Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

अन्तर्राष्ट्रिय आदिवासी दिवस, २०२६

  • Ajnabee Khadka
  • August 09, 2026
  • 396

अन्तर्राष्ट्रिय आदिवासी दिवस, २०२६

International Day of the World's Indigenous Peoples, 2026
  • दिवस मनाइने मिति: हरेक वर्षको अगस्ट ९ मा (विक्रम सम्बत २०८३ को सन्दर्भमा श्रावन २४ गते)
  • सन् २०२६ को अन्तर्राष्ट्रिय आदिवासी दिवस कतिऔँ संस्करण हो? ३२ औँ
  • सन् २०२६ को अन्तर्राष्ट्रिय नारा (Theme): "Honouring Indigenous Midwives: Safeguarding Life and Well-being" (आदिवासी सुडेनीहरूको सम्मान: जीवन र स्वास्थ्यको सुरक्षा) 
  • घोषणा र इतिहास:
    • संयुक्त राष्ट्रसङ्घको महासभाले २३ डिसेम्बर १९९४ मा यो दिवस मनाउने निर्णय गरेको,
    • सन् १९८२ अगस्ट ९ मा राष्ट्रसङ्घको 'मानव अधिकार प्रवर्द्धन र संरक्षण उप-आयोग' अन्तर्गत गठित 'आदिवासी जनजाति कार्यदल' (Working Group on Indigenous Populations) को पहिलो बैठक बसेको सम्झनामा यो मिति तय गरिएको,
    • राष्ट्रसङ्घले सन् १९९३ लाई 'विश्व आदिवासी वर्ष' को रूपमा समेत मनाएको,
  • राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा आदिवासी जनजातिहरू कुल जनसङ्ख्या: १,०१,६८,८४४ (नेपालको कुल जनसङ्ख्याको ३४.८७ प्रतिशत)
  • जनसङ्ख्याका आधारमा सबैभन्दा ठूलो जाति मगर (२०,२३,३२५) हो भने सबैभन्दा कम जनसङ्ख्या भएको जाति कुसुन्डा (२५३)
  • आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ अनुसार हाल नेपालमा सूचीकृत आदिवासी जनजातिहरू: ६० वटा (वि.सं. २०७७ जेष्ठ ५ मा 'राना थारु' थपिएपछि हाल कायम रहेको संख्या ६० पुगेको,)
  • वर्गीकरण: नेपाल आदिवासी जनजाति महासङ्घले यी जातिहरूलाई ५ वटा समूहमा वर्गीकरण गरेको छ;
    1. लोपोन्मुख समूह (उदा. कुसुन्डा, राउटे, हायु आदि)
    2. अति सीमान्तकृत समूह (उदा. चेपाङ, मुसहर, बोटे आदि)
    3. सीमान्तकृत समूह (उदा. थारू, तामाङ, भुजेल आदि)
    4. सुविधावञ्चित समूह (उदा. राई, गुरुङ, मगर, लिम्बू आदि)
    5. उन्नत समूह (नेवार र थकाली)

Categories

  • Current Affairs 801
  • Gorkhapatra 345
  • Others 1189
  • Vacancy 1
  • Past Questions 148
  • Nepal Police 9

Latest Blogs

International Sign Language Day, 2026
Current Affairs

अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस, २०२६

  • Sep 23, 2026
  • 79
The number of countries with which Nepal has established diplomatic relations has reached 186
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८६ पुगेको

  • Sep 23, 2026
  • 117
Promoting Social Justice in Federalism: Thematic Q&A (20 October 2004, Wednesday)
Gorkhapatra

सङ्घीयतामा सामाजिक न्याय प्रवर्धन : विषयगत प्रश्नोत्तर (७ असोज २०८३, बुधबार)

  • Sep 23, 2026
  • 32
Public Service Preparation Special: Objective Question and Answer (7 Asoj 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (७ असोज २०८३, बुधबार)

  • Sep 23, 2026
  • 137
Nepal and the Non-Aligned Movement (NAM)
Others

नेपाल र असंलग्न आन्दोलन (NAM)

  • Sep 22, 2026
  • 72
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA