Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

संयुक्त राष्ट्र संघ (UN) को महासभा (General Assembly)

  • Ajnabee Khadka
  • September 01, 2026
  • 310

संयुक्त राष्ट्र संघ (UN) को महासभा (General Assembly)

General Assembly of United Nations
  • के हो?: महासभा संयुक्त राष्ट्र संघ  (UN) को मुख्य नीति-निर्माण, विचार-विमर्श र प्रतिनिधिमूलक अंग
  • यसलाई "विश्वको संसद् (Parliament of the World)" वा "Town Meeting of the World" उपनामले पनि चिनिन्छ,
  • बडापत्रमा व्यवस्था: संयुक्त राष्ट्र संघ (UN) को बडापत्रको परिच्छेद ४ (धारा ९ देखि २२ सम्म) महासभाको गठन, कार्य र अधिकार सम्बन्धी व्यवस्था गरिएको,
  • प्रधान कार्यालय: न्युयोर्क सहर, संयुक्त राज्य अमेरिका
  • सदस्य संख्या: संयुक्त राष्ट्र संघका सबै १९३ सदस्य राष्ट्रहरू महासभामा प्रतिनिधित्व गर्दछन्  — यो संयुक्त राष्ट्र संघको एक मात्र सार्वभौम प्रतिनिधित्व (Universal Representation) भएको अंग
  • प्रतिनिधिको संख्या: महासभाको बैठकमा भाग लिन एउटा सदस्य राष्ट्रले बढीमा ५ जना प्रतिनिधि र ५ जना वैकल्पिक प्रतिनिधि पठाउन सक्छ, तर मतदान गर्ने अधिकार भने १ जनालाई मात्र हुन्छ,
  • समानताको सिद्धान्त (One Country, One Vote): महासभामा साना-ठूला, धनी-गरिब सबै राष्ट्रहरूको समान १ मत हुन्छ मतलब विश्वकै ठूलो देश रुस र न्युयोर्कको सेन्ट्रल पार्क जत्रो क्षेत्रफल भएको मोनाको दुवैको मतदानको भार समान १ मत हुन्छ,
  • महासभाका ६ वटा मुख्य समितिहरू (Six Main Committees): महासभामा अत्यधिक कार्यभार हुने भएकाले यसले आफ्नो कार्यहरू सहज बनाउन कार्यसूचीका विषयहरूलाई ६ वटा मुख्य समितिहरूमा बाँडफाँड गर्दछ;
    १.) पहिलो समिति: निःशस्त्रीकरण र अन्तर्राष्ट्रिय सुरक्षा (Disarmament & International Security)
    २.) दोस्रो समिति: आर्थिक तथा वित्तीय मामिला (Economic & Financial)
    ३.) तेस्रो समिति: सामाजिक, मानवीय र सांस्कृतिक मामिला (Social, Humanitarian & Cultural)
    ४.) चौथो समिति: विशेष राजनीतिक र औपनिवेशिक मुक्ति (Special Political & Decolonization)
    ५.) पाँचौ समिति: प्रशासनिक तथा बजेट सम्बन्धी (Administrative & Budgetary)
    ६.) छैटौँ समिति: कानुनी मामिलाहरू (Legal Affairs)
  • नियमित अधिवेशन: प्रत्येक वर्ष सेप्टेम्बर महिनाको तेस्रो हप्ताको मङ्गलबार (Tuesday of the third week of September) महासभाको नियमित अधिवेशन सुरु हुन्छ र वर्षभरि चल्छ,
  • नेतृत्व र कार्यकाल: महासभाले प्रत्येक वर्ष बैठक सञ्चालन गर्न १ वर्षको कार्यकालका लागि महासभा अध्यक्षको निर्वाचन गर्दछ,
  • भौगोलिक सन्तुलन मिलाउन महासभाको अध्यक्षता निम्न ५ भौगोलिक समूहका राष्ट्रहरूमा आलोपालो घुम्छ:
    १.) अफ्रिकी राष्ट्रहरू (African States)
    २.) एसियाली राष्ट्रहरू (Asian States)
    ३.) पूर्वी युरोपेली राष्ट्रहरू (Eastern European States)
    ४.) ल्याटिन अमेरिकी र क्यारिबियन राष्ट्रहरू (Latin American and Caribbean States)
    ५.) पश्चिमी युरोपेली र अन्य राष्ट्रहरू (Western European and other States)
  • विशेष अधिवेशन (Special Sessions): सुरक्षा परिषद् वा संयुक्त राष्ट्र संघका बहुसंख्यक सदस्यहरूको अनुरोधमा महासचिवद्वारा विशेष अधिवेशन बोलाउन सकिने व्यवस्था रहेको,
  • बैठकको वर्णानुक्रम: बैठक हलमा बस्ने आसनको व्यवस्था प्रत्येक वर्ष परिवर्तन हुन्छ (उदाहरणका लागि, ८०औँ सत्र (२०२५-२०२६) मा अङ्ग्रेजी वर्णानुक्रम अनुसार नाइजर (Niger) देश पहिलो कुर्सीमा रहेको,)
  • महासभामा उपस्थित भई मतदान गर्ने सदस्यहरूको दुई-तिहाई बहुमत आवश्यक पर्ने विषयहरू: अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्नेसम्बन्धी सिफारिसहरू, सुरक्षा परिषद्का अस्थायी सदस्यहरूको निर्वाचन, आर्थिक तथा सामाजिक परिषद् (ECOSOC) र जिम्मा जमानी परिषद्का सदस्यहरूको निर्वाचन, नयाँ सदस्य राष्ट्रहरूको प्रवेश (सुरक्षा परिषद्को सिफारिसमा), सदस्य राष्ट्रहरूको अधिकार र विशेषाधिकार निलम्बन गर्ने वा सदस्यलाई संस्थाबाट निष्कासन गर्ने र बजेट सम्बन्धी विषयहरू
  • साधारण बहुमत: २/३ बहुमत चाहिने ६ वटा विषयबाहेक अन्य सामान्य प्रस्तावहरू साधारण बहुमतबाट पारित हुन्छन्,
  • मतदानको अधिकार गुम्ने अवस्था (संयुक्त राष्ट्र संघ (UN) को बडापत्रको धारा १९): लगातार २ वर्ष वा सोभन्दा बढी वित्तीय योगदान (लेभी) नबुझाउने देशको मताधिकार स्वतः गुम्छ,
  • बजेट नियन्त्रण र वित्तीय उत्तरदायित्व: महासभाले संयुक्त राष्ट्र संघको नियमित बजेट विचार र स्वीकृत गर्ने तथा खर्चको हिस्सा सदस्य राष्ट्रहरूका लागि बाँडफाँड (Scale of Assessments) गर्ने काम गर्दछ,
  • मस्यौदा र बहस: महासभाले चार्टरको बडापत्रभित्र पर्ने जुनसुकै विषयमा छलफल र सिफारिस गर्न सक्छ,
  • संयुक्त राष्ट्र संघको नियमित बजेट: महासभाद्वारा संयुक्त राष्ट्र संघको नियमित बजेट २ वर्षको अवधिका लागि स्वीकृत गरिन्छ,
  • नियुक्तिहरू: सुरक्षा परिषद्को सिफारिसमा संयुक्त राष्ट्र संघको महासचिवको नियुक्ति, सुरक्षा परिषद्का १० अस्थायी सदस्यहरू (२ वर्षका लागि) को नियुक्ति, आर्थिक तथा सामाजिक परिषद् (ECOSOC) का ५४ सदस्यहरूको नियुक्ति र सुरक्षा परिषद्को सहकार्यमा अन्तर्राष्ट्रिय न्यायालय (ICJ) का न्यायाधीशहरूको निर्वाचन, 
  • अन्तर्राष्ट्रिय कानुनको प्रवर्द्धन: राजनीतिक क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोग प्रवर्द्धन गर्न र अन्तर्राष्ट्रिय कानुनको क्रमिक विकास तथा प्रगतिको अध्ययन र सिफारिस महासभाले गर्दछ,
  • सहायक अंगहरूको स्थापना: महासभाले आफ्नो कार्य सम्पादनका लागि आवश्यक subsidiary organs (सहायक अंगहरू) स्थापना गर्न सक्छ,
  • नयाँ सदस्यको प्रवेश: सुरक्षा परिषद्को सिफारिसमा नयाँ राष्ट्रलाई सदस्यता दिने, निलम्बन गर्ने वा निष्कासन गर्ने अधिकार महासभाको रहेको,
  • अन्तर्राष्ट्रिय कानुनको संहिताकरण: विश्वव्यापी मानव अधिकार, शान्ति, कूटनीति र विकासका एजेन्डाहरूमाथि छलफल र सन्धिहरूको मस्यौदा तयार गर्ने कार्य महासभाकले गर्दछ,

महासभा (General Assembly) को बारेमा लोकसेवा सान्दर्भिक तथ्यहरु:

  • संयुक्त राष्ट्र संघ (UN) को महासभाको पहिलो बैठक: सन् १९४६ जनवरी १० मा लन्डनको मेथोडिस्ट सेन्ट्रल हल (Methodist Central Hall) मा बसेको — पहिलो सत्रको पहिलो बैठक सन् १९४६ जनवरी १० मा  लन्डनको मेथोडिस्ट सेन्ट्रल हल (Methodist Central Hall) बसेको भने पहिलो सत्रको दोस्रो बैठक सन् १९४६ अक्टोबर २३ मा फ्लसिङ मेडोज, न्युयोर्क (अमेरिका) मा बसेको,
  • संयुक्त राष्ट्र संघ (UN) को महासभाको पहिलो बैठकमा कतिवटा राष्ट्रहरुको प्रतिनिधिहरु सहभागी थिए?: ५१ वटा संस्थापक सदस्य राष्ट्रका प्रतिनिधिहरू
  • संयुक्त राष्ट्र संघ (UN) को महासभाको पहिलो महासभा अध्यक्ष: पल-हेन्री स्पाक (Paul-Henri Spaak) 
  • संयुक्त राष्ट्र संघ (UN) को महासभाको हालसम्म कतिऔँ नियमित सत्र (Regular Sessions) सम्पन्न भैसकेको छ? ८०औँ सत्र (८१औँ सत्र सन् २०२६ सेप्टेम्बर ८ बाट सुरु हुने,)
  • संयुक्त राष्ट्र संघ (UN) को महासभाले हालसम्म कतिवटा विशेष सत्र (Special Sessions) बसेको छ?: हालसम्म ३२ पटक
  • संयुक्त राष्ट्र संघ (UN) को महासभाले हालसम्म कतिवटा आपत्कालीन विशेष सत्र (Emergency Special Sessions) बसेको छ?: हालसम्म ११ पटक
  • संयुक्त राष्ट्र संघ (UN) को महासभाले बैठकले पारित गरेको सबैभन्दा पहिलो प्रस्ताव (Resolution 1) केसँग सम्बन्धित थियो?: परमाणु ऊर्जाको शान्तिपूर्ण उपयोग गर्ने र आम विनाशकारी परमाणु हतियारको उन्मूलन गर्ने विषयसँग
  • नेपालले संयुक्त राष्ट्र संघ (UN) को पूर्ण सदस्य भैसकेपछि सहभागिता जनाएको महासभा सत्र: सन् १९५६ मा सम्पन्न ११औँ महासभा सत्र
  • नेपालले पहिलो पटक भाग लिएको संयुक्त राष्ट्र संघ (UN) को ११ औँ महासभामा भाग लिने प्रतिनिधि मण्डलका नेतृत्व गर्ने व्यक्तित्व: चुडाप्रसाद शर्मा ढुंगाना
  • नेपालका तर्फबाट संयुक्त राष्ट्र संघ (UN) को महासभा सत्रलाई सम्बोधन गर्ने पहिलो व्यक्ति: चुडाप्रसाद शर्मा ढुंगाना
  • संयुक्त राष्ट्र संघ (UN) को महासभालाई सम्बोधन गर्ने पहिलो नेपाली प्रधानमन्त्री: बी.पी. कोइराला (सन् १९६०, १५औँ सत्र)
  • नेपालको तर्फबाट संयुक्त राष्ट्र संघ (UN) को महासभालाई सम्बोधन गर्ने पहिलो राष्ट्रप्रमुख: महेन्द्र वीर विक्रम शाह (सन् १९६७, २२औँ सत्र)
  • नेपालको तर्फबाट संयुक्त राष्ट्र संघ (UN) को महासभालाई सम्बोधन गर्ने पहिलो महिला प्रतिनिधि: सहाना प्रधान (सन् २००७, ६२औँ सत्र)
  • संयुक्त राष्ट्र संघ (UN) को महासभाको अध्यक्ष हुने पहिलो महिला: विजयालक्ष्मी पण्डित (भारत) — हालसम्म पाँच जना महिलाहरूले महासभाको अध्यक्षता ग्रहण गरिसकेका,
  • संयुक्त राष्ट्र संघ (UN) को महासभामा सबैभन्दा बढी समय बोल्ने व्यक्ति: क्यिवाका फिडेल क्यास्ट्रो — उनले २६९ मिनेट बोलेर किर्तिमान राखेका,

Categories

  • Current Affairs 798
  • Gorkhapatra 343
  • Others 1185
  • Vacancy 1
  • Past Questions 146
  • Nepal Police 9

Latest Blogs

Short list of best works for the Pahachan Award for BS 2081 and 2082
Current Affairs

पहिचान पुरस्कारको लागि वि.सं. २०८१ र २०८२ सालका लागि उत्कृष्ट कृतिहरूको संक्षिप्त सूची

  • Sep 19, 2026
  • 100
Organized Organization, Nayab Subba (Fifth Level), 2083/06/03
Past Questions

संगठित संस्था, नायब सुब्बा (पाँचौं तह) , २०८३/०६/०३

  • Sep 19, 2026
  • 101
Lumbini Province, Agriculture Officer (Seventh Level), 2083/06/03
Past Questions

लुम्बिनी प्रदेश, कृषि अधिकृत (सातौं तह), २०८३/०६/०३

  • Sep 19, 2026
  • 107
Constitution Day and National Day, 2083
Current Affairs

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३

  • Sep 19, 2026
  • 204
National Education Day, 2083
Current Affairs

राष्ट्रिय शिक्षा दिवस, २०८३

  • Sep 18, 2026
  • 210
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA