Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

फिफा विश्वकप, २०२६

  • Ajnabee Khadka
  • July 20, 2026
  • 533

फिफा विश्वकप, २०२६

FIFA World Cup, 2026
  • उत्तर अमेरिकी महाद्वीपमा आयोजना भएको विश्वकप फुटबल इतिहासकै सबैभन्दा ठूलो र भव्य प्रतियोगिता
  • आयोजक राष्ट्र: अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा (पहिलो पटक ३ राष्ट्रले संयुक्त रूपमा विश्वकप आयोजना गरेका,)
  • संस्करण: २३औँ
  • मिति: जुन ११, २०२६ (मेक्सिको सिटीको ऐतिहासिक एस्टेका रंगशालाबाट सुरु) - जुलाई १९, २०२६ मा (न्यु जर्सीको मेटलाइफ रंगशालामा अन्त्य)
  • टोलीहरू र खेलको संख्या: विश्वकप फुटबल इतिहासमै पहिलो पटक, ४८ राष्ट्रहरू (३२ बाट बढेर) ले कुल १०४ खेलहरूमा प्रतिस्पर्धा गरेका,

फिफा विश्वकप २०२६: छनोट भएका टोलीहरू:

महादेश (Confederation) छनोट भएका देशहरू
आयोजक राष्ट्रहरू (Co-hosts) क्यानडा, मेक्सिको, संयुक्त राज्य अमेरिका (USA)
एसिया (AFC) अस्ट्रेलिया, इराक, इरान, जापान, जोर्डन, दक्षिण कोरिया, कतार, साउदी अरब, उज्वेकिस्तान
अफ्रिका (CAF) अल्जेरिया, केप भर्डे, डिआर कंगो, आइभरी कोस्ट, इजिप्ट, घाना, मोरक्को, सेनेगल, दक्षिण अफ्रिका, ट्युनिसिया
उत्तर तथा मध्य अमेरिका (Concacaf) कुराकाओ, हाइटी, पानामा
दक्षिण अमेरिका (CONMEBOL) अर्जेन्टिना, ब्राजिल, कोलम्बिया, इक्वेडर, पाराग्वे, उरुग्वे
ओसेनिया (OFC) न्युजिल्याण्ड
युरोप (UEFA) अस्ट्रिया, बेल्जियम, बोस्निया र हर्जगोभिना, क्रोएसिया, चेकिया, इङ्ल्यान्ड, फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स, नर्वे, पोर्चुगल, स्कटल्याण्ड, स्पेन, स्वीडेन, स्विट्जरल्याण्ड, टर्की
  • समूह विभाजन: ४८ टोलीलाई १२ समूह (प्रत्येक समूहमा ४ टोली) मा विभाजन गरिएको,
  • पहिलो पटक विश्वकप खेल्नलाई छनोट भएका राष्ट्रहरु: ४ वटा (केप भर्डे, उज्बेकिस्तान, कुराकाओ र जोर्डन)
  • फिफा विश्वकप २०२६ को आधिकारिक फुटबल: ट्रियोन्डा (TRIONDA) — सार्वजनिक मिति: २ अक्टोबर २०२५
  • फिफा विश्वकप २०२६ को शुभंकर (Mascots): "Maple, the Moose" (क्यानेडा), "Zayu, the Jaguar" (मेक्सिको) र "Clutch, the Bald Eagle" (संयुक्त राज्य अमेरिका) — विश्वकपको इतिहासमा पहिलो पटक ३ वटा आधिकारिक मस्कट प्रयोग गरिएको,
  • फिफा विश्वकप २०२६ को उद्घाटन खेल: मेक्सिको र दक्षिण अफ्रिकाबीच
    • मिति: सन् २०२६ जुन ११
    • खेल स्थान: मेक्सिको सिटीस्थित ऐतिहासिक एज्टेका रंगशाला (Estadio Azteca) मा
    • विजेता: मेक्सिको (२ गोल)
    • उपविजेता: दक्षिण अफ्रिका (० गोल)
    • पहिलो गोलकर्ता: मेक्सिकोका जुलियन क्विनोनेस (Julián Quiñones)
    • खेलको क्रममा दक्षिण अफ्रिकाका खेलाडीले दुईवटा रेड कार्ड (Red Card) सामना गर्नुपरेको,
    • एज्टेका रंगशालाको कीर्तिमान: विश्वकप इतिहासमै तीन पटक (सन् १९७०, १९८६ र २०२६) उद्घाटन खेल आयोजना गर्ने विश्वकै पहिलो रंगशाला

  • फिफा विश्वकप २०२६ को फाइनल (अन्तिम) खेल: स्पेन र अर्जेन्टिनाबीच
    • मिति: सन् २०२६ जुलाई १९
    • खेल स्थान: मेटलाइफ रंगशाला (MetLife Stadium), न्यू जर्सी, संयुक्त राज्य अमेरिका
    • मुख्य रेफ्री: स्लोभेनियाका ४६ वर्षीय रेफ्री स्लाभ्को भिन्चिच (Slavko Vinčić)
    • विजेता राष्ट्र: स्पेन (१ गोल) — यो स्पेनको दोस्रो विश्वकप उपाधि (यसअघि स्पेनली सन् २०१० मा जितेको,)
    • उपविजेता राष्ट्र: अर्जेन्टिना (० गोल)
    • निर्णायक गोलकर्ता: स्पेनका वैकल्पिक खेलाडी फेरान टोरेस (Ferran Torres) ले खेलको १०६औँ मिनेटमा (अतिरिक्त समयमा) निर्णायक गोल गरेका,
    • ऐतिहासिक कीर्तिमान: स्पेन पुरुष र महिला दुवै विधाको फिफा विश्वकपको वर्तमान विजेता (Reigning Champions) बन्ने विश्वकै पहिलो राष्ट्र बनेको,
    • विशेष घटना: खेलको ९०+३औँ मिनेटमा अर्जेन्टिनाका खेलाडी एन्जो फर्नान्डेज (Enzo Fernández) ले दोहोरो पहेलो (रातो) कार्ड पाउँदै मैदान छाडेपछि अर्जेन्टिना १० खेलाडीमा सीमित भएको,

  • फिफा विश्वकप २०२६ को तेस्रो र चौथो उपाधि जित्ने राष्ट्रहरु क्रमशः इंग्ल्यान्ड र फ्रान्स (तेस्रो स्थानको प्ले-अफमा इंग्ल्यान्डले फ्रान्स विरुद्ध ६ गोल गरेसँगै इंग्ल्यान्डले तेस्रो स्थान हासिल गरेको,)

फिफा विश्वकप २०२६: आधिकारिक पुरस्कार सूची:

विधा खेलाडी/राष्ट्र
गोल्डेन बल (Golden Ball – सर्वोत्कृष्ट खेलाडी) स्पेनका रोड्रि (Rodri)
गोल्डेन बुट (Golden Boot – सर्वाधिक गोलकर्ता) फ्रान्सका किलियन एम्बाप्पे (Kylian Mbappé)
गोल्डेन ग्लभ (Golden Glove - सर्वोत्कृष्ट गोलरक्षक) स्पेनका उनाई सिमोन (Unai Simón)
फिफा युवा खेलाडी पुरस्कार (Best Young Player)  स्पेनका पाउ कुबार्सी (Pau Cubarsí)
फिफा स्वच्छन्द खेल पुरस्कार (Fair Play Award) नेदरल्याण्ड

फिफा विश्वकप २०२६ को क्रममा कायम भएका ऐतिहासिक कीर्तिमानहरु र महत्वपूर्ण तथ्यहरु:

किर्तिमान तथा महत्वपूर्ण तथ्यहरु खेलाडी/राष्ट्र
२१औं शताब्दीको विश्वकपको एकै सिजनमा १० वा सोभन्दा बढी गोल गर्ने पहिलो खेलाडी फ्रान्सका किलियन एम्बाप्पे (Kylian Mbappé)  — समग्र विश्वकप इतिहासमा भने सन् १९७० मा पश्चिम जर्मनीका गेर्ड मुलर (Gerd Müller) ले १० गोल गरेपछि एउटै संस्करणमा १० गोल गर्ने किलियन एम्बाप्पे चौथो खेलाडी बनेका,
विश्वकप इतिहासकै सर्वकालीन सर्वाधिक गोलकर्ता (All-time Top Scorer) फ्रान्सका किलियन एम्बाप्पे (Kylian Mbappé) — २२ गोल
विश्वकपका ६ वटा फरक संस्करणहरू (२००६, २०१०, २०१४, २०१८, २०२२ र २०२६)  मा गोल गर्ने विश्वकै पहिलो खेलाडी पोर्तुगलका क्रिस्टियानो रोनाल्डो (Cristiano Ronaldo) — २३ जुन २०२६ मा समूह चरणको दोस्रो खेलमा उज्बेकिस्तानविरुद्ध २ गोल गर्दै आफ्नो यो ऐतिहासिक ६औं विश्वकपको यात्रा पूरा गरेका
विश्वकप इतिहासकै सबैभन्दा बढी उमेरमा ह्याट्रिक (3 goals in a row) गर्ने पहिलो खेलाडी अर्जेन्टिनाका लियोनेल मेस्सी (Lionel Messi) — ३८ वर्ष ३५७ दिनको उमेरमा १६ जुन २०२६ मा अल्जेरिया विरुद्ध ३ गोला गरेका (यसअघि यो रेकर्ड पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको नाममा थियो, जसले सन् २०१८ को विश्वकपमा स्पेनविरुद्ध ३३ वर्ष १३० दिनको उमेरमा ह्याट्रिक गरेका,)
विश्वकप इतिहासमै सबैभन्दा धेरै पास पूरा गर्ने पहिलो खेलाडी स्पेनका रोड्रि (Rodri) — ७९० पास
विश्वकप २०२६ मा सबैभन्दा धेरै गोल असिस्ट (Goal Assists) गर्ने खेलाडी  फ्रान्सका माइकल ओलिसे (Michael Olise) — ७ वटा असिस्ट
फिफा पुरुष विश्वकप जित्ने चौथो कान्छो खेलाडी (Fourth Youngest Player) कोउटिन्हो (ब्राजिल): १९ वर्ष ६ दिन (१९६२ विश्वकप) र लामिने यमाल (स्पेन): १९ वर्ष ६ दिन (२०२६ विश्वकप) — यी दुवै खेलाडीले ठ्याक्कै १९ वर्ष ६ दिनको उमेरमा विश्वकपको उपाधि जितेका,
विश्वकप इतिहासकै सबैभन्दा बढी उमेरका प्रशिक्षक (Coach) कुरासाओका डिक एड्भोकाट (Dick Advocaat) — ७८ वर्ष २७१ दिन
विश्वकप जित्ने सबैभन्दा बढी उमेरका प्रशिक्षक (Coach)
स्पेनका लुइस डे ला फुएन्ते (Luis de la Fuente) — ६५ वर्ष २९ दिन (विश्वकप २०२६ को फाइनल खेलमा उनकै प्रशिक्षणमा स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गरेको,)
विश्वकपको नकआउट चरण (राउन्ड अफ ३२) मा पुग्ने इतिहासकै सबैभन्दा सानो देश
केप भर्ड (Cabo Verde) — फिफा विश्वकप २०२६ बाट पहिलो पटक विश्वकप यात्रा सुरु गरेको राष्ट्र
विश्वकप विजेता टोलीले व्यहोरेको इतिहासकै सबैभन्दा कम गोल 
स्पेन — ८ खेलमा मात्र १ गोल व्यहोरेको,
कुल संख्याका आधारमा सर्वाधिक गोल बचाउने (Saves) गोलरक्षक
पाराग्वेका ओर्लान्डो गिल (Orlando Gill) — कुल २८ वटा बचाउ गरेका,
विश्वकप २०२६ को प्रथम गोलकर्ता (First Goal of the season)
मेक्सिकोका जुलियन क्विनोनेस (Julián Quiñones) — दक्षिण अफ्रिका (South Africa) विरुद्ध खेलको ९औं मिनेटमा उनले २०२६ को फिफा विश्वकपको पहिलो गोल गरेका,
फिफा विश्वकपको ऐतिहासिक १०००औँ खेल 
ट्युनिसिया विरुद्ध जापान (सन् २०२६ जुन २०)
विश्वकप २०२६ मा पहिलो आत्मघाती गोल (Own Goal) गर्ने खेलाडी
पाराग्वेका डामियान बोबाडिला (Damián Bobadilla) – संयुक्त राज्य अमेरिका (USA) विरुद्धको खेलमा, खेल सुरु भएको मात्र ७औं मिनेटमा 
विश्वकप २०२६ मा पहिलो रेड कार्ड (रातो कार्ड) पाउने खेलाडी 
दक्षिण अफ्रिकाका याया सिथोले (Sphephelo 'Yaya' Sithole)
विश्वकप २०२६ को एकै खेलमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी
अर्जेन्टिनाका लियोनेल मेसी (Lionel Messi), इङ्गल्याण्डका बुकायो साका (Bukayo Saka) र जर्मनीका डेनिस उन्दाभ (Deniz Undav) – यी तीनै जना खेलाडीले प्रतियोगितामा ह्याट्रिक (एकै खेलमा ३ गोल) गरेर यो कीर्तिमान संयुक्त रूपमा साझा गरेका,
विश्वकप २०२६ को एकै खेलमा सबैभन्दा धेरै गोल गर्ने राष्ट्र
इङ्गल्याण्ड र फ्रान्स दुवै – २० गोल
विश्वकप २०२६ को सबैभन्दा पाको उमेरका खेलाडीहरु
स्कटल्याण्डका ४३ वर्षीय क्रेग गोर्डन (Craig Gordon) तथा पोर्तुगलका ४१ वर्षीय क्रिस्टियानो रोनाल्डो (Cristiano Ronaldo)
विश्वकप २०२६ को सबैभन्दा कान्छा खेलाडी
मेक्सिको १७ वर्षीय गिल्बर्टो मोरा (Gilberto Mora)
विश्वकप २०२६ को समूह चरणका सबै खेल जित्ने राष्ट्रहरू
मेक्सिको, फ्रान्स र अर्जेन्टिना
विश्वकप २०२६ बाट बाहिरिने पहिलो टोली 
हाइटी
नकआउट चरण (राउन्ड अफ ३२) मा पुग्ने पहिलो टोली
मेक्सिको
हालसम्मका सबै विश्वकप खेल्ने एकमात्र राष्ट्र
ब्राजिल (विश्वकप २०२६ मा खेलेसँगै२३ पटक भएको,)
विश्वकप २०२६ मा भएका कुल गोल संख्या
३०७ गोल (विश्वकप इतिहासकै सर्वाधिक)
विश्वकप २०२६ मा एक गोल पनि गर्न नसकेको टोली
पानामा

विश्वकप २०२६: लोकसेवा विशेष क्याप्सुल:

विषय / शीर्षक वस्तुगत विवरण (तथ्य)
आयोजना अवधि  सन् २०२६ जुन ११ देखि जुलाई १९ सम्म (कूल ३९ दिन)
संस्करण
२३औँ
संयुक्त आयोजक राष्ट्रहरू संयुक्त राज्य अमेरिका, क्यानाडा र मेक्सिको (पहिलो पटक ३ राष्ट्रहरूले संयुक्त रुपमा आयोजना गरेका,)
आयोजक सहर र रङ्गशाला संख्या क्रमशः कूल १६ आयोजक सहरका १६ वटा रङ्गशाला
सहभागी टोली र खेल संख्या क्रमशः ४८ टोलीको सहभागिता र कूल १०४ खेलहरू (विश्वकप इतिहासकै सबैभन्दा धेरै टोली र खेल संख्या)
नयाँ थपिएको चरण 'राउण्ड अफ ३२' (Round of 32) चरण
आधिकारिक फुटबलको नाम 'ट्रिओन्डा (Trionda)'
विश्वकप २०२६ को शुभंकर (Mascots) Maple the Moose (क्यानाडा), Zayu the Jaguar (मेक्सिको), Clutch the Bald Eagle (संयुक्त राज्य अमेरिका)
उद्घाटन खेल मिति र स्थान
सन् २०२६ जुन ११, एजटेका रङ्गशाला (मेक्सिको)
उद्घाटन खेलको नतिजा
मेक्सिको २ – ० दक्षिण अफ्रिका
प्रतियोगिताको प्रथम गोलकर्ता मेक्सिकोका जुलियन क्विनोनेस (Julián Quiñones)
प्रतियोगितामा पहिलो रातो कार्ड पाउने खेलाडी दक्षिण अफ्रिकाका याया सिथोले (Sphephelo 'Yaya' Sithole)
पहिलो आत्मघाती गोलकर्ता पाराग्वेका डामियान बोबाडिला (Damián Bobadilla)
फाइनल खेल मिति र स्थान सन् २०२६ जुलाई १९, मेटलाइफ रङ्गशाला, न्यू जर्सी (संयुक्त राज्य अमेरिका)
फाइनल खेलको नतिजा स्पेन १ – ० अर्जेन्टिना 
फाइनल खेलको निर्णायक गोलकर्ता
स्पेनका फेरान टोरेस
फिफा विश्वकप २०२६ को विजेता
स्पेन (दोस्रो पटक उपाधि जितेको,)
फिफा विश्वकप २०२६ को उपविजेता
अर्जेन्टिना
फाइनल खेलका मुख्य रेफ्री स्लाभ्को भिन्चिच (Slavko Vinčić) - स्लोभेनिया
फिफा विश्वकप २०२६ को तेस्रो र चौथो स्थानको टोली क्रमशः
इंग्ल्यान्ड र फ्रान्स
फिफा विश्वकप २०२६ को समूह चरणका खेलहरू
७२ खेल
फिफा विश्वकप २०२६ को कुल गोल सङ्ख्या
३०७ गोल (विश्वकप इतिहासकै सर्वाधिक)
विश्वकप इतिहासको १०००औँ खेल जापान विरुद्ध ट्युनिसिया (जुन २०, २०२६)
फिफा विश्वकप २०२६ को सर्वाधिक गोलकर्ता (Golden Boot)
फ्रान्सका किलियन एम्बाप्पे (Kylian Mbappé) — २२ गोल
सर्वाधिक गोल गर्ने टोलीहरू इङ्गल्याण्ड र फ्रान्स (प्रत्येक टोलीद्वारा २०–२० गोल)
गोलविहीन भई बाहिरिने टोली पानामा
हालसम्म विश्वकप खेल्ने कूल राष्ट्र ८४ राष्ट्रहरू (सन् २०२६ को विश्वकपसहित)
२०२६ मा पहिलो पटक छनोट भइ खेल खेल्ने राष्ट्र ४ वटा राष्ट्रहरु: केप भर्डे, उज्बेकिस्तान, कुराकाओ र जोर्डन
२०२६ मा खेल खेल्ने क्षेत्रफल र जनसङ्ख्याको आधारमा सबैभन्दा सानो राष्ट्र कुराकाओ
अपराजित रहेर पनि बाहिरिने टोली इरान
समूह चरणका सबै खेल जित्ने राष्ट्रहरू अर्जेन्टिना, फ्रान्स र मेक्सिको
२४ौँ फिफा विश्वकप (सन् २०३०) आयोजक ६ राष्ट्र: स्पेन, पोर्चुगल, मोरक्को, अर्जेन्टिना, उरुग्वे र पाराग्वे (१०० वर्षको अवसरमा)
२५ौँ फिफा विश्वकप (सन् २०३४) आयोजक साउदी अरेबिया 
फिफाको आदर्श वाक्य (Motto) "For the Game. For the World."

Categories

  • Current Affairs 801
  • Gorkhapatra 345
  • Others 1189
  • Vacancy 1
  • Past Questions 148
  • Nepal Police 9

Latest Blogs

International Sign Language Day, 2026
Current Affairs

अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस, २०२६

  • Sep 23, 2026
  • 81
The number of countries with which Nepal has established diplomatic relations has reached 186
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८६ पुगेको

  • Sep 23, 2026
  • 118
Promoting Social Justice in Federalism: Thematic Q&A (20 October 2004, Wednesday)
Gorkhapatra

सङ्घीयतामा सामाजिक न्याय प्रवर्धन : विषयगत प्रश्नोत्तर (७ असोज २०८३, बुधबार)

  • Sep 23, 2026
  • 33
Public Service Preparation Special: Objective Question and Answer (7 Asoj 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (७ असोज २०८३, बुधबार)

  • Sep 23, 2026
  • 138
Nepal and the Non-Aligned Movement (NAM)
Others

नेपाल र असंलग्न आन्दोलन (NAM)

  • Sep 22, 2026
  • 73
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA