लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१८ चैत २०८२, बुधबार)
१. राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ तथा संसदीय दलका नेता बालेन्द्र शाहको प्रधानमन्त्रित्वमा नयाँ सरकारको गठन कहिले भएको हो ?
➤ वि.सं. २०८२ चैत १३
- प्रधानमन्त्री नियुक्त : वि.सं. २०८२ चैत १३
- नेपालको संविधान (२०७२) जारी भएपश्चात् पहिलो पटक धारा ७६ (१) अनुसार प्रधानमन्त्री बन्ने उहाँ पहिलो व्यक्तित्व हुनुहुन्छ ।
- नयाँ मन्त्रीपरिषद् (चैत १३ मा गठित)

- नेपालको पहिलो प्रधानमन्त्री : भीमसेन थापा
- नेपालको पहिलो महिला प्रधानमन्त्री : सुशीला कार्की
२. वासु शशी साहित्य पुरस्कार, २०८२ कसलाई प्रदान गरियो ?
➤ साहित्यकार वसन्त चौधरी
३. मानवनिर्मित रोबोट ‘अप्टिमस’ सहित मङ्गल ग्रहमा प्रक्षेपण गर्न लागिएको विश्वकै शक्तिशाली रकेट कुन हो ?
➤ स्टारसिप
- स्पेसएक्सले मानवनिर्मित रोबोट ‘अप्टिमस’लाई आफ्नो शक्तिशाली स्टारसिप रकेटमार्फत यसै वर्षको अन्त्यमा मङ्गल ग्रहमा पठाउने जनाएको छ ।
- यो प्रक्षेपण र अवतरण सफल भएमा सन् २०२९ देखि २०३१ सम्ममा मङ्गल ग्रहमा मानिस पठाउने एलन मस्कको योजना रहेको छ ।
४. मानिसको दिमागमा कम्प्युटर चिप राख्न व्यावसायिक स्वीकृति दिने विश्वको पहिलो मुलुक कुन हो ?
➤ चीन (सन् २०२६ मार्च)
- चीन ‘इन्भेसिभ’ ब्रेनकम्प्युटर इन्टरफेस (बिसिआई) मेडिकल डिभाइसलाई व्यावसायिक बिक्रीको स्वीकृति दिने विश्वकै पहिलो देश बनेको छ ।
- चीनको नेसनल मेडिकल प्रोडक्ट्स एडमिनिस्ट्रेसन (एनएमपिए) ले पक्षघात भएका बिरामीहरूको उपचारका लागि यस्तो डिभाइस व्यावसायिक रूपमा प्रयोग गर्ने अनुमति प्रदान गरेको छ ।
- अनुमति पाउनेमा ‘न्युराकल मेडिकल टेक्नोलोजी’ ले विकास गरेको नियो नामक उपकरण रहेको छ ।
- ब्रेनकम्प्युटर इन्टरफेस यस्तो प्रविधि हो, जसले मस्तिष्कमा उत्पन्न हुने विद्युतीय सङ्केतलाई वास्तविक समयमा पढेर कम्प्युटर वा मेकानिकल उपकरणहरू नियन्त्रण गर्न सक्छ । यो प्रविधि इन्भेसिभ र नन्इन्भेसिभ गरी दुई प्रकारको हुन्छ । हाल स्वीकृत भएको नियो उपकरण इन्भेसिभ प्रविधि हो ।
- लामो समयदेखि प्रयोगशालामा सीमित रहेको बिसिआई प्रविधिलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को उदयले व्यावसायिकतातर्फ अघि बढ्न सहयोग पु¥याएको छ । एआईले मस्तिष्कका हजारौँ न्युरोनबाट निस्कने जटिल सङ्केतहरूलाई तत्कालै विश्लेषण गर्न सम्भव बनाइदिएको छ । यस क्षेत्रमा अहिले विश्वभर कडा प्रतिस्पर्धा रहेको छ ।

५. नोबेल पुरस्कारबाट सम्मानित हुने संयुक्त राष्ट्रसङ्घका महासचिव को हुन् ?
➤ कोफी अन्नान र ड्याग ह्यामरसोल्ड
६. व्यावसायिक रूपमा प्रयोग गरिएको नेपालको पहिलो रोबोट कुन हो ?
➤ परी (पाइला टेक्नोलोजीले बनाएको र नेपाल एसबिआई बैङ्कमा प्रयोगमा ल्याइएको हो ।)
७. दर्जनौँ व्यक्तिको ज्यान जाने गरी कोलम्बियाली वायुसेनाको विमान कहिले दुर्घटनाग्रस्त भएको हो ?
➤ सन् २०२६ मार्च २४
- विमानमा ११४ जना सैनिक जवान र ११ जना चालक दलका सदस्य रहेको जनाइएको छ ।
- सो दुर्घटनामा परी ६६ भन्दा बढी व्यक्तिको ज्यान गएको साथै दर्जनौँ व्यक्ति घाइते हुन पुगेका छन् ।

८. नेपालको समावेशी चरित्रलाई आत्मसात् गर्दै गोरखापत्रले विभिन्न मातृभाषामा समाचार र लेख प्रकाशन गर्ने कार्यको सुरुवात कहिलेदेखि गरेको हो ?
➤ वि.सं. २०६४ असोज १
- यस बहुभाषिक खण्डलाई ‘नयाँ नेपाल’ नामकरण गरिएको छ ।
- सुरुवातमा सीमित भाषाहरूबाट थालिएको यो अभियान अन्तर्गत हाल थपिँदै गएर ४६ वटा विभिन्न मातृभाषामा सामग्री नियमित रूपमा प्रकाशन हुँदै आएका छन् । एउटै पत्रिकाले यति धेरै भाषामा सामग्री प्रकाशन गर्नु विश्व पत्रकारितामै दुर्लभ मानिन्छ ।
९. राष्ट्रिय विकास परिषद्को अध्यक्ष को हुने प्रावधान छ ?
➤ प्रधानमन्त्री
१०. विश्वमा सबैभन्दा बढी प्रजातिका वनस्पति पाइने देश कुन हो ?
➤ ब्राजिल
११. वि.सं. २०८२ फागुन २१ मा सम्पन्न निर्वाचनपश्चात् नवनिर्वाचित सांसदद्वारा कहिले शपथ ग्रहण गरियो ?
➤ वि.सं. २०८२ चैत १२
- प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीद्वारा सपथ लिइएको हो ।
- शपथ ग्रहण लिने प्रतिनिधि सभा सदस्य : २७४
- सिंहदरबारस्थित सङ्घीय संसद्को निर्माणाधीन बहुउद्देश्यीय सभाकक्षमा शपथ ग्रहण समारोह आयोजना भएको हो ।
- प्रतिनिधि सभाका ६६ जना सदस्यले १८ वटा अन्य मातृभाषामा शपथ लिनुभएको थियो ।
- ज्येष्ठ सांसद अर्जुननरसिंह केसीले अघिल्लो दिन चैत ११ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिनुभएको थियो ।

१२. राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्याङ्क अनुसार हाल नेपालमा कति प्रतिशत क्षय रोगका बिरामी उपचारभन्दा बाहिर रहेको उल्लेख छ ?
➤ ४२ प्रतिशत
- राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्याङ्क अनुसार हाल नेपालमा प्रति एक लाख जनसङ्ख्यामा २२७ जनामा क्षयरोग हुने गरेको छ । क्षयरोगको सबैभन्दा डरलाग्दो पक्ष भनेको यसका ४२ प्रतिशत बिरामी उपचारभन्दा बाहिर हुनु हो ।
- समाजमा छरिएर रहेका बिरामी उपचारको पहुँचमा नआउँदा एकले अर्कोलाई सार्ने र क्षयरोग फैलाउने कार्य बढिरहेको केन्द्रका निर्देशक डा. भुवन पौडेलले बताउनुभयो ।
- नेपालमा सरकार तथा विभिन्न साझेदारी निकायले सन् २०१०, २०१५ र २०१८ मा सर्भिलेन्स सर्भे गरेका थिए तर त्यसयता स्थानीयस्तरसम्म पुगेर सर्भिलेन्स सर्भेसमेत गरिएको छैन ।
- नेपालले सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र सन् २०५० सम्म देशलाई क्षयरोगमुक्त बनाउने लक्ष्य लिएको छ ।
- सन् २०२५ को तथ्याङ्क अनुसार नेपालमा सबैभन्दा बढी क्षयरोग सङ्क्रमित मधेश प्रदेश (२५ प्रतिशत) मा रहेका छन् ।
- क्षयरोग सङ्क्रमणबाट नेपालमा बर्सेनि १६ हजार जनाको ज्यान जाने गरेको छ ।
१३. मदन पुरस्कार प्राप्त गर्ने पहिलो विदेशी सर्जक को हुन् ?
➤ फादर विलियम बर्क (कृति : सही शब्द, वि.सं. २०५१)
१४. डब्लृडब्लुएफ को आदर्श वाक्य के हो ?
➤ फर नेचर : फर पिपुल : फर इभर
१५. इन्डियन प्रिमियर लिग (आइपिएल) को १९ औँ संस्करण कहिले देखि सुरु भएको हो ?
➤ सन् २०२६ मार्च २८
- सहभागी टोली : १० (ग्रुप ए : चेन्नई सुपर किङ्स, कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स, रोयल च्यालेन्जर्स बेङ्लुरु, पन्जाब किङ्स; ग्रुप बी : मुम्बई इन्डियन्स, सनराइजर्स हैदराबाद, गुजरात टाइटन्स, देल्ही क्यापिटल्स र लख्नउ सुपर जायन्ट्स)
- पहिलो खेल : रोयल च्यालेन्जर्स बेङ्लुरु र सनराइजर्स हैदराबाद ।
- आइपिएलको सुरुवात : सन् २००८
- १८ औँ संस्करणको विजेता : रोयल च्यालेन्जर्स बेङ्लुरु (उपविजेता : पन्जाब किङ्स)
१६. जी२० शिखर सम्मेलन २०२५ कहाँ सम्पन्न भएको हो ?
➤ दक्षिण अफ्रिका
- मिति : सन् २०२५ नोभेम्बर २२२३
- अफ्रिकामा पहिलो पटक जी२० सम्मेलन आयोजना भएको थियो ।
- सम्मेलनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बहिष्कार गरेका थिए ।
- जी२० शिखर सम्मेलनको घोषणापत्र पारित भएको छ ।
- जलवायु, ऊर्जा, ऋण स्थिरता, खनिज सम्झौतालगायतका विषय घोषणापत्रमा समेटिएका छन् ।
- घोषणापत्रमा युक्रेन, प्रजातान्त्रिक गणतन्त्र कङ्गो, सुडान र ‘कब्जा गरिएको प्यालेस्टाइन क्षेत्र’ मा ‘न्यायपूर्ण’ शान्तिका लागि संयुक्त आह्वान समावेश छन् ।
१७. बिम्स्टेकमा सदस्य नभएका सार्क राष्ट्र कुन कुन हुन् ?
➤ अफगानिस्तान, पाकिस्तान र माल्दिभ्स
(सार्क सदस्य नभएका बिम्स्टेक राष्ट्र थाइल्यान्ड र म्यानमार हुन् ।)
१८. नेपालमा पेट्रोल र डिजेलमा स्वचालित मूल्य प्रणाली कहिलेदेखि लागु गरिएको हो ?
➤ वि.सं. २०७१ असोज १३
१९. ‘इन्स्टिच्युट फर इकोनोमिक्स एन्ड पिस’ द्वारा सार्वजनिक (सन् २०२६ मार्च) प्रतिवेदन अनुसार आतङ्कवादी गतिविधि हुने देशहरूको सूचीको पहिलो स्थानमा रहेको राष्ट्र कुन हो ?
➤ पाकिस्तान
- १६३ देश समेटिएको यस सूचीमा आतङ्कवादबाट सबैभन्दा बढी प्रभावित देशको रूपमा पाकिस्तान रहन पुगेको छ ।
- यस सूचीमा नेपाल ८९ औँ स्थानमा रहेको छ ।
- आतङ्कवादी गतिविधिबाट बढी प्रभावित मुलुक

२०. विश्वव्यापी ऊर्जाको मुख्य मार्ग होर्मुज जलडमरुले कुनकुन खाडी जोड्छ ?
➤ पर्सियन खाडी र ओमानको खाडी
- विश्वको कुल समुद्री तेल व्यापारको करिब २० देखि ३० प्रतिशत हिस्सा यही मार्ग भएर हुने गर्छ ।
- सबैभन्दा साँघुरो भागमा मात्र ३३ किलोमिटर चौडा रहेको यो मार्ग इरान र ओमानको जल क्षेत्रमा पर्छ । संवेदनशील भूगोल र साँघुरो बाटो भएका कारण यो बारम्बार शक्ति राष्ट्रबिचको तनावको तारो बन्ने गरेको छ ।
प्रस्तुतकर्ता : टङ्क केसी