Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर

  • Ajnabee Khadka
  • April 17, 2024
  • 766

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर

१. नेपाल सरकारले कुन फललाई राष्ट्रिय फल घोषणा गरेको छ ? 

  • सुन्तला
  • वि.सं. २०८० चैत ३० को मन्त्रीपरिषद् बैठकले सुन्तलालाई राष्ट्रिय फलको मान्यता प्रदान गरेको छ ।
  • मुलुकभित्रको आन्तरिक उत्पादनलाई ब्रान्डिङ गर्ने उद्देश्यका साथ राष्ट्रिय फल घोषणा गरिएको हो ।
  • नेपालमा हाल सुन्तलाको वार्षिक उत्पादन एक लाख ८५ हजार टन रहेको छ ।
  • आर्थिक वर्ष २०७९/८० मा २७ हजार ८९२ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ ।
  • ४८ जिल्लामा एक हेक्टरभन्दा बढी क्षेत्रफलमा व्यावसायिक खेती गरिएको छ ।
  • अन्नबालीभन्दा सात गुना बढी लाभदायक छ ।
  • कृषिको कुल गार्हस्थ उत्पादनमा ०.९६ प्रतिशत योगदान रहेको छ ।
  • नेपालमा वार्षिक ३० अर्ब ६१ करोड रुपियाँको कारोबार हुन्छ । वार्षिक सात लाख व्यक्तिलाई यो खेतीले प्रत्यक्ष रोजगारी दिएको छ ।

२. गोरखापत्र दैनिकमा नयाँ नेपाल बहुभाषा पृष्ठ अन्तर्गत प्रकाशित हुने मातृभाषाको सङ्ख्या कति रहेको छ ? 

  • ४३
  • याक्खा र डडेलधुरेली गरी दुई मातृभाषा थप भएका छन् ।
  • यसअघि गोरखापत्र दैनिकमा नेपालीबाहेक विभिन्न ४१ मातृभाषामा समाचारमूलक सामग्री प्रकाशन हुँदै आएको थियो ।
  • २०६४ असोज १ गतेदेखि गोरखापत्र दैनिकमा नयाँ नेपाल शीर्षक अन्तर्गत विभिन्न मातृभाषामा बहुभाषा (समावेशी) पृष्ठ प्रकाशन प्रारम्भ भएको हो ।
  • मातृभाषाले राष्ट्रभाषाका रूपमा संवैधानिक मान्यता पाएपछि सञ्चार माध्यमलाई पनि समावेशी बनाउने नीति अनुरूप गोरखापत्र दैनिकमा विभिन्न राष्ट्रभाषा समावेश गरी समाचार एवं रचना प्रकाशन गर्ने निर्णय गरिएको थियो ।

३. एसियाली विकास बैङ्क (एडिबी) ले सन् २०२४ अप्रिलमा सार्वजनिक गरिएको प्रतिवेदन ‘एसियाली विकास परिदृश्य’ अनुसार सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर कति हुने अनुमान छ ?

  • ३.६ प्रतिशत 
  • यसअघि विश्व बैङ्कले आव २०८०/८१ मा नेपालको आर्थिक वृद्धिदर ३.३ प्रतिशत हासिल हुने प्रक्षेपण गरेको छ ।
  • भारतमा मुद्रास्फीति घटिरहेकाले नेपालको मूल्यवृद्धि ६ प्रतिशतको हाराहारीमा रहने एडिबीले प्रक्षेपण गरेको छ ।

४. चिकित्सा शिक्षा सुधारका निम्ति महत्वपुर्ण ठानिएको चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोग, २०२४ को प्रतिवेदन कहिले सार्वजनिक गरियो ?

  • वि.सं २०८० चैत २८ 

५. ठमेल र दरबारमार्ग क्षेत्र कहिलेदेखि चोबिसै घण्टा खोल्न थालिएको हो ?

  • वि.सं २०८१ वैशाख १
  • नयाँ वर्ष २०८१ बाट ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्णकालीन (चोबिसै घण्टा) व्यवसाय सञ्चालन गर्न थालिएको हो ।
  • उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेद्वारा ठमेल र दरबारमार्ग बजार क्षेत्र चौबिसै घण्टा व्यवसाय सञ्चालनको घोषणा गरिएको हो ।

६. हालै वातावरण र पर्यावरण क्षेत्रमा काम गर्न ‘वातावरण प्रहरी’ को व्यवस्था गर्ने महानगर कुन हो ?

  • ललितपुर महानगरपालिका 

७. विश्व बैङ्कद्वारा २०८० चैत २० मा सार्वजनिक ‘साउथ एसिया डेभलपमेन्ट अपडेट’ प्रतिवेदन अनुसार नेपालमा रोजगारीको अनुपात विगत २३ वर्षमा कति प्रतिशतले घटेको छ ?

  • ११ प्रतिशत
  • काम गर्ने जनसङ्ख्या बढ्दै गएको तर सो अनुरूप रोजगारी सिजना गर्न नसक्दा नेपालमा रोजगारीको अनुपात घट्न पुगेको विश्व बैङ्कले जनाएको ।

८. भरतपुर महानगरपालिका र कालीकोटको पचालझरना गाउँपालिकाबिच भगिनी सम्बन्ध कहिले कायम भएको हो ?

  • वि.सं २०८० चैत २६ 
  • दुई पालिकाबिच आर्थिक, सांस्कृतिक, सामाजिक तथा पर्यटकीय क्षेत्रमा सहकार्य र समन्वय गरी अगाडि बढ्ने सहमतिसहित नौ बुँदे समझदारीपत्रमा हस्ताक्षर गरी भगिनी सम्बन्ध कायम गरिएको हो ।

९. सहकालका देवता भनी चिनिने हिमाल कुन हो ?

  • अन्नपूर्ण हिमाल 

१०. सस्टेनेबल डेभलपमेन्ट सोलुसन नेटवर्कद्वारा तयार पारिएको दिगो विकास प्रतिवेदन, २०२३ अनुसार नेपाल कति औँ स्थानमा रहेको छ ?

  • ९९ औँ
  • पहिलो : फिनल्यान्ड
  • अन्तिम : दक्षिणी सुडान (१६६ औँ)
  • सार्कमा पहिलो : माल्दिभ्स (६८ औँ)
  • सार्कमा अन्तिम : अफगानिस्तान (१५८ औँ)

११. एआई सेफ्टी समिट–२०२३ कहिले र कहाँ सम्पन्न भएको हो ?

  • सन् २०२३ नोभेम्बर १–२ (प्रथम सम्मेलन)
  • सम्मेलनका क्रममा भएको व्लेच्ले डिक्लेरेसनमा २९ राष्ट्रले हस्ताक्षर गरेका छन् ।

१२. मुलुककै ठुलो विज्ञानपार्क कहाँ निर्माण हुने भएको छ ?

  • शैलुङ गाउँपालिका–८, फुस्रामाटा (दोलखा)
  • शैलुङ गाउँपालिका–८ र मेलुङ गाउँपालिका–१ सिमानामा बन्ने सो पार्क निर्माणका लागि सामुदायिक वनले ५० रोपनी जग्गा उपलब्ध गराएको छ ।
  • पार्कको निर्माण लागत अनुमान दुई करोड ७२ लाख रुपियाँ रहेको छ ।

१३.  हालै (२०८० चैत) जैविक विविधतासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कहाँ सम्पन्न भयो ?

  • पोखरा
  • २०८० चैत २७–३० सम्म सम्मेलन आयोजना गरियो ।
  • ३२ देशका दुई सयभन्दा बढी जैविक विविधता एवं कृषिसँग सम्बन्धित विज्ञ र सरोकारवालाको सहभागिता रह्यो ।
  • सम्मेलनको उद्घाटन कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी शाहद्वारा गरियो ।

१४. नेपाल व्यवस्थापन सङ्घका अनुसार आव २०८०/८१ मा नेपालको आर्थिक वृद्धिदर कति हुने अनुमान छ ?

  • ३.०९ प्रतिशत
  • सङ्घले २०८० चैत २५ मा सार्वजनिक गरेको तथ्याङ्कमा सो उल्लेख गरिएको छ ।
  • गत आवमा १.९ प्रतिशतको आर्थिक वृद्धि हासिल भएकोमा चालु आवमा ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने सरकारी लक्ष्य छ ।
  • नेपालमा गैरसरकारी संस्थाबाट जिडिपीको गणना गरिएको यो पहिलो पटक हो ।
  • नेपालमा जिडिपीसम्बन्धी अनुमानित र आधिकारिक तथ्याङ्क सार्वजनिक गर्ने अधिकार राष्ट्रिय तथ्याङ्क कार्यालयलाई मात्रै छ । विश्व बैङ्क जस्ता अन्तर्राष्ट्रिय निकायहरूले भने विशेष अधिकार प्रयोग गरेर जिडिपी वृद्धिको अनुमानित तथ्याङ्क सार्वजनिक गर्दै आएका छन् । त्यसबाहेकका निकाय तथा संस्थालाई जिडिपीको अनुमान गर्ने कानुनी अधिकार छैन ।

१५. गण्डकी प्रदेशको दोस्रो आवधिक योजना (२०८१/८२–२०८५/८६) को आधारपत्र अनुसार योजनाको अन्त्यसम्ममा कति मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ ?

  • २००० मेगावाट 

१६. नेपालकै लामो ट्रेल रेस प्रतियोगिताका रूपमा चिनिने मञ्जुश्री ट्रेल रेस उपाधि विजेता धावक को हुनुहुन्छ ?

  • अर्जुन कुलुङ
  • सय माइलको रेसमा उहाँले आफ्नै रेकर्ड तोड्दै च्याम्पियनसिप ट्रफी जित्नुभएको छ । उहाँले २६ घण्टा ५० मिनेट १५ सेकेन्डमा दौड पूरा गर्नुभएको छ ।
  • बेलायतका अलिस्टेयर मेस्सन २८ घण्टा २८ मिनेट ३५ सेकेन्डका साथ उपविजेता हुनुभयो ।
  • त्यस्तै ३३ घण्टा ५७ मिनेट ४० सेकेन्डमा रेस पूरा गरेका विजय मगर तेस्रो हुनुभयो ।

१७. सन् २०२४ मा भारतमा आयोजित एसएमएस फ्रेन्डसिप कप त्रिकोणीय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि कसले जित्यो ?

  • नेपाल 

१८. हेमराज पहारी स्मृति पुरस्कार–२०८० कसलाई प्रदान गरियो ?

  • साहित्यकार सरुभक्त (राशि : एक लाख रुपियाँ)

१९. भीम विराग सङ्गीत, साहित्य कला प्रतिष्ठान नेपालले बिजुली माया वन : श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार–२०८० कसलाई प्रदान ग¥यो ?

  • गीतकार राजेन्द्र थापा 
  • पुरस्कार राशि एक लाख रुपियाँ रहेको छ ।
  • त्यसै गरी गायिका निशा देसार भीम विराग युवा सङ्गीत पुरस्कार (राशि : २५ हजार रुपियाँ) बाट सम्मानित हुनुभएको छ ।

२०. अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा लगातार छ छक्का प्रहार गरी दुर्लभ कीर्तिमान कायम गर्न सफल नेपाली खेलाडी को हुनुहुन्छ ? 

  • दीपेन्द्र सिंह ऐरी
  • नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर ऐरीले अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा लगातार छ छक्का प्रहार गर्ने पाँचौँ खेलाडीको रेकर्ड बनाउनुभएको छ ।
  • ओमानमा भएको एसिसी प्रिमियर कपमा कतारविरुद्ध नेपालका फिनिसर ऐरीले कतारका मध्यम गतिका बलर कमरान खानले फालेको अन्तिम ओभरमा लगातार छ छक्का प्रहार गर्नुभएको हो ।
  • अन्तर्राष्ट्रिय टी–२० मा एक ओभरमै छ छक्का हान्ने दीपेन्द्र तेस्रो खेलाडी बन्नुभएको छ । यसअघि यो कीर्तिमान भारतका युवराज सिंह र वेस्टइन्डिजका किइरोन पोलार्डका नाममा रहेको छ ।
  • ओडिआईमा दक्षिण अफ्रिकाका हर्सेल गिभ्स र अमेरिकाका जसकरन मल्होत्राले एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए ।
  • दीपेन्द्रको नाममा सर्वाधिक कम बलमा अन्तर्राष्ट्रिय टी–२० अर्धशतक (चीनको हाङझोउमा भएको १९ औँ एसियाडमा मङ्गोलियाविरुद्ध) को अमर विश्व कीर्तिमान पनि रहेको छ ।

२१. मनिराज वाङ्मय पुरस्कार कसलाई प्रदान गरियो ? 

  • साहित्यकार वासुदेव त्रिपाठी र चूडामणि बन्धु
  • पुरस्कार राशि एक लाख रुपियाँ रहेको छ ।
  • २०७८ र २०७९ सालमा प्राविधिक कारणवश पुरस्कार वितरण हुन नसकेकाले यस वर्ष एकै पटक दुई जनालाई प्रदान गरिएको हो ।

२२. रमणीय हाँडीकोट टापुकहाँ रहेको छ ? 

  • बागलुङ
  • बागलुङको जैमिनी नगरपालिका–१०, राङ्खानीमा हाँडीकोट रहेको छ ।
  • जिल्लाको तेस्रो उच्च स्थानका रूपमा रहेको हाँडीकोट समुद्र सतहदेखि दुई हजार १९५ मिटरको उचाइमा अवस्थित छ ।
  • हाँडीकोट चौबिसे राज्यका पालामा रहेको भुरेटाकुरे राज्य अन्तर्गत गनिन्छ ।
  • यो ठाउँ सूर्योदय र सूर्यास्तको अवलोकनका लागि पनि उपयुक्त मानिन्छ ।
  • तानसेन, बुटवल र गोरखपुरसम्मका ठाउँ नियाल्न सकिने यस डाँडाबाट माछापुच्छ्रे हिमाल र अन्नपूर्ण हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ ।

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 640
  • Gorkhapatra 310
  • Others 1031
  • Vacancy 1
  • Past Questions 78
  • GK Loksewa Past Question Collection 0
  • Nepal Police 4

Latest Blogs

Nepal's Provincial Gross Domestic Product Estimates, 2082/83
Current Affairs

नेपालको प्रादेशिक कुल गार्हस्थ उत्पादन अनुमान, २०८२/८३

  • May 27, 2026
  • 101
Major records set during the spring Everest climbing season of 2083 BS
Current Affairs

वि.सं. २०८३ को वसन्तकालीन सगरमाथा आरोहण सिजनमा कायम भएका प्रमुख कीर्तिमानहरू

  • May 27, 2026
  • 128
The concept of a common national market: thematic questions and answers (13 Jestha 2083, Wednesday)
Gorkhapatra

साझा राष्ट्रिय बजारको अवधारणा : विषयगत प्रश्नोत्तर (१३ जेठ २०८३, बुधबार)

  • May 27, 2026
  • 17
Public Service Preparation Special: Objective Questions and Answers (13 Jestha 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१३ जेठ २०८३, बुधबार)

  • May 27, 2026
  • 106
Development of Constitutional Bodies in Nepal's Constitutional History
Others

नेपालको संवैधानिक इतिहासमा संवैधानिक निकायहरूको विकास

  • May 26, 2026
  • 74
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA