Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (२३ वैशाख २०८३, बुधबार)

  • Ajnabee Khadka
  • May 06, 2026
  • 173

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (२३ वैशाख २०८३, बुधबार)

Public Service Preparation Special: Objective Questions and Answers (23 Baisakh 2083, Wednesday)

१.  ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ अनुसार वि.सं. २०९२ भित्र नेपालमा कुल विद्युत् कति उत्पादन गर्ने लक्ष्य रहेको छ ? 

➤ २८,५०० मेगावाट

मुख्य लक्ष्य :

  • कुल विद्युत् उत्पादन : २८,५०० मेगावाट
  • आन्तरिक खपत : १३,५०० मेगावाट
  • निर्यात लक्ष्य : १५,००० मेगावाट
  • प्रतिव्यक्ति ऊर्जा खपत : १,५०० किलोवाट/आवर (हाल ४५० युनिट)

प्रमुख जलविद्युत् आयोजना (१० वर्षभित्र सम्पन्न गर्ने) :

  • बुढीगण्डकी : १,२०० सय मेगावाट 
  • अप्पर अरुण : १,०६१ मेगावाट
  • दुधकोशी : ६७० मेगावाट
  • अन्यसहित कुल १५ वटा मुख्य आयोजना

सौर्य ऊर्जा :

  • आगामी दुई वर्षभित्र विद्युत् प्राधिकरणबाट १,००० मेगावाटभन्दा बढी, 
  • १० वर्षभित्र निजी क्षेत्रसहित कुल १४,००० मेगावाटको लक्ष्य, 

पूर्वाधार विकास :

  • प्रसारण लाइन : अन्तरदेशीयसहित थप २४ वटा उच्च क्षमताका प्रसारण लाइन निर्माण गर्ने,
  • सबस्टेसन क्षमता : आगामी १० वर्षमा ४०,००० एमभिए पुर्याउने,
  • प्रमुख प्रसारण लाइन : ढल्केवरमुजफ्फरपुर, बुटवलगोरखपुर, चिलिमे हबकेरुङ  (चीनतर्फ) 

 

२. म्याराथन इतिहासमै सबैभन्दा कम समयमा म्याराथन दौड पूरा गरी कीर्तिमान कायम गर्ने धावक को हुन् ? 

➤ सेबास्टियन सावे (३१ वर्षीय, केन्या)

  • समय : १ घण्टा ५९ मिनेट ३० सेकेन्डमा ४२.१९५ किमी दुरी पार गरेका 
  • प्रतियोगिता : लन्डन म्याराथन (२६ अप्रिल २०२६)
  • द्वितीय : योमिफ केजेल्चा (इथियोपिया) १:५९:४१ 
  • तृतीय : ज्याकब किप्लीमो (युगान्डा) २:००:२८
  • महिलातर्फका विजेता : 
  • पहिलो : टिग्स्ट असेफा (इथियोपिया), २ घण्टा १५ मिनेट ४१ सेकेन्ड  
  • दोस्रो र तेस्रो स्थान : हेलेन ओबिरी (२:१५:५३) र जोयसिलिन जेप्कोसगेई (२:१५:५५), दुवै केन्याका धाविका 

३. नेपालको वर्तमान आर्थिक स्थितिपत्र २०८३ अनुसार कुल गार्हस्थ उत्पादन (जिडिपी) मा कृषि क्षेत्रको योगदान कति प्रतिशत रहेको छ ?

➤ २५.२ प्रतिशत

वर्तमान आर्थिक अवस्था:

  • आर्थिक वृद्धि : पछिल्लो एक दशकको वार्षिक औसत वृद्धिदर ४.२ प्रतिशत मात्र 
  • लगानीमा गिरावट : कुल लगानी जिडिपीको ३९.५ प्रतिशतबाट घटेर २८.१ प्रतिशतमा सीमित । निजी क्षेत्रको लगानी पनि १९.६ प्रतिशतबाट १४.७ प्रतिशतमा ओर्लिएको 
  • बेरोजगारी दर : समग्र बेरोजगारी दर १२.६ प्रतिशत र युवा बेरोजगारी दर २२.७ प्रतिशत रहेको । (आव २०८१÷८२ मा मात्र आठ लाख ३९ हजारले वैदेशिक श्रम स्वीकृति लिएका) 

जिडिपीमा क्षेत्रगत योगदान:

  • कृषि : २५.२ प्रतिशत 
  • सेवा क्षेत्र : ५७.५ प्रतिशतबाट बढेर ६२ प्रतिशत पुगेको 
  • उद्योग : १४.१ प्रतिशतबाट घटेर १२.८ प्रतिशतमा झरेको 
  • विद्युत् पहुँच : एक दशकमा विद्युत् उत्पादन ८२९ मेगावाटबाट ३,३८० मेगावाट पुगेको 
  • रेमिट्यान्स : कुल विप्रेषणको योगदान २७.४ प्रतिशत रहेको 

 

४. वि.सं. २०८३ वैशाख शुक्ल पूर्णिमाका दिन कति औँ बुद्धजयन्ती मनाइयो ? 

➤ २५७० औँ 

  • इपू ५६३ मा रुपन्देहीको लुम्बिनी उद्यानमा वैशाख शुक्ल पूर्णिमाका दिन राजा शुद्धोधन र माता मायादेवीको सन्तानका रूपमा सिद्धार्थ गौतमको जन्म भएको, 
  • दरबारिया सुखसयल त्यागेर कठोर तपस्यापश्चात् ३५ वर्षको उमेरमा भारतको बोधगयामा (वैशाख पूर्णिमाकै दिन) उहाँले ‘बुद्धत्व’ प्राप्त गर्नुभएको, 
  • ‘चार आर्य सत्य’ (दु:ख, दु:खको कारण, दु:खको निवारण र निवारणको मार्ग) तथा ‘अष्टाङ्गिक मार्ग’ को प्रतिपादन गर्दै विश्वभर अहिंसा, करुणा र शान्तिको सन्देश फैलाउनु उहाँको अमूल्य योगदान हो ।
  • आजीवन मानवकल्याण र शान्तिको मार्गमा समर्पित रहेर ८० वर्षको उमेरमा भारतको कुशीनगरमा इपू ४८३ वैशाख शुक्ल पूर्णिमाकै दिन उहाँले महापरिनिर्वाण 
  • प्राप्त गर्नुभएको ।

५. प्रज्ञा पुरस्कार २०८२ (समालोचना विधातर्फ) कसलाई प्रदान गरियो ? 

➤ प्राडा अभि सुवेदी 

प्रज्ञा पुरस्कार, २०८२ (राशि : जनही रु. एक लाख) 

  • समालोचना : प्राडा अभि सुवेदी
  • दर्शन : ईश्वरचन्द्र ज्ञवाली
  • गद्य साहित्य : आहुति
  • पद्य साहित्य : शैलेन्द्र साकार
  • भाषा : प्रा. मुकुन्दशरण उपाध्याय
  • सामाजिक शास्त्र : डा. डम्बर चेम्जोङ
  • संस्कृति : प्राडा सोमप्रसाद खतिवडा
  • बालसाहित्य : सुशीला प्रधानाङ्ग
  • अनुवाद : डा. सर्वोत्तम श्रेष्ठ
  • अन्तर्देशीय : नरेश काङमाङ राई (बेलायत)
  • मातृभाषा (हिमाली पहाडी) : बुद्ध योन्जन
  • मातृभाषा (मैथिली) : अमरेन्द्र यादव 

प्रज्ञा प्रादेशिक पुरस्कार, २०८२:

१. कोशी : मलिसा याक्थुम्बा लिम्बू (महेन्द्रकुमार नेम्वाङ)

२. मधेश : मुना चौधरी

३. बागमती : शान्तिप्रिय वन्दना

४. गण्डकी : अनिल श्रेष्ठ

५. लुम्बिनी : क्षितिज मगर

६. कर्णाली : रमानन्द आचार्य

७. सुदूरपश्चिम : कर्ण दयाल ‘सोडारी’

 

६. नेपाल सरकारले वि.सं. २०६२/६३ देखि हालसम्म सार्वजनिक पदमा रहेका उच्चपदस्थ पदाधिकारीको सम्पत्ति छानबिन गर्न कसको संयोजकत्वमा छ सदस्यीय उच्चस्तरीय छानबिन आयोग गठन गरेको छ ?

➤ सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारी 

  • आयोग गठन : वि.सं. २०८३ वैशाख २ 
  • सरकारले पहिलो चरणमा २०६२÷६३ देखि हाल (२०८२÷८३) सम्मका र दोस्रो चरणमा २०४६ देखि २०६१÷६२ सम्मका उच्चपदस्थ राजनीतिक तथा प्रशासनिक व्यक्तिको सम्पत्ति विवरण प्रमाणीकरण र छानबिन गर्ने लक्ष्य राखेको, 
  • पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित छ सदस्यीय आयोगमा पूर्वन्यायाधीश, पूर्वडिआइजी र चार्टर्ड एकाउन्टेन्ट विज्ञहरू समावेश । यो आयोग सरकारको शासकीय सुधार कार्यसूचीबमोजिम गठन गरिएको,
  • ‘जेनजी’ आन्दोलनमा भएको दमन र त्रुटिबारे छानबिन गर्न पूर्वन्यायाधीश प्रेमराज कार्कीको नेतृत्वमा अर्को छुट्टै तीन सदस्यीय समिति (२०८३ वैशाख २) बनाइएको छ, जसले कारबाही सिफारिस भएका सुरक्षा अधिकारीको हकमा थप अनुसन्धान गर्ने छ ।

७. नेपाली कला साहित्य डटकम प्रतिष्ठानद्वारा सोलुखुम्बुमा आयोजित कार्यक्रममा योगेश्वर वाङ्मय पुरस्कार कसलाई प्रदान गरियो ?

➤ पूर्ण ओली (रुकुम)

  • त्यसै गरी ग्रेगरी कलासंस्कृति पुरस्कार सोलुखुम्बुका मनुहाङ किराँतीलाई प्रदान गरिएको, 
  • मुलुकका विभिन्न जिल्लामा पुगेर बर्सेनि गरिँदै आएको कला साहित्य यात्रा यसपटक (१९ औँ संस्करण) सोलुखुम्बुको सल्लेरीमा आयोजना (२०८२ चैत) भएको । 

 

८. टी२० अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा एकै खेलमा ९ विकेट लिएर विश्व कीर्तिमान कायम गर्ने पहिलो खेलाडी को हुन् ?

➤ लाउरा कार्डोसो (ब्राजिलकी महिला क्रिकेटर)

  • २१ वर्षीय लाउरा कार्डोसोले लेसोथोविरुद्धको खेलमा ९ विकेट लिँदै टी२० अन्तर्राष्ट्रिय (पुरुष र महिला दुवैतर्फ) ९ विकेट लिने विश्वकै पहिलो बलर बनेकी, 
  • उनले मात्र ३ ओभर बलिङ गर्दै ४ रन खर्चिएर ९ विकेट हात पारेकी थिइन्, जसले गर्दा विपक्षी टोली लेसोथो १३ रनमै समेटिएको, 
  • यसअघि सन् २०२५ मा भुटानका सोनाम येसीले म्यानमारविरुद्ध ७ रन दिएर ८ विकेट लिएको कीर्तिमानलाई लाउराले पछि पारेकी, 
  • महिलातर्फको रेकर्डमा कार्डोसोले सन् २०२४ मा ७ विकेट लिएकी इन्डोनेसियाकी रोहमालियाको बलिङ रेकर्डलाई तोडेर नयाँ उचाइ कायम गरेकी । 

९. सन् २०२६ मार्चमा अस्ट्रेलियामा सम्पन्न एएफसी महिला एसियन कपको उपाधि विजेता टोली कुन हो ? 

➤ जापान 

  • आयोजना मिति : सन् २०२६ मार्च १२१
  • सहभागी टोली : १२
  • बेस्ट प्लेयर : अलन्ना केन्नेडी (अस्ट्रेलिया)
  • बेस्ट गोलकिप्पर : आयका यामासिता (जापान)
  • बेस्ट गोलकिप्पर : आयका यामासिता (जापान)
  • फेयरप्ले अवार्ड : जापान 
  • जापानले आयोजक अस्ट्रेलियालाई १० गोल अन्तरले हराउँदै तेस्रो पटक एएफसी महिला एसियन कपको उपाधि चुमेको । रोचक कुरा के छ भने जापानले जितेका तिनै वटा फाइनलमा अस्ट्रेलियालाई नै समान १० को नतिजामा पराजित गरेको ।

एएफसी महिला एसियन कप फुटबलको उपाधि जापानलाई | Ujyaalo Online:: Nepal News,  Nepali Samachaar

१०. ‘रन फर नेपाल’ नाराका साथ सन् २०२६ अप्रिलमा सम्पन्न १४ औँ कान्तिपुर हाफ म्याराथनको उपाधि विजेता धावक को हुन् ? 

➤ पुरुषतर्फ : त्रिभुवन आर्मीका राजन रोकाया र महिलातर्फ : धादिङकी सन्तोषी श्रेष्ठ, दुवै विजेताले जनही एक लाख ५० हजार रुपियाँ नगद र ट्रफी प्राप्त गरेका ।

 

११. बेइजिङमा आयोजित २१ किलोमिटरको हाफ म्याराथनमा चिनियाँ स्मार्ट फोन निर्माता ‘अनर’ द्वारा विकसित मानवाकृति रोबोटले कति समयमा दौड पूरा गरी मानव विश्व कीर्तिमान तोडेको छ ?

➤ ५० मिनेट २६ सेकेन्ड 

  • सो रोबोटले ५० मिनेट २६ सेकेन्डमा हाफ म्याराथन पूरा गर्दै युगान्डाका धावक ज्याकोब किप्लिमोको करिब ५७ मिनेटको मानव विश्व कीर्तिमानलाई तोडेको ।

 

१२. सरकारले जलाशययुक्त जलविद्युत् आयोजनाको अनुमतिपत्र अवधि कति वर्ष कायम गर्ने निर्णय गरेको छ ? 

➤ ५० वर्ष (वि.सं. २०८३ वैशाख)

  • निजी क्षेत्रलाई जलविद्युत् आयोजना निर्माणमा आकर्षित गर्ने उद्देश्यले सो निर्णय गरिएको सरकारले जनाएको । 

 

१३. नेपालमा राष्ट्रिय याक दिवस कहिले मनाउने गरिन्छ ? 

➤ वैशाख ७ 

  • वि.सं. २०८३ को नारा : याक (चौँरी) पालन पेसाको सम्मान : हिमाली संस्कृतिको पहिचान, सुरक्षित हिमाल, समृद्ध किसान,
  • पहिलो याक दिवस २०८२ वैशाख ७ मा मनाइएको । 

 

१४. ‘रिपोर्टर्स विदाउट बोर्डर्स’ द्वारा सार्वजनिक गरिएको ‘विश्व प्रेस स्वतन्त्रता सूचकाङ्क २०२६’ मा नेपाल कति औँ स्थानमा पर्न सफल भएको छ ?

➤ ८७ औँ स्थानमा (यो दक्षिण एसियाली मुलुकहरूमध्ये सबैभन्दा उत्कृष्ट स्थान हो),

  • नेपाल ५४.८० अङ्कका साथ १८० राष्ट्रमध्ये ८७ औँ स्थानमा रहेको, 
  • शीर्ष स्थानमा रहेका प्रमुख पाँच राष्ट्र : नर्वे, नेदरल्यान्ड, इस्टोनिया, डेनमार्क, स्विडेन,  
  • अन्तिम स्थानमा रहेका पाँच राष्ट्र : इरिट्रिया, उत्तर कोरिया, चीन, इरान, साउदी अरब ।  

सार्क राष्ट्रको अवस्था: 

नेपाल : ८७ औँ 

श्रीलङ्का : १३४ औँ 

भुटान : १५० औँ 

बङ्गलादेश : १५२ औैँ 

पाकिस्तान : १५३ औँ 

भारत : १५७ औँ 

अफगानिस्तान : १७५ औँ 

 

१५. अन्तर्राष्ट्रिय श्रमिक दिवस कहिले मनाइन्छ ? 

➤ मे १ 

  • सन् २०२६ (१३७ औँ) को नारा : एन्स्युरिङ अ हेल्थी साइकोसोसियल वर्किङ इन्भाइरनमेन्ट,  
  • यो दिवस सन् १८८९ देखि मनाउन थालिएको । 

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 640
  • Gorkhapatra 310
  • Others 1031
  • Vacancy 1
  • Past Questions 78
  • GK Loksewa Past Question Collection 0
  • Nepal Police 4

Latest Blogs

Nepal's Provincial Gross Domestic Product Estimates, 2082/83
Current Affairs

नेपालको प्रादेशिक कुल गार्हस्थ उत्पादन अनुमान, २०८२/८३

  • May 27, 2026
  • 101
Major records set during the spring Everest climbing season of 2083 BS
Current Affairs

वि.सं. २०८३ को वसन्तकालीन सगरमाथा आरोहण सिजनमा कायम भएका प्रमुख कीर्तिमानहरू

  • May 27, 2026
  • 126
The concept of a common national market: thematic questions and answers (13 Jestha 2083, Wednesday)
Gorkhapatra

साझा राष्ट्रिय बजारको अवधारणा : विषयगत प्रश्नोत्तर (१३ जेठ २०८३, बुधबार)

  • May 27, 2026
  • 17
Public Service Preparation Special: Objective Questions and Answers (13 Jestha 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१३ जेठ २०८३, बुधबार)

  • May 27, 2026
  • 106
Development of Constitutional Bodies in Nepal's Constitutional History
Others

नेपालको संवैधानिक इतिहासमा संवैधानिक निकायहरूको विकास

  • May 26, 2026
  • 72
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA