Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

गण्डक सम्झौता

  • Ajnabee Khadka
  • September 03, 2026
  • 276

गण्डक सम्झौता

Gandak Treaty
  • के हो?: नेपाल र भारत सरकारबीच गण्डक नदीको पानी उपयोग गरी दुवै देशको हितका लागि सिँचाइ र जलविद्युत विकास गर्ने उद्देश्यले गरिएको एक ऐतिहासिक द्विपक्षीय सम्झौता
  • सन्धिको पूर्ण नाम: गण्डक सिँचाइ तथा जलविद्युत आयोजना सम्झौता (Agreement regarding Gandak Irrigation & Power Project)
  • सम्झौता भएको मिति: वि.सं. २०१६ मंसिर १९ गते (तदनुसार सन् १९५९ डिसेम्बर ४)
  • हस्ताक्षर भएको स्थान: काठमाडौँ, नेपाल
  • नेपालका तर्फबाट हस्ताक्षरकर्ता: तत्कालीन उपप्रधानमन्त्री सुवर्ण शमशेर
  • भारतका तर्फबाट हस्ताक्षरकर्ता: नेपालका लागि भारतीय राजदूत भगवान सहाय
  • सन्धिको मुख्य उद्देश्य: नेपाल र भारत दुवै देशको हितका लागि नारायणी (गण्डकी) नदीमा सिँचाइ सुविधा र विद्युत विकास गर्ने,
  • संशोधन परिमार्जन: सन् १९६४ अप्रिल ३० मा राजा महेन्द्रको पालामा यस सम्झौतामा नेपालको हित अनुकूल केही संशोधन गरिएको,
  • नेपाल र भारत दुवैतर्फ सिँचाइ सुविधा पुर्याउने र जलविद्युत उत्पादन गर्ने मुख्य उद्देश्यले स्थापित ब्यारेज: गण्डक ब्यारेज — यो ब्यारेज वि.सं. २०१६ मा भएको गण्डक सम्झौताको आधारमा स्थापना गरिएको,
    • ब्यारेज शिलान्यास मिति: वि.सं. २०२१ वैशाख १९ (सन् १९६४ मे ४)
    • ब्यारेज शिलान्यासकर्ताहरू: नेपालका राजा महेन्द्र र भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरू
    • निर्माण सुरु र सम्पन्न मिति: वि.सं. २०२४ सालमा निर्माण सुरु भई वि.सं. २०३१ (सन् १९७४) मा सम्पन्न
    • नेपाललाई हस्तान्तरण मिति: वि.सं. २०३८ भदौ १५ (सन् १९८१ अगस्ट ३१)
    • हस्तान्तरण कार्यक्रमका प्रमुखहरू: नेपालका तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापा र भारतीय राजदूत नरेन्द्र जैन
  • विवाद: नदी नेपालको तर फाइदा बढी भारतलाई भएको, ब्यारेजका ढोका समयमा नजालिँदा नेपालको सुस्ता क्षेत्र डुबान र कटानमा पर्ने गरेको, भारतीय पक्षले मर्मत नगर्दा सूरजपुरा पावर हाउस पूर्ण क्षमतामा चल्न नसकेको, आदि

Categories

  • Current Affairs 826
  • Gorkhapatra 348
  • Others 1192
  • Vacancy 1
  • Past Questions 153
  • Nepal Police 9

Latest Blogs

Various types of bills under the Constitution of Nepal
Others

नेपालको संविधान बमोजिमका विभिन्न प्रकारका विधेयकहरू

  • Oct 12, 2026
  • 144
Funds as per the Constitution of Nepal
Others

नेपालको संविधान बमोजिमका कोषहरू

  • Oct 12, 2026
  • 119
International and World Days (Celebrated from the month of Baisakh to the month of Asoj, 2083 BS)
Current Affairs

अन्तर्राष्ट्रिय तथा विश्व दिवसहरू (वि.सं. २०८३ को वैशाख महिनादेखि असोज महिनासम्म मनाइएका)

  • Oct 12, 2026
  • 170
Constitutional provisions regarding oath-taking
Others

शपथ ग्रहण सम्बन्धी संवैधानिक व्यवस्था

  • Oct 11, 2026
  • 295
Tenure of various Assemblies
Others

विभिन्न सभाहरूको कार्यकाल

  • Oct 11, 2026
  • 314
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA