Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर

  • Ajnabee Khadka
  • May 08, 2024
  • 359

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर

१.  तेस्रो लगानी सम्मेलन कहिले सम्पन्न भएको हो ?

  • वि.सं. २०८१ वैशाख १६–१७, काठमाडौँ
  • पहिलो : विसं २०७३ फागुन १९–२०
  • दोस्रो : विसं २०७५ चैत १५–१६

२. नेपालको पहिलो व्यावसायिक फिल्म ‘माइतीघर’ का अभिनेता सिपी (चिदाम्बरम प्रसाद) लोहनीको निधन कहिले भएको हो ?

  • वि.सं. २०८१ वैशाख १७

३. राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस कहिले मनाइन्छ ?

  • मे २ 
  • सातौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८१ को नारा : समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार
  • साइबर स्पेसलाई सुरक्षित र व्यवस्थित गर्ने उद्देश्यले पहिलो पटक राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी गरिएको छ भने राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना भएको छ।
  • डिजिटल नेपाल फ्रेमवर्क २०७६ लाई आवश्यक परिमार्जन गरेर हरेक क्षेत्रलाई डिजिटलाइजेसन गर्दै डिजिटल रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्ने सरकारको लक्ष्य रहेको छ।
  • सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न निर्देशिका, २०८० जारी गरिएको छ।

४. आयुर्वेद कुन वेदको उपवेद हो ?

  • अथर्ववेद 

५. भी–२० अर्थात् भल्नरेबल–२० भनेको के हो ?

  • जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको समूहलाई भी–२० भनेर चिनिन्छ। 

६. राष्ट्रिय तथ्याङ्क कार्यालयले २०८१ वैशाख १८ मा सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को राष्ट्रिय लेखा अनुमान अनुसार मुलुकको अर्थतन्त्रको कुल आकार कति हुने अनुमान छ ?

  • रु. ५७ खर्ब चार अर्ब 
  • गत आव २०७९/८० मा अर्थतन्त्रको आकार ५३ खर्ब ४८ अर्ब रहेको थियो ।
  • सो प्रतिवेदन अनुसार आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने अनुमान ।
  • नेपालीको प्रतिव्यक्ति आय एक हजार ४५६ डलर पुग्ने अनुमान ।

✪ आर्थिक वृद्धिदर (उपभोक्ता मूल्यमा, प्रतिशत)

➤ २०७७/७८ : ४.८४

➤ २०७८/७९ : ५.६३

➤ २०७९/८० : १.९५ (संशोधित)

➤ २०८०/८१ : ३.८७ (अनुमानित)

  • सेवा क्षेत्रको वृद्धिदर ४.५० प्रतिशत,
  • कृषि तथा खानी क्षेत्र समेटिने प्राथमिक क्षेत्रको वृद्धिदर ३.०३ प्रतिशत,
  • उत्पादन क्षेत्र समेटिने द्वितीय क्षेत्रको वृद्धिदर १.२० प्रतिशत,
  • उद्योग क्षेत्रको वृद्धिदर १.६० प्रतिशतले ऋणात्मक हुने,
  • त्यस्तै निर्माण क्षेत्र २.०७ प्रतिशतले ऋणात्मक हुने,
  • आवास तथा भोजन सेवाको २१.८४ प्रतिशत, विद्युत् ग्यासको १७.४४ प्रतिशत, यातायात तथा भण्डारण सेवाको ११.८९ प्रतिशत, वित्तीय तथा बिमासम्बन्धी सेवाको ७.८० र मानव स्वास्थ्य तथा सामाजिक कार्यका व्रिmयाकलापको ५.५२ प्रतिशत वृद्धिदर हुने,
  • चालु आवमा नेपालीको वार्षिक औसत आय करिब एक लाख ९५ हजार रुपियाँ पुग्ने अनुमान गरिएको छ ।
  • चालु आ.व.मा यस्तो आय गणना गर्दा एक अमेरिकी डलरको विनिमय दर १३३ रुपियाँ ८२ पैसा कायम गरिएको,
  • आव २०८०/८१ मा कुल गार्हस्थ उत्पादनको २२.९६ प्रतिशत विप्रेषण प्राप्त हुने अनुमान । आव २०७९/८० मा २२.८२ प्रतिशत विप्रेषण प्राप्त भएको संशोधित अनुमान छ ।
  • आव २०८०/८१ मा कुल गार्हस्थ उत्पादनको ७.९४ प्रतिशत निर्यात हुने अनुमान छ । गत आवमा ६.९६ प्रतिशत रहेको संशोधित अनुमान छ ।
  • कुल गार्हस्थ उत्पादनको ३३.७० प्रतिशत आयात हुने प्रारम्भिक अनुमान रहेको छ । गत आवमा ३४.६८ प्रतिशत रहेको संशोधित अनुमान छ ।

✪ प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आय (अमेरिकी डलर)

➤ २०७६/७७ : ११८०

➤ २०७७/७८ : १२८४

➤ २०७८/७९ : १४१९

➤ २०७९/८० : १४०५

➤ २०८०/८१ : १४५६

७. सन् २०२४ मा पुरुषतर्फको लौरेस वल्र्ड स्पोर्ट्सम्यान अफ द इयर अवार्ड विजेता खेलाडी को हुन् ?

  • नोभाक जोकोभिच 

✪ सन् २०२४ को लौरस अवार्ड विजेता

  • वर्ष पुरुष खेलाडी : नोभाक जोकोभिच (टेनिस)
  • वर्ष महिला खेलाडी : आइताना बोनमती (फुटबल)
  • टिम अफ द इयर : स्पेन महिला फुटबल टोली
  • लौरेस वल्र्ड स्पोटर्स ब्रेक थ्रु अफ द इयर अवार्ड : जुड बेलिङघम (फुटबल)
  • लौरेस कमब्याक अफ द इयर अवार्ड : सिमोन बाइल्स (जिम्न्यास्टिक)
  • पारा वर्ष खेलाडी : डिडे डे ग्रुट (टेनिस)
  • एक्सन स्पोर्ट्सपर्सन : अरिसा ट्र (स्केटबोर्डिङ)
  • स्पोर्ट फर गुड अवार्ड : राफेल नाडाल (टेनिस)
  • सन् १९९९ मा स्थापित यो अवार्ड सन् २००० बाट प्रदान गर्न थालिएको ।
  • यो समग्र खेलकुदका उत्कृष्ट खेलाडीलाई वार्षिक रूपमा प्रदान गरिने अवार्ड हो ।

८. मिस इन्टर–कन्टिनेन्टल नेपाल–२०२४ को उपाधि जित्ने सुन्दरी को हुनुहुन्छ ?

  • डा. आयुष्नोभा ढुङ्गाना
  • ढुङ्गानाले ‘मिस एलिगेन्स’ को उप–उपाधिसहित मिस्टर एन्ड मिस नेसनल नेपाल–२०२४ मा मिस इन्टर कन्टिनेन्टलको उपाधि जित्नुभएको हो ।
  • प्रतियोगितामा सजिना खनालले मिस सुप्रा नेसनल २०२४ तथा धीरजकाजी बस्नेतले मिस्टर सुप्रा नेसनल–२०२४ को उपाधि हात पार्नुभयो ।
  • मिस ग्लोबल नेपाल–२०२४ को उपाधि मोनिका अधिकारी तथा मिस्टर इन्टरनेसनल नेपाल २०२४ को उपाधि क्षितिज श्रेष्ठ क्षेत्रीले जित्नुभएको छ ।

९. मधेश प्रदेशको पहिलो बालमैत्री घोषित नगरपालिका कुन हो ?

  • कञ्चनरूप नगरपालिका (सप्तरी)

१०. कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताको बिमा गर्ने कार्यको सुरुवात कहिलेदेखि गरेको हो ?

  • वि.सं. २०७५ मङ्सिर १

११. तामाङ र नेपाल भाषा बागमती प्रदेशको सरकारी कामकाजी भाषाका रूपमा कहिलेदखि लागु भएको हो ?

  • वि.सं. २०८१ वैशाख २४
  • संविधानको धारा ७ को उपधारा (२) मा नेपाली भाषाको अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसङ्ख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्र भाषालाई सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्ने उल्लेख गरिएको छ ।
  • योसँगै नेपाली भाषाका अतिरिक्त प्रदेशभित्र बहुसङ्ख्यकले बोलिने दुई वटा भाषालाई कामकाजी भाषा निर्धारण गर्ने संविधानको महत्वपूर्ण प्रावधान पहिलो पटक कार्यान्वयनमा आएको छ ।
  • प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८० राजपत्रमा प्रकाशित भएको १८० दिनपश्चात् ऐनका रूपमा लागु गरिएको हो । सो ऐन, २०८० कात्तिक २३ गते प्रमाणीकरण भई सोही दिन राजपत्रमा प्रकाशित गरिएको थियो ।
  • बागमती प्रदेश सरकारद्वारा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा बागमती प्रदेश सरकारी कामकाजी भाषा ऐन, २०८० शुभारम्भ भएको  घोषणा गरियो।
  • सो घोषणासँगै प्रदेश सरकारका सबै मन्त्रालयको साइनबोर्ड नेपाली भाषा (देवनागरी), तामाङ भाषा (तामयिक) र नेपाल भाषा (रञ्जना लिपि) मा लेखिएको राखिने छ।

१२. कर्णाली प्रदेशकै पहिलो चारतारे होटल कुन हो ?

  • सिद्धार्थ होटल (वीरेन्द्रनगर, सुर्खेत) 

(पर्यटन विभागले होटललाई चारतारे होटलमा स्तर वर्गीकरण गरेको हो।)

१३. राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार नेपालीको औसत आयु कति रहेको छ ? 

  • ७१.३ वर्ष (पुरुष : ६८.२ वर्ष र महिला : ७३.८ वर्ष)
  • राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना–२०७८ को जनसङ्ख्या साक्षरता पुस्तक तथा जनसाङ्ख्यिक सूचकमा सो कुरा उल्लेख भएको ।
  • पुरुषको तुलनामा महिलाको औसत आयु ५.६ वर्ष बढी रहेको ।
  • २०६८ को राष्ट्रिय जनगणनामा नेपालीको औसत आयु ६६.६ वर्ष थियो । सो जनगणनामा पुरुषको औसत आयु ६५.४ वर्ष र महिलाको ६८ वर्ष रहेको ।

  • पाँच दशकको अन्तरमा नेपालीको प्रजनन दरमा ह्रास आएको । कार्यालयका अनुसार २०७८ मा कुल प्रजनन दर १.९४ रहेको ।
  • २०६८ मा प्रजनन दर २.५२, २०५८ मा ३.२५, २०४८ मा ५.३९, २०३८ मा ६.२७ र २०२८ मा ६.३ थियो ।
  • शिशु मृत्युदर चार दशकमा ११७ बाट झरेर १७ कायम भएको छ । यो प्रतिहजार जीवित जन्मेका शिशुमध्ये एक वर्षको उमेर नपुग्दै मृत्यु हुने शिशुको सङ्ख्या हो ।
  • दुई दशकको अन्तरालमा बाल मृत्युदर २८.६ प्रतिशतबाट ६.१ प्रतिशत पुगेको छ ।

१४. सन् २०२४ अप्रिल–मे महिनामा सम्पन्न स्पेनिस ला लिगाको उपाधि कसले जित्यो ?

  • रियल मेड्रिड

१५. नेपाली स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले हालसम्म कति पटक रक्तदान गर्नुभएको छ ? 

  • १७८ पटक (वि.सं. २०८१ वैशाख १९ सम्म)

१६. खाद्य अधिकार अभियन्ताहरूको राष्ट्रिय सम्मेलन हालै कहाँ सम्पन्न भयो ?

  • नेपालगन्ज, २०८१ वैशाख १४–१५ 
  • सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती र मधेश प्रदेशका विभिन्न जिल्लामा खाद्य अधिकार तथा खाद्य सम्प्रभुताको क्षेत्रमा क्रियाशील खाद्य अधिकार अमियन्ताहरूको सम्मेलनले खाद्य अधिकार सुनिश्चितताका लागि १७ बुँदे नेपालगन्ज घोषणापत्र जारी गरेको छ ।
  • फियान नेपाल, राष्ट्रिय खाद्य अधिकार सञ्जाल र याक नेपालको संयुक्त आयोजनामा सम्मेलन सम्पन्न  भएको छ ।

१७. चीनले नेपाली नागरिकलाई कहिलेदेखि भिसा निःशुल्क गरेको छ ?

  • सन् २०२४ मे १

१८. गौतम बुद्धप्रति समर्पित श्लोक ‘बुद्धम् शरणम् गच्छामी ….’ कति जना कलाकारद्वारा स्वरबद्ध गरिएको छ ? 

  • १०८ जना (वि.सं .२०८१ वैशाख)

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 640
  • Gorkhapatra 310
  • Others 1031
  • Vacancy 1
  • Past Questions 78
  • GK Loksewa Past Question Collection 0
  • Nepal Police 4

Latest Blogs

Nepal's Provincial Gross Domestic Product Estimates, 2082/83
Current Affairs

नेपालको प्रादेशिक कुल गार्हस्थ उत्पादन अनुमान, २०८२/८३

  • May 27, 2026
  • 101
Major records set during the spring Everest climbing season of 2083 BS
Current Affairs

वि.सं. २०८३ को वसन्तकालीन सगरमाथा आरोहण सिजनमा कायम भएका प्रमुख कीर्तिमानहरू

  • May 27, 2026
  • 128
The concept of a common national market: thematic questions and answers (13 Jestha 2083, Wednesday)
Gorkhapatra

साझा राष्ट्रिय बजारको अवधारणा : विषयगत प्रश्नोत्तर (१३ जेठ २०८३, बुधबार)

  • May 27, 2026
  • 17
Public Service Preparation Special: Objective Questions and Answers (13 Jestha 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१३ जेठ २०८३, बुधबार)

  • May 27, 2026
  • 106
Development of Constitutional Bodies in Nepal's Constitutional History
Others

नेपालको संवैधानिक इतिहासमा संवैधानिक निकायहरूको विकास

  • May 26, 2026
  • 74
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA