Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Ajnabee Khadka
  • September 04, 2026
  • 389

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

Important treaties and agreements between Nepal and India
 क्रम  सन्धि/सम्झौताको नाम विवरण (विस्तृत) 
 १. सुगौली सन्धि (Treaty of Sugauli)
  • के हो?: नेपाल र ब्रिटिस इस्ट इन्डिया कम्पनीबीच भएको ऐतिहासिक सम्झौता
  • पृष्ठभूमि: वि.सं. १८७१-१८७२ (सन् १८१४-१६) को नेपाल-अंग्रेज युद्धको अन्त्यसँगै कार्यान्वयनमा आएको,
  • हस्ताक्षर मिति: वि.सं. १८७२ मङ्सिर १७ (डिसेम्बर २, १८१५)
  • लागु (अनुमोदन) मिति: वि.सं. १८७२ फागुन २३ (मार्च ४, १८१६)
  • हस्ताक्षर भएको स्थान: सुगौली, पूर्वी चम्पारण, बिहार (भारत)
  • अनुमोदन भएको स्थान: मकवानपुर, नेपाल
  • नेपालका तर्फबाट हस्ताक्षरकर्ता: राजगुरु गजराज मिश्र र चन्द्रशेखर उपाध्याय
  • ब्रिटिस कम्पनीका तर्फबाट हस्ताक्षरकर्ता: लेफ्टिनेन्ट कर्नेल पेरिस ब्राड्स (Lt. Col. Paris Bradshaw)
  • सन्धि अनुमोदन गर्ने: ब्रिटिस गभर्नर जनरल डेभिड ओक्टरलोनी (General David Ochterlony)
  • कुल धारा: ९ वटा धाराहरू
  • गुमेको भूभाग: नेपालले आफ्नो कुल क्षेत्रफलको करिब एक-तिहाइ (१/३) हिस्सा गुमाउनुपरेको
  • सिमाना परिवर्तन: सन्धिअघि पूर्वमा टिस्टादेखि पश्चिममा सतलजसम्म रहेकोमा सन्धिपछि पूर्वमा मेची र पश्चिममा महाकाली कायम भएको,
  • क्षेत्रफलमा परिवर्तन: सन्धिअघि २,६७,५७५ वर्ग कि.मि. रहेकोमा सन्धिपछि १,४७,१८१ वर्ग कि.मि. मा खुम्चिएको,
  • पहिलो संशोधन (सन् १८१६ डिसेम्बर ११ / वि.सं. १८७३ मङ्सिर २७): कोसीदेखि राप्तीसम्मको तराई फिर्ता भई धारा ४ को वार्षिक २ लाख रुपैयाँ पेन्सन खारेज भएको,
  • नयाँ मुलुक फिर्ता (सन् १८६० नोभेम्बर १ / वि.सं. १९१७ कात्तिक १७): जंगबहादुर राणाले सिपाही विद्रोह दबाउन सहयोग गरेबापत बाँके, बर्दिया, कैलाली र कञ्चनपुर फिर्ता भएको,
 २. त्रि-पक्षीय सम्झौता, १९४७ (Tri-partite Agreement)
  • सम्झौताको औपचारिक नाम: नेपाल सरकार, भारत सरकार र संयुक्त अधिराज्य (बेलायत) बीच सम्पन्न त्रिपक्षीय सम्झौता (Tripartite Agreement concluded between the Government of Nepal, the Government of India and the United Kingdom (UK))
  • हस्ताक्षर भएको मिति: सन् १९४७ नोभेम्बर ९ (तद्नुसार वि.सं. २००४ कात्तिक २४ गते)
  • हस्ताक्षरकर्ता पक्षहरू: नेपाल, भारत र संयुक्त अधिराज्य (बेलायत) का प्रतिनिधिहरू
  • सम्झौताको मुख्य उद्देश्य: नेपाली नागरिकहरूलाई ब्रिटिश सेना र नयाँ भारतीय सेनामा भर्ना हुने कानुनी मार्ग प्रशस्त गर्नु,
  • रेजिमेन्टको बाँडफाँड: भारतीय सेनामा कार्यरत गोर्खा रेजिमेन्टहरूमध्ये ४ वटा रेजिमेन्ट ब्रिटिश सेनामा स्थानान्तरण र बाँकी भारतीय सेनामै रहने व्यवस्था
  • नागरिकता र फिर्तीको सर्त: गोर्खाहरू नेपाली नागरिककै रूपमा भर्ना हुनुपर्ने र सेवा अवधि समाप्त भएपछि अनिवार्य रूपमा नेपाल नै फर्कनुपर्ने सर्त
  • पेन्सन र तलबको आधार: ब्रिटिश सेनामा कार्यरत गोर्खाहरूको आधारभूत तलब र पेन्सन भारतीय सेनाको सेवा सर्त (TACOS) सँग आबद्ध रहने व्यवस्था
  • समान व्यवहारको सुनिश्चितता: गोर्खा सैनिकहरूलाई पदोन्नति, कल्याण र अन्य सुविधाहरूमा प्यारेन्ट (माउ) सेनाका अन्य इकाइहरू सरह समान हैसियतमा राख्ने सहमति
  • भाडाका सैनिकको ट्याग हटाउनु: गोर्खाहरूलाई सेनाको एकीकृत अङ्ग बनाई उनीहरूमाथि लाग्ने 'भाडाका सैनिक (Mercenary)' को बिल्ला सधैँका लागि मेटाउने व्यवस्था
  • धार्मिक र सांस्कृतिक संरक्षण: नेपाली गोर्खाहरूको परम्परागत धार्मिक, सांस्कृतिक र जातीय मूल्य-मान्यताहरूलाई सुरक्षित राख्ने प्रतिबद्धता
  • ब्रिटिश गोर्खाको वैधानिक जग: यो सम्झौताविना नेपाली नागरिकहरू ब्रिटिश सेनामा भर्ना हुन नपाउने र 'ब्रिगेड अफ गोर्खाज' को अस्तित्व नै नरहने कानुनी आधार
  • सम्झौताको पुनरावलोकन: सन् २००६ मा यस सम्झौताको पुनरावलोकन गरी सन् २००७ मार्च ८ देखि लागू गरिएको,
 ३. नेपाल-भारत शान्ति तथा मैत्री सन्धि, १९५० (Nepal-India Treaty of Peace and Friendship, 1950)
  • के हो?: नेपाल र भारत सरकारबीच दुई देशको प्राचीन सम्बन्धलाई थप सुदृढ बनाउन र स्थायी शान्ति कायम गर्ने उद्देश्यले गरिएको एक ऐतिहासिक द्विपक्षीय सम्झौता
  • सन्धिको नाम: नेपाल सरकार र भारत सरकारबीचको शान्ति तथा मैत्री सन्धि (Treaty of Peace and Friendship)
  • हस्ताक्षर मिति: सन् १९५० जुलाई ३१ (वि.सं. २००७ साउन १६ गते)
  • हस्ताक्षर भएको स्थान: काठमाडौँ
  • नेपालका तर्फबाट हस्ताक्षरकर्ता: प्रधानमन्त्री मोहन शम्शेर जङ्गबहादुर राणा
  • भारतका तर्फबाट हस्ताक्षरकर्ता: भारतीय राजदूत चन्द्रेश्वर प्रसाद नारायण सिंह
  • लागू भएको मिति: हस्ताक्षर भएकै मिति (सन् १९५० जुलाई ३१) देखि लागू भएको,
  • सन्धिको अवधि/अन्त गर्ने प्रावधान: १ वर्ष अगावै पूर्वसूचना (One year's notice) दिएर खारेज गर्न सकिने, नत्र निरन्तर रहने,
  • धारा संख्या: १० वटा धारा
    • धारा १ (सार्वभौमसत्ता): अनन्तकालसम्म शान्ति-मैत्री रहने र एक-अर्काको सार्वभौमसत्ता, अखण्डता र स्वतन्त्रताको सम्मान गर्ने,
    • धारा २ (छिमेकीसँगको सम्बन्ध): छिमेकी राज्यहरूसँग मैत्रीपूर्ण सम्बन्धमा खलल पुग्ने गम्भीर मनमुटाव भएमा एक-अर्कालाई अनिवार्य सूचित गर्ने,
    • धारा ३ (कूटनीतिक सम्बन्ध): दुवै देशमा कूटनीतिक प्रतिनिधि रहने र अन्तर्राष्ट्रिय कानुनअनुसार विशेषाधिकार उपभोग गर्ने,
    • धारा ४ (वाणिज्यदूत नियुक्ति): दुवै देशले एक-अर्काको क्षेत्रमा महावाणिज्यदूत, वाणिज्यदूत वा वाणिज्य एजेन्टहरू नियुक्त गर्न सक्ने,
    • धारा ५ (हातहतियार आयात): नेपालले आफ्नो सुरक्षाका लागि भारतीय भूमि भएर हातहतियार र युद्धसामग्री आयात गर्न पाउने,
    • धारा ६ (आर्थिक/औद्योगिक सहभागिता): औद्योगिक तथा आर्थिक विकास र ठेक्कापट्टामा अर्को देशका नागरिकलाई राष्ट्रिय व्यवहार (National treatment) दिने,
    • धारा ७ (नागरिक विशेषाधिकार): पारस्परिक आधारमा बसोबास, सम्पत्ति स्वामित्व, व्यापार-वाणिज्य र आवतजावतको समान अधिकार दिने,
    • धारा ८ (विगतका सन्धि खारेजी): सन्धिमा समेटिएका विषयको हकमा ब्रिटिश सरकार र नेपालबीच भएका पुराना सम्पूर्ण सन्धि-सम्झौताहरू खारेज हुने,
    • धारा ९ र १० (कार्यान्वयन र भाषा): सन्धि दुई प्रतिमा तयार भई हस्ताक्षर भएकै मितिदेखि कार्यान्वयनमा आउने,
 ४. वि.सं. २००७ सालको दिल्ली सम्झौता (Delhi Accord)
  • के हो?: राणा शासन, नेपाली कांग्रेस र राजा त्रिभुवनबीच भारतको मध्यस्थतामा भएको मौखिक एवं लिखित समझदारी
  • सम्झौता भएको स्थान: नयाँ दिल्ली, भारत
  • सम्झौता भएको मिति: वि.सं. २००७ फागुन १ गते (तदनुसार सन् १९५१ फेब्रुअरी १२)
  • मध्यस्थकर्ता/संयोजक: भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरू
  • दिल्ली सम्झौताका मुख्य सर्त तथा बुँदाहरू:
    • अधिकारको हस्तान्तरण: श्री ५ सुरेन्द्रको पालामा जङ्गबहादुर राणाले लिएको सम्पूर्ण राजकीय अख्तियारी राजा (श्री ५) लाई सुम्पिने,
    • वैधानिक राजा: श्री ५ त्रिभुवनलाई नै नेपालको वैधानिक राजा मान्ने,
    • अन्तरिम मन्त्रीमण्डल गठन: चुनाव नभएसम्मका लागि राणा र नेपाली काङ्ग्रेस दुवै पक्षबाट ५–५ जना गरी १० जना सदस्य रहेको अन्तरिम संयुक्त मन्त्रीमण्डल गठन गर्ने,
    • प्रधानमन्त्रीको निरन्तरता: अन्तरिम सरकारको प्रधानमन्त्री मोहन शमशेर नै रहने,
    • संविधान सभाको व्यवस्था: नेपाली जनताद्वारा निर्वाचित विधान सभाले नेपालको नयाँ संविधान निर्माण गर्ने,
    • राजनीतिक फुकुवा: राजनीतिक सङ्गठन खोल्नमा लगाइएका सम्पूर्ण प्रतिबन्धहरू फुकुवा गर्ने,
    • राजबन्दी रिहाइ: फौजदारी अभियोग लागेका बाहेक अन्य सम्पूर्ण राजनीतिक बन्दीहरूलाई बिनासर्त रिहा गर्ने,
    • हतियार बुझाउने र आन्दोलन स्थगन: नेपाली काङ्ग्रेसको मुक्ति सेनाले सशस्त्र आन्दोलन रोक्ने र आफ्ना हतियारहरू सरकारलाई बुझाउनुपर्ने,
  •  सम्झौतापछिका परिणाम र प्रजातन्त्रको घोषणा:
    • आन्दोलन स्थगन: सम्झौताको मर्म अनुसार नेपाली काङ्ग्रेसले आफ्नो सशस्त्र आन्दोलन स्थगित गर्ने निर्णय गरेको,
    • राजा त्रिभुवनको फिर्ती: राजा त्रिभुवन वि.सं. २००७ फागुन ४ गते विशेष विमानद्वारा नेपाल फर्किएका,
    • प्राइभेट सेक्रेटरीको नियुक्ति: राजा प्रवासबाट फर्कंदा भारत सरकारले आफ्ना पूर्वप्रमुख सचिव गोविन्द नारायणलाई राजाको निजी सचिव (Private secretary) बनाएर सँगै पठाएको,
    • प्रजातन्त्रको घोषणा: वि.सं. २००७ फागुन ७ गते राजा त्रिभुवनले नारायणहिटी राजदरबारबाट शाही घोषणा मार्फत नेपालमा प्रजातन्त्रको स्थापना भएको घोषणा गरे र यससँगै १०४ वर्ष लामो राणा शासनको औपचारिक अन्त्य भएको,

दिल्ली सम्झौताको जगमा वि.सं. २००७ फागुन ७ गते गठित नेपालको पहिलो संयुक्त अन्तरिम मन्त्रिमण्डलमा सामेल १० जना मन्त्री र उनीहरूको कार्यविभाजन:

क्र.सं.
मन्त्रीको नाम
प्रतिनिधित्व
मन्त्रालय (कार्यविभाजन)
१
मोहन शमशेर जङ्गबहादुर राणा
राणा पक्ष
प्रधानमन्त्री तथा परराष्ट्र मन्त्री
२
बबर शमशेर जङ्गबहादुर राणा
राणा पक्ष
रक्षा मन्त्री
३
विश्वेश्वरप्रसाद कोइराला
काङ्ग्रेस पक्ष
गृह मन्त्री
४
सुवर्ण शमशेर जङ्गबहादुर राणा
काङ्ग्रेस पक्ष
अर्थ मन्त्री
५
चूडाराज शमशेर
राणा पक्ष
वन विभाग मन्त्री
६
गणेशमान सिंह
काङ्ग्रेस पक्ष
उद्योग वाणिज्य मन्त्री
७
नृपजङ्ग राणा
राणा पक्ष
शिक्षा मन्त्री
८
भद्रकाली मिश्र
काङ्ग्रेस पक्ष
यातायात मन्त्री
९
यज्ञबहादुर बस्न्यात
राणा पक्ष
स्वास्थ्य र स्थानीय स्वायत्तशासन मन्त्री
१०
भरतमणि शर्मा
काङ्ग्रेस पक्ष
खाद्य र कृषि मन्त्री
 ५. कोशी सम्झौता (Koshi Agreement)
  • के हो?: नेपालका नदीहरूमा वैदेशिक लगानी र द्विपक्षीय सम्झौताको इतिहासमा कोशी सम्झौता पहिलो ठूलो र महत्त्वपूर्ण सम्झौता — कोशी सम्झौताले मुख्य रूपमा नेपाल र भारतबीच कोशी नदीको पानीको उपयोग, बाढी नियन्त्रण, सिँचाइ र जलविद्युत् उत्पादनका लागि दुई पक्षीय कानुनी र प्राविधिक व्यवस्था गरेको,
  • मूल सम्झौता भएको मिति: वि.सं. २०११ वैशाख १२ गते (तद्अनुसार २५ अप्रिल १९५४) 
  • नेपालका तर्फबाट हस्ताक्षरकर्ता: महावीर शमशेर (योजना, विकास तथा उद्योग मन्त्री)
  • भारतका तर्फबाट हस्ताक्षरकर्ता: तत्कालीन भारतीय राजदूत गुलजारीलाल नन्दा
  • कोशी सम्झौता हुँदा नेपालका प्रधानमन्त्री: मातृकाप्रसाद कोइराला
  • कोशी सम्झौता हुँदा नेपालका राजा: राजा त्रिभुवन
  • संशोधन भएको मिति: वि.सं. २०२३ मंसिर ३४ गते (तद्अनुसार १९ डिसेम्बर १९६६) — राजा महेन्द्रको शासनकालमा
  • संशोधनमा नेपालका तर्फबाट हस्ताक्षरकर्ता: आर्थिक योजना तथा वित्त मन्त्रालयका सचिव यादव प्रसाद पन्त
  • संशोधनमा भारतका तर्फबाट हस्ताक्षरकर्ता: तत्कालीन भारतीय राजदूत श्रीमन्नारायण
  • के तपाईलाई थाहा छ?: नेपाल-भारत सिमाना नजिक सुनसरी र सप्तरीको बीचमा ५६ वटा ढोका भएको कोशी ब्यारेज (बाँध) को स्थापना यसै सम्झौताको आधारमा भएको,
  • विवाद: नेपालको प्राकृतिक स्रोतमाथिको सार्वभौमिक अधिकार र प्रादेशिक अखण्डता विपरित भएको भन्दै नेपाल र भारतबीच वि.सं. २०११ (सन् १९५४) मा भएको कोशी सम्झौता स्थापनाकालदेखि नै नेपालमा अत्यधिक विवादित र संवेदनशील राजनीतिक मुद्दा बन्दै आएको,
 ६. गण्डक सम्झौता (Gandak Treaty)
  • के हो?: नेपाल र भारत सरकारबीच गण्डक नदीको पानी उपयोग गरी दुवै देशको हितका लागि सिँचाइ र जलविद्युत विकास गर्ने उद्देश्यले गरिएको एक ऐतिहासिक द्विपक्षीय सम्झौता
  • सन्धिको पूर्ण नाम: गण्डक सिँचाइ तथा जलविद्युत आयोजना सम्झौता (Agreement regarding Gandak Irrigation & Power Project)
  • सम्झौता भएको मिति: वि.सं. २०१६ मंसिर १९ गते (तदनुसार सन् १९५९ डिसेम्बर ४)
  • हस्ताक्षर भएको स्थान: काठमाडौँ, नेपाल
  • नेपालका तर्फबाट हस्ताक्षरकर्ता: तत्कालीन उपप्रधानमन्त्री सुवर्ण शमशेर
  • भारतका तर्फबाट हस्ताक्षरकर्ता: नेपालका लागि भारतीय राजदूत भगवान सहाय
  • सन्धिको मुख्य उद्देश्य: नेपाल र भारत दुवै देशको हितका लागि नारायणी (गण्डकी) नदीमा सिँचाइ सुविधा र विद्युत विकास गर्ने,
  • संशोधन परिमार्जन: सन् १९६४ अप्रिल ३० मा राजा महेन्द्रको पालामा यस सम्झौतामा नेपालको हित अनुकूल केही संशोधन गरिएको,
  • विवाद: नदी नेपालको तर फाइदा बढी भारतलाई भएको, ब्यारेजका ढोका समयमा नजालिँदा नेपालको सुस्ता क्षेत्र डुबान र कटानमा पर्ने गरेको, भारतीय पक्षले मर्मत नगर्दा सूरजपुरा पावर हाउस पूर्ण क्षमतामा चल्न नसकेको, आदि
७. महाकाली सन्धि (Mahakali Treaty)
  • के हो?: नेपाल र भारतबीच महाकाली नदीको पानी, बिजुली बाँडफाँड तथा एकीकृत विकासका लागि गरिएको सम्झौता
  • पूरा नाम: शारदा बाँध, टनकपुर बाँध तथा पञ्चेश्वर परियोजना समेत महाकाली नदीको एकीकृत विकास सम्बन्धी सन्धि
  • प्रारूप हस्ताक्षर (ड्राफ्ट): वि.सं. २०५२ माघ १५ गते (काठमाडौँमा)
  • प्रारूप हस्ताक्षरकर्ता: नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रकाशचन्द्र लोहनी र भारतका तर्फबाट विदेशमन्त्री प्रणव मुखर्जी
  • अन्तिम हस्ताक्षर मिति: वि.सं. २०५२ माघ २९ गते (नयाँ दिल्लीमा)
  • अन्तिम हस्ताक्षरकर्ता: नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री पी.भी. नरसिंह राव
  • संसद्‌बाट अनुमोदन मिति: वि.सं. २०५३ असोज ४ गते (संसद्को दुवै सदनको संयुक्त बैठकको दुई-तिहाइ बहुमतद्वारा)
  • सन्धिका ३ प्रमुख पक्ष (आयोजना): शारदा बाँध, टनकपुर बाँध र पञ्चेश्वर बहुउद्देश्यीय परियोजना
  • सन्धि हुँदाका राजा: राजा वीरेन्द्र वीर बिक्रम शाह
  • सन्धि हुँदाका प्रधानमन्त्री: शेरबहादुर देउवा
  • सन्धि हुँदाका जलस्रोतमन्त्री: पशुपति शमशेर ज.ब.रा.
  • सन्धि हुँदाका प्रतिपक्षी दलका नेता: माधवकुमार नेपाल
  • सन्धि हुँदाका सभामुख: रामचन्द्र पौडेल
  • सन्धि अध्ययन कार्यदल संयोजक (एमाले): केपी शर्मा ओली
  • विवाद (सीमा नदीको परिभाषा): प्रस्तावनामा "अधिकांश भागमा सीमा नदी" उल्लेख भएकाले कालापानी-लिम्पियाधुरा क्षेत्रको मुहान विवाद ओझेलमा परेको आलोचना
  • विवाद (राजनीतिक प्रभाव): सन्धिलाई समर्थन गर्ने (माधव/ओली समूह) र विरोध गर्ने (वामदेव समूह) बीच विवाद भई नेकपा (एमाले) विभाजित भई नेकपा (माले) बनेको,
  • कार्यान्वयनको अवस्था: सन्धि भएको लामो समय बितिसक्दा पनि पञ्चेश्वर परियोजनाको डिपिआर (DPR) र निर्माण कार्य अघि बढ्न नसकेको,
  बिप्पा (BIPPA) सम्झौता
  • के हो?: नेपाल र भारतबीच निजी क्षेत्रको पहललाई प्रोत्साहन गरी दुवै देशमा समृद्धि र लगानी अनुकूल वातावरण सिर्जना गर्ने उद्देश्यले भएको,
  • सम्झौताको पूरा नाम: नेपाल सरकार र भारत सरकारबीच लगानी प्रवर्द्धन तथा संरक्षणका लागि सम्झौता (Agreement for the Promotion and Protection of Investments - BIPPA)
  • हस्ताक्षर भएको मिति: सन् २०११ अक्टोबर २१ (तद्नुसार वि.सं. २०६८ कात्तिक ४ गते)
  • हस्ताक्षर भएको स्थान: भारतको राजधानी नयाँ दिल्ली
  • नेपालका तर्फबाट हस्ताक्षरकर्ता: तत्कालीन उद्योग मन्त्री अनिल कुमार झा — हस्ताक्षरको समयमा नेपालको प्रधानमन्त्री डा. बाबुराम भट्टराई रहेका,
  • भारतका तर्फबाट हस्ताक्षरकर्ता: तत्कालीन वित्त मन्त्री प्रणब मुखर्जी
  • प्रारम्भिक वैधता अवधि: यो सम्झौता सुरुमा १० वर्ष सम्म लागू रहने व्यवस्था गरिएको,
  • खारेजी र पूर्वसूचनाको अवधि: कुनै एक पक्षले खारेज गर्नका लागि १ वर्ष अगावै लिखित पूर्वसूचना दिनुपर्ने व्यवस्था
  • सुरक्षा अवधि (Survival Clause): सम्झौता खारेज भए पनि सोभन्दा अघि गरिएका लगानीहरूको हकमा खारेज भएको मितिदेखि थप १० वर्षसम्म सम्झौताका व्यवस्थाहरू लागू रहने,
  • लागू हुने लगानीको दायरा: यो सम्झौता लागू हुनुअघि वा लागू भएपछि गरिएका सम्पूर्ण लगानीहरूमा आकर्षित हुने तर सम्झौता हुनुअघिका पुराना विवादमा लागू नहुने,
  • लगानीको मुख्य सिद्धान्तहरू: सम्झौतामा निष्पक्ष र समतामूलक व्यवहार, राष्ट्रिय व्यवहार तथा अति सहुलियत प्राप्त राष्ट्र (MFN) सम्बन्धी व्यवस्थाहरू समेटिएका,
  • द्वन्द्व तथा संकटकालीन नोक्सानीको क्षतिपूर्ति: युद्ध, सशस्त्र द्वन्द्व, राष्ट्रिय सङ्कटकाल, विद्रोह वा दङ्गाका कारण नोक्सानी भएमा स्वदेशी वा तेस्रो देशका लगानीकर्ता सरहकै क्षतिपूर्तिको हक हुने,
  • परोक्ष अधिग्रहण (Indirect Expropriation): प्रत्यक्ष रूपमा स्वामित्व जफत नगरे पनि सरकारी कदमले लगानीको मूल्यमा गम्भीर असर पुर्‍याएमा त्यसलाई परोक्ष अधिग्रहण मानिने र सोबापत वास्तविक बजार मूल्य बराबरको क्षतिपूर्ति दिनुपर्ने,
  • नियामक अपवादहरू: जनस्वास्थ्य, सुरक्षा र वातावरण संरक्षणका लागि सरकारले असल नियतले चालेका गैर-भेदभावपूर्ण नियामक कदमहरूलाई अधिग्रहण नमानिने,
  • लगानीकर्ता-सरकार विवाद समाधानको समयसीमा: विवाद सिर्जना भएमा सुरुमा ६ महिना सम्म आपसी समझदारी र वार्ताबाट समाधान गर्ने प्रयास गर्नुपर्ने,
  • अन्तर्राष्ट्रिय मध्यस्थताका विकल्पहरू (Investor-State): ६ महिनामा विवाद नसुल्झिएमा UNCITRAL को नियम, ICSID वा तदर्थ न्यायाधिकरण (Ad-hoc Arbitral Tribunal) मार्फत समाधान खोज्न सकिने,
  • सरकार-सरकार विवाद समाधान न्यायाधिकरण: सम्झौताको व्याख्यामा विवाद आए र ६ महिनामा वार्ता सफल नभए ३ सदस्यीय मध्यस्थता न्यायाधिकरण (Arbitral Tribunal) गठन गरिने,

 

Categories

  • Current Affairs 826
  • Gorkhapatra 348
  • Others 1192
  • Vacancy 1
  • Past Questions 153
  • Nepal Police 9

Latest Blogs

Various types of bills under the Constitution of Nepal
Others

नेपालको संविधान बमोजिमका विभिन्न प्रकारका विधेयकहरू

  • Oct 12, 2026
  • 144
Funds as per the Constitution of Nepal
Others

नेपालको संविधान बमोजिमका कोषहरू

  • Oct 12, 2026
  • 119
International and World Days (Celebrated from the month of Baisakh to the month of Asoj, 2083 BS)
Current Affairs

अन्तर्राष्ट्रिय तथा विश्व दिवसहरू (वि.सं. २०८३ को वैशाख महिनादेखि असोज महिनासम्म मनाइएका)

  • Oct 12, 2026
  • 170
Constitutional provisions regarding oath-taking
Others

शपथ ग्रहण सम्बन्धी संवैधानिक व्यवस्था

  • Oct 11, 2026
  • 295
Tenure of various Assemblies
Others

विभिन्न सभाहरूको कार्यकाल

  • Oct 11, 2026
  • 314
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA