Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर

  • Ajnabee Khadka
  • May 29, 2024
  • 738

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर

१.  बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को बडापत्र कहिलेदेखि लागु भएको हो ?

  • सन् २०२४ मे २०
  • स्थापनाको २७ वर्षमा बिम्स्टेकको बडापत्र लागु भएको हो।
  • बिम्स्टेकका सदस्य मुलुक नेपाल, भारत, भुटान, बङ्गलादेश, श्रीलङ्का, थाइल्यान्ड र म्यानमारको सहमति अनुसार मे २० देखि सो बडापत्र लागु भएको हो।
  • सदस्य मुलुकका कार्यकारी प्रमुखहरूले सन् २०२२ मार्च ३० मा बिम्स्टेक बडापत्रमा हस्ताक्षर गरेका थिए ।
  • २७ पृष्ठ र ३६ दफामा समेटिएको उक्त बडापत्रमा बिम्स्टेकको कार्यक्षेत्र, सहकार्यका क्षेत्रहरू, संयन्त्र, सचिवालयको संरचनालगायत उल्लेख छ।
  • बडापत्रलाई बिम्स्टेकको कानुनी तथा संस्थागत ढाँचा मानिएको छ ।
  • आर्थिक, सामाजिक, प्राविधिक र वैज्ञानिक क्षेत्रहरूमा सदस्य मुलुकको साझा हितमा बिम्स्टेकले कार्य गर्ने बडापत्रमा उल्लेख छ।
  • अन्तर्राष्ट्रिय आतङ्कवाद, सीमापार अपराध, सङ्गठित अपराध, प्राकृतिक प्रकोप, जलवायु परिवर्तन तथा सरुवा रोग नियन्त्रणका लागि सहकार्य गर्ने पनि बडापत्रमा उल्लेख छ।
  • सन् १९९७ जुन ६ मा बिम्स्टेक स्थापना भएको हो।

२.  १० औँ विश्व पानी सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?

  • सन् २०२४ मे १८–२५, इन्डोनेसियाको बाली
  • नारा: “साझा समृद्धिका लागि पानी“
  • सम्मेलनमा विश्वका विभिन्न देशका नेता तथा संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिको सहभागिता रहेको थियो।
  • सम्मेलन जल संरक्षण, स्वच्छ पानी र सरसफाइ, खाद्य र उर्जा सुरक्षा तथा प्राकृतिक प्रकोपको न्यूनीकरण गरी चार विषयमा केन्द्रित रहेको थियो।

३.  १७ औँ संस्करणको आइपिएल–२०२४ को उपाधि जित्ने क्लब कुन हो ?

  • कोलकाता नाइट राइडर्स 
  • कोलकाता नाइट राइडर्स सनराइजर्स हैदरावादलाई आठ विकेटले हराएर इन्डियन प्रिमियम लिग (आइपिएल) च्याम्पियन बनेको हो।
  • कोलकाताले तेस्रो पटक आइपिएलको उपाधि जितेको हो । कोलकाता सन् २०१२ र २०१४ मा पनि च्याम्पियन बनेको थियो।
  • यस प्रतियोगितामा रोयल च्यालेन्जर्स बेङ्गलुरुका विराट कोहली सर्वाधिक रनकर्ता (७४१ रन) र हर्सल पटेल सर्वाधिक विकेट (२४ विकेट) लिने बलर बनेका । दुवैले जनही भारु १५ लाख प्राप्त गरेका छन्।

४.  भारतका पूर्वप्रधानमन्त्री राजीव गान्धीको हत्या कहिले भएको हो ?

  • सन् १९९१ मे २१
  • आक्रमणकारी श्रीलङ्काको पृथक्तावादी सङ्गठन तमिल टाइगर्ससँग आबद्ध एक महिला भएको विश्वास गरिएको छ।
  • आत्मघाती बम विस्फोटमा कम्तीमा १४ जनाको ज्यान गएको थियो।

 

५.  सबैभन्दा छिटो सगरमाथा आरोहण गरी महिला पर्वतारोहीतर्फ नयाँ कीर्तिमान कायम गर्ने आरोहीको नाम के हो ?

  • फुन्जो झाङ्मु लामा 
  • गोरखाकी ३३ वर्षीया लामा २०८१ जेठ १० गते आधार शिविरबाट १४ घण्टा ३१ मिनेटमा सर्वोच्च शिखरको चुचुरोमा पुगेकी हुन्।
  • पर्यटन विभागका अनुसार यसअघि सन् २०२१ मा हङकङकी स्याङ मिन हङले २५ घण्टा ५० मिनेटमा आरोहण गरेर सबैभन्दा छिटो सगरमाथा आरोहण गर्ने महिलाका रूपमा गिनिज बुकमा नाम लेखाएकी थिइन्।
  • जापानकी महिला आरोही जुन्को ताबेईले सर्वप्रथम सन् १९७५ मे १६ मा पहिलो महिला आरोहीका रूपमा सगरमाथा आरोहण गरेकी थिइन्।
  • न्युजिल्यान्डकी महिला आरोही लिडिया ब्राडेले सन् १९८८ अक्टोबर १४ मा महिलातर्फ बिनाअक्सिजन सगरमाथा आरोहण गर्ने महिलाका रूपमा कीर्तिमान राखेकी थिइन्।
  • पुरुषतर्फ मिङ्मा दोर्जी शेर्पाले ६ घण्टा १ मिनेटमा सगरमाथाको आरोहण गरी सर्वाधिक छिटो आरोहणको विश्व रेकर्ड कायम गरेका थिए।

६.  राष्ट्रिय साइबर सुरक्षा केन्द्रको स्थापना कहिले भएको हो ?

  • वि.सं. २०८१ जेठ १०
  • डिजिटल नेपाल फ्रेमवर्क, २०७६ को आकाङ्क्षा पूरा गर्ने उद्देश्य अनुरूप सरकारले सो केन्द्र स्थापना गरेको हो।
  • सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत साइबर सुरक्षाको विषयमा अनुसन्धान तथा विकास, साइबर सुरक्षा प्रवर्धन, जनचेतना अभिवृद्धि, साइबर सुरक्षासम्बन्धी तयारी, चुनौती पहिचान, रोकथाम, प्रतिव्रिmया तथा पुनर्लाभलगायत कामको सम्पर्क निकायका रूपमा कार्य गर्न तथा डिजिटल फरेन्सिक अनुसन्धान गर्न केन्द्र स्थापना गरिएको हो।
  • २०८० माघ ९ गतेको मन्त्रीपरिषद् बैठकले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो।
  • पछिल्लो समय विभिन्न देशमा साइबर असुरक्षा बढ्दै गएको र नेपालको सन्दर्भमा अझै बढी असुरक्षा बढ्दै गएको सन्दर्भलाई दृष्टिगत गरी केन्द्र स्थापना गरिएको हो।

७.  सुरेल सङ्ग्रहालयको स्थापना कहाँ गरिएको छ ?

  • दोलखा
  • लोपोन्मुख भाषा, संस्कृति र वेशभूषालाई जोगाउन सुरेल समुदायले सङ्ग्रहालय स्थापना गरेको हो।
  • सुरेल जाति उत्थान सेवा समाजको पहलमा गौरीशङ्कर गापा, ५ सुरीमा सङ्ग्रहालय स्थापना गरिएको हो।
  • २०७८ को जनगणना अनुसार सुरेल जातिको जनसङ्ख्या ३१८ रहेको छ।

 

८.  नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले अरनिको ललितकला राष्ट्रिय प्रज्ञा सम्मान २०८१ कसलाई प्रदान गरेको छ ?

  • कलाकारद्वय किरण मानन्धर र श्यामवदन श्रेष्ठ 
  • सो सम्मानको राशि जनही एक लाख ५० हजार रुपियाँ रहेको छ।
  • कलाकार सुरेस लवट तुलाधरलाई एक लाख रुपियाँ राशिको सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार प्रदान गरिएको छ।

★ अरनिको ललितकला पुरस्कार:

➤अरनिको राष्ट्रिय प्रज्ञा सम्मान: किरण मानन्धर र श्यामवदन श्रेष्ठ (राशि: जनही रु. एक लाख ५० हजार)

➤सर्वाेत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार: सुरेश लवट तुलाधर (राशि: रु. एक लाख)

★ राष्ट्रिय ललितकला पुरस्कार:

➤समसामयिक चित्रकला: कृष्ण लामा,

➤समसामयिक मूर्तिकला: श्रवणकुमार महर्जन,

➤परम्परागत चित्रकला: महेश्वर डङ्गोल,

➤परम्परागत मूर्तिकला: सुमन शाक्य,

➤हस्तकला: विनोद कुमार बज्राचार्य,

➤लोककला: विजयकुमार दत्त कायस्थ,

➤प्रतिस्थापन कला: टासी सलावा,

➤फोटोग्राफी: रामगोपाल वैद्य ।

  • (पुरस्कार राशि: जनही रु. ६० हजार)

➤सहिद कलाकार अनिल लामा स्मृति पुरस्कार: लक्ष्मण भुजेल

➤सहिद कलाकार बाबुराम लामा स्मृति पुरस्कार: भुवन थापा

  • (पुरस्कार राशि: रु. ५० हजार)

➤ललितकला लेखन पुरस्कार: ज्ञानेन्द्र विवश (राशि: रु. ६० हजार)

➤ललितकला पत्रकारिता पुरस्कार: सुकृत नेपाल (गोरखापत्र) र रेनुका ढकाल (दी राइजिङ नेपाल), राशि: रु. ३० हजार ।

➤प्रादेशिक उत्कृष्ट ललितकला पुरस्कार (राशि: जनही रु. ५० हजार)

  • कोशी: सामना राई (भावभङ्गीमा कला)
  • मधेश: विगुल ढकाल (समसामयिक चित्रकला)
  • बागमती: अनमोल रत्न तुलाधर (परम्परागत चित्रकला)
  • गण्डकी: भिमबहादुर रानामगर (समसामयिक मूर्तिकला)
  • लुम्बिनी: आकाश बुढामगर (समसामयिक चित्रकला)
  • कर्णाली: टोपेन्द्र डाँगी (समसामयिक मूर्तिकला)
  • सुदूर पश्चिम: महेन्द्र पुन (समसामयिक मूर्तिकला)

प्रादेशिक ललितकला विधागत पुरस्कार समसामयिक चित्रकला विधातर्फ कोशीबाट सोनी राई, मधेशबाट स्मिता श्रीवास्तव, बागमतीबाट सुदीपकुमार बस्याल, गण्डकीबाट सुदिन श्रेष्ठ, लुम्बिनीबाट खेमबहादुर घिमिरे, कर्णालीबाट सुभाष कुमार शाक्य, सुदूरपश्चिमबाट यसोदा कुमारी सिंह, समसामयिक मूर्तिकलातर्पm कोशीबाट टीकाराम, पौडेल (राशि किरण), बागमतीबाट जुनु खनाल शर्मालाई जनही ३० हजार रुपियाँ प्रदान गरिएको छ।

९.  २०८१ जेठ १३ मा महालेखा परीक्षक तोयम रायाले राष्ट्रपति समक्ष पेस गर्नुभएको महालेखा परीक्षकको ६१ औँ वार्षिक प्रतिवेदन अनुसार आव २०७९/८० मा सरकारको कुल बेरुजु कति पुगेको छ ?

  • रु. ६ खर्ब ६९ अर्ब ८६ करोड 
  • आव २०७९/८० मा सरकारको बेरुजु ९५ अर्ब ६० करोड रुपियाँ बढेको छ ।
  • आव २०७८/७९ मा एक खर्ब १९ अर्ब रुपियाँ बेरुजु थपिएको थियो ।
  • अघिल्लो आव २१.४५ प्रतिशतले बढेको बेरुजु आव २०७९÷८० मा १४.०५ प्रतिशतले बढेको छ ।
  • सबैभन्दा धेरै बेरुजु अर्थ मन्त्रालयको २५ अर्ब ४७ करोड, दोस्रोमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको १२ अर्ब रहेको छ ।
  • प्रतिवेदन अनुसार थपिएको बेरुजुमध्ये २३ अर्ब ४० करोड रुपियाँ (२४.४७ प्रतिशत) असुल गर्नुपर्ने छ भने ६५ अर्ब रुपियाँ अर्थात् ६८.०३ प्रतिशत नियमित गर्नुपर्ने छ । त्यस्तै, सात अर्ब १६ करोड रुपियाँ पेस्की देखिएको छ ।
  • महालेखाले यो वर्ष ५६०५ सरकारी कार्यालय, सङ्गठित संस्था तथा अन्य संस्थाको ७८ खर्ब ८१ अर्ब ६० करोड रुपियाँको लेखा परीक्षण गरेको थियो ।
  • बेरुजुको रकम थप हुनेमा सङ्घीय सरकारी कार्यालयको ४६ अर्ब ५३ करोड रुपियाँ छ भने स्थानीय तहको ३१ अर्ब रहेको छ ।
  • सङ्घीय कार्यालयमा १० मन्त्रालयको बेरुजु हिस्सा ९७.४२ प्रतिशत रहेको छ ।
  • बेरुजु फस्र्योट तथा सम्परीक्षण विवरण अनुसार स्थानीय तहको प्रगति उल्लेख्य रहेको । सङ्घीय सरकारी कार्यालयको बेरुजु फस्र्योट विवरण शून्य रहँदा स्थानीय तहले भने यो वर्ष १० अर्ब रुपियाँ बेरुजु फस्र्योट गरेका छ ।
  • आ.व २०७९/८० मा शून्य बेरुजु भएका पाँच स्थानीय तह : काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका, पाँचथरको याङवरक गाउँपालिका, ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिका, धादिङको बेनीघाट रोराङ गाउँपालिका, ललितपुरको कोन्ज्योसोम गाँउपालिका रहेका छन् ।

१०.  अर्थमन्त्री वर्षमान पुनद्वारा २०८१ जेठ १३ मा संसद्मा प्रस्तुत सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा अनुसार नाफामा सञ्चालित सार्वजनिक संस्थान कति रहेका छन् ?

  • २६ 
  • मुलुकभर सञ्चालनमा रहेका ४४ वटा सार्वजनिक संस्थानमध्ये २६ वटा नाफामा, १५ वटा घाटामा रहेका छन् भने तीन वटा संस्थानको कारोबार शून्य रहेको छ।

➤उच्च नाफा गर्ने पाँच वटा संस्थान:

  • नेपाल आयल निगम लिमिटेड
  • नेपाल विद्युत् प्राधिकरण
  • नेपाल दूरसञ्चार कम्पनी लिमिटेड
  • नागरिक लगानी कोष
  • निक्षेप तथा कर्जा सुरक्षण कोष

➤शून्य कारोबार भएका संस्थान:

  • जनकपुर चुरोट कारखाना लि.
  • नेपाल विद्युत् उत्पादन क.लि.
  • राष्ट्रिय प्रसारण ग्रिड कम्पनी

 

११.  आर्थिक सर्वेक्षण २०८०/८१ अनुसार चालु आवमा कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान कति रहने अनुमान छ ?

  • २४.०९ प्रतिशत
  • आर्थिक सर्वेक्षण अनुसार पछिल्लो १० वर्षमा कृषि क्षेत्रको औसत वृद्धिदर २.७५ प्रतिशत रहेको छ ।
  • गत आव २.७६ प्रतिशतले उत्पादन वृद्धि भएको थियो भने चालु आवमा ३.०५ प्रतिशतले वृद्धि हुने अनुमान छ ।
  • गत आव कुल गार्हस्थ उत्पादनमा यस क्षेत्रको योगदान २३.९२ प्रतिशत रहेको थियो ।
  • समग्रमा उत्पादन तथा उत्पादकत्व बढेको हो तर बाँझो जमिनका कारण आत्मनिर्भरतर्फ अग्रसर नभएको जनाइएको छ ।
  • सातौँ कृषि गणना २०७८ अनुसार कृषक परिवार सङ्ख्या ७.८ प्रतिशतले वृद्धि भएकोमा कृषि चलनको कुल क्षेत्रफल १२.४ प्रतिशतले घटेको छ ।
  • सातौँ कृषि गणना अनुसार कुल जनसङ्ख्याको ६६.७ प्रतिशत जनसङ्ख्या कृषक परिवारभित्र रहेका छन् भने छैटौँ कृषि गणना अनुसार ७७.६ प्रतिशत जनसङ्ख्या कृषि परिवारभित्र थियो ।

 

१२.  १२८ मेगावाट क्षमताको मेवा–तमोर जलविद्युत् आयोजनाको शिलान्यास कहिले गरिएको हो ? 

  • वि. सं २०८१ जेठ १०
  • ताप्लेजुङ जिल्लामा रहेको यो जलविद्युत् आयोजना २०८५ असोज २५ भित्र विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको छ ।
  • आयोजनाको अनुमानित निर्माण लागत २४ अर्ब ३२ करोड रुपियाँ रहेको छ ।
  • मेवाखोलाको पानी तमोरमा ल्याएर मिसाएपछि आउने जडित क्षमता १२८ मेवागाट भएकाले यसको नाम मेवा–तमोर रहेको छ ।

प्रस्तुतकर्ता : टङ्क केसी  

Categories

  • Current Affairs 799
  • Gorkhapatra 343
  • Others 1189
  • Vacancy 1
  • Past Questions 148
  • Nepal Police 9

Latest Blogs

Lumbini Province, Education Officer, Seventh Level, 2083/06/06
Past Questions

लुम्बिनी प्रदेश, शिक्षा अधिकृत, सातौँ तह, २०८३/०६/०६

  • Sep 22, 2026
  • 237
History of the establishment of the Non-Aligned Movement (NAM)
Others

असंलग्न आन्दोलन (NAM) को स्थापनाको इतिहास

  • Sep 22, 2026
  • 247
Nepal's diplomatic relations with BIMSTEC countries
Others

नेपालको बिमस्टेक (BIMSTEC) राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध

  • Sep 22, 2026
  • 132
Khardar, Fourth Level, Pre-Qualification Examination - 2083/06/04
Past Questions

खरिदार, चौथो तह, पूर्वयोग्यता परीक्षा - २०८३/०६/०४

  • Sep 21, 2026
  • 259
World Day of Peace, 2026
Current Affairs

विश्व शान्ति दिवस, २०२६

  • Sep 21, 2026
  • 71
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA