Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

कृषि सामग्री कम्पनी, सहायक प्रबन्धक, २०८३/०५/३०

  • Ajnabee Khadka
  • September 17, 2026
  • 367

कृषि सामग्री कम्पनी, सहायक प्रबन्धक, २०८३/०५/३०

Agricultural Materials Company, Assistant Manager, 2083/05/30

१. युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत नेपालको राष्ट्रिय सम्पदा तलका मध्ये कुन होइन?

  • A) पशुपतिनाथ मन्दिर

  • B) सगरमाथा राष्ट्रिय निकुञ्ज

  • C) चितवन राष्ट्रिय निकुञ्ज

  • D) जानकी मन्दिर ✓

२. राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको ५ वर्षमाथिको जनसंख्याको साक्षरतादर कति प्रतिशत रहेको छ?

  • A) ६८.१

  • B) ७१.३

  • C) ७६.२ ✓

  • D) ९६.२

३. संसारको सबैभन्दा ठूलो द्वीपसमूह (Archipelago) भएको देश तलका मध्ये कुन हो?

  • A) मलेसिया

  • B) इण्डोनेशिया ✓

  • C) फिलिपिन्स

  • D) अस्ट्रेलिया

४. नेपालमा पहाडी जिल्लाहरू कतिवटा रहेका छन्?

  • A) १५

  • B) १८

  • C) २१

  • D) २८ ✓

५. वातावरण र जलवायु परिवर्तनसम्बन्धी 'मोन्ट्रियल प्रोटोकल (Montreal Protocol)' कहिले स्वीकृत भएको हो?

  • A) सन् १९८५

  • B) सन् १९८७ ✓

  • C) सन् १९९२

  • D) सन् १९९७

६. उत्तर अमेरिकाको प्रमुख नदीहरूमा तलको कुन पर्दैन?

  • A) अमेजन ✓

  • B) मिसिसिपी

  • C) कोलोराडो

  • D) ओहायो

७. 'Chatbot Gemini' को निर्माणकर्ता कम्पनी कुन हो?

  • A) OpenAI

  • B) Google ✓

  • C) Amazon

  • D) ByteDance

८. नेपाल कहिले रामसार महासन्धिमा सदस्य राष्ट्रको रूपमा आबद्ध भएको हो?

  • A) सन् १९८३

  • B) सन् १९८५

  • C) सन् १९८७ ✓ 

  • D) सन् १९८८   

९. नेपालको सिमानाबाट सबैभन्दा नजिक पर्ने राजधानी कुन हो?

  • A) थिम्पु

  • B) ढाका ✓

  • C) नयाँ दिल्ली

  • D) इस्लामाबाद

१०. एण्डिज पर्वतशृंखला कुन महादेशमा पर्दछ?

  • A) उत्तर अमेरिका

  • B) एसिया

  • C) दक्षिण अमेरिका ✓

  • D) युरोप

११. Magna Carta कहिले जारी भएको थियो?

  • A) सन् १०६६

  • B) सन् १२१५ ✓

  • C) सन् १४९२

  • D) सन् १६८८

१२. प्राचीन नेपालका प्रथम किराँती राजा को थिए?

  • A) सुयर्मा

  • B) जितेदास्ती

  • C) यलम्बर ✓

  • D) गस्ती

१३. नेपालको राजनीतिमा वि.सं. २०१९-२०२१ सम्मको मन्त्रिपरिषदको अध्यक्षको रूपमा को रहेका थिए?

  • A) सूर्यबहादुर थापा

  • B) डा. तुलसी गिरी ✓

  • C) कीर्तिनिधि विष्ट

  • D) नगेन्द्रप्रसाद रिजाल

१४. हायु जातिको मुख्य बसोबास भएको जिल्ला कुन हो?

  • A) दार्चुला र बैतडी

  • B) ताप्लेजुङ र संखुवासभा

  • C) रामेछाप र सिन्धुली ✓

  • D) म्याग्दी र बाग्लुङ

१५. तलका मध्ये कुन घटना शीतयुद्धको अन्त्यसँग जोडिएको छ?

  • A) औद्योगिक क्रान्ति

  • B) भियतनाम युद्ध

  • C) क्युबा मिसाइल संकट

  • D) माल्टा शिखर सम्मेलन ✓

१६. तल दिइएका राजा र तिनका राज्यबिच जोडा मिलाई कोडबाट सही उत्तर छनौट गर्नुहोस् ।

राजा राज्य
क) रणजीत मल्ल १) पर्वत
ख) योगनरेन्द्र मल्ल २) कास्की
ग) सिद्धिनारायण शाह ३) भक्तपुर
घ) कीर्तिबम मल्ल ४) पाटन
  • A) क-४, ख-३, ग-१, घ-२

  • B) क-३, ख-४, ग-२, घ-१ ✓

  • C) क-३, ख-१, ग-२, घ-४

  • D) क-२, ख-३, ग-१, घ-४

१७. नेपाल र अंग्रेजबिच भएको सुगौली सन्धिमा नेपाल पक्षका हस्ताक्षरकर्ता को थिए?

  • A) राजगुरु गजराज मिश्र र चन्द्रशेखर उपाध्याय ✓

  • B) राजगुरु गजराज मिश्र र अमरसिंह थापा

  • C) चन्द्रशेखर उपाध्याय र अभिमानसिंह बस्नेत

  • D) भीमसेन थापा र वंशराज पाँडे

१८. नेपालमा बोलिने भाषाहरूलाई धेरैदेखि कम जनसंख्याले बोलने भाषाको क्रममा मिलाउँदा तलका मध्ये कुन क्रम सही हुन आउँछ?

  • A) राई, तामाङ, गुरुङ, अवधी

  • B) तामाङ, अवधी, गुरुङ, राई

  • C) तामाङ, राई, अवधी, गुरुङ ✓

  • D) गुरुङ, राई, तामाङ, अवधी

१९. सन् १९९१ मा सोभियत संघ विघटन हुँदा जम्मा कति स्वतन्त्र राष्ट्रको उदय भएको थियो?

  • A) ९

  • B) ११

  • C) १३

  • D) १५ ✓

२०. उद्योग परिषद अड्डाको स्थापना कसले गरेका हुन्?

  • A) जुद्धशमशेर ज.ब.रा ✓

  • B) जंगबहादुर राणा

  • C) चन्द्रशमशेर ज.ब.रा

  • D) मोहनशमशेर ज.ब.रा

२१. महान्यायाधिवक्ताको नियुक्ति कसले गर्दछ?

  • A) मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले

  • B) प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले ✓

  • C) न्याय परिषदको सिफारिसमा राष्ट्रपतिले

  • D) न्याय सेवा आयोगको सिफारिसमा प्रधानमन्त्रीले

२२. नेपालको प्रशासन प्रणालीको विकासअन्तर्गत लिच्छविकालीन प्रशासनिक निकाय 'माप्चोक' कुन कामसँग सम्बन्धित थियो?

  • A) कुलो, पैनी रेखदेख

  • B) कर, तिरो बन्दोबस्ती

  • C) विवाह र पारपाचुके ✓

  • D) जग्गा जमिनको कुत

२३. महाकवि लक्ष्मीप्रसाद देवकोटालाई मृत्युपर्यन्त दिइएको पुरस्कार कुन हो?

  • A) त्रिभुवन प्रज्ञा पुरस्कार ✓

  • B) मदन पुरस्कार

  • C) जगदम्बा-श्री पुरस्कार 

  • D) पद्म-श्री साहित्य पुरस्कार

२४. संवैधानिक परिषदमा तलका मध्ये को रहँदैनन?

  • A) प्रधानमन्त्री

  • B) प्रधानन्यायाधीश

  • C) सभामुख

  • D) गृहमन्त्री ✓

२५. नेपालको संवैधानिक विकासको इतिहासमा पहिलो पटक निर्वाचित संविधान सभा मार्फत संविधान निर्माण गर्ने व्यवस्था कुन संविधानले गरेको थियो?

  • A) नेपाल सरकार अन्तरिम शासन विधान, २००७

  • B) नेपालको संविधान, २०७५

  • C) नेपालको अन्तरिम संविधान, २०६३ ✓

  • D) नेपालको संविधान

२६. गाउँपालिकामा अधिकतम वडा संख्या कति हुनसक्ने व्यवस्था रहेको छ?

  • A) ९

  • B) १५

  • C) २१ ✓

  • D) २५ 

२७. नेपालको संविधानअनुसार एकपटक निर्धारण भएको निर्वाचन क्षेत्रको पुनरावलोकन कति वर्षमा हुने व्यवस्था रहेको छ?

  • A) १०

  • B) १५

  • C) २० ✓

  • D) २५

२८. प्रशासकीय पुनर्गठन योजना आयोग, २०१३ कसको अध्यक्षतामा गठन भएको थियो?

  • A) भेषबहादुर थापा

  • B) टंकप्रसाद आचार्य ✓

  • C) वेदानन्द झा

  • D) गिरिजाप्रसाद कोइराला

२९. नेपालको बढ्दो व्यापार घाटाको प्रमुख कारक तलका मध्ये कुन होइन?

  • A) न्यून आन्तरिक उत्पादन

  • B) उच्च उत्पादन लागत

  • C) बढ्दो आयात

  • D) बढ्दो विप्रेषण ✓

३०. चालु आर्थिक वर्षको बजेटले कृषि विकास र भूमि व्यवस्थापनमा निजी क्षेत्रलाई प्रोत्साहन गर्न अगाडि सारेको कार्यक्रम कुन हो?

  • A) एग्रोपुलिङ (Agro-pooling) ✓

  • B) ल्याण्डपुलिङ (Land Pooling)

  • C) एग्री स्टार्ट अप (Agri startup)

  • D) माथि उल्लेखित कुनैपनि हैन 

३१. आन्ध्र महासागरको विशेषता तलका मध्ये कुन हो?

  • A) यसलाई मनसुनी महासागर पनि भनिन्छ।

  • B) मारियाना ट्रेन्च यही महासागरमा पर्दछ।

  • C) यो महासागरको पूर्वमा युरोप र अफ्रिका, पश्चिममा उत्तर अमेरिका र दक्षिण अमेरिका रहेका छन्। ✓

  • D) यसले संसारका महासागरको २०.५ प्रतिशत क्षेत्रफल ओगटेको छ।

३२. सोह्रौँ योजनाको दीर्घकालीन राष्ट्रिय लक्ष्य "सुख" मा तलका मध्ये कुन पर्दैन?

  • A) सुशासन

  • B) परिस्कृत तथा मर्यादित जीवन

  • C) सबल लोकतन्त्र

  • D) उच्च र समतामूलक राष्ट्रिय आय ✓

३३. राष्ट्रिय तथ्यांक कार्यालयले नेपालको प्रतिव्यक्ति आय आर्थिक वर्ष २०८२/०८३ मा अघिल्लो आर्थिक वर्षको बराबर रहने कुन आधारमा अनुमान गरेको छ?

  • A) अन्तर्राष्ट्रिय व्यापार युद्ध

  • B) इरान संकट

  • C) नागरिकको बढ्दो आय

  • D) डलरको सटही दरमा उच्च वृद्धि ✓

३४. औद्योगिक विकासलाई टेवा पुर्याउने उद्देश्यले सञ्चालन गरिएको लघु उद्यम विकास कार्यक्रम सबै स्थानीय तहमा कहिलेदेखि सञ्चालनमा आएको हो?

  • A) आ.व. २०७६/७७

  • B) आ.व. २०७७/७८ ✓

  • C) आ.व. २०७८/७९

  • D) आ.व. २०७९/८०

३५. नेपालमा सबैभन्दा बढी आयात हुने वस्तु कुन हो?

  • A) खाद्यान्न

  • B) पेट्रोलियम पदार्थ ✓

  • C) मेसिनरी सामान

  • D) लत्ता कपडा

३६. सोह्रौँ योजनाको अन्त्यसम्ममा बेरोजगारी दरलाई कति प्रतिशतमा सीमित गर्ने लक्ष्य लिइएको छ?

  • A) १३%

  • B) १०%

  • C) ७%

  • D) ५% ✓

३७. नेपालको संविधानअनुसार प्रदेश सभाको अधिवेशन कसले आह्वान गर्छ?

  • A) मुख्यमन्त्री

  • B) सभामुख

  • C) राष्ट्रपति

  • D) प्रदेश प्रमुख ✓

३८. नेपालका सार्वजनिक संस्थानहरूको क्षेत्रगत वर्गीकरणअनुसार कृषि सामग्री कम्पनी लिमिटेडलाई कुन क्षेत्रअन्तर्गत राखिएको छ?

  • A) औद्योगिक क्षेत्र

  • B) सेवा क्षेत्र

  • C) व्यापारिक क्षेत्र ✓

  • D) जनउपयोगी क्षेत्र

३९. नेपाल र चीनबिच औपचारिक कुटनीतिक सम्बन्ध कहिले स्थापना भएको हो?

  • A) सन् १९५४ सेप्टेम्बर २

  • B) सन् १९५५ अगष्ट १ ✓

  • C) सन् १९५६ अगष्ट २

  • D) सन् १९५७ सेप्टेम्बर १

४०. तलका मध्ये कुन संयुक्त राष्ट्रसंघको विशिष्टीकृत निकाय होइन?

  • A) UNDP ✓

  • B) ILO

  • C) ICAO

  • D) FAO

४१. ASEAN को संस्थापक सदस्य राष्ट्र तलका मध्ये कुन हो?

  • A) ब्रुनाई

  • B) म्यानमार

  • C) कम्बोडिया

  • D) मलेसिया ✓

४२. नेपाल प्रिमियर लिग (NPL) २०२५ का सन्दर्भमा निम्न भनाइहरू मनन गरी विकल्पबाट सही उत्तर छनौट गर्नुहोस् ।

क) यो प्रतियोगिता विसं २०८२ मंसिर १ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको थियो।

ख) यस प्रतियोगितामा जम्मा १० टिम सहभागी थिए।

ग) यस प्रतियोगितामा फाइनल खेल लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबिच भएको थियो।

  • A) क सही, ख र ग गलत 

  • B) क र ख सही, ग गलत

  • C) क र ग सही, ख गलत ✓

  • D) क, ख र ग सबै सही

४३. नेपाल एसियाली विकास बैंक (ADB) को संस्थापक सदस्य कहिलेदेखि भएको हो?

  • A) सन् १९६५

  • B) सन् १९६६ ✓

  • C) सन् १९६८

  • D) सन् १९७०

४४. तीन पटकसम्म दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (SAARC) को महासचिव हुने देश कुन कुन हुन्?

  • A) भुटान र भारत

  • B) भारत र नेपाल

  • C) पाकिस्तान र श्रीलंका

  • D) बंगलादेश र माल्दिभ्स ✓

४५. कृत्रिम बौद्धिकता (Artificial Intelligence) को प्राथमिक उद्देश्य के हो?

  • A) अनुभवबाट सिक्ने मेसिन तयार गर्नु।

  • B) निश्चित काम आफैँ गर्न सक्ने मेसिन प्रणाली विकास गर्नु।

  • C) मानिसले जस्तै सोच्ने र काम गर्न सक्ने मेसिन विकास गर्नु। ✓

  • D) मानिससँग अन्तरक्रिया गर्ने प्रणाली विकास गर्नु।

४६. विश्व खुशी सूचकांक, २०२६ का आधारमा विश्वको सबैभन्दा खुशी देश कुन हो?

  • A) फिनल्याण्ड ✓

  • B) स्वीडेन

  • C) डेनमार्क

  • D) सिंगापुर

४७. विज्ञान र प्रविधि क्षेत्रको उपलब्धिको रूपमा महत्वपूर्ण मानिने रेडियमको खोज कसले गरेका हुन्?

  • A) आर्किमिडिज

  • B) जोन डाल्टन

  • C) म्यारी क्युरी ✓

  • D) माइकल फराडे

४८. Strait of Hormuz ले कुन कुन खाडीलाई जोड्दछ?

  • A) ओमानको खाडी (Gulf of Oman) र फारसको खाडी (Persian Gulf) ✓

  • B) अडेनको खाडी (Gulf of Aden) र फारसको खाडी (Persian Gulf)

  • C) फारसको खाडी (Persian Gulf) र स्वेजको खाडी (Gulf of Suez)

  • D) स्वेजको खाडी (Gulf of Suez) र ओमानको खाडी (Gulf of Oman)

४९. CRISPR-Cas9 प्रविधि मुख्यतः कुन क्षेत्रमा प्रयोग गरिन्छ?

  • A) Artificial Intelligence

  • B) Gene Editing ✓

  • C) Quantum Computing

  • D) Satellite Communication

५०. प्रतिनिधि सभा निर्वाचन, २०८२ कुन मितिमा सम्पन्न भयो?

  • A) वि.सं. २०८२ माघ ११

  • B) वि.सं. २०८२ माघ २१

  • C) वि.सं. २०८२ फागुन ११

  • D) वि.सं. २०८२ फागुन २१ ✓

Categories

  • Current Affairs 799
  • Gorkhapatra 343
  • Others 1186
  • Vacancy 1
  • Past Questions 147
  • Nepal Police 9

Latest Blogs

Khardar, Fourth Level, Pre-Qualification Examination - 2083/06/04
Past Questions

खरिदार, चौथो तह, पूर्वयोग्यता परीक्षा - २०८३/०६/०४

  • Sep 21, 2026
  • 163
World Day of Peace, 2026
Current Affairs

विश्व शान्ति दिवस, २०२६

  • Sep 21, 2026
  • 50
Nepal's diplomatic relations with ASEAN countries
Others

नेपालको आसियान (ASEAN) राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध

  • Sep 20, 2026
  • 120
Ranking of SAARC countries by population (from largest to smallest)
Others

जनसंख्याको आधारमा सार्क राष्ट्रहरूको क्रम (ठूलो देखि सानो)

  • Sep 20, 2026
  • 108
Short list of best works for the Pahachan Award for BS 2081 and 2082
Current Affairs

पहिचान पुरस्कारको लागि वि.सं. २०८१ र २०८२ सालका लागि उत्कृष्ट कृतिहरूको संक्षिप्त सूची

  • Sep 19, 2026
  • 117
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA