Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

प्रशासन, प्रशासन/लेखा, पाँचौँ, मिटर रिडिङ सुपरभाइजर/लेखापाल पदको आन्तरिक प्रतियोगितात्मक लिखित (२०८३/१/२६)

  • Ajnabee Khadka
  • May 10, 2026
  • 465

प्रशासन, प्रशासन/लेखा, पाँचौँ, मिटर रिडिङ सुपरभाइजर/लेखापाल पदको आन्तरिक प्रतियोगितात्मक लिखित (२०८३/१/२६)

Administration, Administration/Accounting, Fifth, Internal Competitive Written Examination for the Post of Meter Reading Supervisor/Accountant (2083/1/26)

१. कालु पाण्डेको अर्को नाम के हो ?

A. वीरध्वज पाण्डे

B. रणधीर पाण्डे

C. वंशीधर पाण्डे

D. युद्धवीर पाण्डे

२. नेपालमा पहिलो संविधान सभाको विघटन कहिले भएको थियो ?

A. वि.सं. २०६९ वैशाख 

B. वि.सं. २०६९ जेठ

C. वि.सं. २०६९ कार्तिक

D. वि.सं. २०६९ पुस

३. राणा परिवारमा 'सी' श्रेणीका राणाहरूले पाउने उच्चतम दर्जा कुन थियो ?

A. श्री ३ तथा प्रधानमन्त्री

B. मन्त्री

C. काठमाडौँमा जर्नेल 

D. काठमाडौँ बाहिर जर्नेल

४. जानकी मन्दिर कुन शैलीमा निर्माण गरिएको छ ?

A. प्यागोडा र शिखर

B. राजपुत र मुगल

C. प्यागोडा र चैत्य

D. प्यागोडा र मुगल

५. बौद्ध धर्मका अष्टाङ्गिक मार्गमा तलको कुन पर्दैन ?

A. सम्यक् प्राप्ति

B. सम्यक् सङ्कल्प

C. सम्यक् आजीविका

D. सम्यक् दृष्टि

६. तलका मध्ये कुन जाति लोपोन्मुख समूहमा पर्दैन ?

A. डोल्पो

B. सुरेल

C. राउटे

D. किसान

७. नेपालको बजेट निर्माण प्रक्रियामा बजेटको सिलिङ कसले उपलब्ध गराउने गर्दछ ?

A. अर्थ मन्त्रालय

B. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

C. राष्ट्रिय योजना आयोग

D. अर्थ समिति

८. सोह्रौँ योजना अवधिभरमा कुल गार्हस्थ्य उत्पादनमा उत्पादनमूलक उद्योगको योगदान कति प्रतिशत पुग्ने अनुमान छ ?

A. ५.५

B. ६

C. ६.५

D. ७

९. नेपालमा धान उत्पादनमा सबैभन्दा बढी योगदान गर्ने प्रदेश कुन हो ?

A. कोशी 

B. मधेश

C. लुम्बिनी

D. बागमती

१०. आसियान (ASEAN) का तल दिइएका सदस्य राष्ट्रमध्ये नेपालले सबैभन्दा पहिले दौत्य सम्बन्ध कायम गरेको देश कुन हो ?

A. लाओस

B. ब्रुनाई

C. इन्डोनेसिया 

D. थाइल्याण्ड

११. दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (SAARC) का उद्देश्यमा तलका मध्ये कुन पर्दैन ?

A. दक्षिण एसियाका जनताको कल्याण अभिवृद्धि र जीवनस्तर सुधार्नु

B. यस क्षेत्रमा आर्थिक, सामाजिक, सांस्कृतिक विकासलाई तीव्रता दिनु

C. दक्षिण एसियाका मुलुकहरूबिच सामूहिक आत्मनिर्भरताको संवर्द्धन र विस्तार गर्नु 

D. दक्षिण एसियाका मुलुकहरूबिच शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा लगानी एकत्रित गर्नु

१२. सन् २००४ मा नेपालसँगै बिम्स्टेक (BIMSTEC) को सदस्य भएको राष्ट्र तलका मध्ये कुन हो ?

A. थाइल्याण्ड

B. म्यानमार

C. भुटान

D. भारत

१३. सन् २०२४ फेब्रुअरीमा जापानमा सम्पन्न तल्लो सदनको निर्वाचनमा ऐतिहासिक विजय हासिल गर्ने पार्टी कुन हो ?

A. लिबरल डेमोक्रेटिक पार्टी

B. लिबरल कम्युनिस्ट पार्टी

C. जापान डेमोक्रेटिक पार्टी

D. जापान इनोभेसन पार्टी

१४. संयुक्त चीनले नेपाली नागरिकका लागि कहिलेदेखि भिसा निःशुल्क गरेको छ ?

A. सन् २०२४ जनवरी १

B. सन् २०२४ फेब्रुअरी १

C. सन् २०२४ मे १

D. सन् २०२५ जनवरी १

१५. प्रा. डा. दीपक अर्याल त्रिभुवन विश्वविद्यालयका कति औँ उपकुलपति हुन् ?

A. २० 

B. २१

C. २२

D. २३

१६. नेपालको संविधानबमोजिम नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता कसमा निहित रहेको छ ?

A. राष्ट्रपति 

B. नेपाली जनता

C. नेपाली नागरिक

D. प्रतिनिधि सभा

१७. नेपालको संविधानबमोजिम अधिकार सूची र अनुसूचीबिच जोडा मिलाई कोडबाट सही उत्तर छान्नुहोस्: 

क. संघको अधिकार - १. अनुसूची ५ 

ख. प्रदेशको अधिकार - २. अनुसूची ६ 

ग. संघ र प्रदेशको साझा अधिकार - ३. अनुसूची ७

घ. स्थानीय तहको अधिकार - ४. अनुसूची ८

A. क-४, ख-२, ग-१, घ-३

B. क-३, ख-२, ग-४, घ-१

C. क-४, ख-३, ग-२, घ-१

D. क-१, ख-२, ग-३, घ-४

१८. नेपालको संविधानमा उल्लेख भएको "समान कामका लागि लैङ्गिक आधारमा पारिश्रमिक तथा सामाजिक सुरक्षामा कुनै भेदभाव गरिने छैन" भन्ने वाक्यांश कुन मौलिक हकअन्तर्गत पर्दछ ?

A. समानताको हक

B. रोजगारीको हक

C. श्रमको हक

D. सामाजिक सुरक्षाको हक

१९. सुरेल जातिको मुख्य बसोबास कुन जिल्लामा रहेको छ ?

A. रामेछाप 

B. दोलखा

C. इलाम

D. ओखलढुङ्गा

२०. नेपालमा जनमत संग्रहको घोषणा कहिले भएको थियो ?

A. वि.सं. २०३६ वैशाख 

B. वि.सं. २०३६ जेठ

C. वि.सं. २०३६ असोज

D. वि.सं. २०३६ फागुन

२१. हिमाली भेगका शेर्पा, लामा आदि जातिले आफ्ना माइली छोरीलाई बौद्ध गुम्बाहरूमा भगवानको सेवा गर्न चढाउने प्रथालाई के भनिन्छ ?

A. छाउपडी

B. देउकी

C. झुमा

D. वेठी

२२. २३ औँ विश्वकप फुटबल प्रतियोगिता, २०२६ को बलको नाम के राखिएको छ ?

A. एडिडास अल रिहला

B. एडिडास ड्रिम्स

C. एडिडास ब्राजुका

D. एडिडास ट्रायोन्डा

२३. "कुनै पनि व्यक्तिलाई पक्राउ भएको कारणसहितको सूचना नदिई थुनामा राखिने छैन" भन्ने व्यवस्था नेपालको संविधानको कुन मौलिक हकअन्तर्गत गरिएको व्यवस्था हो ?

A. अपराध पीडितको हक

B. यातना विरुद्धको हक

C. निवारक नजरबन्द विरुद्धको हक 

D. न्याय सम्बन्धी हक

२४. सार्वजनिक प्रशासन (Public Administration) का पिता भनेर कसलाई चिनिन्छ ?

A. एल डी ह्वाइट 

B. वुड्रो विल्सन

C. एफ डब्लु टेलर

D. हेनरी फोयल

२५. कुनै कार्यालय, व्यवसाय वा संगठनको लक्ष्य हासिल गर्न आवश्यक पर्ने कर्मचारी वा मानव स्रोतको व्यवस्थापन, प्रयोग र नियमनसँग सम्बन्धित व्यवस्थापकीय कार्य वा पद्धतिलाई के भनिन्छ ?

A. सामान्य प्रशासन

B. निजामती प्रशासन

C. सार्वजनिक प्रशासन 

D. कर्मचारी प्रशासन

२६. यस्तो प्रक्रिया वा विधि हो, जसको प्रयोगबाट एउटा कामको विषयमा व्यवस्थित ढंगले सूचनाहरू अवलोकन र संकलन गरिन्छ।

A. कार्य पुष्टीकरण

B. कार्य मूल्याङ्कन

C. कार्य विवरण 

D. कार्य विश्लेषण

२७. कार्य विवरणमा तलका मध्ये कुन समावेश हुँदैन ?

A. पदको नाम, कर्तव्य

B. आवश्यक योग्यता

C. बिदाको विवरण

D. सुपरिवेक्षक

२८. नेपाल विद्युत् प्राधिकरणमा पदपूर्ति समितिको सदस्य सचिव को रहने व्यवस्था छ ?

A. प्रशासन हेर्ने कार्यकारी निर्देशक

B. मुख्य प्रशासकीय अधिकृतले तोकेको अधिकृत

C. पदपूर्ति विभागको निर्देशक

D. प्रशासन शाखाको उपनिर्देशक

२९. नेपाल विद्युत् प्राधिकरणको प्रदेशस्तरको विज्ञापनअनुसार खुला प्रतियोगिताबाट नियुक्त भएका महिला र अपाङ्ग कर्मचारीको हकमा कति वर्ष पूरा भएपछि अन्य प्रदेशमा सरुवा गर्न सकिने व्यवस्था छ ?

A. ४ 

B. ५

C. ६

D. ७

३०. नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई फौजदारी कसुरमा अदालतबाट कसुरदार ठहरिएको अवस्थामा तलका मध्ये कुन विभागीय कारबाही गरिन्छ ?

A. निलम्बन

B. बढुवा रोक्का

C. भविष्यमा प्राधिकरणको सेवाको लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने 

D. भविष्यमा प्राधिकरणको सेवाको लागि अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गर्ने

३१. लेखापरीक्षण गराउने निकायले आफ्नो दायित्व पूरा गरेका छन् छैनन् भनि परीक्षण गर्ने लेखापरीक्षण कुन कार्यदक्षता र प्रभावकारी रूपमा प्रयोग गरेको छ छैन भनि परीक्षण गर्ने लेखापरीक्षण कुन हो ?

A. कार्यमूलक

B. व्यवस्थापन 

C. वित्तीय

D. नियमित

३२. लेखापरीक्षण (Auditing) भनेको के हो ?

A. आर्थिक कारोबारको अभिलेख राख्ने प्रक्रिया

B. वित्तीय विवरण तयार गर्ने काम

C. सही र व्यवस्थित हिसाब किताब तयार गर्ने उद्देश्यले गरिने कार्य 

D. वित्तीय विवरणको स्वतन्त्र जाँच गर्ने प्रक्रिया

३३. महालेखापरीक्षकको ६२ औँ वार्षिक प्रतिवेदन, २०८२ बमोजिम आव २०८०/८१ मा संघीय सरकारी कार्यालयतर्फ सबैभन्दा बढी कुल बेरुजु प्रतिशत रहेको निकाय कुन हो ?

A. भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय

B. अर्थ मन्त्रालय

C. भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय

D. रक्षा मन्त्रालय

३४. सोह्रौँ आवधिक योजनाको अन्त्यसम्ममा गरिबीको रेखामुनि रहेको जनसङ्ख्या कति प्रतिशतमा झार्ने लक्ष्य राखिएको छ ?

A. ९

B. १०

C. ११ 

D. १२

३५. सोह्रौँ आवधिक योजनाको अन्त्यसम्ममा विद्युत्मा पहुँच पुगेको जनसङ्ख्याको प्रतिशत कति पुऱ्याउने लक्ष्य रहेको छ ?

A. ९६

B. ९७

C. ९९ 

D. १००

३६. आर्थिक वर्ष २०८२/८३ को कुल बजेटमा राजस्व परिचालन र वैदेशिक सहायता परिचालन गर्दा नपुग हुने कति रकम आन्तरिक ऋणबाट व्यहोर्ने अनुमान गरिएको छ ?

A. रु ३ खर्ब ३३ अर्ब

B. रु ३ खर्ब ४२ अर्ब

C. रु ३ खर्ब ६२ अर्ब

D. रु ३ खर्ब ७२ अर्ब

३७. नेपाल विद्युत प्राधिकरण आर्थिक प्रशासन विनियमावलीबमोजिम केन्द्रीय तहमा गठन हुने बेरुजू फछ्र्यौट अनुगमन समितिको सदस्य-सचिव को रहने व्यवस्था छ ?

A. कार्यकारी निर्देशक (अर्थ)

B. मुख्य प्रशासकीय अधिकृतले मनोनयन गरेको कार्यकारी निर्देशक

C. निर्देशक (आलेप) 

D. निर्देशक, लेखा विभाग

३८. नेपालमा लैङ्गिक उत्तरदायी बजेट कुन वर्षदेखि कार्यान्वयन गरियो ?

A. आव २०६४/६५

B. आव २०६५/६६

C. आव २०७२/७३

D. आव २०७३/७४

३९. नेपालको सबैभन्दा दक्षिणी बिन्दु कहाँ पर्दछ ?

A. केचनाकवल, झापा 

B. लोदाबारी, झापा

C. मुसहरनिया, धनुषा

D. जलेश्वर, महोत्तरी

४०. कोशी नदीको कुल लम्बाइ कति किमि छ ?

A. ७०२

B. ७३८

C. ५०७ 

D. ७२०

४७. भोटमा मूल भएको नदी तलका मध्ये कुन हो ?

A. तिला

B. सेती

C. त्रिशुली

D. माडी

४८. कान्तिपुर राज्यका अन्तिम मल्ल राजा को थिए ?

A. जयप्रकाश मल्ल

B. तेजनरसिंह मल्ल

C. रणजित मल्ल

D. भूपतिन्द्र मल्ल

४९. लिच्छविकालमा भन्सार सम्बन्धी काम गर्ने अड्डालाई के भनिन्थ्यो ?

A. कुथेर
 
B. मापचोक
 
C. शुल्ली
 
D. लिङवल

५०. लिच्छविकालमा 'बलाध्यक्ष' पदले देहायका मध्ये कुन पदलाई जनाउँथ्यो ?

A. प्रधानसेनापति

B. न्यायाधीश

C. सेनापति

D. प्रहरी प्रमुख

Categories

  • Current Affairs 801
  • Gorkhapatra 345
  • Others 1189
  • Vacancy 1
  • Past Questions 148
  • Nepal Police 9

Latest Blogs

International Sign Language Day, 2026
Current Affairs

अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस, २०२६

  • Sep 23, 2026
  • 79
The number of countries with which Nepal has established diplomatic relations has reached 186
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८६ पुगेको

  • Sep 23, 2026
  • 117
Promoting Social Justice in Federalism: Thematic Q&A (20 October 2004, Wednesday)
Gorkhapatra

सङ्घीयतामा सामाजिक न्याय प्रवर्धन : विषयगत प्रश्नोत्तर (७ असोज २०८३, बुधबार)

  • Sep 23, 2026
  • 33
Public Service Preparation Special: Objective Question and Answer (7 Asoj 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (७ असोज २०८३, बुधबार)

  • Sep 23, 2026
  • 137
Nepal and the Non-Aligned Movement (NAM)
Others

नेपाल र असंलग्न आन्दोलन (NAM)

  • Sep 22, 2026
  • 72
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA