Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (१९ भदौ २०८१, बुधबार)

  • Ajnabee Khadka
  • September 04, 2024
  • 568

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (१९ भदौ २०८१, बुधबार)

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (१९ भदौ २०८१, बुधबार)

१.  पेरिस पारा ओलम्पिक–२०२४ मा नेपाललाई ऐतिहासिक पदक दिलाउने खेलाडी को हुन् ?

➤ पलेशा गोवर्धन

  • उनले के–४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समूहमा कांस्य पदक जितेकी छन् ।
  • पलेशाले सर्वियाकी मारिया मिचेभलाई १५–८ ले पराजित गर्दै नेपाललाई पदक दिलाएकी हुन् ।
  • उनले पाएको उपलब्धि नेपाली खेलकुदकै अहिलेसम्मकै ठुलो हो ।
  • पेरिस पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी पलेशाले सरकारबाट ६५ लाख रुपियाँ पुरस्कार पाउने छन् ।
  • राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ अनुसार पारा ओलम्पिकमा व्यक्तिगततर्फ कांस्य पदक जित्नेलाई ६५ लाख रुपियाँ पुरस्कार दिने व्यवस्था छ । यसै गरी पारा ओलम्पिकमा स्वर्ण जित्नेलाई एक करोड ३० लाख रुपियाँ र रजत जित्नेलाई ९७ लाख रुपियाँ प्रदान गरिने प्रावधान रहेको छ ।
  • नेपालले पारा ओलिम्पकमा सन् २००४ को एथेन्स र ग्रीष्मकालीन ओलम्पिकमा सन् १९६४ को टोकियो ओलम्पिकदेखि भाग लिन थालेको हो ।
  • ग्रीष्मकालीन ओलम्पिकमा नेपालले तेक्वान्दोमै प्रदर्शनी खेलमा कांस्य जितेको इतिहास छ । सन् १९८८ मा दक्षिण कोरियामा सम्पन्न २४ औँ संस्करणको सिओल ओलम्पिकमा विधान लामाले सो उपलब्धि हासिल गरेका थिए । प्रदर्शनी खेल भएकाले पदक तालिकामा उक्त पदकको गणना गरिएको थिएन ।

२.  २०८० को मदन पुरस्कारबाट सम्मानित हुने स्रष्टा को हुन् ?

➤ मोहन मैनाली (कृति : मुकाम रणमैदान)

  • मुकाम रणमैदान नेपाल–अङ्गे्रज युद्धको इतिहास हो ।
  • मदन पुरस्कार गुठीले यस वर्षको मदन पुरस्कारका लागि निम्नानुसार पाँच वटा पुस्तकको सूची सार्वजनिक गरेको थियो :
  • डम्फुको आत्मालाप (कथासङ्ग्रह) : भक्त स्याङतान
  • नुन–तेल (गैर आख्यान) : जीवन क्षेत्री
  • भावलिपि (प्रेमपत्र सङ्ग्रह) : भावेश भुमरी र प्रणिता चामलिङ
  • मुकाम रणमैदान (इतिहास) : मोहन मैनाली
  • सन्त्रासका साठी दिन (उपन्यास) : रोशन थापा ‘नीरव’
  • यस वर्ष पुरस्कारका लागि ३०४ वटा कृति प्राप्त भएका थिए ।
  • २०८० को जगदम्बाश्री पुरस्कार प्राडा योगेन्द्रप्रसाद यादवलाई प्रदान गरिएको छ । सिरहाका स्थायी बासिन्दा भाषाशास्त्री प्राध्यापक यादवका भाषासम्बन्धी विभिन्न पुस्तक प्रकाशित छन् । त्रिवि भाषा विज्ञान केन्द्रीय विभागको प्रमुख बनेका यादवले नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञका रूपमा समेत कार्य गरेका छन् ।
  • दुवै पुरस्कारको राशि चार–चार लाख रुपियाँ रहेको छ ।
  • २०७९ सालको मदन पुरस्कार विवेक ओझा (उपन्यासः ऐठन) र जगदम्बाश्री पुरस्कार टेकवीर मुखियालाई प्रदान गरिएको थियो ।
  • मदन पुरस्कार २०१३ सालदेखि र जगदम्बाश्री पुरस्कार २०४५ सालदेखि प्रदान गरिँदै आएको छ ।

३.  नेपाली सेनाको सेनापतिमा को नियुक्त हुनुभएको छ ?

➤ अशोकराज सिग्देल

  • राष्ट्रपति रामचन्द्र पौडेलले कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी सम्हालिरहनु भएका सिग्देललाई २०८१ भदौ १२ गते प्रधान सेनापति नियुक्त गर्नुभएको हो । भदौ २४ देखि लागु हुने गरी उहाँलाई प्रधान सेनापतिमा नियुक्त गरिएको हो ।

४.  नेपालको पहिलो स्वस्थ सहर घोषित हुन सफल सहर कुन हो ?

➤ धुलिखेल नगरपालिका (काभ्रेपलाञ्चोक)

  • विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले २०८१ भदौ ११ मा भर्चुअल बैठकमार्फत धुलिखेललाई एसियाको दोस्रो स्तर र नेपालको पहिलो स्वस्थ सहरका रूपमा घोषणा गरेको हो ।
  • २०७५ सालदेखि स्वस्थ सहर बनाउने अभियान सुरु गरिएको धुलिखेल नगरपालिकालाई स्वस्थ सहर घोषणा गर्नका लागि डब्लुएचओले विसं २०७८ देखि अनुगमन सुरु गरेको थियो ।
  • एसियाको दोस्रो स्तर र नेपालको पहिलो स्वस्थ सहर भएसँगै नगरपालिकाले पाँच हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरेको छ ।
  • स्वस्थ सहर घोषणाको औपचारिक प्रमाणपत्र आगामी नोभेम्बर अन्तिम साता विशेष समारोहबिच नगरपालिकाले प्राप्त गर्ने जनाइएको छ ।

५.  सन् २०२४ अगस्टमा सम्पन्न साफ यु–२० च्याम्पियनसिपको उपाधि कसले जित्यो ?

➤ बङ्गलादेश

  • सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको फाइनलमा बङ्गलादेशले नेपाललाई ४–१ ले स्तब्ध बनाएको छ ।
  • बङ्गलादेशको यो उमेर समूहमा पहिलो उपाधि हो ।
  • बङ्गलादेशका मिराजुल इस्लाम सर्वाधिक गोलकर्ता र मस्ट भ्यालुएबल प्लेयर घोषित भए ।
  • घरेलु टिम नेपालले फेयरप्ले अवार्डको सम्मान प्राप्त ग¥यो ।

६.  हङकङ साहित्यिक साझा शृङ्खलाले ‘हङकङ साहित्यिक साझा शृङ्खला पुरस्कार’ को स्थापना कहिले गरेको हो ?

➤ वि.सं. २०८१ भदौ

–  हङकङ बाहिर रहेर नेपाली वाङ्मयका क्षेत्रमा विशिष्ट योगदान दिने एक जना स्रष्टालाई सो पुरस्कार प्रदान गरिने छ ।

–  सन् २०१२ मा हङकङमा स्थापना भएको हङकङ साहित्यिक साझा शृङ्खलाले ‘शृङ्खला’ साहित्यिक सङ्गालो प्रकाशन र मासिक साहित्य शृङ्खला सञ्चालन गर्दै आएको छ ।

–  यस पुरस्कारको राशि ४५ हजार ५०५ रुपियाँ रहेको छ ।

७.  २०८१ को युवा वर्ष मोती पुरस्कार कसलाई प्रदान गरियो ?

➤ रङ्गकर्मी केदार श्रेष्ठ

  • बालसाहित्य र रङ्गमञ्चमार्फत नेपाली भाषा, कला, साहित्य र संस्कृतिमा योगदान पु¥याएबापत श्रेष्ठलाई पुरस्कृत गरिएको राष्ट्रिय युवा कोषले जनाएको छ ।
  • राष्ट्रिय विभूति मोतीराम भट्टको सम्झानामा २०४३ सालमा स्थापित सो पुरस्कार ४० वर्ष ननाघेका युवा सर्जकलाई प्रदान गरिन्छ । यस पुरस्कारको राशि ४० हजार रुपियाँसहित स्वर्ण पदक रहेको छ ।

८.  मिस्टर नेपाल–२०२४ को उपाधि पाउने को हुन् ?

➤ सन्तोष लोक्सम (झापा)

  • लोक्समले नोभेम्बरमा भियतनाममा हुने मिस्टर वल्र्ड २०२४ मा नेपालको प्रतिनिधित्व गर्ने छन् ।
  • भदौ ८ गते सम्पन्न फाइनलमा भक्तपुरका योगेश श्रेष्ठ मिस्टर ग्लोबल नेपाल–२०२४ विजेता भए । योगेशले अक्टोबर महिनामा थाइल्यान्डमा हुने मिस्टर ग्लोबल–२०२४ मा नेपालको प्रतिनिधित्व गर्ने छन् ।
  • काठमाडौँका आयुष दुलाल ‘म्यान अफ दी वल्र्ड नेपाल–२०२४’ भए ।
  • प्रतियोगितामा धरानका आदेश प्रधान पहिलो उपविजेता र हेटौँडाका आयुष बम्जन दोस्रो उपविजेता बने ।

९.  इलामको चुलाचुली–५ लाई बालमैत्री स्थानीय शासनुयुक्त वडा घोषणा कहिले गरिएको हो ?

➤ वि.सं. २०८१ भदौ ५

  • बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ अन्तर्गत ५१ वटा सूचक पूरा गरेपछि बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो ।

१०.  द बेस्ट बैङ्क इन एसेट्स क्वालिटी अवार्डबाट सम्मानित नेपालको ख वर्गको वित्तीय संस्था कुन हो ?

➤ गरिमा विकास बैङ्क (२०८१ भदौ १० गते)

  • भारतीय चेम्बर अफ कमर्सद्वारा आयोजित सेकेन्ड इमर्जिङ एसिया बैङ्किङ कन्क्लेभ एन्ड अवार्डबाट बैङ्क सम्मानित भएको छ ।

११.  स्विट्जरल्यान्डको लाकार्नो फिल्म फेस्टिभलमा बोक्कालिनो डि ओ अवार्ड जित्ने अभिनेतृ को हुन् ?

➤ थिन्ले ल्हामो (चलचित्र शाम्बाला)

  • मीनबहादुर भामद्वारा निर्देशित चलचित्र शाम्बालामा थिन्ले मुख्य पात्रको भूमिकामा रहेकी छन् ।
  • शाम्बालामा थिन्लेले बहुपति प्रथा अनुसार विवाह गरेकी डोल्पाली महिला पेमाको प्रतिनिधित्व गर्दै अभिनय गरेकी थिइन् ।

१२.  चितवन जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना भएको जिल्ला घोषणा कहिले गरियो ?

➤ वि.सं. २०८१ साउन ३२

१३.  नेपाल सरकारद्वारा मुख्य सचिवमा कसलाई नियुक्त गरियो ?

➤ एकनारायण अर्याल (भाद्र १४, २०८१)

१४.  २०८१ मा प्रदान गरिने वैकुण्ठ लाकौल पुरस्कारबाट सम्मानित हुने स्रष्टा को हुन् ?

➤ प्रा. प्रेमशान्ति तुलाधर

  • सो पुरस्कारको राशि ५० हजार रुपियाँ रहेको छ ।
  • नेपाल भाषा साहित्य शिरोमणि वैकुण्ठप्रसाद लाकौलले नेपाल भाषा, साहित्य, संस्कृतिको उत्थान गर्ने उद्देश्यसहित ३९ वर्षअघि वैकुण्ठ लाकौल पुरस्कार स्थापना गरेका थिए ।

१५.  सङ्घीयतालाई सबल बनाउने रणनीतिसहितको १० वर्षे रणनीतिक योजनाको अवधि कुन हो ?

➤ आ.व. २०७७/७८–२०८७/८८

  • सरकारले सबल सङ्घीयताको परिकल्पनालाई साकार पार्ने भन्दै चार वर्ष अघि १० वर्षीय रणनीतिक योजना तर्जुमा गरी लागु गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा तयार पारिएको सो रोडम्यापका चार रणनीतिक स्तम्भहरू :
  • सङ्घीयता कार्यान्वयन सहजीकरण
  • सार्वजनिक सेवामा मानव संसाधन व्यवस्थापन
  • स्थानीय पूर्वाधार विकासमा सहजीकरण
  • सेवा प्रवाह र सुशासन

१६.  एफटिटिएचको पूरा रूप के हो ?

➤ फाइबर टु द होम

१७.  फेसियल भेरिफिकेसन (मुहार प्रमाणीकरण) प्रयोगमा ल्याउने विश्वकै पहिलो राष्ट्र कुन हो ?

➤ सिङ्गापुर

१८.  नेपाल तथा एसियाली अध्ययन केन्द्र कहाँ रहेको छ ? 

➤ त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर परिसरमा

 

१९.  संस्मरणात्मक कृति ‘इन टु द फायर’ का लेखक को हुन् ? 

➤ सञ्चार उद्यमी क्याप्टेन रामेश्वर थापा

  • उक्त पुस्तक द्वन्द्वकालमा हेलिकोप्टर उडानका क्रममा उनले भोगेका अनुभूतिमा आधारित रहेको छ ।
  • थापाको उक्त पुस्तक नेपाली भाषामा छ वर्षअघि नै प्रकाशन भएको थियो । सोही पुस्तकमा अन्य केही घटना र प्रसङ्ग थपेर अङ्ग्रेजी भाषामा प्रकाशित गरिएको हो ।

२०.  २०८१ सालको फेडोल उत्कृष्ट सम्मान कसलाई प्रदान गरियो ? 

➤ शिवप्रसाद ढकाल (भक्त गाथा), खेमराज निरौला (क्रान्तिदूत) र अभय श्रेष्ठ (लहना र तीर)

२१.  जेबी टुहुरे स्मृति पुरस्कार (२०८१) कसलाई प्रदान गरियो ?

➤ खुसीराम पाख्रिन

  • पाख्रिनलाई मरणोपरान्त सो पुरस्कार प्रदान गरिएको हो ।
  • पुरस्कारको राशि एक लाख रुपियाँ रहेको छ ।
  • जेबी टुहुरे प्रतिष्ठानद्वारा २०७९ सालदेखि गीतसङ्गीतका क्षेत्रमा महत्वपूर्ण योगदान पुराउने प्रतिभा, दीर्घ साधक र प्रगतिशील क्षेत्रका कलाकारहरूलाई जेबी टुहुरे स्मृति सम्मान प्रदान गरिँदै आएको छ ।
  • २०७९ सालमा पहिलो पटक यो अवार्ड ‘बसाइँ हिँड्नेको ताँतीले’ गीतका रचनाकार लव प्रधानलाई प्रदान गरिएको छ ।

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 731
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 112
  • Nepal Police 8

Latest Blogs

Miss Nepal, 2026
Current Affairs

मिस नेपाल, २०२६

  • Aug 01, 2026
  • 113
Gandaki Province, H.A. (H.A.), Fifth - 2083
Past Questions

गण्डकी प्रदेश, एच.ए. (H.A.), पाँचौ - २०८३

  • Aug 01, 2026
  • 99
Second National Millet Day, 2083
Current Affairs

दोस्रो राष्ट्रिय कोदो दिवस, २०८३

  • Aug 01, 2026
  • 86
Nepal Health Service, A.H.W., Fourth - 2083/04/14
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.हे.व., चौथो - २०८३/०४/१४

  • Jul 31, 2026
  • 34
International Day Against Trafficking in Persons, 2026
Current Affairs

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस, २०२६

  • Jul 31, 2026
  • 158
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA