04
Past Questions

खरिदार, चौथो तह, पूर्वयोग्यता परीक्षा - २०८३/०६/०४

  • Sep 21, 2026
  • 163
World Day of Peace, 2026
Current Affairs

विश्व शान्ति दिवस, २०२६

  • Sep 21, 2026
  • 50
Nepal's diplomatic relations with ASEAN countries
Others

नेपालको आसियान (ASEAN) राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध

  • Sep 20, 2026
  • 120
Ranking of SAARC countries by population (from largest to smallest)
Others

जनसंख्याको आधारमा सार्क राष्ट्रहरूको क्रम (ठूलो देखि सानो)

  • Sep 20, 2026
  • 108
Short list of best works for the Pahachan Award for BS 2081 and 2082
Current Affairs

पहिचान पुरस्कारको लागि वि.सं. २०८१ र २०८२ सालका लागि उत्कृष्ट कृतिहरूको संक्षिप्त सूची

  • Sep 19, 2026
  • 117
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA