Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

कृषि (प्लान्ट प्रोटेक्सन/एग्रोनोमी), ना.प्रा.स. – २०८३/०३/०५

  • Ajnabee Khadka
  • June 27, 2026
  • 875

कृषि (प्लान्ट प्रोटेक्सन/एग्रोनोमी), ना.प्रा.स. – २०८३/०३/०५

Agriculture (Plant Protection/Agronomy), N.P.S. – 2083/03/05

विषय: सामान्य ज्ञान र सार्वजनिक व्यवस्थापन, सेवा सम्बन्धित कार्य-ज्ञान

  1. नेपालमा बजेट कार्यान्वयन गर्ने मुख्य निकाय कुन तलका मध्ये हो? (A) कार्यपालिका (B) संसद (C) न्यायपालिका (D) संवैधानिक निकाय

  2. सार्वजनिक सेवा प्रवाहमा “Touch Point Analysis” कार्यक्रम लागू गर्ने देश देहायका मध्ये कुन हो? (A) दक्षिण कोरिया (B) संयुक्त अरब इमिरेट्स (C) नर्वे (D) अष्ट्रेलिया

  3. संयुक्त राष्ट्रसंघ (UNO) को कुन अङ्गले मानव अधिकारको विश्वव्यापी घोषणापत्र तयार गरेको हो? (A) महासभा (B) आर्थिक तथा सामाजिक परिषद् (C) सुरक्षा परिषद् (D) अन्तर्राष्ट्रिय न्यायालय

  4. सार्वजनिक सेवा प्रवाहमा “Customer Service Journey Mapping” कार्यक्रम गर्ने सेवाको Redesign गर्ने मुलुक देहायको मध्ये कुन हो? (A) बेलायत (B) अष्ट्रेलिया (C) मलेसिया (D) कतार

  5. मानवीय मूल्य मान्यता (Human values) अन्तर्गत आर्थिक नैतिकता सक्षमता (Economic ethics of capabilities) सम्बन्धी जोड दिने व्यक्ति देहायको मध्ये कुन हुन्? (A) प्लेटो (B) अरस्तु (C) जेम्स मिल (D) अमर्त्य सेन

  6. कृषि विकास रणनीति (सन् २०१५-२०३५) ले खाद्यजनित गरिबी कति प्रतिशतमा झार्ने लक्ष्य राखेको छ? (A) 10 (B) 7 (C) 6 (D) 5

  7. नेपाल सरकारबाट जारी भएको कृषि नीति, २०६१ का मुख्य उद्देश्यहरू कतिवटा छन्? (A) 5 (B) 3 (C) 6 (D) 4

  8. तलका मध्ये कुनचाहिँ कृषि विभाग अन्तर्गतको कार्यालय होइन? (A) राष्ट्रिय फलफूल विकास केन्द्र (B) राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (C) राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्र (D) केन्द्रीय कृषि प्रयोगशाला

  9. असल कृषि अभ्यासको सम्पर्क विभाग तलका मध्ये कुन हो? (A) खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग (B) कृषि विभाग (C) पशु सेवा विभाग (D) गुणस्तर तथा नापतौल विभाग

  10. नेपालमा कृषि (बाली) बीमा के को आधारमा गर्न सकिन्छ? (A) लागत (B) लाभ लागत (C) बिक्री (D) लागत र उत्पादन

  11. कृषि ऋण उपलब्ध गराउन तलका मध्ये कुन बैंकले बढी प्राथमिकता दिने गरेको छ? (A) नेपाल बैंक (B) राष्ट्रिय वाणिज्य बैंक (C) प्रभु बैंक (D) कृषि विकास बैंक

  12. Citrus वर्गका फलफूलमा लाग्ने Gummosis रोगको प्रमुख कारक के हो? (A) Virus (B) Fungus (C) Bacteria (D) Nutrient deficiency

  13. अलैंचीको प्रसारण विधि कुन हो? (A) गानो (B) बीउ (C) दुबै (A) र (B) (D) कटिङ्ग

  14. What is the cause of riceyness in cauliflower? (A) Low or high temperature than optimum (B) Deficiency of boron (C) Deficiency of Ca (D) Deficiency of Mo

  15. आम्रपाली जातको आँप कुन-कुन आँपको क्रसबाट विकास गरिएको हो? (A) दशहरी + बम्बई (B) निलम + बम्बई (C) दशहरी + निलम (D) माथिका कुनै होइनन्

  16. प्रविधि ग्रहण प्रक्रियामा सबैभन्दा अग्रसर भई छिटो ग्रहण गर्ने वर्गलाई के भनिन्छ? (A) Innovator (B) Early adoptor (C) Early majority (D) Leggards

  17. कृषि प्रसारको प्रमुख उद्देश्य तलका मध्ये कुन हो? (A) प्रविधि हस्तान्तरण गरी कृषकको जीवनस्तर सुधार्नु (B) प्रविधि विकास गर्नु (C) बजार बिस्तार गर्नु (D) अनुसन्धान गर्नु

  18. श्रव्य-दृश्य सञ्चारको साधन तलका मध्ये कुन हो? (A) फ्ल्यास कार्ड (B) टेलिभिजन (C) चित्र (D) रेडियो

  19. तलका मध्ये कृषि प्रसारको सबभन्दा प्रभावकारी तरिका ...... हो। (A) बहुपक्षीय कृषि प्रसार (B) समूह प्रसार (C) सहकारी पद्धति (D) टुकी पद्धति

  20. प्रजनन बीउको गुणात्मक सम्बर्द्धन कसले गर्दछ? (A) कृषि विभाग (B) नेपाल कृषि अनुसन्धान परिषद् (C) सम्बन्धित फार्म केन्द्र (D) सम्बन्धित प्रजनक

  21. Which of the following is not variety of wheat? (A) WK 1204 (B) Pasanglahmu (C) Gautam (D) Janaki

  22. तलका मध्ये कुन बालीको उत्पादन वृद्धिको लागि सल्फरको आवश्यकता पर्दछ? (A) मकै (B) गहुँ (C) कोदो (D) तोरी

  23. प्रमाणित प्रथम पुस्ताको बीउमा लगाउने ट्यागको रङ्ग कस्तो हुन्छ? (A) निलो (B) पहेँलो (C) रातो (D) सेतो

  24. Which of the following is not the principle of IPM? (A) Grow healthy crop (B) Regular monitoring of field (C) Conservation of natural enemies (D) Agri-market development

  25. ट्राइकोग्रामा के हो? (A) ढुसी (B) ब्याक्टेरिया (C) परजीवी मित्र किरा (D) हानिकारक किरा

  26. बाली उपचार शिविरले तलका मध्ये कुन कुरा समेट्दैन? (A) बिरुवाको समस्या पहिचान (B) एकीकृत व्यवस्थापन विधि (C) किसानलाई सुसूचित (D) आवश्यक विषादी बिक्री

  27. तलका मध्ये कुन प्रजातिको मौरीबाट बढी मह उत्पादन हुन्छ? (A) सैरेना (B) डोर्सटा (C) मेलिफेरा (D) फ्लोरिया

  28. कुनैपनि वस्तुको माग (Demand) हुनका लागि निम्न मध्ये के-के आवश्यक पर्दछ? (A) इच्छा (desire) (B) मूल्य तिर्ने क्षमता (ability to pay) (C) मूल्य तिर्ने तत्परता (willingness to pay) (D) माथिका सबै

  29. कृषि बजार सूचना प्रणालीले तलका मध्ये कुन कुराको जानकारी गराउँछ? (A) कृषि उत्पादन (B) मूल्य (C) माग (D) माथिका सबै

  30. तलका मध्ये प्राथमिक तथ्याङ्कको स्रोत ...... होइन। (A) अन्तर्वार्ता (B) स्थलगत सर्भे (C) सहभागितात्मक ग्रामीण सर्भेक्षण (D) प्रकाशित पुस्तक

  31. What do you mean by farm gate price? (A) Price at the farmers' field (B) Price in the shop near the gate of farm (C) Price of farmers selling himself in the market (D) All of the above

  32. तलका मध्ये कुन मल प्राङ्गारिक खेतीको लागि उपयुक्त हुँदैन? (A) युरिया (B) डि.ए.पी. (C) म्युरेट अफ पोटास (D) माथिका सबै

  33. माटोको क्षारियपन (Alkalinity) कम गर्न तलका मध्ये कुन प्रयोग गर्न सकिन्छ? (A) रासायनिक मल (B) कृषि चुन (C) जिप्सम (D) पोटास

  34. बिरुवाको सहायक पोषक तत्व कुन हो? (A) नाइट्रोजन (B) फस्फोरस (C) पोटास (D) म्याग्नेसियम

  35. Soil pH is a measure of ...... (A) acidity in the soils (B) alkalinity in soils (C) acidity and alkalinity in soils (D) none of the above

  36. नेपालमा १२00 मिटरदेखि २१00 मिटरसम्म कस्तो प्रकारको जङ्गल पाइन्छ? (A) समशितोष्ण सदाबहार (B) समशितोष्ण पतझर (C) समशितोष्ण कोणधारी (D) लेकाली

  37. प्रसिद्ध कृति ‘पिकदूत’ का लेखक को हुन्? (A) शम्भुप्रसाद ढुङ्गेल (B) मोतिराम भट्ट (C) लेखनाथ पौड्याल (D) सूर्यविक्रम ज्ञवाली

  38. सोह्रौँ आवधिक योजनामा प्रतिव्यक्ति आय कति अमेरिकी डलर पुर्‍याउने लक्ष्य राखिएको छ? (A) 2351 (B) 2300 (C) 2156 (D) 1851

  39. लाङटाङ राष्ट्रिय निकुञ्जले नछुने जिल्ला तलका मध्ये कुन हो? (A) नुवाकोट (B) रसुवा (C) काभ्रेपलाञ्चोक (D) सिन्धुपाल्चोक

  40. दुधको शुद्धता नाप्ने यन्त्रलाई के भनिन्छ? (A) मिल्कमिटर (B) ल्याक्टोमिटर (C) ल्याक्टोजिनमिटर (D) अटोमिटर

  41. पेलेग्रा रोग कुन भिटामिनको कमीले गर्दा लाग्दछ? (A) Vitamin B₃ (B) Vitamin K (C) Vitamin B₁ (D) Vitamin A

  42. नेपालको संविधानमा ...... वटा मौलिक हकको व्यवस्था गरिएको छ। (A) 28 (B) 29 (C) 30 (D) 31

  43. संयुक्त राष्ट्रसंघ (UNO) मा प्रयोग हुने आधिकारिक भाषामा देहायका मध्ये कुन पर्दैन? (A) जापानी (B) अंग्रेजी (C) चिनीया (D) फ्रान्सेली

  44. SAARC को 18औँ शिखर सम्मेलन कहाँ भएको थियो? (A) काठमाडौँ (B) माले (C) कोलम्बो (D) ढाका

  45. प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ पछि कतिवटा दलले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन्? (A) 9 (B) 8 (C) 7 (D) 6

  46. कार्यालयमा प्राप्त चिठ्ठीपत्रहरूको सुरुको अभिलेख राख्ने कार्यलाई के भनिन्छ? (A) दर्ता (B) चलानी (C) पत्र संख्या (D) पञ्जिका

  47. निजामती कर्मचारीले पाउने भैपरी र पर्व बिदा बाहेकका बिदाको अभिलेख प्रत्येक कार्यालयले वर्ष व्यतित भएको कति दिनभित्र निजामती किताबखाना र तलब खर्च लेख्ने कार्यालयमा पठाउनु पर्दछ? (A) 15 (B) 25 (C) 30 (D) 60

  48. निजामती कर्मचारीले पालना गर्नुपर्ने आचरण अन्तर्गत तलका मध्ये कुन कुरा पर्दैन? (A) समयपालना र नियमितता (B) दान, उपहार र चन्दा स्वीकार (C) राजनीतिमा भाग लिन नपाउने (D) सरकारी सम्पत्ति संरक्षण गर्ने

  49. कर्मचारी प्रशासन सम्बन्धी केन्द्रीय निकायको रूपमा तलका मध्ये कुन निकायले कार्य गर्दछ? (A) अर्थ मन्त्रालय (B) गृह मन्त्रालय (C) सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (D) लोक सेवा आयोग

  50. नेपालको संविधान अनुसार महान्यायाधिवक्ताको नियुक्ति कसरी हुन्छ? (A) नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट (B) प्रधानन्यायाधीशको सिफारिसमा प्रधानमन्त्रीबाट (C) संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिबाट (D) प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट

Categories

  • Current Affairs 801
  • Gorkhapatra 345
  • Others 1189
  • Vacancy 1
  • Past Questions 148
  • Nepal Police 9

Latest Blogs

International Sign Language Day, 2026
Current Affairs

अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस, २०२६

  • Sep 23, 2026
  • 78
The number of countries with which Nepal has established diplomatic relations has reached 186
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८६ पुगेको

  • Sep 23, 2026
  • 117
Promoting Social Justice in Federalism: Thematic Q&A (20 October 2004, Wednesday)
Gorkhapatra

सङ्घीयतामा सामाजिक न्याय प्रवर्धन : विषयगत प्रश्नोत्तर (७ असोज २०८३, बुधबार)

  • Sep 23, 2026
  • 32
Public Service Preparation Special: Objective Question and Answer (7 Asoj 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (७ असोज २०८३, बुधबार)

  • Sep 23, 2026
  • 137
Nepal and the Non-Aligned Movement (NAM)
Others

नेपाल र असंलग्न आन्दोलन (NAM)

  • Sep 22, 2026
  • 72
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA