Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर

  • Ajnabee Khadka
  • May 01, 2024
  • 568

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर

१.  संयुक्त राष्ट्रसङ्घले ‘क्लाइमेट प्रोमिस’ (जलवायु प्रतिज्ञा) २०२५ कहिले सुरु गरेको हो ?

  • वि.सं. २०८१ वैशाख ११
  • यो पेरिस सम्झौतामा निर्धारित तापक्रमलाई १.५ डिग्री सेल्सियसभन्दा बढी बढ्नबाट रोक्न संयुक्त विश्वव्यापी प्रयास हो।
  • राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको नेतृत्वमा यो पहल सुरु भएको हो।
  • यसले सामाजिक सञ्चार माध्यमका प्रभावशाली व्यक्तिहरू, आदिवासी नेता तथा प्रमुख निकायसहितका सरोकारवालालाई जलवायु अनुकूलनका मुद्दामा एकीकृत गर्ने छ।
  • साथै महासचिव गुटेर्रेसको ‘सबै विनाश निराशा होइन’ भन्ने महत्वपूर्ण सन्देशलाई विश्वमाझ पुर्‍याउन सो अभियान सार्थक बन्ने अपेक्षा गरिएको छ।
  • जलवायु परिवर्तनको प्रतिकार्यका लागि वित्त प्रवाह गर्न र जलवायु अनुकूलनको महत्वाकाङ्क्षा सफल बनाउन राष्ट्रसङ्घले सक्रिय पहल गर्दै आएको गुटेर्रेसले जनाएका छन्।

२. नेपाल तेक्वान्दो सङ्घले वर्षका उत्कृष्ट खेलाडीका रूपमा कसलाई सम्मानित गर्‍यो ?

  • पलेशा गोवर्धन (वि.सं. २०८१ वैशाख)

त्यस्तै वर्षका उत्कृष्ट प्रशिक्षकबाट कविराज नेगी लामा सम्मानित हुनुभएको छ।

३. छिन्नलता गीत पुरस्कार–२०८० कसलाई प्रदान गरियो ?

  • गीत रचना : वीरेन्द्र पाठक, सङ्गीत : चण्डी काफ्ले र गायन : मनिला सोताङ 
  • छिन्नलता गीत पुरस्कार गुठीले २०८० सालको लोकप्रिय युवा प्रतिभा पुरस्कार भुपु पाण्डेलाई प्रदान गरेको छ।
  • २०७९ सालका लागि गीत पुरस्कार भूषण खरेल (गीतरचना), मनराजा नकर्मी (सङ्गीत) र शिव परियार (गायन) लाई प्रदान गरिएको छ । लोकप्रिय युवा प्रतिभा पुरस्कार मेनुका पौडेललाई प्रदान गरिएको छ।

४. होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेश प्रदेश र पर्यटन व्यवसायी महिला सङ्घ (टेवान) बिच मितेरी सम्बन्ध कहिले कायम भएको हो ?

  • वि.सं. २०८१ वैशाख १५

५. गोरखाको नुब्री क्षेत्रलाई अहिंसा उपत्यका घोषणा कहिले गरिएको हो ?

  • वि.सं. २०८१ वैशाख ८
  • सेराङ गुम्बा र चुमनुब्री गाउँपालिकाको संयुक्त पहलमा नुब्री क्षेत्रलाई अहिंसा उपत्यका घोषणा गरिएको हो।
  • अहिंसा क्षेत्र घोषणा भएपछि यस क्षेत्रमा घरपालुवा तथा जङ्गली जनावर काटमार गर्न निषेध गरिएको छ।

६. नेपालको पहिलो महिला उपकुलपति को हुनुभयो ?

  • भूषण श्रेष्ठ (सुदूरपश्चिमाञ्चल विश्वविद्यालय) 

७. अल्बर्ट आइस्टाइन फाउन्डेसनले तयार पारेको सूचीमा विश्वव्यापी दूरदृष्टि राख्ने संसारका एक सय व्यक्तिमा पर्ने नेपाली को हुनुहुन्छ ?

  • डा. सन्दुक रुइत 

८. जलवायु क्लब कार्यान्वयनमा ल्याउने अन्तर्राष्ट्रिय निकाय कुन हो ?

  • जी–७
  • जलवायु परिवर्तनको प्रतिकार्यका लागि सन् २०२२ मा जर्मनीमा सम्पन्न जी–७ राष्ट्रहरूको सम्मेलनमा यो अवधारणा ल्याइएको हो।
  • सन् २०५० सम्ममा जिरो कार्बन उत्सर्जन हासिल गर्न सहयोग र सहकार्यका लागि स्थापना गरिएको हो।

९. गणतन्त्र गौरवबाट सम्मानित (वैशाख २०८१) हुने व्यक्तित्व को हुनुहुन्छ ?

  • पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी 
  • नेकपा एमालेले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापनाको ७५ वर्ष पुगेको अवसर (हीरक महोत्सव) मा पूर्वराष्ट्रपति भण्डारीलाई सो अवार्डबाट सम्मानित गरिएको हो।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र डा. बाबुराम भट्टराई तथा मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मीद्वारा संयुक्त रूपमा पूर्वराष्ट्रपति भण्डारीलाई सो सम्मान प्रदान गरिएको हो।

१०. माल्दिभ्समा सन् २०२४ अप्रिल २१ मा सम्पन्न आमनिर्वाचनमा दुई तिहाइभन्दा बढी बहुमतका साथ जित हासिल गर्न सफल पार्टी कुन हो ?

  • राष्ट्रपति मुइज्जुको पार्टी पिपुल्स नेसनल कङ्ग्रेस (पीएनसी)
  • पीएनसीले ९३ सदस्यीय सदनमा ७० सिट जितेको छ । यो विजयलाई मुइज्जुको चीनसँग घनिष्ट सम्बन्ध हासिल गर्र्ने नीतिलाई बलियो समर्थनका रूपमा हेरिएको छ।
  • पूर्वराष्ट्रपति इब्राहिम मोहम्मद सोलिहको नेतृत्वमा रहेको प्रमुख विपक्षी माल्दिभियन डेमोक्रेटिक पार्टी (एमडिपी) ले १५ सिटमा जित हासिल गरेको छ।

११. नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०८० कसलाई प्रदान गरियो ?

➤रङ्गमञ्चतर्फ : नाट्यकर्मी तथा अभिनेता हरिहर शर्मा

➤शास्त्रीय सङ्गीततर्फ : सङ्गीत साधक चन्दनकुमार श्रेष्ठ

➤सङ्गीततर्फ : गायिका तारा थापा

➤नृत्यतर्फ : जोगेन्द्र केसी

➤नाटकतर्फ : नाट्यकर्मी गोपाल देवान

➤लोक सङ्गीततर्फ : बमबहादुर कार्की

  • सो अवसरमा संस्थागततर्फ नृत्य निर्देशक सङ्घ नेपाल, माला आट्र्स एकेडेमी र सांस्कृतिक समाज नेपाल सम्मानित भएका छन्।
  • व्यक्तिगततर्फ नृत्यकर्मी नारायणीदेवी प्रधान, राधेश्याम प्रधान, केपी पौडेल, रङ्गकर्मी वीरेन्द्र हमाल, गायक रामकृष्ण दुवाल, जनपक्षीय गायक भीम मल्ल कुमाखी, प्राज्ञ माधव प्रधान, सङ्गीतकर्मी सङ्गीता प्रधान, विष्णु अधिकारी र रूपकुमार राई, गायिका कुन्ती मुक्तान, नाट्यकर्मी अविनाश श्रेष्ठ र बद्री अधिकारी एवं नाटक निर्देशक अशेष मल्ललगायतलाई सम्मान गरिएको छ।

१२. पाल्पाको तानसेनमा तीनदिने अन्तरव्यवस्थापिका भेला कहिले सम्पन्न भयो ?

  • वि.सं. २०८१ वैशाख १३–१५ सम्म
  • भेलाले सातबुँदे पाल्पा घोषणापत्र जारी गरेको छ ।
  • सङ्घीय संसद् र प्रदेश सभाका विगतका सम्मेलन, भेला, अन्तर्क्रिया र कार्यक्रमका निष्कर्ष, प्रतिबद्धता तथा घोषणाहरूलाई कार्यान्वयन गर्न गराउन अन्तरप्रदेश व्यवस्थापिका मञ्चलाई सक्रिय बनाउने घोषणापत्रमा उल्लेख छ । मञ्चमा सङ्घीय संसद्का सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका उपसभामुख, राष्ट्रिय सभाका उपाध्यक्ष, प्रदेश सभाका सभामुख, उपसभामुख रहेका छन् ।
  • मञ्चको आगामी भेला गण्डकी प्रदेश सभाले आयोजना गर्ने छ ।

१३. आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी रेमिट्यान्स भित्र्याई सम्मानित हुने बैङ्क कुन कुन हुन् ?

  • ग्लोबल आइएमई, हिमालयन र नेपाल एसबिआई बैङ्क 
  • त्यस्तै सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने रेमिट कम्पनी आइएमई लिमिटेड राष्ट्र बैङ्कबाट सम्मानित भएको छ।
  • राष्ट्र बैङ्कका अनुसार आव २०७९/८० मा १२ खर्ब २० अर्ब ५६ करोड रेमिट्यान्स भित्रिएको थियो।

१४. राष्ट्र बैङ्कका अनुसार २०८० फागुन मसान्तसम्म नेपालमा कति वटा वाणिज्य बैङ्क रहेका छन् ?

  • २०
  • २०८० फागुन मसान्तसम्म २० वाणिज्य बैङ्क, १७ विकास बैङ्क, १७ वित्त कम्पनी, ५५ लघुवित्त वित्तीय संस्था र एक पूर्वाधार विकास बैङ्क गरी बैङ्क तथा वित्तीय संस्थाको कुल सङ्ख्या ११० रहेको छ।
  • २०८० फागुन मसान्तसम्म बैङ्क तथा वित्तीय संस्थाहरूका शाखा:

➤वाणिज्य बैङ्क : ५४१

➤विकास बैङ्क : १,१३५

➤वित्त कम्पनी : २८८ र

➤लघुवित्त वित्तीय संस्था : ५,१३०

  • बैङ्क तथा वित्तीय संस्थाको प्रतिशाखाबाट औसतमा करिब दुई हजार ५१५ जनसङ्ख्याले सेवा प्राप्त गर्न सक्छन्।

१५. तनहुँको आँबुखैरेनी गाउँपालिका र चीनको साओसान सहरबिच भगिनी सम्बन्ध कहिले कायम भएको हो ?

  • वि.सं. २०८१ वैशाख १२

१६. नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल–कतार वाणिज्य परिषद् स्थापना गर्नेसम्बन्धी सम्झौतामा कहिले हस्ताक्षर भएको हो ?

  • वि.सं. २०८१ वैशाख १२ (सन् २०२४ अप्रिल २४) 

१७. ब्रिक्सको कति औँ सम्मेलनबाट नयाँ छ सदस्य थप भएका हुन् ?

  • १५ औँ 
  • ब्रिक्समा ब्राजिल, रसिया, इन्डिया, चीन र दक्षिण अफ्रिका आबद्ध रहेकामा थपिएका देशसँगै ११ सदस्यीय भएको छ ।
  • छ वटा देश सन् २०२४ जनवरी १ बाट सदस्य हुने घोषणा भएको थियो ।
  • बिक्समा थप भएका राष्ट्रहरू : अर्जेन्टिना, इजिप्ट, इथियोपिया, इरान, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (युएई)
  • ब्रिकको स्थापना सन् २००६ सेप्टेम्बरमा भएको हो । सन् २०१० मा दक्षिण अफ्रिका थप भएपश्चात् ब्रिक्स भएको हो ।
  • पहिलो ब्रिक्स सम्मेलन सन् २००९ जुन १६ मा रसियाको एकतरिनवर्गमा भएको हो ।
  • १५ औँ ब्रिक्स सम्मेलन : सन् २०२३ अगस्त २२–२४, जोहानेसवर्ग (दक्षिण अफ्रिका)

१८. पृथ्वी, चन्द्रमा र मङ्गल ग्रहबिच प्रस्तावित रेल यातायात ‘हेक्जागन स्पेस ट्र्याक सिस्टम’ कुन देशको परियोजना हो ?

  • जापान

१९. युरोकप २०२४ को आयोजना कहाँ गरिएको छ ?

  • जर्मनी, सन् २०२४ जुन १४–जुलाई १४ (सहभागी राष्ट्र : २४) 

२०. एआई सेफ्टी समिट २०२३ कहाँ आयोजना गरियो ?

  • बेलायत 
  • मिति : सन् २०२३ नोभेम्बर १–२
  • संस्करण : प्रथम
  • सम्मेलनका क्रममा भएको ब्लेच्ले डिक्लेरेसनमा २८ राष्ट्रद्वारा हस्ताक्षर भयो।
  • सम्मेलनमा ऋषि सुनक, कमला ह्यारिस, एलन मस्क, जर्जियो मेलोनी, साम अल्टम्यानलगायतको सहभागिता थियो।

२१. छैटौँ इन्डियन ओसन् कन्फरेन्स २०२३ कहाँ आयोजना गरियो ?

  • बङ्गलादेश 
  • सम्मेलनमा नेपालसहित २५ देशको सहभागिता रहेको छ।
  • सम्मेलनको नारा : शान्ति, समृद्धि र उत्थानशील भविष्यका लागि साझेदारी।

२२. नेटोको ३१ औँ सदस्यका रूपमा थपिएको राष्ट्र कुन हो ?

  • फिनल्यान्ड 
  • सन् २०२३ अप्रिल ४ मा सदस्य बनेको हो।
  • नेटोको स्थापना सन् १९४९ मा भएको हो।
  • प्रधान कार्यालय बेल्जियमको ब्रसेल्समा रहेको छ।

२३. नेपाल कुन अवधिका लागि संयुक्त राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्मा विजयी भएको छ ?

  • सन् २०२४–२०२६
  • एसिया प्यासिफिक क्षेत्रबाट नेपाल तीन वर्षे कार्यकालका लागि चयन भएको हो।
  • यस परिषद्मा ५४ सदस्य रहेका छन्।
  • ५४ सदस्यीय यस परिषद्मा नेपालसँगै पाकिस्तान र जापान पनि छनोट (सन् २०२३ जुन ८ मा) भएका छन्।
  • परिषद्मा नेपाल यसअघि सन् १९८०–१९८२, २००१–२००३ र २०१३–२०१५ गरी तीन पटक निर्वाचित भएको छ।

२४. जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता लागु गर्ने पहिलो सार्क राष्ट्र कुन हो ?

  • माल्दिभ्स 

२५. चार्ली फोस्टर भनेको के हो ?

  • साइबर अपराधविरुद्ध नेपाल र चीनद्वारा सञ्चालित अपरेसन 

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 640
  • Gorkhapatra 310
  • Others 1031
  • Vacancy 1
  • Past Questions 78
  • GK Loksewa Past Question Collection 0
  • Nepal Police 4

Latest Blogs

Nepal's Provincial Gross Domestic Product Estimates, 2082/83
Current Affairs

नेपालको प्रादेशिक कुल गार्हस्थ उत्पादन अनुमान, २०८२/८३

  • May 27, 2026
  • 101
Major records set during the spring Everest climbing season of 2083 BS
Current Affairs

वि.सं. २०८३ को वसन्तकालीन सगरमाथा आरोहण सिजनमा कायम भएका प्रमुख कीर्तिमानहरू

  • May 27, 2026
  • 128
The concept of a common national market: thematic questions and answers (13 Jestha 2083, Wednesday)
Gorkhapatra

साझा राष्ट्रिय बजारको अवधारणा : विषयगत प्रश्नोत्तर (१३ जेठ २०८३, बुधबार)

  • May 27, 2026
  • 17
Public Service Preparation Special: Objective Questions and Answers (13 Jestha 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१३ जेठ २०८३, बुधबार)

  • May 27, 2026
  • 106
Development of Constitutional Bodies in Nepal's Constitutional History
Others

नेपालको संवैधानिक इतिहासमा संवैधानिक निकायहरूको विकास

  • May 26, 2026
  • 74
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA