Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोक सेवा आयोग विषयगत प्रश्नोत्तर (७ जेठ २०८२, बुधबार)

  • Ajnabee Khadka
  • May 21, 2025
  • 944

लोक सेवा आयोग विषयगत प्रश्नोत्तर (७ जेठ २०८२, बुधबार)

Public Service Commission Topical Questions and Answers (7 Jestha 2082, Wednesday)

१. सामाजिक परिचालनको अवधारणा स्पष्ट पार्दै यसका फाइदाहरू उल्लेख गर्नहोस् । नेपालमा सामाजिक परिचालनको प्रव्रिmयामा के–कस्ता कमी कमजोरी रहेको पाउनुहुन्छ ? बुँदागत रूपमा कमजोरीहरू औँल्याउनुहोस् ।

 समुदायका सदस्यहरूलाई सामूहिक लक्ष्य प्राप्तिका लागि सङ्गठित गर्ने प्रव्रिmया नै सामाजिक परिचालन हो । सामाजिक परिचालनले सामूहिक उद्देश्यका लागि साझा प्रयास, सहभागितामूलक व्यवस्थापन, सरोकारवालाबिचको सहकार्य, सदस्यको सशक्तीकरण, सोच र व्यवहार परिवर्तन, आपसी विश्वास निर्माण जस्ता आधारभूत पक्षहरू समेटेको हुन्छ । समुदायका सदस्यहरूको सशक्तीकरणमार्फत समुदायका साझा समस्या पहिचान गर्ने र समाधान गर्नेतर्फ यो अभियान परिलक्षित हुन्छ । सामाजिक परिचालनले समुदायका सदस्यमा छरिएर रहेको ज्ञान, सिप, क्षमता र स्रोतसाधनको समुचित संयोजन गरी साझा लक्ष्य प्राप्तिको उद्देश्य लिएको हुन्छ । सामाजिक परिचालनको माध्यमबाट समुदायका सदस्यको क्षमता विकाससँगै उनीहरूको व्यक्तिगत, पारिवारिक र सामाजिक जीवनमा परिवर्तन ल्याउने प्रयास गरिन्छ ।

– समुदायका सदस्यहरूलाई समुदायका आवश्यकता र प्राथमिकता निर्धारण गर्न सक्षम बनाउने,

– सामाजको आर्थिक सामाजिक रूपान्तरण प्रव्रिmयामा आमनागरिको स्वामित्व, सहभागिता र योगदान अभिवृद्धि गर्ने,

– सरकार र अन्य निकायसँग कार्य गर्न समुदायको क्षमता विकास गर्ने,

– सरकारका सामाजिक विकाससम्बन्धी अभियानहरूलाई मितव्ययी र प्रभावकारी ढङ्गले सम्पन्न गर्न सहयोग गर्ने,

– समुदायका सदस्यबिच आपसी सहयोग, सद्भाव र विश्वास अभिवृद्धि गर्ने,

– समुदायका सदस्यको जीवनस्तर सुधारको लागि आर्थिक सामाजिक विकाससम्बन्धी नीति तथा कार्यव्रmम तर्जुमा र कार्यान्वयन गर्न सरकारलाई सहयोग गर्ने,

– समुदायका सदस्यहरूको साझा हित अभिवृद्धिका लागि योगदान गर्ने ।

नेपालमा सामाजिक परिचालन प्रव्रिmयामा देखा परेका कमीकमजोरी :

– नेपाली समाजको आधुनिकीकरण प्रव्रिmयासँगै मौलिक स्वरूपको परम्परागत सामाजिक परिचालन अभियान कमजोर हुनु,

– समाजमा स्वयंसेवी र जनसेवी भावना भएका मानिसहरूको उपस्थिति न्यून हुँदै जानु, 

– समुदायका सदस्यबिच आपसी विश्वासमा कमी आउनु तथा सामाजिक पुँजी क्षयीकरण हुनु,

– स्वतःस्फूर्त रूपमा जराधार तहबाट माथि 

उठ्नुपर्ने यो अभियान समुदाय बाहिरका निकायहरूबाट निर्देशित हुनु,

– सामाजिक परिचालनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले आफ्नो व्यवसायको रूपमा लिने प्रवृत्ति देखिनु, 

– कतिपय अवस्थामा सामाजिक परिचालनले साम्प्रदायिक विभेद र सामाजिक द्वन्द्वको स्वरूप ग्रहण गर्नु,

– परिवर्तनको वाहकको रूपमा काम गर्नुपर्ने सामाजिक परिचालकहरू राजनीतिक एवं व्यक्तिगत स्वार्थ प्रेरित ढङ्गले प्रस्तुत हुनु,

– सामाजिक संस्थाहरूमा स्थानीय सम्भ्रान्त वर्गको बढ्दो प्रभावका कारण यो अभियान गरिबी र वञ्चितीकरणमा रहेका समुदाय सम्म पुग्न नसक्नु,

– सामाजिक परिचालनको क्षेत्रमा काम गर्ने संस्थाहरूबिच कार्यव्रmममा दोहोरोपन देखिनुको साथै समन्वयको कमी हुनु,

– सामाजिक संस्थाहरूमा पारदर्शिता र जवाफदेहिताको कमी रहनु,

– समुदाय स्तरमा गठित र सञ्चालित संस्थाहरू वित्तीय रूपमा कमजोर हुँदा दिगोपनाको समस्या देखिनु । 

अन्त्यमा सामाजिक परिचालन सामुदायिक विकासको एक प्रभावकारी विधि हो । आफ्नो समुदायको साझा हितका लागि समुदायका सदस्यहरू सङ्गठित र परिचालित हुनुपर्ने मान्यतामा यो अभियान आधारित छ । सामाजिक परिचालनको माध्यमबाट समुदाय केन्द्रित आर्थिक सामाजिक विकासका नीति तथा कार्यव्रmमहरू लागत प्रभावी र प्रभावकारी ढङ्गले सञ्चालन गर्न सकिन्छ । नेपालमा स्थानीय तहहरूको सव्रिmयतामा सामाजिक परिचालनका सन्दर्भमा देखिएका कम कमजोरी सुधार गरेर यस अभियानलाई सुदृढ गर्दै अगाडि बढाउनु पर्छ ।

२.  बेरुजु फस्र्योट अनुगमन समितिको गठन तथा काम, कर्तव्य र अधिकारसम्बन्धी व्यवस्था उल्लेख गर्नुहोस् ।

 आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन र नियमावलीले बेरुजु फस्र्योट तथा न्यूनीकरणका सम्बन्धमा विभिन्न व्यवस्था गरेका छन् । कार्यालयले गरेको बेरुजु फस्र्योटको अनुगमन गरी बेरुजु फस्र्योटसम्बन्धी कामकारबाहीमा प्रभावकारिता ल्याउन नियमावलीले बेरुजु फस्र्योट अनुगमन समितिको गठन गरेको छ । यस समितिको संरचना यस प्रकार रहेको छ ।

क) मुख्य सचिव, नेपाल सरकार – अध्यक्ष

ख) सचिव, अर्थ मन्त्रालय – सदस्य

ग) महालेखा नियन्त्रक, महालेखा नियन्त्रक कार्यालय 

– सदस्य

बेरुजु फस्र्योट अनुगमन समितिको काम, कर्तव्य र अधिकार ः

– मन्त्रालय, केन्द्रीय निकाय, विभाग वा कार्यालयले गरेको बेरुजु फस्र्योटसम्बन्धी कामकारबाहीको लेखाजोखा तथा मूल्याङ्कन गर्ने,

– कायम भएको बेरुजु कम फस्र्योट गर्ने वा फस्र्योट नगर्ने मन्त्रालय, केन्द्रीय निकाय वा विभागको प्रमुखलाई समितिमा उपस्थित गराई छलफल गर्ने,

– कायम भएको बेरुजु फस्र्योट नगर्ने वा नगराउने कार्यालय प्रमुख र कर्मचारीलाई मूल्याङ्कनको आधारमा कारबाहीका लागि सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने,

– दिएको निर्देशनउपर कारबाही नगरेको पाइएमा लेखा उत्तरदायी अधिकृतउपर विभागीय कारबाहीका लागि नेपाल सरकारसमक्ष सिफारिस गर्ने,

– सम्बन्धित मन्त्रालय, केन्द्रीय निकाय वा विभागलाई बेरुजु फस्र्योट गर्न आवश्यक निर्देशन दिने र बेरुजु फस्र्योटसम्बन्धी कारबाही सुरु नगरेको वा तोकिएको समयभित्र असुलउपर गरे वा नगरेको तथा कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयमा पठाए वा नपठाएको सम्बन्धमा अनुगमन गर्ने,

– बेरुजु फस्र्योटसम्बन्धी कामकारबाहीको सम्बन्धमा प्रत्येक तीन÷तीन महिनामा सम्बन्धित मन्त्रालय, केन्द्रीय निकाय वा विभागबाट असुलउपर वा नियमित भएको र पेस्की बेरुजुको अङ्कसमेत खुलाई प्रगति विवरण माग गरी तोकिएको ढाँचामा अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र सङ्घीय संसद्को सार्वजनिक लेखा समितिमा पेस गर्ने । 

यसरी बेरुजु न्यूनीकरण सम्बन्धमा रहेका प्रचलित कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गरी सरकारी आर्थिक कारोबारमा अनुशासन कायम गर्दै नागरिकमा सुशासनको अनुभूति गराउनु पर्छ ।

३.  सरकारी सम्पत्तिको जिम्मा र संरक्षणसम्बन्धी प्रचलित कानुनी व्यवस्था उल्लेख गर्दै कार्यालयमा मूल्य कायम नभएका सरकारी सम्पत्तिको के कसरी मूल्य कायम गरी प्रतिवेदन गरिन्छ ? उल्लेख गर्नुहोस् ।

 आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीमा व्यवस्था भएबमोजिम सरकारी सम्पत्तिको जिम्मा र संरक्षणसम्बन्धी व्यवस्था यस प्रकार छ ।

– कार्यालयमा रहेको नगद, बैङ्क मौज्दातको विवरण, भुक्तानी आदेश, चेक बुक, धरौटी र राजस्वको स्रेस्ता आर्थिक प्रशासन शाखा प्रमुखको जिम्मामा रहने,

– राजस्वको लगत र त्यससम्बन्धी अन्य कागजात कार्यालय प्रमुखले आफ्नै रेखदेखमा कुनै कर्मचारीको जिम्मामा राख्न सक्ने,

– जिन्सी मालसामान तथा तत्सम्बन्धी स्रेस्ता शाखा प्रमुखको जिम्मामा रहने,

– माथि उल्लिखित कर्मचारीको जिम्मामा रहेको सरकारी सम्पत्तिको हिनामिना नहुने गरी लगत स्रेस्तासहित त्यसको संरक्षण गर्ने कर्तव्य त्यस्तो सम्पत्ति जिम्मामा लिने कर्मचारी र सम्बन्धित कार्यालय प्रमुखको हुने ।

मूल्य नखुलेको सम्पत्ति वा जिन्सीको मूल्य कायम 

गर्ने विधि ः

क) कार्यालयमा मूल्य नखुलेको सम्पत्ति तथा जिन्सी मालसामानको मूल्य कायम गरी स्रेस्ता अद्यावधिक गर्ने कार्य कार्यालय प्रमुखले तोकिएको समयावधि भित्र गरिसक्नुपर्ने,

ख)  यसरी मूल्य कायम गर्दा देहायका आधारमा कार्यालय प्रमुखको निर्णयबाट मूल्य कायम गर्न सकिने,

– सम्पत्ति वा जिन्सी मालसामान खरिद वा प्राप्त भएको समयमा खरिद गरिएको समान प्रकृतिको सम्पत्ति वा जिन्सी मालसामानको कार्यालयमा रहेको मूल्य,

– सम्पत्ति वा जिन्सी मालसामान खरिद वा प्राप्त भएको समयमा खरिद गरिएको समान प्रकृतिको सम्पत्ति वा जिन्सी मालसामानको अन्य कार्यालयमा कायम रहेको मूल्य,

– त्यस्तो प्रकृतिको सम्पत्ति वा जिन्सी मालसामान बिव्रmी गर्ने विव्रmेताबाट प्राप्त तत्कालीन समयको मूल्य,

– सम्बन्धित विषयको प्राविधिकले सिफारिस गरेको तत्कालीन समयको मूल्य,

– राजस्व छुट गरी खरिद वा भन्सार जाँचपास भएको वस्तुको मूल्यमा छुट भएको राजस्वसमेत समावेश गरी कायम भएको मूल्य,

ग) उल्लिखित प्रव्रिmयाबाट समेत मूल्य कायम गर्न नसकिएमा तोकिएबमोजिम समिति गठन गरी समितिको सहयोगमा त्यस्तो सम्पत्ति वा जिन्सी मालसामानको मूल्य निर्धारण गर्न सकिने ।

४.  भुक्तानीमा कर कट्टीको परिचय दिँदै यस प्रणालीका फाइदाहरू उल्लेख गर्नुहोस् ।

 कुनै व्यक्ति वा संस्थालाई रकम भुक्तानी गर्दा निश्चित प्रतिशत अग्रीम रूपमा कर कट्टी गरेर सरकारलाई कर बुझाउने प्रव्रिmयालाई भुक्तानीमा कर कट्टी भनिन्छ । यसलाई अग्रीम कर कट्टी पनि भनिन्छ । कुनै व्यक्तिले कुनै आय वर्षमा गरेको आयलाई आयकर ऐन, २०५८ को व्यवस्थाबमोजिम कर कट्टा गरी बाँकी रकम भुक्तानी गरिन्छ । भुक्तानीमा कर कट्टी गर्ने सन्दर्भमा अग्रिम कर कट्टी गर्ने व्यक्ति र अग्रिम कर कट्टी हुने व्यक्ति गरी दुई महìवपूर्ण पक्ष रहन्छन् । आयकर ऐन, २०५८ ले विभिन्न भुक्तानीमा अग्रीम कर कट्टी गरेर मात्र भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको छ । यस्तो कर कट्टी गर्नुपर्ने दायित्व भएको व्यक्तिलाई अग्रिम कर कट्टी गर्ने व्यक्ति भनिन्छ । त्यस्तै गरी भुक्तानी प्राप्त गर्दा स्रोतमा कर कट्टा भई भुक्तानी प्राप्त गर्ने व्यक्तिलाई अग्रीम कर कट्टी हुने व्यक्ति भनिन्छ । सरकारलाई नियमित रूपमा न्यून लागतमा कर प्राप्त हुने प्रबन्ध मिलाउन भुक्तानीमा कर कट्टी हुने प्रणाली अवलम्बन गरिएको छ ।

भुक्तानीमा कर कट्टी प्रणालीका फाइदाहरू ः

– सरकारलाई अग्रिम रूपमा राजस्व सङ्कलन हुने,

– सरकारलाई नियमित रूपमा कर सङ्कलन हुन गई सरकारको नगद प्रवाहमा सन्तुलन मिलाउन 

सहज हुने,

– आय आर्जनसँगै कर तिर्ने अवधारणा 

अवलम्बन हुने,

– करको दायरामा बढी करदाताहरू समावेश हुन गई दायरा विस्तार हुने,

– सरकार र करदाताको कर सङ्कलन लागत 

न्यून हुने,

– कर छलीको प्रवृत्तिमा रोक लाग्ने,

– करदातालाई कर तिर्न सहज हुने,

– सबै भुक्तानीहरू र कटौतीहरूको अभिलेख रहने भएकाले कर प्रशासनले कुनै पनि व्यक्तिको आय स्रोत सहजै ट्रेस गर्न सक्ने,

– असङ्गठित क्षेत्र, छरिएका र साना भुक्तानीमा कर लगाउन सहज हुने,

– निष्व्रिmय आय हुने प्राकृतिक व्यक्तिको आयमा कर लगाउन सहयोग पुग्ने ।

अन्त्यमा आय आर्जनसँगै कर तिर्ने अवधारणा अवलम्बन गरी आयकर ऐन, २०५८ ले भुक्तानीमा करकट्टीसम्बन्धी व्यवस्था गरेको छ । यस प्रकारको व्यवस्थाले सरकार र करदाता दुवैको कर सङ्कलन र कर सहभागिता समय तथा लागत बचत गरी राजस्व प्रशासनलाई मितव्ययी र छरितो बनाउन सहयोग गरेको छ ।

५.  महालेखा परीक्षकको नियुक्ति र सो पद रिक्त हुने अवस्था उल्लेख गर्दै महालेखा परीक्षकका काम, कर्तव्य र अधिकारहरू लेख्नुहोस् । साथै महालेखा परीक्षकले औचित्यको आधारमा परीक्षण गर्ने विषयहरू प्रस्तुत गर्नुहोस् ।

 नेपालको संविधानले नेपालमा एक जना महालेखा परीक्षक रहने र निजको नियुक्ति संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिबाट हुने व्यवस्था रहेको छ । देहायको योग्यता भएको व्यक्ति महालेखा परीक्षक पदमा नियुक्तिका लागि योग्य मानिन्छ ।

– मान्यताप्राप्त विश्वविद्यालयबाट व्यवस्थापन, वाणिज्यशास्त्र वा लेखामा स्नातक उपाधि प्राप्त गरी वा चार्टर्ड एकाउन्टेन्सी परीक्षा उत्तीर्ण गरी नेपाल सरकारको विशिष्ट श्रेणीको पदमा काम गरेको वा लेखा परीक्षणसम्बन्धी काममा कम्तीमा २० वर्ष अनुभव प्राप्त गरेको,

– नियुक्ति हुँदाका बखत कुनै राजनीतिक दलको सदस्य नरहेको,

– ४० वर्ष उमेर पूरा भएको र 

– उच्च नैतिक चरित्र भएको ।

पद रिक्त हुने अवस्था ः

 महालेखा परीक्षकको पदावधि नियुक्ति भएको मितिले छ वर्षको हुन्छ । देहायको अवस्थामा महालेखा परीक्षकको पद रिक्त हुने व्यवस्था छ ।

– निजले राष्ट्रपतिसमक्ष लिखित राजीनामा दिएमा,

– निजको उमेर ६५ वर्ष पूरा भएमा,

– निजको विरुद्ध महाभियोगको प्रस्ताव पारित भएमा,

– शारीरिक वा मानसिक अस्वस्थताको कारण सेवामा रही कार्यसम्पादन गर्न असमर्थ रहेको भनी संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिले पदमुक्त गरेमा,

– निजको मृत्यु भएमा ।

महालेखा परीक्षकको काम, कर्तव्य र अधिकार ः

 नेपालको संविधानमा उल्लेख भएबमोजिम 

महालेखा परीक्षकको काम, कर्तव्य र अधिकार यस प्रकार छन् ।

– राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालय, सर्वोच्च अदालत, सङ्घीय संसद्, प्रदेश सभा, प्रदेश सरकार, स्थानीय तह, संवैधानिक निकाय वा सोको कार्यालय, अदालत, महान्यायाधिवक्ताको कार्यालय, सुरक्षा निकायलगायतका सबै सङ्घीय, प्रदेश सरकारी कार्यालयको लेखा कानुनबमोजिम नियमितता, मितव्यायिता, कार्यदक्षता, प्रभावकारिता र औचित्यसमेतको विचार गरी परीक्षण गर्ने,

– ५० प्रतिशतभन्दा बढी सेयर वा जायजेथामा नेपाल सरकार वा प्रदेश सरकरको स्वामित्व भएको सङ्गठित सस्थाको लेखापरीक्षणका लागि लेखापरीक्षक नियुक्त गर्दा महालेखा परीक्षकसँग परामर्श गरिने र त्यस्तो सङ्गठित संस्थाको लेखापरीक्षण गर्दा अपनाउनुपर्ने सिद्धान्तको विषयमा महालेखा परीक्षकले आवश्यक निर्देशन दिन सक्ने, 

– महालेखा परीक्षकलाई लेखापरीक्षण कार्यको लागि लेखासम्बन्धी कगजात जुनसकै बखत हेर्न पाउने अधिकार हुने र त्यस्तो कागजपत्र देखाउनु सम्बन्धित कार्यालय प्रमुखको कर्तव्य हुने,

– महालेखा परीक्षकबाट परीक्षण हुने लेखा 

सङ्घीय कानुनबमोजिम महालेखा परीक्षकले तोकेको ढाँचामा राखिने,

– अन्य कुनै कार्यालय वा संस्थाको महालेखा परीक्षकबाट लेखापरीक्षण गर्नुपर्ने गरी सङ्घीय कानुनबमोजिम व्यवस्था गर्न सकिने र सोको लेखापरीक्षणसमेत महालेखा परीक्षकले गर्नुपर्ने ।

औचित्यका आधारमा लेखापरीक्षण हुने विषयहरू ः

लेखापरीक्षण ऐन, २०७५ ले महालेखा परीक्षकले औचित्यको आधारमा परीक्षण गर्ने विषयको व्यवस्था गरेको छ, जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ः

– निकासा अनुसार खर्च गरेको भए तापनि बेमनासिव तरिकाले खर्च गरेको देखेमा त्यस्तो खर्च र निकासा,

– राष्ट्रिय धनको हानिनोक्सानी हुने गरी खर्च भएको देखेमा त्यस्तो खर्च र निकासा,

– चल, अचल राष्ट्रिय धनको अनुदान वा राजस्वको अभिहस्ताङ्कन वा खानी, जङ्गल, जलशक्ति आदिको सुविधा प्रदान सम्बन्धमा पट्टा, अनुमतिपत्र, लाइसेन्स, अधिकार र कुनै अन्य प्रकारबाट राजस्व वा चल, अचल राष्ट्रिय धन त्याग गर्ने गरी जारी गरिएका सबै निकासा,

– सार्वजनिक निर्माण, मर्मतसम्भार, खरिद तथा आपूर्ति, परामर्श सेवासम्बन्धी ठेक्का र सम्झौता, सेवा प्रवाह, सार्वजनिक खर्च, राजस्व परिचालनलगायत विविध आर्थिक कारोबार,

– कुनै पदाधिकारीले वित्तीय जवाफदेहिता बहन गरे, नगरेको सम्बन्धमा लेखापरीक्षणका मान्य सिद्धान्तबमोजिम परीक्षण गर्न सक्ने, 

यसरी औचित्यको आधारमा लेखापरीक्षण गर्दा बेरुजुका सामान्य कलमहरू तथा औचित्यको दृष्टिकोणबाट उल्लेखनीय र महìवपूर्ण नदेखिएका अन्य कलम महालेखा परीक्षकले आफ्नो प्रतिवेदनमा समावेश नगर्न सक्ने व्यवस्था रहेको छ ।

प्रस्तुतकर्ता ः अर्जुन शर्मा

Categories

  • Current Affairs 804
  • Gorkhapatra 345
  • Others 1189
  • Vacancy 1
  • Past Questions 149
  • Nepal Police 9

Latest Blogs

National Day Collection (2083, Vaisakh-Asoj)
Current Affairs

राष्ट्रिय दिवस सङ्गालो (वि.सं. २०८३ वैशाख–असोज)

  • Sep 24, 2026
  • 80
Kavidanda National Short Story Award-2082
Current Affairs

कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार-२०८२

  • Sep 24, 2026
  • 248
Nepal Rastra Bank issues Rs. 1,000 note with new features
Current Affairs

नेपाल राष्ट्र बैंकद्वारा नयाँ विशेषतासहितको रु. १,००० को नोट जारी

  • Sep 24, 2026
  • 274
International Sign Language Day, 2026
Current Affairs

अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस, २०२६

  • Sep 23, 2026
  • 95
The number of countries with which Nepal has established diplomatic relations has reached 186
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८६ पुगेको

  • Sep 23, 2026
  • 137
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA