Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

गण्डकी प्रदेश, प्राविधिक सहायक (शिक्षा प्रशासन, ५ औँ) - २०८३

  • Ajnabee Khadka
  • July 27, 2026
  • 35

गण्डकी प्रदेश, प्राविधिक सहायक (शिक्षा प्रशासन, ५ औँ) - २०८३

Gandaki Province, Technical Assistant (Education Administration, 5th) - 2083
  1. नागरिकका कर्तव्य अन्तर्गत पर्दछन्?

    • (A) दायित्व ✓

    • (B) सुविधा

    • (C) नेतृत्व

    • (D) पुरस्कार

  2. मास्लोको उत्प्रेरणाको आवश्यकता सम्बन्धी सिद्धान्तमा देहायका मध्ये कुन पर्दछ?

    • (A) शारीरिक आवश्यकता

    • (B) सुरक्षा आवश्यकता

    • (C) सम्मानको आवश्यकता

    • (D) माथिका सबै ✓

  3. सार्वजनिक बडापत्रको उद्देश्य देहायको मध्ये कुन हो?

    • (A) सेवाको विषयमा सहज रूपमा जानकारी दिने

    • (B) सेवा प्रवाहमा पारदर्शिता कायम गर्ने

    • (C) जवाफदेहिता प्रवर्धन गर्ने

    • (D) माथिका सबै ✓

  4. तलको विवरण मध्ये कुन सही छ?

    • (A) सार्वजनिक खरिद अनुगमन कार्यालय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत पर्दछ ✓

    • (B) सार्वजनिक खरिद अनुगमन कार्यालय अर्थ मन्त्रालय अन्तर्गत पर्दछ

    • (C) महालेखा नियन्त्रक कार्यालय संवैधानिक अङ्ग हो

    • (D) महालेखा परीक्षकको नियुक्ति मन्त्रिपरिषद्ले गर्दछ

  5. राष्ट्रिय स्रोत अनुमान समितिको संयोजन कसले गर्ने कानूनी व्यवस्था रहेको छ?

    • (A) गभर्नर

    • (B) अर्थ सचिव

    • (C) महालेखा नियन्त्रक

    • (D) राष्ट्रिय योजना आयोगका उपाध्यक्ष ✓

  6. भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम अनुसन्धान अधिकारीले कुन कुन विधि प्रयोग गरी अनुसन्धान गर्न सक्ने व्यवस्था गरिएको छ?

    • (A) कन्ट्रोल डेलिभरी

    • (B) अन्डर कभर अपरेशन

    • (C) इन्टरसेप्शन

    • (D) माथिका सबै ✓

  7. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम गाउँपालिकामा बढीमा कति वडा संख्या निर्धारण गर्न सकिने व्यवस्था छ?

    • (A) ९ वडा

    • (B) १७ वडा

    • (C) २१ वडा ✓

    • (D) ३५ वडा

  8. गण्डकी प्रदेश निजामती सेवा ऐन, २०७९ अनुसार प्रदेश निजामती सेवामा देहायको कुन सेवा समावेश छैन?

    • (A) प्रदेश स्वास्थ्य सेवा

    • (B) प्रदेश इन्जिनियरिङ सेवा

    • (C) प्रदेश वन सेवा

    • (D) प्रदेश विविध सेवा ✓

  9. गण्डकी प्रदेश निजामती सेवा ऐन, २०७९ अनुसार कर्मचारीले कुनै पनि राजनीतिक दल वा संगठनको सदस्यता लिएमा कस्तो कारवाही हुने व्यवस्था रहेको छ?

    • (A) भविष्यमा प्रदेश सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने ✓

    • (B) भविष्यमा प्रदेश सरकारी सेवामा अयोग्य ठहरिने गरी बर्खास्त गर्ने

    • (C) बढीमा पाँच तलब वृद्धि रोक्का गर्ने

    • (D) नसियत दिने

  10. कार्यालय कार्यविधिमा देहायको कुन कार्य पर्दैन?

    • (A) पत्र व्यवहार

    • (B) दर्ता

    • (C) बैठक ✓

    • (D) चलानी

  11. GEDSI को पूर्ण रूप के हो?

    • (A) Gender, Equality, Disability and Social Inclusion ✓

    • (B) Gender Education for Disabled and Social Individuals

    • (C) Gender Equity, Development and state Integration

    • (D) माथिका कुनै पनि होइन

  12. फिफा विश्वकप २०२६ को पहिलो खेल कुन कुन देश बीच भएको थियो?

    • (A) America and Paraguay

    • (B) Mexico and South Africa ✓

    • (C) South Korea and Czechia

    • (D) Canada and Bosnia & Herzegovina

  13. अन्तर्राष्ट्रिय विश्व योग दिवस कुन साल देखि मनाउन शुरू भएको हो?

    • (A) सन् २०१०

    • (B) सन् २०१५ ✓

    • (C) सन् २०२०

    • (D) सन् २०२५

  14. नेपालले अवलम्बन गरेको संघीयताको स्वरूप कस्तो हो?

    • (A) सहकारी संघीयता ✓

    • (B) द्वैध संघीयता

    • (C) प्रतिस्पर्धात्मक संघीयता

    • (D) भौगोलिक संघीयता

  15. जोडा मिलाई सही उत्तर छनौट गर्नुहोस्।

    समूह (क) समूह (ख)
    a. धारा-२५ 1. रोजगारीको हक
    b. धारा-३१ 2. श्रमको हक
    c. धारा-३३ 3. शिक्षा सम्बन्धी हक
    d. धारा-३४ 4. सम्पत्तिको हक
    • (A) a-4, b-3, c-1, d-2 ✓

    • (B) a-2, b-1, c-3, d-4

    • (C) a-2, b-4, c-1, d-3

    • (D) a-1, b-4, c-2, d-3

  16. स्वास्थ्य सम्बन्धी मौलिक हक संविधानको धारा कतिमा रहेको छ?

    • (A) धारा ३५ ✓

    • (B) धारा ३८

    • (C) धारा ३९

    • (D) धारा ४४

  17. तलका मध्ये कुन तथ्य सही होइन?

    • (A) नेपालको पछिल्लो राष्ट्रिय जनगणना वि.सं. २०७८ सालमा सम्पन्न भएको हो

    • (B) नेपालमा पहिलो जनगणना वि.सं. १९७८ देखि सुरु भएको हो ✓

    • (C) नेपालमा प्रत्येक १० वर्षमा जनगणना लिने गरिन्छ

    • (D) विश्व जनसंख्या दिवस जुलाई ११ मा मनाइन्छ

  18. गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय आवधिक योजनामा कति प्रतिशत औसत आर्थिक वृद्धिदर हुने परिमाणात्मक लक्ष्य राखिएको छ?

    • (A) ७.५ प्रतिशत

    • (B) ९.५ प्रतिशत

    • (C) ८.६ प्रतिशत ✓

    • (D) ६.५ प्रतिशत

  19. पालुङटार नगरपालिका कुन जिल्लामा पर्दछ?

    • (A) गोर्खा ✓

    • (B) कास्की

    • (C) तनहुँ

    • (D) लमजुङ

  20. विश्वका आठ हजार मिटरभन्दा बढी उचाई भएका १४ वटा हिमालमध्ये गण्डकी प्रदेशमा मात्र कतिवटा पर्दछन्?

    • (A) ३ वटा

    • (B) ५ वटा ✓

    • (C) ७ वटा

    • (D) ८ वटा

  21. गोरखा भाषा प्रकाशिनी समितिको नाम कहिलेदेखि नेपाली भाषा प्रकाशिनी समिति बनाइएको थियो?

    • (A) वि.सं. १९७५

    • (B) वि.सं. १९८२

    • (C) वि.सं. १९८७ ✓

    • (D) वि.सं. १९८९

  22. राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०४९ ले टेक्निकल एस.एल.सी. स्तरको तालिम सीप परीक्षणमा कुन तहको हुने सिफारिस गरेको थियो?

    • (A) तह १

    • (B) तह २

    • (C) तह ३ ✓

    • (D) तह ४

  23. शिक्षा इश्तहारका अनुसार विद्यालयीय शिक्षाको संरचना कुन हो?

    • (A) ३+४+३ ✓

    • (B) ४+३+४

    • (C) ३+४+४

    • (D) ४+४+३

  24. नेपालमा रात्री पाठशाला कहिले खुलेको थियो?

    • (A) २००७ चैत्र १५

    • (B) २००७ चैत्र १६

    • (C) २००७ चैत्र १७ ✓

    • (D) २००७ चैत्र १८

  25. राष्ट्रिय शिक्षा पद्धतिको योजना वि.सं. (२०२८-२०३२) ले प्राथमिक तहको लागि निर्धारण गरेको उद्देश्य तलका मध्ये कुन हो?

    • (A) साक्षरताको शिक्षा दिनु ✓

    • (B) देशभक्ति राजभक्ति र चरित्र निर्माण गर्नु

    • (C) पूर्व व्यावसायिक शिक्षा दिनु

    • (D) सामाजिक तथा नैतिक शिक्षा दिनु

  26. राष्ट्रिय शिक्षा नीति, २०७६ बमोजिम विद्यालय शिक्षक तथा कर्मचारीको सेवा, सर्त र सुविधाको सञ्चालन तथा अभिलेख व्यवस्थापनको जिम्मेवारी कसको हो?

    • (A) संघ सरकार ✓

    • (B) प्रदेश सरकार

    • (C) स्थानीय सरकार

    • (D) संघ, प्रदेश र स्थानीय सरकार

  27. राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ अनुसार आधारभूत शिक्षा (कक्षा ६-८) अन्तर्गत सबैभन्दा कम पाठ्यघण्टा भएको विषय कुन हो?

    • (A) स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कला ✓

    • (B) मातृभाषा तथा स्थानीय विषय

    • (C) सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा

    • (D) विज्ञान तथा प्रविधि

  28. "स्वस्थ शरीरमा स्वस्थ मस्तिष्कको निर्माण गर्नु नै शिक्षा हो।" यो भनाई कसको हो?

    • (A) हिल्डा टावा

    • (B) प्लेटो

    • (C) सुकरात

    • (D) अरस्तु ✓

  29. प्रश्नोत्तर विधिमा प्रश्न गर्दा उपयोगी मानिने प्रविधि कुन हो?

    • (A) APPLE Technique ✓

    • (B) TPS Technique

    • (C) KWL Technique

    • (D) All of the above

  30. माध्यमिक तह कक्षा ९-१० को उमेर समूह तलका मध्ये कुन हो?

    • (A) १०-११ वर्षसम्म

    • (B) १३-१४ वर्षसम्म ✓

    • (C) ११-१२ वर्ष सम्म

    • (D) उमेर तोकिएको छैन

  31. पठन पाठन सञ्चालनका लागि खर्च भएको कति घण्टाको समयावधिलाई एक पाठ्यघण्टा मानिन्छ?

    • (A) २६ घण्टा

    • (B) ३२ घण्टा ✓

    • (C) ४० घण्टा

    • (D) ४२ घण्टा

  32. तलका मध्ये कुन चाँहि निर्णयात्मक मूल्याङ्कनको विशेषता होइन?

    • (A) विद्यार्थीको सिकाइस्तर निर्धारण गर्नु ✓

    • (B) विद्यार्थीको सिकाइमा सुधार गर्नु

    • (C) उपचारात्मक शिक्षण विधि छनोट गर्न सहयोग गर्नु

    • (D) शिक्षण सिकाइको अभिन्न अङ्गको रूपमा रहनु

  33. विद्यालय सुधार योजना (SIP) मा शैक्षिक सत्र २०७३ देखि थपिएको पक्ष कुन हो?

    • (A) अतिरिक्त क्रियाकलाप

    • (B) स्वास्थ्य सेवा

    • (C) विपद् व्यवस्थापन तथा पूर्व तयारी ✓

    • (D) भौतिक सम्भार

  34. समाजमा रहेका मतभेद, द्वन्द्व वा असमझदारीलाई हिंसात्मक रूपमा नभई शान्तिपूर्ण र रचनात्मक तरिकाले समाधान गर्ने सीप सिकाउने शिक्षालाई के भनिन्छ?

    • (A) मानव अधिकार शिक्षा

    • (B) द्वन्द्व व्यवस्थापन र शान्ति शिक्षा ✓

    • (C) नागरिक शिक्षा

    • (D) नैतिक शिक्षा

  35. बाल अधिकार महासन्धी १९८९ को कति औँ धारामा शिक्षाको अधिकार उल्लेख गरिएको छ?

    • (A) धारा २५

    • (B) धारा २८ ✓

    • (C) धारा २६

    • (D) धारा २९

  36. विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका २०६८ नेपाल सरकार मन्त्रिपरिषदको बैठकबाट कहिले स्वीकृत भएको थियो?

    • (A) २०६८ असोज २ गते

    • (B) २०६८ माघ ५ गते

    • (C) २०६८ फागुन १२ गते

    • (D) २०६८ जेठ ११ गते ✓

  37. सामाजिक, आर्थिक वा भौगोलिक कारणले पछाडि पारिएका व्यक्तिहरूलाई विभेदरहित वातावरणमा दिइने शिक्षालाई के भनिन्छ?

    • (A) विशेष शिक्षा

    • (B) समावेशी शिक्षा ✓

    • (C) अनौपचारिक शिक्षा

    • (D) विशिष्ट शिक्षा

  38. दिगो विकास लक्ष्य ४ को राष्ट्रिय सूचक अनुसार नेपालले सन् २०३० सम्ममा माध्यमिक तह (कक्षा ९-१२) को खुद भर्ना दर कति प्रतिशत पुर्‍याउने लक्ष्य राखेको छ?

    • (A) ८५ प्रतिशत ✓

    • (B) ९० प्रतिशत

    • (C) ९५ प्रतिशत

    • (D) १०० प्रतिशत

  39. सामाजिक न्यायको संरक्षण तथा प्रत्याभूतिका लागि कसको भूमिका महत्वपूर्ण हुन्छ?

    • (A) राज्य र सरकार ✓

    • (B) व्यक्ति र परिवार

    • (C) विद्यालय र सामाजिक संघ संस्था

    • (D) राजनीतिक दल

  40. प्राविधिक तथा व्यावसायिक शिक्षाको प्रमुख उद्देश्य के हो?

    • (A) अनुसन्धानमूलक शिक्षा

    • (B) रोजगारमुखी सीप विकास ✓

    • (C) जीवन उपयोगी शिक्षा

    • (D) समावेशी शिक्षा

  41. सोही योजना अनुसार आ.व. २०८५/०८६ सम्म उच्च शिक्षामा प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थी कति प्रतिशत पुर्‍याउने लक्ष्य रहेको छ?

    • (A) २५%

    • (B) ३०%

    • (C) ३५% ✓

    • (D) ४०%

  42. सूचना तथा सञ्चार प्रविधिमा आधारित सिकाइ सामग्रीहरूको उपयुक्त व्यवस्थापन गरी प्रत्येक विद्यालयका शिक्षक तथा विद्यार्थीहरूमा प्रविधिको उपयोग गर्ने सीपको विकास गर्ने रणनीति कुन उद्देश्य अन्तर्गत पर्दछ?

    • (A) अनौपचारिक रूपमा सिकेका ज्ञानलाई प्रमाणीकरण गर्नु

    • (B) जीवनपर्यन्त सिकाइको सुनिश्चितता गर्नु

    • (C) गुणस्तर तथा सान्दर्भिकता अभिवृद्धि गर्नु

    • (D) पहुँच र सहभागिता सुनिश्चित गर्नु ✓

  43. विद्यालय सुधार योजना (SIP) को मस्यौदा लेखाजोखा गर्दा गठन गरिने लेखाजोखा समिति (Appraisal Committee) मा कसको सहभागिता रहँदैन?

    • (A) स्थानीय तहको शिक्षा शाखा प्रमुख

    • (B) विज्ञ ✓

    • (C) सम्बन्धित वडाध्यक्ष

    • (D) प्रधानाध्यापक

  44. आ.व. २०८३/८४ को बजेटले नेपालका विश्वविद्यालयहरूलाई 'शैक्षिक क्यालेन्डर' पूर्ण रूपमा पालना गराउन र भर्ना तथा परीक्षा प्रणालीलाई प्रविधिमैत्री बनाउन कुन नयाँ प्रणाली अनिवार्य गर्ने नीति लिएको छ?

    • (A) वार्षिक परीक्षा प्रणाली

    • (B) एकीकृत केन्द्रीय परीक्षा सञ्चालन बोर्ड

    • (C) डिजिटल ट्रयाकिङ र स्वचालित नतिजा प्रणाली ✓

    • (D) खुला विश्वविद्यालय परीक्षा मोडल

  45. गण्डकी प्रदेशको दोस्रो आवधिक योजना (२०८१/८२-२०८५/८६) ले आधारभूत तह (कक्षा १-८) को खुद भर्नादर योजनाको अन्तिम वर्ष आ.व. २०८५/८६ सम्म कति प्रतिशत पुर्‍याउने लक्ष्य तय गरेको छ?

    • (A) ९० प्रतिशत

    • (B) ९५ प्रतिशत

    • (C) ९६ प्रतिशत ✓

    • (D) ९८ प्रतिशत

  46. राष्ट्रिय परीक्षा बोर्डको उपाध्यक्ष तलका मध्ये को रहने व्यवस्था छ?

    • (A) शिक्षा तथा खेलकुद मन्त्री

    • (B) शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव

    • (C) महानिर्देशक, शिक्षा तथा मानवस्रोत विकास केन्द्र

    • (D) शिक्षा तथा खेलकुद मन्त्रालयको विद्यालय शिक्षा हेर्ने सहसचिव ✓

  47. शिक्षक सेवा आयोग नियमावली, २०५७ अनुसार कार्यसम्पादन मूल्याङ्कनका आधारमा गरिने शिक्षकको बढुवामा कुल १०० अङ्क मध्ये नोकरीको ज्येष्ठता वापत अधिकतम कति अङ्क प्रदान गरिन्छ?

    • (A) २० अङ्क

    • (B) ३० अङ्क

    • (C) ३५ अङ्क ✓

    • (D) ४० अङ्क

  48. अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन र नियमावली अनुसार बालबालिकालाई पायक पर्ने विद्यालय सामान्यतया कति दूरीभित्र उपलब्ध गराउनुपर्ने उल्लेख छ?

    • (A) २ किलोमिटर सम्मको दूरी

    • (B) १ घण्टाको पैदल दूरी वा बढीमा ४ किलोमिटर

    • (C) १५ मिनेटको पैदल दूरी

    • (D) दूरीको कुनै मापदण्ड छैन ✓

  49. स्थानीय सरकार सञ्चालन ऐन (संशोधन सहित), २०७४ ले आधारभूत विद्यालय खोल्न सिफारिस गर्ने कार्य कसको काम, कर्तव्य र अधिकार भित्र समेटेको छ?

    • (A) वडाध्यक्ष

    • (B) स्थानीय तहको शिक्षा शाखा

    • (C) शिक्षा विकास तथा समन्वय एकाइ

    • (D) वडा समिति ✓

  50. गण्डकी विश्वविद्यालय ऐन, २०७६ मा भएको व्यवस्था बमोजिम कार्यकारी परिषद्को सदस्य सचिव कसलाई तोकिएको छ?

    • (A) डिन

    • (B) रजिस्ट्रार ✓

    • (C) उपकुलपति

    • (D) अध्यक्ष

Categories

  • Current Affairs 723
  • Gorkhapatra 327
  • Others 1121
  • Vacancy 1
  • Past Questions 108
  • Nepal Police 8

Latest Blogs

Gandaki Province, 5th Level Sub-Engineer (Civil/Sanitary/Irrigation) - 2083/03/29
Past Questions

गण्डकी प्रदेश, ५औँ तह सब-इन्जिनियर (सिभिल/स्यानिटरी/इरिगेशन) - २०८३/०३/२९

  • Jul 27, 2026
  • 56
Gandaki Province, Sub-Engineer (B.Arch) Examination - 2083/04/04
Past Questions

गण्डकी प्रदेश, सब-इन्जिनियर (B.Arch) परीक्षा - २०८३/०४/०४

  • Jul 27, 2026
  • 29
Gandaki Province, Technical Assistant (Education Administration, 5th) - 2083
Past Questions

गण्डकी प्रदेश, प्राविधिक सहायक (शिक्षा प्रशासन, ५ औँ) - २०८३

  • Jul 27, 2026
  • 34
Amin (Engineering/Survey), 2083/04/09
Past Questions

अमीन (इन्जिनियरिङ्ग/सर्भे), २०८३/०४/०९

  • Jul 27, 2026
  • 53
Official inauguration of Nagdhunga-Sisnekhola tunnel
Current Affairs

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको औपचारिक उद्घाटन

  • Jul 27, 2026
  • 57
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA