Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

अन्तर्राष्ट्रिय न्यायालय (ICJ)

  • Ajnabee Khadka
  • September 10, 2026
  • 33

अन्तर्राष्ट्रिय न्यायालय (ICJ)

International Court of Justice
  • के हो? अन्तर्राष्ट्रिय न्यायालय (International Court of Justice - ICJ) संयुक्त राष्ट्र संघको ६ वटा प्रमुख अङ्गहरूमध्ये मुख्य न्यायिक अङ्ग (Judicial Body)
  • स्थापना: सन् १९४५ (जुन २६) मा संयुक्त राष्ट्र संघको बडापत्रद्वारा भएको र यसले सन् १९४६ (अप्रिल १७) देखि आफ्नो कार्य सुरु गरेको,
  • यो संयुक्त राष्ट्र संघ (UN) का ६ प्रमुख अङ्गहरूमध्ये अमेरिकाको न्युयोर्क बाहिर मुख्यालय रहेको एक मात्र अङ्ग
  • मुख्यालय: नेदरल्याण्ड्सको द हेगस्थित 'शान्तिको महल (Peace Palace)' मा रहेको,
  • पक्ष राष्ट्रहरु: संयुक्त राष्ट्र संघका सम्पूर्ण १९३ सदस्य राष्ट्रहरू स्वतः यस न्यायालयको विधानका पक्ष राष्ट्र मानिन्छन्,
  • पूर्वीती (Predecessing) निकाय: राष्ट्र संघ (League of Nations) अन्तर्गतको अन्तर्राष्ट्रिय न्यायको स्थायी अदालत (Permanent Court of International Justice - PCIJ)
  • न्यायाधीशहरुको सङ्ख्या र पदावधि: १५ जना स्वतन्त्र न्यायाधीश
  • न्यायाधीशहरुको पदावधि: ९ वर्षको पदावधि (आफ्नो पदावधिकाल पुरा भैसकेपछि पुनः निर्वाचित हुन योग्य)
  • निर्वाचन प्रक्रिया: महासभा (General Assembly) र सुरक्षा परिषद् (Security Council) द्वारा स्वतन्त्र रूपमा अलग-अलग मतदानमार्फत पूर्ण बहुमत (Absolute Majority) बाट निर्वाचित
  • नवीकरण चक्रीय प्रणाली: निरन्तरताका लागि प्रत्येक ३ वर्षमा एक-तिहाई (५ जना) न्यायाधीशको नयाँ निर्वाचन
  • दोहोरो सदस्यताको नियम: एकै देशका दुई नागरिक एकै पटक न्यायाधीश हुन नपाउने संवैधानिक व्यवस्था; सुरक्षा परिषद्मा न्यायाधीश निर्वाचित गर्दा भिटो प्रयोग नहुने
  • न्यायाधीशहरुको निर्वाचनमा भिटो (Veto) शक्ति निस्क्रिय: सुरक्षा परिषद्मा न्यायाधीश निर्वाचित गर्दा स्थायी सदस्यहरूको भिटो (Veto) अधिकार लागू नहुने,
  • पदाधिकारी चयन: न्यायाधीशहरूले आफूमध्येबाट १ जना अध्यक्ष र १ जना उपाध्यक्ष ३ वर्षका लागि चुन्ने व्यवस्था रहेको,
    • वर्तमान अध्यक्ष (President): जापानका इवासावा युजी (Iwasawa Yuji)
    • उपाध्यक्ष (Vice-President): युगान्डाकी जुलिया सेबुटिन्डे (Julia Sebutinde)
  • अन्तर्राष्ट्रिय न्यायालय (ICJ) मा दर्ता भएको पहिलो मुद्दा: बेलायत र अल्बानियाबीच भएको सन् १९४७ को 'कोर्फु च्यानल (Corfu Channel)' विवाद
  • कार्य संचालनका भाषा: अङ्ग्रेजी र फ्रान्सेली
  • अधिकारक्षेत्र:
    1. विवादास्पद क्षेत्राधिकार (Contentious Jurisdiction): सदस्य राष्ट्रहरूबीच उत्पन्न कानुनी विवादको निरुपण गर्ने,
    2. परामर्शदात्री क्षेत्राधिकार (Advisory Jurisdiction): संयुक्त राष्ट्र संघका विभिन्न अङ्गहरूलाई कानुनी राय दिने,

Categories

  • Current Affairs 781
  • Gorkhapatra 341
  • Others 1178
  • Vacancy 1
  • Past Questions 140
  • Nepal Police 8

Latest Blogs

High-ranking officials and appointments of Nepal (Updated up to Bhadra, 2083 BS)
Current Affairs

नेपालका उच्च पदस्थ पदाधिकारी तथा नियुक्तिहरू (वि.सं. २०८३ भदौसम्मको अपडेट)

  • Sep 10, 2026
  • 7
Major international days declared by the United Nations and celebrated around the world
Others

संयुक्त राष्ट्र संघद्वारा घोषणा गरिएका र विश्वभर मनाइने प्रमुख अन्तर्राष्ट्रिय दिवसहरू

  • Sep 10, 2026
  • 25
International Court of Justice
Others

अन्तर्राष्ट्रिय न्यायालय (ICJ)

  • Sep 10, 2026
  • 32
International Decades Celebrated by the United Nations
Others

संयुक्त राष्ट्र संघद्वारा मनाइएको अन्तराष्ट्रिय दशकहरु

  • Sep 10, 2026
  • 81
World Suicide Prevention Day 2026
Current Affairs

विश्व आत्महत्या रोकथाम दिवस, २०२६

  • Sep 10, 2026
  • 83
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA