Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

शिक्षा सेवा, प्राविधिक सहायक (प्रा.स.) लिखित परीक्षा - २०८३/०३/१०

  • Ajnabee Khadka
  • June 25, 2026
  • 701

शिक्षा सेवा, प्राविधिक सहायक (प्रा.स.) लिखित परीक्षा - २०८३/०३/१०

Education Service, Technical Assistant (P.A.) Written Examination - 2083/03/10

विषय : सामान्य ज्ञान र सार्वजनिक व्यवस्थापन, सेवा सम्बन्धी कार्य-ज्ञान

१. "उत्प्रेरणा व्यवस्थापनको हृदय हो" यो भनाइ देहायका मध्ये कुन व्यक्तिको हो ?

(A) मस्लो (C) रेन्सिस लिकर्ड

(B) हर्जवर्ग (D) मेक ग्रेगर

२. तलका मध्ये सार्वजनिक सेवा प्रवाहको मुख्य उद्देश्य के हो ?

(A) कर्मचारीको सेवा सुविधा वृद्धि गर्ने (C) नागरिकको सन्तुष्टि र हित प्रवर्द्धन गर्ने

(B) सरकारी आय वृद्धि गर्ने (D) सार्वजनिक निकायहरूको नाफा अािर्जन गर्ने

३. प्राकृतिक अधिकारका प्रणेता भनेर तलका मध्ये कसलाई चिनिन्छ ?

(A) जोन लक (C) थोमस हब्स

(B) जोन एडम्स (D) मार्टिन लुथर किङ्ग

४. सार्वजनिक वडापत्रको अवधारणा कुन देशबाट शुरु भएको हो ?

(A) जापान (C) भारत 

(B) बेलायत (D) फ्रान्स

५. नागरिकको कर्तव्य सम्बन्धमा नेपालको संविधानको कुन धारामा व्यवस्था गरिएको छ ?

(A) 46 (C) 48

(B) 47 (D) 49

६. ऐतिहासिक रिडी संस्कृत पाठशालाको स्थापना कहिले भएको थियो ?

(A) वि.सं. 1966 (C) वि.सं. 1960

(B) वि.सं. 1962 (D) वि.सं. 1957

७. शिक्षकलाई सेवाकालीन तालिम प्रदान गर्दै आएको शिक्षा तालिम केन्द्र तलको मध्ये कस्तो शैक्षिक संरचना हो ?

(A) सङ्घीय (C) जिल्ला स्तरीय 

(B) प्रादेशिक (D) स्थानीय

८. नेपाल राष्ट्रिय शिक्षा आयोग, 2011 को अध्यक्ष को थिए ?

(A) विश्वबाबु थापा (C) देवेन्द्रराज पाण्डे

(B) त्रैलोक्यनाथ उप्रेती (D) रुद्रराज पाण्डे

९. राष्ट्रिय शिक्षा नीति, 2076 मा उल्लेख भए अनुसार विद्यालय तहको शिक्षामा सङ्घीय सरकारको जिम्मेवारीभित्र तल दिइएकामध्ये कुनचाहिँ पर्दछ ?

(A) ऐच्छिक विषयहरूको पहिचान गरी सूची तयार गर्ने (C) ऐच्छिक विषयहरूको पाठ्यक्रम विकास गर्ने 

(B) ऐच्छिक विषयको पाठ्यक्रमसम्बन्धी मापदण्ड बनाउने (D) ऐच्छिक विषयहरूको पाठ्यपुस्तक विकास गर्ने

१०. आधारभूत शिक्षा (कक्षा 6-8) को सक्षमता तलका मध्ये कुन हो ?

(A) देश प्रेम एवम् राष्ट्रिय एकताको भावनाको विकास (C) श्रमप्रति सम्मान गर्दै कामको संसारमा तयारी

(B) आधारभूत गणितीय अवधारणा र सीपको विकास र प्रयोग (D) वैज्ञानिक ज्ञान, तथ्य, सिद्धान्त र प्रविधिको प्रयोग

११. माध्यमिक तहको कक्षा 10 को अन्त्यमा हुने परीक्षा (एसईई) को सञ्चालन तथा व्यवस्थापनका लागि बोर्डलाई सहयोग पुर्‍याउन गठन गरिने प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति कसको अध्यक्षतामा गठन हुन्छ ?

(A) सम्बन्धित प्रदेशको शिक्षा विषय हेर्ने मन्त्री (B) सम्बन्धित प्रदेशको शिक्षा विषय हेर्ने मन्त्रालयको सचिव

(C) प्रदेश सरकारको शिक्षा विकास निर्देशनालयको महानिर्देशक (D) राष्ट्रिय परीक्षा बोर्डको प्रदेश परीक्षा व्यवस्थापन कार्यालयको प्रमुख

१२. बालबालिकाको सिकााइसम्बन्धी Jean Piaget को संज्ञानात्मक विकास सिद्धान्त (Cognitive Development Theory) अनुसार हाम्रा प्रारम्भिक बाल विकास केन्द्रमा भर्ना हुन आउने बालबालिकाहरू संज्ञानात्मक विकासको कुन चरणमा रहेका हुन्छन्?

(A) औपचारिक क्रियात्मक अवस्था (Formal Operational Stages) (B) पूर्व क्रियात्मक अवस्था (Pre-Operational Stage)

(C) संवेदिक क्रियात्मक अवस्था (Sensory Motor Stage) (D) स्थुल क्रियात्मक अवस्था (Concrete Operational Stage)

१३. “बालबालिकामा रहेको अन्तर्निहित प्रतिभा प्रस्फुटनमा सहयोग गर्नु ।” शिक्षाको तलका मध्ये कस्तो उद्देश्य हो?

(A) sabajik उद्देश्य (C) आर्थिक उद्देश्य 

(B) व्यक्तिगत उद्देश्य (D) नागरिक उद्देश्य

१४. “उदाहरणबाट नियमको खोजी” गरेर सिकाउने शिक्षण विधि कुन हो ?

(A) निगमन विधि (Deductive method) (C) खोज विधि (Discovery method) 

(B) आगमन विधि (Inductive method) (D) विद्यार्थी केन्द्रित विधि (Student centered method)

१५. शैक्षणिक उद्देश्यहरूलाई वर्गीकरण गर्ने क्रममा बेन्जामिन ब्लुमले गरेको शैक्षणिक उद्देश्यहरूको वर्गीकरण (Bloom's Taxonomy) अनुसार संज्ञानात्मक क्षेत्र (Cognitive Domain) का उद्देश्यहरूको तहगत (Hierarchical) वर्गीकरण भित्र तेस्रो तहमा कस्ता शैक्षणिक उद्देश्यहरू पर्दछन् ?

(A) विश्लेषण (Analysis) (C) प्रयोग (Application)

(B) संश्लेषण (Synthesis) (D) मूल्याङ्कन (Evaluation)

१६. तलका मूल्याङ्कनका साधनहरूमध्ये निर्णयात्मक मूल्याङ्कनको साधन अन्तर्गत पर्ने साधन कुन हो ?

(A) साप्ताहिक परीक्षा (C) वार्षिक परीक्षा

(B) एकाई परीक्षा (D) त्रैमासिक परीक्षा

१७. नेपालको विद्यालय शिक्षामा हाल लागू गरिएको पद्धति अनुसार 35 देखि माथि 40 भन्दा कम अंक प्राप्त गर्ने विद्यार्थीलाई कुन ग्रेड प्रदान गरिन्छ?

(A) C (C) D

(B) C+ (D) NG

१८. मानव अधिकारका तीन पुस्ता (Three Generations) हरू मध्ये पहिलो पुस्ताको अधिकार कुन हो ?

(A) विकासको अधिकार (C) नागरिक र राजनीतिक अधिकार

(B) शिक्षाको अधिकार (D) सामाजिक र सांस्कृतिक अधिकार

१९. विद्यालयमा सञ्चालन गरिने कुन क्रियाकलापले राष्ट्रिय एकतालाई प्रत्यक्ष रूपमा सहयोग पुर्‍याउँछ ?

(A) एकल विधाको खेलकुद प्रतियोगिता (C) कडा अनुशासन अभ्यास 

(B) विभिन्न समुदायका चाडपर्वहरूको सामूहिक उत्सव (D) स्थानीय विषयको शिक्षण

२०. नियमित विद्यालयमा भर्ना भएर अध्ययन गर्न नसक्ने तथा बीचैमा विद्यालय छाडेका बालबालिकालाई आधारभूत तह (कक्षा 1 देखि 8 सम्म) को अनिवार्य शिक्षा प्रदान गर्ने उद्देश्यले वैकल्पिक शिक्षलाई कति तहमा स्तरीकरण गरिएको अर्थात् बाँडिएको छ?

(A) 2 (C) 4 

(B) 3 (D) 5

२१. दिगो विकास लक्ष्य 4 (SDG-4) मा जम्मा कतिवटा गन्तव्य (Targets) तय गरिएका छन् ?

(A) 7 (C) 15 

(B) 10 (D) 17

२२. सबैका लागि शिक्षा (EFA) को पहिलो विश्वव्यापी सम्मेलन कहाँ र कहिले भएको थियो ?

(A) डकार, सेनेगल (2000) (C) जेनेभा, स्वीट्जरल्याण्ड (1995)

(B) जोम्तिम, थाइल्याण्ड (1990) (D) नयाँ दिल्ली, भारत (2001)

२३. कुनै अल्पसंख्यक मातृभाषी समुदायको बालबालिकाहरूलाई सुरुका कक्षाहरूमा उनीहरूको मातृभाषाबाट सिकाउन सुरुगर्ने, विस्तारै नेपाली भाषामा र क्रमशः माथिल्ला कक्षाहरूमा पुगेपछि अंग्रेजी भाषामा प्रवेश गराई सिकाउनेगरी तर्जुमा गरिएको कार्यक्रम कस्तो शैक्षिक कार्यक्रम हो?

(A) समावेशी शिक्षा कार्यक्रम (C) बहुभाषिक शिक्षा कार्यक्रम

(B) मातृभाषामा शिक्षा कार्यक्रम (D) उत्थानशील शिक्षा कार्यक्रम

२४. गाउँ वा नगरपालिकाले स्थानीय तहको शिक्षा योजना तर्जुमा गर्दा योजनाको पूर्ण मस्यौदा तयार भई सकेपछि कार्यान्वयनका लागि स्वीकृत गर्नुपूर्व तर्जुमा गरिएको योजना विश्वसनीय, वस्तुनिष्ठ र लगानी योग्य छ की छैन भनी यकिन गर्न गरिने कार्यलाई के भनिन्छ?

(A) पृष्ठपोषण सङ्कलन (Feedback collection) (C) लेखाजोखा (Appraisal)

(B) आवश्यकता विश्लेषण (Need analysis) (D) अनुगमन (Monitoring)

२५. स्थानीय शिक्षा योजना निर्माण गर्दा आधार मानिने मुख्य दस्तावेज कुन हो ?

(A) नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन (C) विद्यालयको आर्थिक प्रतिवेदन

(B) विदेशी संस्थाको निर्देशिका (D) शिक्षकको माग पत्र

२६. चालू १६औँ आवधिक योजनामा पाँच वर्ष र सोभन्दा माथिको साक्षरता दर कति पुर्‍याउने लक्ष्य राखिएको छ?

(A) 90 प्रतिशत (C) 98 प्रतिशत 

(B) 95 प्रतिशत (D) 99 प्रतिशत

२७. सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क स्यानिटरी प्याड वितरण कार्यक्रम कहिलेदेखि देशभर सुरु भएको हो?

(A) आ.व. 2075/76 (C) आ.व. 2077/78 

(B) आ.व. 2076/77 (D) आ.व. 2078/79

२८. सामुदायिक सिकाइ केन्द्र सञ्चालन अनुदानका लागि वार्षिकरूपमा सरकारले प्रति केन्द्र कति रुपैयाँ दिने व्यवस्था छ?

(A) दुई लाख (C) चार लाख 

(B) तीन लाख (D) पाँच लाख

२९. विद्यालय शिक्षा क्षेत्र योजनाले कक्षा दशसम्मको टिकाउ दर (Retention rate) संवत् 2088 सम्म कति पुर्‍याउने लक्ष्य राखेको छ ?

(A) 99 प्रतिशत (C) 90 प्रतिशत

(B) 95 प्रतिशत (D) 85 प्रतिशत

३०. विद्यालयले लागू गर्ने पाठ्यक्रम र पाठ्यपुस्तकको स्वीकृति कसले गर्ने कानुनी व्यवस्था छ ?

(A) प्राज्ञिक परिषद् (C) सम्बन्धित विषय समिति

(B) राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद् (D) नेपाल सरकार

३१. 2052 सालको विज्ञापनबाट स्थायी नियुक्ति भएका शिक्षकको उमेर हदका कारण अवकाश हुँदा निवृत्तिभरण नपाउने अवस्था सृजना भएमा यदि निजले अस्थायी सेवा गरेको रहेछ भने निवृत्तिभरण प्रयोजनको लागि अधिकतम कति वर्षसम्मको अस्थायी सेवा अवधि जोड्न सकिने व्यवस्था शिक्षा ऐन, २०२८ मा गरिएको छ ?

(A) अस्थायी अवधि पुरै (C) 7 वर्ष

(B) 10 वर्ष (D) 5 वर्ष

३२. अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी नियमावली, 2077 अनुसार अनुगमन समितियोंको अध्यक्ष को हुने व्यवस्था छ?

(A) मन्त्री, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (C) सहसचिव, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय 

(B) सचिव, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (D) महानिर्देशक, शिक्षा तथा मानवस्रोत विकास केन्द्र

३३. पाँच सयदेखि आठ सयसम्म विद्यार्थी संख्या भएका निजी लगानीका विद्यालयले कति प्रतिशत विद्यार्थीलाई निःशुल्क शिक्षाको लागि स्थान आरक्षण गर्नुपर्छ ?

(A) 10 (C) 15 

(B) 12 (D) 20

३४. शिक्षकलाई बढुवा गर्ने प्रयोजनका लागि शैक्षिक योग्यताबापत बढीमा कति अंक प्रदान गरिन्छ ?

(A) 10 (C) 15

(B) 13 (D) 20

३५. स्थानीय सरकार सञ्चालन ऐन, 2074 अनुसार स्थानीय तहको कार्यक्षेत्रभित्र तलका मध्ये कुन पर्दैन ?

(A) विद्यालयको नक्साङ्कन (C) सामुदायिक विद्यालयको कर्मचारीको दरबन्दी मिलान

(B) विद्यालयको नामकरण (D) शिक्षकको सेवा प्रवेश तालिम सञ्चालन

३६. ‘बाजवराह’ तीर्थस्थल कुन जिल्लामा पर्दछ ?

(A) रुकुम (C) सल्यान 

(B) रोल्पा (D) दाङ

३७. दीर्घकालीन सोच 2100 ले तय गरेको समृद्धि र सुखका मूलभूत तत्वलाई आत्मसात गर्दै सोह्रौँ आवधिक योजनाले “......” को सोच राखेको छ ।

(A) समृद्ध नेपाल सुखी नेपाली (C) सुशासन, सामाजिक न्याय र समृद्धि

(B) समृद्ध नेपाल खुसी नेपाली (D) सुशासन, न्यायपूर्ण समाज र समृद्धि

३८. नेपालका अन्तिम किराँती राजा को थिए ?

(A) जितेदास्ती (C) स्थुंको 

(B) गस्ती (D) यलम्बर

३९. सिमसार दिवस कहिले मनाइन्छ ?

(A) जनवरी २ (C) मार्च २ 

(B) फेब्रुअरी २ (D) अप्रिल २

४०. रेमिट्यान्समा आधारित अर्थतन्त्रको दीर्घकालीन जोखिमको रूपमा तलका मध्ये कुनलाई लिन सकिन्छ ?

(A) विदेशी मुद्रा सञ्चिती बढ्नु (C) रोजगारी वृद्धि हुनु 

(B) उत्पादन र उत्पादकत्व कम हुनु (D) निर्यात बढ्नु

४१. विद्युत विच्छेदनको सिद्धान्त कसले पत्ता लगाएका थिए ?

(A) आईज्याक न्यूटन (C) माईकल फराडे

(B) अल्बर्ट आईन्सटाईन (D) चार्ल्स डार्विन

४२. कुन भिटामिनको कमीले गर्दा मानव शरीरमा लागेको घाउ निको नहुने अवस्था आउँछ ?

(A) भिटामिन A (C) भिटामिन C

(B) भिटामिन B (D) भिटामिन D

४४. नेपालको राष्ट्रिय झण्डामा तलका कुन-कुन रङ्गहरूको प्रयोग गरिएको छ ?

(A) सिम्रिक, नीलो र सेतो (C) रातो, नीलो र सेतो

(B) गाढा नीलो, रातो र सेतो (D) सिम्रिक, गाढा नीलो र सेतो

४४. प्रत्येक सरकारी कार्यालयमा सबैले देख्ने गरी सार्वजनिक वडापत्र राख्नु पर्ने व्यवस्था कुन कानूनमा रहेको छ ?

(A) सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन (C) निजामती सेवा ऐन

(B) भ्रष्टाचार निवारण ऐन (D) निजामती सेवा नियमावली

४५. तलका मध्ये सबैभन्दा धेरै जनसङ्ख्या भएको युरोपेली युनियनको सदस्य राष्ट्र कुन हो ?

(A) फ्रान्स (C) स्पेन

(B) इटाली (D) जर्मनी

४६. नेपालले कहिलेसम्ममा “अति कम विकसित मुलुक (LDC)” स्तरोन्नति हुने लक्ष्य राखेको छ ?

(A) सन् 2029 (C) सन् 2026

(B) सन् 2028 (D) सन् 2031

४७. निजामती सेवा ऐन, 2049 अनुसार रा.प.अनं. प्रथम श्रेणीको लागि खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न कति प्रतिशत पद छुट्ट्याउने व्यवस्था रहेको छ ?

(A) 40 (C) 30

(B) 20 (D) 50

४८. कुनै कर्मचारी पूर्व स्वीकृति नलिई बराबर कार्यालयमा अनुपस्थित रहेमा के सजाय हुने व्यवस्था छ ?

(A) नसहत दिने  (C) दुई वर्षदेखि पाँच वर्षसम्म बढुवा रोक्का गर्ने

(B) बढुवा दुई वर्ष बढुवा रोक्का गर्ने  (D) भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने

४९. निजामती सेवा ऐन, 2049 मा व्यवस्था भएको कर्मचारीले पालना गर्नुपर्ने अन्य आचरण अन्तर्गत रहेको आचरण तलको मध्ये कुन हो ?

(A) यातना दिन नहुने (C) यौनजन्य दुर्व्यवहार गर्न नहुने 

(B) सबैप्रति शिष्ट व्यवहार गर्नुपर्ने (D) आफ्नो सम्पत्तिको विवरण दिनु पर्ने

५०. अभिलेखहरू कार्यालयमा सृजना भएदेखि नष्ट नगरेसम्म निरन्तर सञ्चालन गरिने कार्यलाई ...... भनिन्छ ।

(A) फाइलिङ व्यवस्थापन (C) प्रमाण व्यवस्थापन 

(B) अभिलेख व्यवस्थापन (D) तथ्याङ्क व्यवस्थापन

Categories

  • Current Affairs 801
  • Gorkhapatra 345
  • Others 1189
  • Vacancy 1
  • Past Questions 148
  • Nepal Police 9

Latest Blogs

International Sign Language Day, 2026
Current Affairs

अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस, २०२६

  • Sep 23, 2026
  • 79
The number of countries with which Nepal has established diplomatic relations has reached 186
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८६ पुगेको

  • Sep 23, 2026
  • 117
Promoting Social Justice in Federalism: Thematic Q&A (20 October 2004, Wednesday)
Gorkhapatra

सङ्घीयतामा सामाजिक न्याय प्रवर्धन : विषयगत प्रश्नोत्तर (७ असोज २०८३, बुधबार)

  • Sep 23, 2026
  • 32
Public Service Preparation Special: Objective Question and Answer (7 Asoj 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (७ असोज २०८३, बुधबार)

  • Sep 23, 2026
  • 137
Nepal and the Non-Aligned Movement (NAM)
Others

नेपाल र असंलग्न आन्दोलन (NAM)

  • Sep 22, 2026
  • 72
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA