Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (२३ पुस २०८२, बुधबार)

  • Ajnabee Khadka
  • January 07, 2026
  • 604

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (२३ पुस २०८२, बुधबार)

Public Service Preparation Special: Objective Questions and Answers (23 Pus 2082, Wednesday)

१.  अमेरिकाद्वारा ‘अपरेसन एब्सोल्युट रिजोल्भ’ नामक सैन्य अपरेसनमार्फत भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई अप्रत्याशित रूपमा कहिले पक्राउ गरी अमेरिका लगिएको हो ? 

➤ सन् २०२६ जनवरी ३

  • अमेरिकाको यो कदमले विश्वव्यापी रूपमा सैन्य हस्तक्षेपको बाटो खोलेको बताइएको ।
  • अमेरिकाले ‘नार्को–टेररिज्म’ (लागुऔषध आतङ्कवाद) को आरोप लगाएर एक सार्वभौम देशको बहालवाला राष्ट्रप्रमुखलाई पक्राउ गर्नु अन्तर्राष्ट्रिय कानुनको  उल्लङ्घन भएको टिप्पणी गरिएको । 
  • भेनेजुएलामाथि सैन्य अपरेसनपछि ट्रम्पले अमेरिकी तेल कम्पनीहरू भेनेजुएला जाने, अर्बौं डलर लगानी गर्ने र अमेरिकाले ठुलो परिमाणमा तेल बेच्ने रणनीति सार्वजनिक गरेका ।
  • अमेरिकाले मादुरोलाई ‘लागुऔषध तस्कर’ भनेर चित्रण गरे पनि यो सैन्य कारबाहीको उद्देश्य भेनेजुएलाको गर्भमा रहेको विशाल तेल भण्डार भएको जानकारहरूको भनाइ रहेको । भेनेजुएलासँग विश्वको करिब २० प्रतिशत तेल भण्डार रहेको मानिन्छ । 
  • सन् १९९९ मा ह्युगो चाभेज सत्तामा आएपछि नै दुई देशबीच बिग्रिएको सम्बन्ध मादुरोले सत्ता समालेपछि थप उत्कर्षतिर अगाडि बढेको थियो । 
  • यो हस्तक्षेप केवल भेनेजुएलाविरुद्ध मात्र नभई, ल्याटिन अमेरिकामा बढ्दो चिनियाँ र रुसी प्रभावलाई रोक्ने अमेरिकी प्रयास भएको बताइएको । 

२. नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२५ मा नेपालमा विभिन्न मुलुकबाट कति पर्यटकको आगमन भयो ? 

➤ ११ लाख ५८ हजार ४५९

  • सन् २०२४ मा ११ लाख ४७ हजार ५४८ पर्यटक नेपाल भित्रिएका थिए । 
  • सन् २०२५ मा नेपालमा पर्यटक आगमन 

 

३. लेखनाथ साहित्य पुरस्कार, २०८२ बाट सम्मानित हुने स्रष्टा को हुनुहुन्छ ? 

➤ प्राध्यापक घनश्याम कँडेल

  • पुरस्कार राशि : रु. एक लाख 
  • कुन्तिदेवी साहित्य पुरस्कार : गङ्गा कर्माचार्य पौडेल (राशि : रु. २५ हजार)
  • लेखनाथ सांस्कृतिक पुरस्कार : नवराज अधिकारी (राशि : रु. २५ हजार)
  • विसं २०५४ मा लेखनाथ साहित्य प्रतिष्ठान स्थापना गरी विभिन्न स्रष्टालाई यो पुरस्कारबाट सम्मान गरिँदै आएको । 

४. सरकारले कर्मचारी सरुवाको बेथिति अन्त्य गर्ने उद्देश्यले कार्यान्वयन गर्न थालेको व्यवस्था कुन हो ? 

➤ सफ्टवेयर पद्धति/माध्यम 

  • कर्मचारी सरुवामा सधैँ भनसुन गर्नुपर्ने, पहुँच हुने कर्मचारी सुगम कार्यालयमै र पहुँचविहीन दुर्गम क्षेत्रका कार्यालयमा नै रहनुपर्ने बाध्यताको अन्त्य गर्न सरकारले कर्मचारी सरुवा सफ्टवेयरलाई कार्यान्वयनमा ल्याई सरुवा प्रणाली व्यवस्थापन गर्न लागेको । 
  • मन्त्रालयले पहिला बनेकै सफ्टवेयरलाई कर्मचारीको वैयक्तिक विवरण अद्यावधिक गरी सफ्टवेयरको माध्यमबाट कर्मचारी सरुवा गर्न लागेको । 
  • सफ्टवेयर प्रणाली सञ्चालनमा आएपछि कर्मचारीको वैयक्तिक विवरणसँग अन्तरआबद्धता हुने र कुनै पनि कार्यालयमा कर्मचारी एक महिना, एक वर्ष, दुई वर्ष वा सोभन्दा बढी कति समय बसेको हो भन्ने तथ्याङ्क एकमुष्ट रूपमा सफ्टवेयरबाटै आउने हुन्छ । प्रणालीले नै दिएको निर्देशनबमोजिम कर्मचारी सरुवाका लागि नाम छनोट गर्न मिल्ने र त्यहीँबाट कर्मचारी सरुवाको थिति बस्ने जनाइएको । 
  • विषयगत मन्त्रालय तथा विभागको कार्यसम्पादन स्तरलाई उकास्नसमेत सरुवा सफ्टवेयर व्यवस्थापन प्रणाली प्रभावकारी हुने छ । साथै प्रदेश र स्थानीय तहको सरुवासमेत प्रणालीकै आधारमा हुने गरी व्यवस्थापन गर्ने गरी मन्त्रालयले तयारी गरेको छ । 

 

५. राष्ट्रिय पोसाक तथा टोपी दिवस कहिले मनाउने गरिन्छ ? 

➤ जनवरी १ 

  • इस्वी संवत्को नयाँ वर्षको दिनलाई राष्ट्रिय पोसाक दिवस तथा नेपाली टोपी दिवसको रूपमा मनाउने गरिएको ।
  • विसं २०७० देखि नेपाली मौलिक पोसाक संरक्षणको अभियानका लागि यो दिवस मनाउन सुरु गरिएको ।

 

६.  प्रतिष्ठित गोल्डन ग्लोब्स अवार्ड, २०२५ मा उत्कृष्ट चलचित्र बन्न सफल चलचित्र कुन हो ? 

➤ ‘दी ब्रुटालिस्ट’

 

७. बिम्स्टेक वडापत्रमा कहिले हस्ताक्षर भएको हो ? 

➤ सन् २०२२ मार्च ३०, श्रीलङ्का (५ औँ सम्मेलन) 

  • प्रस्तावना ल्याइएको : सन् २०१८ (चौथौ सम्मेलन, नेपाल) 

 

८. साना तथा मझौला उद्यम विकास केन्द्रको स्थापना कहिले गरिएको हो ?

➤ वि.सं. २०८१ मङ्सिर ३

 

९. प्रतिनिधि सभा निर्वाचन, २०८२ का लागि कुल मतदाता कति रहेका छन् ? 

➤ एक करोड ८९ लाख तीन हजार ६८९ 

  • पुरुष : ९६,६३,३५८, महिला : ९२,४०,१३१, अन्य : २००
  • मतदान स्थल : १०,९६७
  • मतदान केन्द्र : २३,११२ 
  • जम्मा निर्वाचन क्षेत्र : १६५ 
  • संविधान अनुसार जनसङ्ख्यालाई ९० प्रतिशत र भूगोललाई १० प्रतिशत भार दिई निर्वाचन केन्द्र छुट्याइएको । 

१०. अस्ट्रेलियन ओपन टेनिस प्रतियोगितामा सहभागी भई इतिहास रच्न सफल नेपाली खेलाडी को हुन् ? 

➤ शिभाली गुरुङ 

  • उनी ग्रान्ड स्लाम (अस्ट्रेलियन ओपन) टेनिस प्रतियोगितमा खेल्ने पहिलो नेपाली खेलाडी बनेकी । 
  • अस्ट्रेलियामा सन् २०२६ जनवरी १४–३० मा हुने अस्ट्रेलियन ओपनमा शिभालीले यु–१४ जुनियर एलिट क्याटेगोरीमा प्रतिस्पर्धा गर्ने । 

११. देशभरका सबै भन्सार कार्यालयमा अनलाइन मूल्याङ्कन डाटाबेस प्रणाली कहिलदेखि कार्यान्वयनमा आएको हो ? 

➤ वि.सं. २०८२ पुस १८

  • अर्थमन्त्री रामेश्वर खनालद्वारा पुस १८ देखि सबै भन्सार कार्यालयमा यो प्रणाली लागु भएको घोषणा गरिएको ।
  • भन्सार मूल्याङ्कनलाई वैज्ञानिक बनाउने यो यात्रा असोज ८ देखि विराटनगर भन्सार कार्यालयबाट सुरु भएको । त्यहाँको सफल परीक्षणपछि कात्तिक १६ गते मुलुककै ठुलो वीरगन्जस्थित आइसिपी भन्सारमा यो प्रणाली लागु गरिएको । 
  • यो प्रणाली विश्व व्यापार सङ्गठनको भन्सार मूल्याङ्कन सम्झौता अन्तर्गतको ‘ग्याट मूल्याङ्कन प्रणाली’ अनुसार ल्याइएको विभागले बताएको । यो प्रणाली मूलतः कारोबार मूल्यमा आधारित रहेको । 

१२. कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको स्थापना कहिले भएको हो ?

➤ वि.सं. २०७८ असोज १२

 

१३. सन् २०२५ सेप्टेम्बरमा ‘ग्यालप’ द्वारा सार्वजनिक गरिएको ‘ग्लोबल सेफ्टी प्रतिवेदन’ अनुसार विश्वकै सुरक्षित देश कुन रहेको छ ? 

➤ सिङ्गापुर 

 

१४. पद्मश्री साहित्य पुरस्कार, २०८२ बाट सम्मानित हुने स्रष्टा को हुनुहुन्छ ? 

➤ रमेश भुषाल (कृति : छालबाटो)

 

१५. राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार आव २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर कति प्रतिशत हुने अनुमान छ ? 

➤ ४.६ प्रतिशत 

  • उपभोक्ता मूल्यमा ४.६ प्रतिशत र प्रचलित मूल्यमा ४.० प्रतिशत कायम हुने अनुमान रहेको । 
  • आव २०८०/८१ मा नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशत रहेको संशोधित अनुमान छ ।
  • आव २०८१/८२ को कुल गार्हस्थ उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २५.२ प्रतिशत, १२.८ प्रतिशत र ६२.० प्रतिशत रहने प्रारम्भिक अनुमान ।
  • आव २०८१/८२ मा मुलुकको कुल गार्हस्थ उत्पादनमा बागमती प्रदेशको हिस्सा सबैभन्दा धेरै ३६.५ प्रतिशत र सबैभन्दा कम हिस्सा कर्णाली प्रदेशको ४.२ प्रतिशत रहेको । 
  • २०८१ असार मसान्तको तुलनामा २०८२ असार मसान्तमा बैङ्क तथा वित्तीय संस्थाको निक्षेप १२.५ प्रतिशतले र कर्जा प्रवाह ८.२ प्रतिशतले वृद्धि भएको । 
  • आव २०८१÷८२ मा कुल वस्तु निर्यात ८१.८ प्रतिशतले वृद्धि भई दुई खर्ब ७७ अर्ब तीन करोड पुगेको तथा कुल वस्तु आयात १३.३ प्रतिशतले वृद्धि भई १८ खर्ब चार अर्ब १२ करोड पुगेको ।

 

१६. वल्र्ड वेदर एट्रिब्युस (डब्लुडब्लुए) र आर्कटिक रिपोर्ट कार्डसको प्रतिवेदन अनुसार हालसम्म सबैभन्दा तातो वर्षका रूपमा रहेको वर्ष कुन हो ? 

➤ सन् २०२५

  • मानवद्वारा गरिएका विकास निर्माण तथा जीवाश्म इन्धन प्रयोगका कारण विश्वको तापक्रमले इतिहासकै रेकर्ड पार गरेको प्रतिवेदनले जनाएको ।
  • सन् २०२३ र २०२४ दुवै ताता वर्षमा दरिएका थिए । ती दुई वर्षभन्दा पनि तातो वर्ष सन् २०२५ रहेको अध्ययनका निष्कर्षले देखाएको । विश्व मौसम सङ्गठनले यी अध्ययनलाई मान्यता दिँदै सचेतना अपनाउन पहल थालेको ।
  • पूर्वऔद्योगिककालको तापक्रमभन्दा कम तापक्रम राख्ने विश्वको पहललाई गत वर्षको तापक्रम रेकर्डले असफल बनाएको । सन् २०१५ को पेरिस सम्झौता अनुसार विश्वको तापक्रमको बढोत्तरीलाई १.५ डिग्री सेन्टिग्रेडमा सीमित राख्न पक्ष मुलुकले सहमति जनाउँदै त्यही अनुसार आफ्ना मानवीय व्रिmयाकलापलाई अघि बढाउने सहमति कोप सम्मेलनमार्फत प्रतिबद्धता जनाउँदै आएका छन् । 

Arctic warms at more than twice global rate in hottest year on record | The  Independent

१७.  अर्थमन्त्री रामेश्वर खनालद्वारा अर्थ मन्त्रालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जिआइओएमएस) को शुभारम्भ कहिले गरिएको हो ?

➤ विसं २०८२ असोज १०

 

१८.  सरकारले कृषिमा लगानी दशकका रूपमा घोषणा गरेको अवधि कुन हो ?

➤ विसं २०८१–२०९१

 

१९. जी–२० शिखर सम्मेलन २०२५ कहिले र कहाँ सम्पन्न भएको हो ? 

➤ सन् २०२५ नोभेम्बर २२–२३ (दक्षिण अफ्रिका)

 

२०. हाल मुलुकमा बैङ्किङ पहुँच पुगेको स्थानीय तहको सङ्ख्या कति छ ? 

➤ ७५३ (सबै स्थानीय तहमा)

 

२१. राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा दोस्रो आर्थिक गणनाका लागि तय गरिएको अवधि कुन हो ? 

➤ वि.सं. २०८३ वैशाख २ – असार ७

  • नेपालमा यसअघि २०७५ सालमा पहिलो राष्ट्रिय आर्थिक गणना गरिएको थियो । 

 

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 799
  • Gorkhapatra 343
  • Others 1189
  • Vacancy 1
  • Past Questions 148
  • Nepal Police 9

Latest Blogs

Lumbini Province, Education Officer, Seventh Level, 2083/06/06
Past Questions

लुम्बिनी प्रदेश, शिक्षा अधिकृत, सातौँ तह, २०८३/०६/०६

  • Sep 22, 2026
  • 248
History of the establishment of the Non-Aligned Movement (NAM)
Others

असंलग्न आन्दोलन (NAM) को स्थापनाको इतिहास

  • Sep 22, 2026
  • 255
Nepal's diplomatic relations with BIMSTEC countries
Others

नेपालको बिमस्टेक (BIMSTEC) राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध

  • Sep 22, 2026
  • 132
Khardar, Fourth Level, Pre-Qualification Examination - 2083/06/04
Past Questions

खरिदार, चौथो तह, पूर्वयोग्यता परीक्षा - २०८३/०६/०४

  • Sep 21, 2026
  • 259
World Day of Peace, 2026
Current Affairs

विश्व शान्ति दिवस, २०२६

  • Sep 21, 2026
  • 71
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA