Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर

  • Ajnabee Khadka
  • May 22, 2024
  • 370

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर

१.  आनुवंशिक रूपमा परिमार्जित सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका पहिलो व्यक्ति को हुन् ? 

  • रिचर्ड स्लेम्यान
  • सन् २०२४ मार्च १६ मा उनलाई सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
  • सुँगुरको मिर्गौला प्रत्यारोपण गरेको दुई महिनामा उनको निधन भयो । उनको मृत्यु प्रत्यारोपणको परिणाम हो भन्ने यकिन नभएको चिकित्सकले जनाएका छन् ।

२.  नेपाल र गणतन्त्र कोरियाका आरोही सम्मिलित आरोहण टोलीद्वारा जुगल–१ हिमालको आरोहण कहिले गरियो ? 

  • वि.सं. २०८१ वैशाख ७
  • नेपाल र गणतन्त्र कोरियाबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसर पारी सो आरोहण गरिएको हो ।
  • सो हिमालको उचाइ ६५९१ मिटर रहेको छ ।
  • जुगल हिमालमा विदेशी पर्वतारोहीले औपचारिक आरोहण गरेको यो पहिलो पटक हो ।
  • यसअघि २०७५ चैत २६ गते सगरमाथा आरोही माया गुरुङको नेतृत्वमा जुगल हिमशृङ्खला अन्तर्गतको ६,१२६ मिटर अग्लो ग्याल्जेन पिक र २०७७ कात्तिक ४ गते सगरमाथा आरोही शर्मिला लामाको नेतृत्वमा सात जनाको टोलीले ६,१५१ मिटर अग्लो जुगल हिमाल आरोहण गरेका थिए ।

३.  नेपालको पहिलो महिला सचिव चन्द्रकला किरणको निधन कहिले भयो ? 

  • वि.सं. २०८१ वैशाख २० (९४ वर्षको उमेरमा)

२०४१ सालमा सचिव बनेकी किरणले विभिन्न मन्त्रालयको सचिवका रूपमा काम गर्नुभएको थियो ।

उहाँ २०४६ सालमा सेवा निवृत्त हुनुभएको थियो ।

४.  विश्व प्रेस स्वतन्त्रता दिवस कहिले मनाइन्छ ? 

  • मे ३
  • सन् २०२४ (३१ औँ) को नारा : विश्वका लागि प्रेस : वातावरणीय सङ्कटको सामनामा पत्रकारिता
  • संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को आयोजनामा नामिवियाको विन्डहक सहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले यो दिवस मनाउने निर्णय गरेको हो ।

५.  बारबरा फाउन्डेसनले खोजमूलक पत्रकारिता पुरस्कार–२०८१ कसलाई प्रदान गर्यो ?

  • प्रथम पुरस्कार : देवेन्द्र भट्टराई र मातृका दाहाल (राशि : रु. १६ लाख)
  • द्वितीय पुरस्कार : दीपा दाहाल (राशि : रु. छ लाख)
  • तृतीय पुरस्कार : रमेश कुमार (राशि : रु. तीन लाख)
  • फाउन्डेसनले खोजमूलक रिपोर्ट प्रकाशित गर्ने चार जना पत्रकारलाई सो पुरस्कार प्रदान गरेको हो ।
  • २०७९ वैशाखदेखि २०८० चैतसम्म प्रकाशन/प्रसारणमा आएका अनुसन्धानपरक समाचार सामग्रीमध्येबाट उक्त पुरस्कार दिइएको फाउन्डेसनले जनाएको छ ।

६.  पर्सा पूर्ण खोपयुक्त जिल्ला घोषणा कहिले भएको हो ? 

  • वि.सं. २०८१ वैशाख ३
  • पर्सामा पूर्ण खोपयुक्त कार्यक्रम २०७३ वैशाखबाट थालिएको थियो ।
  • अब मधेश प्रदेशका आठमध्ये रौतहट, धनुषा र महोत्तरी पूर्ण खोपयुक्त जिल्ला घोषणा हुन बाँकी छन् ।

७.  भिक्टोरिया फल्स कुन कुन देशको सीमामा पर्छ ?

  • जिम्बाबे र जाम्बिया

८.  सन् २०२४ जनवरीमा जर्जियामा सम्पन्न वल्र्ड राइजिङ स्टार २०२४ को शीर्ष उपाधि जित्न सफल नेपाली बालप्रतिभा को हुनुहुन्छ ?

  • लोयाङ शेर्पा
  • कपनको त्रिज्योति स्कुलमा कक्षा ७ मा अध्ययनरत लोयाङले ४० देशका बालबालिकालाई पछि पार्दै शीर्ष उपाधि जित्नुभएको हो ।
  • प्रतियोगितामा सहभागी एन्जल बाबु कडेलले ‘ट्यालेन्ट अवार्ड’ र सनिस्ता रेग्मीले ‘युरोसिया अवार्ड’ जित्नुभएको थियो ।

९. जगदुल्ला जलविद्युत् आयोजनाको उत्पादन क्षमता कति रहेको छ ? 

  • २१०६ मेवा
  • अर्धजलाशययुक्त यो जलविद्युत् आयोजना डोल्पा जिल्लामा रहेको छ ।
  • निर्माणमा जान लागेको कर्णाली प्रदेशकै ठुलो आयोजना हो ।
  • तीनै तहको सरकारको लगानी हुने पहिलो आयोजना हो ।

१०.  बद्रीकृष्ण वाङ्मय पुरस्कार–२०८० कसलाई प्रदान गरियो ? 

  • प्राडा महादेव अवस्थी
  • सुदूरपश्चिम साहित्य समाजले प्रदान गरेको यस पुरस्कारको राशि १,११,१११ ।– रुपियाँ रहेको छ ।
  • त्यस्तै, प्रभास राज्यलक्ष्मी कृति पुरस्कार–२०८० (राशि : रु. १,११,१११।–) यज्ञराज उपाध्याय (अछाम) लाई प्रदान गरिएको छ । जनकपुरका प्राडा राजेन्द्र विमललाई सोही राशिको प्रभास राज्यलक्ष्मी कृति पुरस्कार–२०७९ प्रदान गरिएको छ ।

११.  राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान २०८१ कसलाई प्रदान गरियो ? 

  • विदुर गिरी (नेपाल समाचारपत्र)
  • पुरस्कार राशि रु. ५५,५५५।– रहेको छ ।

➤सम्मानित व्यक्तित्वहरू :

  • राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान : विदुर गिरी (राशि : रु. ५५,५५५।–)
  • राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान : कृष्ण भट्टराई र राज श्रेष्ठ (राशि : जनही रु. ५१,०००।–)
  • राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार : सुरज खड्का र अशेष अधिकारी (राशि : जनही रु. ५१,०००।–)
  • मोफसल चलचित्र पत्रकारिता पुरस्कार : शिव पुन (राशि : रु. २५,०००।–)
  • राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार : मदन रिजाल (राशि : रु. २५,०००।–)
  • सङ्घले चलचित्र पत्रकारिता दिवसको अवसर पारी जेठ ७ गते ती पुरस्कार र सम्मान प्रदान गरेको हो ।

१२.  दक्षिण एसियाका लागि युनिसेफको क्षेत्रीय कार्यालय कहाँ रहेको छ ?

  • नेपाल 

१३.  सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आव २०८१/८२ को नीति तथा कार्यक्रम कहिले पेस गरियो ? 

  • वि.सं. २०८१ जेठ १ 

➤प्रमुख प्रावधान

  • नागरिकमैत्री शासन प्रणाली स्थापना तथा भ्रष्टाचार नियन्त्रण
  • सन्तुलित परराष्ट्र नीति, राष्ट्रिय स्वाभिमानको रक्षा,
  • सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित बाँकी कानुन निर्माण,
  • राष्ट्रिय आवश्यकताका क्षेत्रमा वैदेशिक सहायता परिचालन,
  • व्यावसायिक वातावरण निर्माण गरी बन्द उद्योग सञ्चालन,
  • सहकारीको नियमनका लागि विशिष्टीकृत नियामक निकाय स्थापना,

१४.  इतिहासकार ज्ञानमणि नेपालको निधन कहिले भएको हो ? 

  • वि.सं. २०८१ जेठ १
  • नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सदस्य रहिसक्नु भएका नेपालको इतिहासको खोज, अध्ययन र अनुसन्धानमा पछिल्लो समयमा समेत सक्रिय हुनुहुन्थ्यो ।
  • इतिहासकार नेपालका नेपाल निरूपण, नेपाल निरुक्त, नेपालको महाभारत, पशुपतिनाथको दर्शन, स्पर्शन, पूजन, पुराना कवितालगायत दुई दर्जन कृति प्रकाशित छन् ।
  • उहाँको जन्म विसं १९८९ माघ शुक्ल पञ्चमीमा भोजपुरमा भएको हो ।

१५. नेपाल विद्युत् प्राधिकरणका अनुसार हाल विद्युत्को जडित क्षमता कति रहेको छ ? 

  • ३०९३ मेगावाट

१६. सरकारले सेनाको व्यवस्थापनमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयमा नेसनल कोर्स (एनडिसी) कहिलेदेखि सुरु गर्ने भएको छ ?

  • वि.सं. २०८३ 
  • सोका लागि भौतिक पूर्वाधार निर्माण, पाठ्यक्रम तर्जुमाको कार्यलगायत सबै पक्षमा कार्य भइरहेको जनाइएको छ ।
  • २०८१ देखि नेसनल डिफेन्स कोर्स (एनडिसी) सुरु गर्ने भनिए पनि कोरोना र बजेटलगायत कारण एनडिसी कोर्स सञ्चालन कार्य दुई वर्षपछि धकेलिएको छ ।
  • नेपालमा यो कोर्स पहिलो पटक सञ्चालनमा ल्याउन थालिएको हो, जसमा सहायक रथी दर्जाका सैनिक अधिकृतले अध्ययनको मौका पाउँछन् । सहायक रथीबाट उपरथीमा बढुवाका लागि एनडिसी कोर्स अनिवार्य रहेको छ ।
  • सरकारले २०७६ फागुन १२ मा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति (गठन) आदेश, २०७६ जारी गरेपश्चात् पूर्वाधारको कार्य सुरु भएको थियो।
  • राष्ट्रिय सुरक्षा एवं प्रतिरक्षा सम्बन्धमा आवश्यक नीति एवं रणनीति तर्जुमा गर्ने, गहन खोज तथा अनुसन्धान एवं विश्लेषण गरी राष्ट्रिय सुरक्षालाई सुदृढ र समसामयिक बनाउन योगदान दिन सक्ने जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित विश्वविद्यालय स्थापना भएको हो ।
  • सुरुमा एनडिसी सेनाका लागि मात्रै हुने र बिस्तारै निजामती सेवा तथा अन्य सुरक्षा निकायका अधिकृतलाई पनि राष्ट्रिय सुरक्षासम्बन्धी उच्च शिक्षा दिने लक्ष्य राखिएको सेनाले जनाएको छ ।
  • काभ्रेपलाञ्चोक जिल्लास्थित बनेपा नगरपालिकाको पेरुङे डाँडामा सात सय पचास रोपनी जग्गामा विश्वविद्यालयको पूर्वाधार निर्माण भइरहेको छ ।

१७.  भुटानको संसद्लाई शोङ्दु भनिन्छ भने माल्दिभ्सको संसद्लाई के भनिन्छ ?

  • मजलिस

१८.  कोतपर्व, भण्डारखाल पर्व तथा अलौ पर्व कुन राजाको पालामा भएका घटना हुन् ?

  • राजेन्द्र विक्रम शाह

१९.  विश्वकै ठुलो पानीजहाज कुन हो ?

  • आइकन अफ दि सिज 
  • सन् २०२४ जनवरी २८ देखि यो जहाज सञ्चालनमा आएको हो ।
  • एक हजार १९७ फिट लम्बाइ भएको यो पानीजहाज २० तलायुक्त रहेको छ ।
  • जहाजमा एक पटकमा सात हजार छ सय यात्रुले यात्रा गर्न सक्छन् ।
  • रोयल क्यारेबियन ग्रुपको यो जहाजमा ४० वटा रेष्टुरेन्ट र बार, सात वटा स्विमिङ पुल तथा एउटा वाटरपार्क रहेका छन् ।
  • सुरक्षाका लागि जहाजमा करिब १७ वटा लाइफबोट राखिएको, एक लाइफबोटमा करिब ४५० मानिस अट्ने दाबी कम्पनीले गरेको छ ।
  • फ्लोडियाको मायामीमा जहाजको उद्घाटन गरिएको हो ।

२०.  नेपालले कुन आवधिक योजनादेखि वैदेशिक सहयोग लिन सुरु गरेको हो ?

  • प्रथम पञ्चवर्षीय योजना

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 640
  • Gorkhapatra 310
  • Others 1031
  • Vacancy 1
  • Past Questions 78
  • GK Loksewa Past Question Collection 0
  • Nepal Police 4

Latest Blogs

Nepal's Provincial Gross Domestic Product Estimates, 2082/83
Current Affairs

नेपालको प्रादेशिक कुल गार्हस्थ उत्पादन अनुमान, २०८२/८३

  • May 27, 2026
  • 101
Major records set during the spring Everest climbing season of 2083 BS
Current Affairs

वि.सं. २०८३ को वसन्तकालीन सगरमाथा आरोहण सिजनमा कायम भएका प्रमुख कीर्तिमानहरू

  • May 27, 2026
  • 128
The concept of a common national market: thematic questions and answers (13 Jestha 2083, Wednesday)
Gorkhapatra

साझा राष्ट्रिय बजारको अवधारणा : विषयगत प्रश्नोत्तर (१३ जेठ २०८३, बुधबार)

  • May 27, 2026
  • 17
Public Service Preparation Special: Objective Questions and Answers (13 Jestha 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१३ जेठ २०८३, बुधबार)

  • May 27, 2026
  • 106
Development of Constitutional Bodies in Nepal's Constitutional History
Others

नेपालको संवैधानिक इतिहासमा संवैधानिक निकायहरूको विकास

  • May 26, 2026
  • 74
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA