Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

प्रशासन सेवा प्रतियोगितात्मक लिखित परीक्षा

  • Bikash Shrestha
  • July 30, 2025
  • 1140

प्रशासन सेवा प्रतियोगितात्मक लिखित परीक्षा

Administrative Service Competitive Written Examination

1) नेपालको प्रथम जनचर्चित प्रधानमन्त्री को थिए?
A. भीमसेन थापा
B. मातृकाप्रसाद कोइराला
C. टंकप्रसाद आचार्य
D. विश्वेश्वरप्रसाद कोइराला

2) तल दिइएका मध्ये नमिल्ने जोडा कुन हो?
A. चाँगुनारायण मन्दिर -मानदेव
B. कैलाशको भवन -अंशुवर्मा
C. पाटनको कृष्ण मन्दिर -वीरदेव
D. भद्रादिवास -नरेन्द्र

3) चमेलिया जलविद्युत आयोजनाको क्षमता कति मेगावाट रहेको छ?
A. २४
B. ३०
C. ३६
D. ४२

4) नेपालमा एसएलसी बोर्डको स्थापना कहिले भएको हो ?
A. विक्रम सम्वत् १९९० कार्तिक १६ गते
B. विक्रम सम्वत् १९९१
C. विक्रम सम्वत १९९२
D. विक्रम सम्वत १९९३

5) विश्वको पहिलो नगदेवाली केलाई मानिन्छ ?
A. कफी
B. सनपाट
C. उखु
D. चिया

6) लामीडाँडा विमानस्थल कुन जिल्लामा पर्दछ ?
A. खोटाङ
B. ताप्लेजुङ
C. भोजपुर
D. दोलखा

7) आर्थिक वर्ष २०७९ /२०८० सम्ममा स्वास्थ्य बीमा आबद्ध जनसङ्ख्या कति प्रतिशत पुगेको थियो ?
A.१८ प्रतिशत
B. १९ प्रतिशत
C. २० प्रतिशत
D. २१ प्रतिशत

8) नेपालको मौद्रिक नीति कसले निर्धारण गर्दछ।
A. अर्थ मन्त्रालय
B. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
C. नेपाल राष्ट्र बैंक
D. नेपाल सरकार मन्त्रिपरिषद्

9. सोह्रौं योजनाको अन्त्य (आ.व. २०८५/०८६) सम्ममा वार्षिक आर्थिक वृद्धिदर
आधारभूत मूल्यमा कति प्रतिशत पुऱ्याउने लक्ष्य रहेको छ ?
A. ६.३
B. ७.३
C. ८.३
D. ९.३

10. कुन नगदेवालीलाई वाणिज्यको खैरो कागज भनिन्छ ?
A. सनपाट
B. सूर्ती
C. उखु
D. तेलहन

11. कर्णाली प्रदेशको चालु पञ्चवर्षीय योजनामा बेरोजगारी दर कतिमा झार्ने लक्ष्य
राखिएको छ?
A. ५.० (सोह्रौं योजनामा समेत ५ प्रतिशत रहेको)
B. ५.५
C. ५.६
D. ५.७

12. नेपालको पहिलो वाणिज्य बैंक कुन हो ?
A. राष्ट्रिय वाणिज्य बैंक
B. नेपाल राष्ट्र बैंक
C. कृषि विकास बैंक
D. नेपाल बैंक लिमिटेड

13. कर्णाली प्रदेशको दोस्रो पञ्चवर्षीय योजना अनुसार निरपेक्ष गरीबीको रेखामुनी रहेको
जनसंख्या कति प्रतिशत पुऱ्याउने लक्ष्य रहेको छ ?
A. १३.२०
B. १४.२
C. १५.२
D. १६.२

14. सोह्रौं योजनाको सोंच के रहेको छ?
A. सुशासन, सामाजिक न्याय र समृद्धि
B. सुशासन र समृद्धि
C. सुशासन र सामाजिक न्याय
D. सामाजिक न्याय र समृद्धि

15. नेपालको संविधान अनुसार वैदेशिक सहायता र ऋण लिने अधिकार कसलाई
तोकिएको छ?
A. नेपाल सरकार
B. प्रदेश सरकार
C. स्थानीय तह
D. माथिका सवै

16. प्रदेश सरकारको राजस्व सम्बन्धी एकल अधिकार तलकामध्ये कुन हो ?
A. मनोरञ्जन कर
B. कृषि आयमा कर
C. सवारी साधन कर
D. विज्ञापन कर

17. नेपालको संविधान बमोजिम संघ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध कुन आधारमा
हुने व्यवस्था गरिएको छ ?
A. समन्वय, सहकारिता र सहअस्तित्व
B. समन्वय, सहयोग र मेलमिलाप
C. समन्वय, मेलमिलाप र सहअस्तित्व
D. समन्वय, सहकारिता र स्वाधिनता

18. प्रशासन सुधार आयोग, २०३२ का अध्यक्ष को थिए ?
A. टंक प्रसाद आचार्य
B. वेदानन्द झा
C. भेष बहादुर थापा
D. गिरिजाप्रसाद कोइराला

19. नेपालको संविधान अनुसार राज्यका तर्फवाट प्रदान गरिने उपाधि, सम्मान र विभूषण
कसले प्रदान गर्ने व्यवस्था छ?
A. प्रधानमन्त्री
B. राष्ट्रपति (धारा २७७)
C. प्रधानन्यायाधीश
D. प्रधानसेनापति

20. जैविक विविधतालाई कति प्रकारमा विभाजन गरिएको छ?
A. १
B. २
C. ३
D: ४

21. विश्व जैविक विविधता दिवस कहिले मनाईन्छ ?
A. मे २१
B. मे २२
C. डिसेम्बर २२
D. जुन ५

22. एजेण्डा - २१ केसँग सम्बन्धित छ?
A. आर्थिक विकास
B. पूर्वाधार विकास
C. वातावरण
D. मानव विकास

23. नेपालमा संरक्षित स्तनधारी वन्यजन्तु कति प्रजातिका छन् ?
A. २५
B. २६
C. २८
D. २९

24. संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन कोप - २९ कहाँ सम्पन्न भएको थियो?
A. अजरबैजानको बाकु
B. स्पेनको मेड्रिड
C. यु.ए.ई को दुबई
D. केन्याको नैरोवी

25. सार्क राष्ट्रहरूमध्ये क्षेत्रफलको हिसाबले सबैभन्दा सानो राष्ट्र कुन हो ?
A. श्रीलंका
B. भुटान
C. माल्दिभ्स
D. पाकिस्तान

26. संयुक्त राष्ट्र संघले सन् २०२१ देखि २०३० सम्म कुन दशकका रूपमा मनाउने घोषणा गरेको छ ?
A. दिगो विकासका लागि पानी दशक
B. पारिवारिक खेतीको दशक
C. पारिस्थितिक प्रणालीको पुनःस्थापनाको दशक
D. दिगो विकास दशक

27. सार्कको प्रथम शिखर सम्मेलन कहाँ सम्पन्न भएको थियो ?
A. काठमाडौं
B. ढाका
C. बैंगलोर
D. इस्लामावाद

28. नेपालले संयुक्त राष्ट्र संघको सदस्यता कहिले प्राप्त गरेको थियो ?
A. सन् १९५५ डिसेम्बर
B. सन् १९५३ नोभेम्वर
C. सन् १९५७ जनवरी
D. सन् १९५६ मार्च

29. सूर्यलाई हेर्न सकिने यन्त्र कुन हो ?
A. टेलिस्कोप
B. हेलिस्कोप
C. ब्रेथलाइजर
D. दुरविन

30. गोरखापत्र दैनिकमा हाल कतिवटा भाषामा समावेशी लेख रचना प्रकाशन भईरहेको छ?
A. ४३
B. ४४
C. ४५
D: ४६


31. रेडियो नेपालको स्थापना कहिले भएको थियो ?
A. २००७ साल फागुन ७ गते
B. २००७ साल फागुन २० गते
C. २००७ साल चैत ७ गते
D. २००७ साल चैत २० गते

32. सिमेन्टको मुख्य कच्चापदार्थ तलकामध्ये कुन हो ?
A. चुनढुङ्गा
B. बालुवा
C. बलौटे माटो
D. काठको धुलो

33. भूकम्प मापन गर्ने यन्त्रलाई के भनिन्छ ?
A सिस्मोग्राफ
B. रेक्टोमिटर
C. रेक्टरस्केल
D. ओडोमिटर

34. साइकलका आविस्कारक हो हुन् ?
A. पास्कल
B. माइकल फराडे
C. मेकमिलन
D. हेनरी वेकुरेल

35. प्रयोगात्मक विज्ञानका पिता भनेर चिनिने वैज्ञानिक को हुन् ?
A. पास्कल
B. मार्कोनी
C आर्किमिडिज
D. मेक मिलन

36. मोवाईल उत्पादन गर्ने विश्वकै पहिलो कम्पनी कुन हो ?
A. मोटोरोला
B. नोकिया
C. सामसुङ
D. भिभो

37. राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको आ.व. २०८२/०८३ को नीति तथा
कार्यक्रम सङ्घीय संसदमा कहिले प्रस्तुत गरेका थिए ?
A. २०८२/०१/१७
C. २०८२/०१/१९
B. २०८२/०१/१८
D. २०८२/०१/२०

38. नेपालको पहिलो महिला मुख्यसचिव को हुन्?
A. वृन्दा हाडा
B. लीलादेवी गड्तौला
C. द्वारिकादेवी ठकुरानी
D. आरजु राणा

39. कर्णाली प्रदेशको आर्थिक सर्वेक्षण २०८०/०८१ अनुसार राष्ट्रिय कुल गार्हस्थ्य
उत्पादनमा कर्णाली प्रदेशको योगदान कति रहेको छ ?
A. ५.७२%
B. ८.३८%
C. ३.७२%
D. ४.२८%

40. अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा धेरै इनिङ्स शून्यमा आउट नहुने रेकर्ड आफ्नो नाममा
लेखाउँदै कीर्तिमान कायम गर्न सफल नेपाली क्रिकेटर को हुन् ?
A. रोहित पौडेल
B. आसिफ शेष
C. दिपेन्द्रसिंह ऐरी
D. कुसल भुर्तेल

41. ताल्चा विमानस्थल कुन जिल्लामा पर्छ ?
A: मुगु
B. डोल्पा
C. हुम्ला
D. जुम्ला

42. भावर क्षेत्रले नेपालको कुल क्षेत्रफलको कति प्रतिशत भू-भाग ओगटेको छ ?
A. ४.५ प्रतिशत
B. ८.५ प्रतिशत
C. ५.५ प्रतिशत
D. ६.५ प्रतिशत

43. कृषि उत्पादनका लागि सबैभन्दा बढी उर्वर र उत्पादनशील मानिने माटो कुन हो?
A. हिमाली माटो
B. रातो फुस्रो माटो
C. बलौटे पत्थरिलो माटो
D. तलैया माटो

44. क्षेत्रफलको आधारमा नेपालको सबैभन्दा ठूलो हिमाली जिल्ला कुन हो?
A. ताप्लेजुङ
B. डोल्पा
C. हुम्ला
D. मुस्ताङ

45. नेपालमा सबैभन्दा ठूलो फलामखानी कहाँ छ?
A. गोदावरी
B. फूलचोकी
C. बाह्रविसे
D. मकवानपुर

46. 'स्वामी महाराज' भनेर कसलाई चिनिन्छ ?
A. रण बहादुर शाह
B. श्री ५ त्रिभुवन
C. श्री ५ सुरेन्द्र
D. गीर्वाणयुद्ध विक्रम शाह

47. खड्ग निशाना अड्डाको स्थापना कसले गरेका थिए ?
A. चन्द्र शमशेर
B. जंग बहादुर राणा
C. वीर शमशेर
D. जुद्ध शमशेर

48. नेपालको प्रथम महिला मन्त्री को हुन् ?
A. शैलजा आचार्य
B. प्रज्ञाराज्यलक्ष्मी देवी सिंह
C. द्वारिकादेवी ठकुरानी
D. विन्देश्वरी शाह

49. संविधानसभा निर्वाचन २०६४ मा सवैभन्दा धेरै सिट संख्या जितेर कुन दल पहिलो
बनेको थियो ?
A. नेकपा एमाले
B. नेपाली काँग्रेस
C. एनेकपा माओवादी
D. फोरम

50. यलम्बर कुन वंशका प्रथम राजा हुन् ?
A. अहिर वंश
B. किराँत वंश
C. गोपाल वंश
D. लिच्छवी

Categories

  • Current Affairs 801
  • Gorkhapatra 345
  • Others 1189
  • Vacancy 1
  • Past Questions 148
  • Nepal Police 9

Latest Blogs

International Sign Language Day, 2026
Current Affairs

अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस, २०२६

  • Sep 23, 2026
  • 82
The number of countries with which Nepal has established diplomatic relations has reached 186
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८६ पुगेको

  • Sep 23, 2026
  • 119
Promoting Social Justice in Federalism: Thematic Q&A (20 October 2004, Wednesday)
Gorkhapatra

सङ्घीयतामा सामाजिक न्याय प्रवर्धन : विषयगत प्रश्नोत्तर (७ असोज २०८३, बुधबार)

  • Sep 23, 2026
  • 34
Public Service Preparation Special: Objective Question and Answer (7 Asoj 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (७ असोज २०८३, बुधबार)

  • Sep 23, 2026
  • 140
Nepal and the Non-Aligned Movement (NAM)
Others

नेपाल र असंलग्न आन्दोलन (NAM)

  • Sep 22, 2026
  • 75
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA