Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (४ चैत २०८२, बुधबार)

  • Ajnabee Khadka
  • March 18, 2026
  • 577

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (४ चैत २०८२, बुधबार)

Public Service Preparation Special: Objective Question and Answer (4 Chaitra 2082, Wednesday)

१. प्रतिनिधि सभा निर्वाचन २०८२ मा राष्ट्रिय दलको मान्यता प्राप्त गर्न सफल दल कति वटा रहेका छन् ? 

➤ छ वटा (राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी) 

निर्वाचनमा दलहरूको अवस्था : थप जानकारी

२. संयुक्त राष्ट्रसङ्घद्वारा कुन दिनलाई अन्तर्राष्ट्रिय आरोग्य दिवस (इन्टरनेसनल वेलनेस डे) का रूपमा मनाइने भएको छ ? 

➤ १५ अप्रिल 

  • महासभाद्वारा पारित मिति : सन् २०२६ मार्च १०
  • नेपालको मौलिक अभ्यासलाई कूटनीतिको सौम्यशक्तिका रूपमा अगाडि बढाउँदै नेपालले अघि सारेको ‘अन्तर्राष्ट्रिय आरोग्यता दिवस’ अर्थात् ‘इन्टरनेसनल वेलनेस डे’ को सङ्कल्प प्रस्तावलाई संयुक्त राष्ट्रसङ्घको महासभाले पारित गरेसँगै विश्वभर अप्रिल १५ मा उक्त दिवस मनाइने भएको छ ।
  • नेपालको प्रस्तावमा निर्णय भएर विश्वव्यापी रूपमा आरोग्यता दिवस मनाउने घोषणा संयुक्त राष्ट्रसङ्घले गर्नु नेपाल र यस क्षेत्रकै लागि गौरवको विषय मानिएको छ । 
  • आरोग्य भनेको रोगको अनुपस्थिति मात्र होइन, यो त शारीरिक, मानसिक र आध्यात्मिक पूर्णताको ऊर्जावान् अवस्था हो । यसले सिङ्गो मानवजातिलाई सुख र सकारात्मकताको मार्गमा डोर्याउंछ । 

May be an image of one or more people and text that says 'जोवन विज्ान RUSSIAN HAA Guru Cucpaanon anu unuLPBhanuSha Bhanu Sharma janFoundation 1 .Lok йa LokD PeegNe AFINA, Guru amesh RameshPrasa Prasad CuruRameshPrasadNepal asadNepal Nepal Jeevan igyan JeeuanVigyanFoundation Foundation'

३. फोब्र्सद्वारा सन् २०२६ मार्च ११ मा प्रकाशित विश्वका अर्वपतिहरूको सूची अनुसार पहिलो स्थानमा पर्न सफल धनाढ्य को हुन् ? 

➤ एलन मस्क

  • नवप्रवर्तन र प्रविधिको नेतृत्व गरिरहेका टेस्ला र स्पेसएक्सका मालिक एलन मस्कको सम्पत्ति हाल ८३९ अर्ब डलर रहेको छ । 
  • फोब्र्सका अनुसार हाल विश्वभर ३,४२८ जना अर्बपति रहेका छन् । 
  • नेपालबाट सन् २०१३ यता फोब्र्सको सूचीमा लगातार प्रतिनिधित्व गर्दै आएका उद्योगी एवं राजनीतिकर्मी विनोद चौधरी २.१ अर्ब डलरका साथ १,९८२ औँ स्थानमा रहेका छन्। 

४. नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा कसलाई नियुक्त गरियो ? 

➤ गुग्लिएल्मो एरेना (स्विट्जरल्यान्ड), वि.सं. २०८२ फागुन २८ 

 

५. राष्ट्रिय आर्थिक गणना २०८२ को गणना कहिलेबाट सुरु गरिने भएको छ ? 

➤ वि.सं. २०८३ वैशाख २ (असार ७ सम्म गणना गरिने छ) 

  • नारा: अर्थतन्त्र मापनका लागि आर्थिक गणना । 
  • गणनाका लागि चार हजार गणक परिचालन हुने छन् ।
  • देशभरका ७७ जिल्लामा ८४ वटा जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरी काम अघि बढाइने भएको छ । 

 

६. सन् २०२६ मार्चमा प्रकाशित हेन्ली पासपोर्ट इन्डेक्स २०२६ अनुसार नेपाल कति औँ स्थानमा रहेको छ ? 

➤ ९६ औँ 

  • यस प्रतिवेदन अनुसार नेपाली राहदानी वाहकहरूले हाल विश्वका ३५ वटा गन्तव्यमा ‘अनअराइभल भिसा’ प्राप्त गर्न सक्ने छन् ।
  • हेन्ली पासपोर्ट इन्डेक्स २०२६ अनुसार पहिलो स्थानमा सिङ्गापुर (१९२ गन्तव्य) रहेको छ ।
  • सो सूची अनुसार अफगानिस्तान अन्तिम (१०१ औँ) स्थानमा रहेको छ । 

७. नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार २०८२ माघसम्म इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या कति रहेको छ ? 

➤ तीन करोड छ लाख ९८ हजार

  •   जनसङ्ख्याभन्दा बढी पहुँच पुग्नुको मुख्य कारण प्रयोगकर्ताले एकभन्दा बढी इन्टरनेट सेवा प्रयोग गर्नु हो ।
  • प्रतिवेदन अनुसार हाल नेपालमा भ्वाइस टेलिफोन प्रयोगकर्ता दुई करोड ९९ लाखभन्दा बढी छन् । कुल टेलिफोन सेवामध्ये ९८ प्रतिशतभन्दा बढी हिस्सा मोबाइल सेवाको रहेको छ । 
  • टेलिफोन सेवाको पहुँच जनसङ्ख्याभन्दा बढी हुनुको कारण पनि एकै प्रयोगकर्ताले एकभन्दा बढी सिम प्रयोग गर्नु रहेको प्रतिवेदनमा उल्लेख छ ।

 

८. सरकारले १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको वित्तीय लगानी ढाँचा कहिले स्वीकृत गरेको हो ? 

➤ वि.सं. २०८२ फागुन १२ 

  • धादिङ र गोरखा जिल्लामा निर्माण हुने यस आयोजनाको आधारभूत लागत दुई अर्ब ७७ करोड अमेरिकी डलर (करिब तीन खर्ब ७४ अर्ब रुपियाँ) निर्धारण गरिएको छ । निर्माण अवधिको ब्याजसमेत जोड्दा कुल लागत चार खर्ब छ अर्ब रुपियाँ पुग्ने अनुमान रहेको छ ।
  • स्वीकृत संरचना अनुसार कुल लगानीको ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटीमार्फत जुटाइने छ । 

 

९. सुशासनसम्बन्धी नीति तथा कार्यक्रम पहिलो पटक कुन योजनाले अगाडि सारेको हो ?

➤ नवौँ योजना

 

१०. नेपालले श्रम सम्झौता गरेको पहिलो राष्ट्र कुन हो ?

➤ कतार

 

११. एसियाका ठुला अर्थतन्त्रबिच डलरमाथिको निर्भरता घटाउने उद्देश्यका साथ नयाँ सहमति कहिले कायम भएको हो ? 

➤ सन् २०२५ मे ११ 

  • चीन, जापान, दक्षिण कोरिया र आसियान राष्ट्रहरू बिच डलरमाथिको निर्भरता घटाउन नयाँ सहमति भएको जनाइएको छ । 

 

१२.  आणिविक हतियारमा प्रतिबन्ध लगाउनेसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सन्धि औपचारिक रूपमा कहिलेदेखि कार्यान्वयनमा आएको हो ?

➤ सन् २०२१ जनवरी २२

 

१३. वि.सं. २०८२ भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सरकारसमक्ष कहिले पेस गरियो ? 

➤ वि.सं. २०८२ फागुन २४ 

  • पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित जाँचबुझ आयोगले अध्ययन, अनुसन्धान र सरोकारवालासँग बयान लिई प्रतिवेदन तयार पारेर सरकारलाई बुझाएको हो ।
  • सरकारले असोज ५ गते पूर्वन्यायाधीश कार्की अध्यक्ष र नेपाल प्रहरीका पूर्वएआइजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहने गरी आयोग गठन गरेको थियो । आयोगले साढे पाँच महिनाको अध्ययनपछि प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको हो ।

 

१४. स्मार्ट सहरी योजना र विकाससम्बन्धी राष्ट्रिय सम्मेलन कहिले सम्पन्न भएको हो ? 

➤ वि.सं. २०८२ कात्तिक १६१७ 

 

१५. अन्तर्राष्ट्रिय नेपाली गीतकार सङ्घले ‘ज्ञानेन्द्र गदाल गीत सम्मान’ २०२६ कसलाई प्रदान ग¥यो ? 

➤ कवि एवं गीतकार दिनेश अधिकारी

 

१६. नइ प्रज्ञा पुरस्कार, २०८२ बाट सम्मानित हुने श्रष्टा कोको हुनुहुन्छ ? 

➤ प्राडा वासुदेव त्रिपाठी, प्रा. शिवगोपाल रिसाल, प्राडा चूडामणि बन्धु र प्राडा दयाराम श्रेष्ठ

  • त्रिभुवन विश्वविद्यालयमा पठनपाठन, अनुसन्धान र सिर्जनाका माध्यमबाट नेपाली भाषा साहित्यको श्रीवृद्धिमा गरिएको योगदानका लागि सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो । पुरस्कार राशि: जनही ५० हजार रुपियाँ ।

 

१७. १३ दिनमा तीन पटक सगरमाथा आरोहण गरी कीर्तिमान कायम गर्ने महिला आरोही को हुन् ? 

➤ पूर्णिमा श्रेष्ठ 

  • फोटो पत्रकारिताबाट विश्व कीर्तिमानी आरोही श्रेष्ठले सन् २०२४ मे १२, मे १९ र मे २५ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरी गिनिज वल्र्ड रेकर्डमा नाम लेखाउन सफल भएकी हुन् । 

प्रस्तुतकर्ता : टङ्क केसी  

Categories

  • Current Affairs 799
  • Gorkhapatra 343
  • Others 1189
  • Vacancy 1
  • Past Questions 148
  • Nepal Police 9

Latest Blogs

Lumbini Province, Education Officer, Seventh Level, 2083/06/06
Past Questions

लुम्बिनी प्रदेश, शिक्षा अधिकृत, सातौँ तह, २०८३/०६/०६

  • Sep 22, 2026
  • 244
History of the establishment of the Non-Aligned Movement (NAM)
Others

असंलग्न आन्दोलन (NAM) को स्थापनाको इतिहास

  • Sep 22, 2026
  • 253
Nepal's diplomatic relations with BIMSTEC countries
Others

नेपालको बिमस्टेक (BIMSTEC) राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध

  • Sep 22, 2026
  • 132
Khardar, Fourth Level, Pre-Qualification Examination - 2083/06/04
Past Questions

खरिदार, चौथो तह, पूर्वयोग्यता परीक्षा - २०८३/०६/०४

  • Sep 21, 2026
  • 259
World Day of Peace, 2026
Current Affairs

विश्व शान्ति दिवस, २०२६

  • Sep 21, 2026
  • 71
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA