Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

प्रदेश लोकसेवा आयोग, कोशी प्रदेश चौथो तह प्रथम पत्रलाई सोधेको GK प्रश्नहरु (मिति: २०८३/०१/२६)

  • Ajnabee Khadka
  • May 09, 2026
  • 1030

प्रदेश लोकसेवा आयोग, कोशी प्रदेश चौथो तह प्रथम पत्रलाई सोधेको GK प्रश्नहरु (मिति: २०८३/०१/२६)

GK questions asked by the Provincial Public Service Commission, Koshi Province Fourth Level First Paper (Date: 2083/01/26)

१. सोह्रौं योजनाको अन्त्यसम्ममा नेपालीको प्रतिव्यक्ति आय कति अमेरिकन डलर पुऱ्याउने लक्ष्य राखिएको छ ?

(A) २१५६

(B) २३७१

(C) २३५१ ✓

(D) २४३९

२. चैते दशैं कहिले पर्दछ ?

(A) चैत्र शुक्ल अष्टमी ✓

(B) चैत्र शुक्ल नवमी

(C) चैत्र शुक्ल दशमी

(D) चैत्र शुक्ल एकादशी

३. कोशी प्रदेश पर्यटन वर्ष, २०८२ को नारा के रहेको थियो ?

(A) संरक्षित जैविक विविधता र जलाधार कोशी पर्यटन वर्षको आधार

(B) रमणीय कोशी

(C) कोशीको गौरव हिमालको शान, पर्यटन वर्षमा सबैलाई सम्मान ✓

(D) कञ्चनजंघाको छायाँ, कोशी प्रदेशको माया

४. कोशी प्रदेशको सबैभन्दा बढी जनसंख्या भएको स्थानीय तह कुन हो ?

(A) विराटनगर महानगरपालिका ✓

(B) इटहरी उपमहानगरपालिका

(C) धरान उपमहानगरपालिका

(D) दमक नगरपालिका

५. "माइक्रोस्कोप" को प्रयोग किन गरिन्छ ?

(A) कुनै वस्तु कति टाढा छ थाहा पाउन 

(B) कुनै सानो वस्तु ठूलो देख्न ✓

(C) कुनै वस्तु कति शुद्ध छ थाहा पाउन

(D) कुनै वस्तु कति गरुङ्गो छ थाहा पाउन

६. Mobile Phone को आविष्कार कसले गरेका हुन् ?

(A) James Watson

(B) Alexander Graham Bell

(C) John Logie Baird 

(D) Martin Cooper ✓

७. टेलिमेडिसिन प्रविधिको मुख्य उद्देश्य के हो ?

(A) अस्पतालमा सेवाग्राही घटाउनु 

(B) टाढाबाट स्वास्थ्य सेवा प्रदान गर्नु ✓

(C) औषधिको उत्पादन गर्नु

(D) रोगको अनुसन्धान गर्नु

८. विश्वमा सबैभन्दा बढी आप्रवासी बसोबास गर्ने देश कुन हो ?

(A) क्यानडा

(B) अस्ट्रेलिया

(C) अमेरिका ✓

(D) जर्मनी

९. जलवायु परिवर्तन सम्बन्धी कोपनहेगन सम्मेलन कहिले भएको थियो ?

(A) सन् २००८ 

(B) सन् २००९ ✓

(C) सन् २०१०

(D) सन् २०११

९. जैविक विविधता दिवस, २०२५ को नारा के थियो ?

(A) Harmony with nature and sustainable development ✓

(B) Be part of the plan

(C) From agreement to action: Build back biodiversity

(D) Building a shared future for all life

१०. "प्रत्येक व्यक्तिलाई निज विरुद्ध गरिएको कारबाहीको जानकारी पाउने हक हुनेछ" भनेर नेपालको संविधानमा कहाँ उल्लेख गरिएको छ ?

(A) धारा १७ को उपधारा (२)

(B) धारा २२ को उपधारा (१) 

(C) धारा २० को उपधारा (८) ✓

(D) धारा २३ को उपधारा (२)

११. नेपालको संविधान अनुसार "परिवार नियोजन र जनसंख्या व्यवस्थापन" कसको अधिकार क्षेत्र भित्र पर्दछ ?

(A) संघ

(B) प्रदेश

(C) स्थानीय तह 

(D) संघ र प्रदेशको साझा अधिकार ✓

१२. नेपालको संविधान बमोजिम मृत्युदण्डको सजाय हुने गरी कानुन नबनाउने ग्यारेन्टी कुन हक अन्तर्गत पर्दछ ?

(A) सम्मानपूर्वक बाँच्न पाउने हक ✓

(B) समानताको हक

(C) स्वतन्त्रताको हक

(D) न्याय सम्बन्धी हक

१३. तलका मध्ये कुन भाषा संयुक्त राष्ट्र संघमा औपचारिक मान्यता पाएको भाषा होइन ?

(A) चिनियाँ 

(B) जापानी ✓

(C) अरबी

(D) रुसी

१४. सार्क दिवस (SAARC Day) कुन दिन मनाइन्छ ?

(A) जुन २

(B) जनवरी ११

(C) अक्टोबर २५ 

(D) डिसेम्बर ८ ✓

१५. Field Medal कुन विधामा दिइने विश्व प्रसिद्ध पुरस्कार हो ?

(A) Science 

(B) Mathematics ✓

(C) Medicine

(D) Literature

१६. वैदेशिक रोजगारीमा संलग्न नेपाली श्रमिकको सुरक्षाका लागि सन् २०१६ जनवरीमा कुन देशसँग श्रम सम्झौता भएको छ ?

(A) कतार

(B) जापान

(C) साउदी अरेबिया ✓

(D) रोमानिया

१७. सत्यमोहन जोशी नेपाल भाषा साहित्य सिरपा (पुरस्कार), २०८१ कसलाई प्रदान गरियो ?

(A) तिलक प्रसाद कायस्थ ✓

(B) धुस्वाँ सायमी

(C) परशु प्रधान

(D) अशेष मल्ल

१८. पञ्चरत्नमा तलका मध्ये कुन पर्दैन ?

(A) सुन

(B) चाँदी

(C) हिरा 

(D) नीर ✓

१९. त्रिभुवन विश्वविद्यालयका प्रथम उपकुलपति को हुन् ?

(A) सुवर्ण शमशेर ✓

(B) डा. खड्ग के.सी.

(C) केदार भक्त माथेमा

(D) डा. केशर जंग बराल

२०. नेपाल प्रिमियर लिग (NPL) दोस्रो संस्करणको विजेता टिम कुन हो ?

(A) जनकपुर बोल्ट्स

(B) काठमाडौं गुर्खाज

(C) पोखरा एभेन्जर्स 

(D) लुम्बिनी लायन्स ✓

२१. तलका मध्ये कुन आवधिक योजनामा औसत आर्थिक वृद्धिदर उच्च रहेको थियो ?

(A) एघारौं

(B) बाह्रौं

(C) तेह्रौं 

(D) चौधौं ✓

२२. नेपालको कुल गार्हस्थ्य उत्पादनको करिब कति प्रतिशत विप्रेषण (Remittance) बाट प्राप्त हुने गरेको छ ?

(A) 20% 

(B) 25% ✓

(C) 33%

(D) 38%

२३. संसारकै सबैभन्दा गहिरो समुद्री बिन्दु कुन हो ?

(A) Factorian Deep

(B) Sirena Deep

(C) Emerald Deep

(D) Challenger Deep ✓

२४. तलका मध्ये कुन भनाइ गलत छ ?

(A) विश्वको सबैभन्दा ठूलो भूपरिवेष्ठित देश अफगानिस्तान हो। ✓

(B) अष्ट्रेलियामा पाइने घाँसे मैदानलाई डाउन्स भनिन्छ।

(C) दक्षिण अमेरिकाको सबैभन्दा ठूलो नदी अमेजन हो।

(D) साँढे जुधाई स्पेनको राष्ट्रिय खेल हो।

२५. छायाँनाथ राष्ट्रिय निकुञ्जको क्षेत्रफल कति वर्ग कि.मी. रहेको छ ?

(A) ८३४ 

(B) ८४३ ✓

(C) ९५२

(D) ९६८

२६. लिच्छवी वंशका संस्थापक र आदिपुरुष कसलाई मानिन्छ ?

(A) सुपुष्प ✓

(B) मानदेव

(C) उदय देव

(D) नरेन्द्र देव

२७. पहिलो विश्वयुद्ध मूलतः कुन महादेशमा भएको थियो ?

(A) एसिया 

(B) युरोप ✓

(C) अफ्रिका

(D) उत्तर अमेरिका

२८. नेपालको प्रथम महिला प्रधानन्यायाधीश सुशीला कार्की कहिले प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ?

(A) २०७२ भाद्र २७ गते ✓

(B) २०७२ भाद्र २८ गते

(C) २०७२ भाद्र २९ गते

(D) २०७२ भाद्र ३० गते

२९. नेपालको कुन जातिले चोनाम पर्व मनाउँछन् ?

(A) चेपाङ्ग ✓

(B) चौधरी

(C) थारु

(D) राजवंशी

३०. तलको कुन भनाइ सही होइन ?

(A) "घुम्ने मेच माथि अन्धो मान्छे" कविता संग्रहका लेखक भूपी शेरचन हुन्।

(B) "सुम्निमा" उपन्यासका लेखक विश्वेश्वर प्रसाद कोइराला हुन्।

(C) "नासो" कथा संग्रहका लेखक गुरु प्रसाद मैनाली हुन्। 

(D) "सेतो बाघ" उपन्यासका लेखक पुस्कर शमशेर राणा हुन्। ✓

३१. वेदका सम्बन्धमा कुन कथन गलत छ ?

(A) सामवेदबाट संगीतको उत्पत्ति भएको हो। 

(B) वेदहरूमा सबैभन्दा पुरानो यजुर्वेद हो। ✓

(C) सबैभन्दा पछाडि रचना भएको वेद अथर्ववेद हो।

(D) ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी वेद चार प्रकारका छन्।

३२. राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालमा जातजातिको संख्या कति रहेको छ ?

(A) १४१ 

(B) १४२ ✓

(C) १४३

(D) १४४

Categories

  • Current Affairs 801
  • Gorkhapatra 345
  • Others 1189
  • Vacancy 1
  • Past Questions 148
  • Nepal Police 9

Latest Blogs

International Sign Language Day, 2026
Current Affairs

अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस, २०२६

  • Sep 23, 2026
  • 81
The number of countries with which Nepal has established diplomatic relations has reached 186
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८६ पुगेको

  • Sep 23, 2026
  • 118
Promoting Social Justice in Federalism: Thematic Q&A (20 October 2004, Wednesday)
Gorkhapatra

सङ्घीयतामा सामाजिक न्याय प्रवर्धन : विषयगत प्रश्नोत्तर (७ असोज २०८३, बुधबार)

  • Sep 23, 2026
  • 33
Public Service Preparation Special: Objective Question and Answer (7 Asoj 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (७ असोज २०८३, बुधबार)

  • Sep 23, 2026
  • 138
Nepal and the Non-Aligned Movement (NAM)
Others

नेपाल र असंलग्न आन्दोलन (NAM)

  • Sep 22, 2026
  • 74
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA