Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर

  • Ajnabee Khadka
  • April 03, 2024
  • 771

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर

१. नेपालमा उत्पादित हाइड्रोजनबाट पहिलो पटक सवारीसाधन सञ्चालन कहिले गरियो ?

  • वि.सं. २०८० चैत १८ 
  • काठमाडौँ विश्वविद्यालय (केयु) ले काभ्रेको धुलिखेलस्थित आफ्नै परिसरमा हाइड्रोजन रिफ्युलिङ स्टेसन निर्माण गरी हाइड्रोजन इन्जिनयुक्त कारमा हरित हाइड्रोजन भरी गुडाइएको छ ।
  • इलेक्ट्रोलाइसिस पद्धतिमार्फत पानी खण्डीकरण गरी हाइड्रोजन उत्पादन गरिएको छ ।
  • यस स्टेसनबाट करिब ४० देखि ४५ युनिट विद्युत् खपत गरी १० लिटर पानी खण्डीकरण गरेर दैनिक दुई किलो हाइड्रोजन उत्पादन गरिएको छ । त्यति इन्धनबाट एउटा कार दुई सय किलोमिटर गुड्छ ।

२. अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठान, बेलायतले प्रदान गर्दै आएको अनेवा नक्षत्र पुरस्कार–२०२२ बाट सम्मानित स्रष्टा को हुनुहुन्छ ?

  • गीता रेग्मी (२०८० चैत १४ मा प्रदान, राशि : ७५ हजार रुपियाँ)
  • ‘प्रशान्तको तीरैतीर’ नियात्रा सङ्ग्रहका लागि प्रतिष्ठानले रेग्मीलाई सो पुरस्कारबाट सम्मानित गरेको हो ।
  • सो नियात्रा कृतिमा विदेशलाई नेपालीले हेर्ने दृष्टि, विदेशमोह, बिदेसिने संस्कृति, डायस्पोरा चेतना आदि विषयलाई गहन रूपमा उठान गरिएको छ ।

३. नेपाल उद्योग परिसङ्घ (सिएनआई) अन्तर्गत महिला नेतृत्व फोरमको आयोजनमा प्रथम प्रादेशिक महिला नेतृत्व कृषि सम्मेलन–२०२४ कहिले सम्पन्न भएको हो ?

  • वि.सं. २०८० चैत १७ र १८ 
  • सम्मेलनमा १६ बुँदे चितवन घोषणापत्र जारी गरिएको छ ।

४. पे्रसिडेन्ट लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित (अमेरिकामा) नेपाली मूलका युवा को हुनुहुन्छ ?

  • प्रवीण भण्डारी 
  • चार हजार एक सय घण्टा स्वयंसेवा गरी आफ्नो समुदाय र समाजमा योगदान दिएको भन्दै अमेरिकी सरकारको एक महìवपूर्ण अवार्ड प्रदान गरिएको हो ।
  • पर्वतका भण्डारीले अमेरिकामा रही नेपाली समुदाय तथा अमेरिकी समुदायलाई कोभिड–१९ र अन्य समयमा समेत सहयोग गर्दै आएका थिए ।

५. कृषि व्यवसाय एवं उपभोक्ताको हितलाई ध्यानमा राखी कृषि मूल्य सूचना प्रणाली कुन प्रदेशमा सञ्चालनमा ल्याइएको छ ?

कोशी प्रदेश (वि.सं. २०८० चैत १४ बाट)

यो प्रणालीमा कोशी प्रदेशका तीन ठुला कृषि बजार बिर्तामोड, धरान र इनरुवाको थोक तथा खुद्रा मूल्य समावेश गरिएका छन् । विराटनगरको कृषि बजार भने हाल मूल्य सूचना प्रणालीमा समावेश भएको छैन ।

६. यस वर्ष (२०८०) को महामूर्ख सम्मेलनमा महामूर्खको उपाधि कसलाई प्रदान गरियो ?

  • रामचन्द्र मण्डल (मधेश प्रदेश सभाका सभामुख)
  • सम्मानित व्यक्तित्वहरू:
  • महामूर्खको उपाधि : रामचन्द्र मण्डल, सभामुख, मधेश प्रदेश
  • पटमूर्खको उपाधि : सुभाषचन्द्र शिवाकोटी
  • मूर्ख महामण्डलेश्वरको उपाधि : प्रेम विदेह ललन
  • सदावहार मूर्खको उपाधि : महावीर दास
  • वैशाखानन्दको उपाधि : दिनेश पूर्वे
  • स्थायी मूर्खको उपाधि : सुवासचन्द्र साह
  • मिथिलाको कला संस्कृतिलाई संरक्षण र संवर्धन गर्ने उद्देश्यले मिथिला नाट्यकला परिषद् (मिनाप) ले विसं २०६१ देखि होली पर्वको अवसरमा महामूर्ख सम्मेलन आयोजना गर्दै आएको छ ।

७. एसियाज फिफ्टी बेस्ट रेस्टुरेन्ट्स अवार्डले सार्वजनिक गरेको रेस्टुरेन्टको सूचीमा एसियाको पहिलो स्थानमा रहन सफल रेस्टुरेन्ट कुन हो ?

  • सेजेन रेस्टुरेन्ट (टोकियो) 
  • टोकियोकै फ्लोरिलेज रेस्टुरेन्ट सूचीको दोस्रो स्थानमा पर्न सफल भएको छ ।
  • सन् २०२४ मा एसियाका उत्कृष्ट १० रेस्टुरेन्ट
  1.  सेजेन (टोकियो)
  2.  फ्लोरिलेज (टोकियो)
  3. गगन आनन्द (बैङ्कक)
  4. दी चेयरम्यान (हङकङ)
  5. विङ (हङकङ)
  6. नुसारा (बैङ्कक)
  7.  सुहरिङ (बैङ्कक)
  8. डेन (टोकियो)
  9. ला सीम (ओसाका)
  10. ओडेट्टी (सिङ्गापुर)

८. वि.सं. २०८० चैत १५ देखि सञ्चालित एसइई परीक्षामा मुलुकभर कति परीक्षार्थी रहेका छन् ?

  • पाँच लाख चार हजार ४१४ 
  • छात्र : दुई लाख ५३ हजार ६२७
  • छात्रा : दुई लाख ५० हजार ७७२
  • सबैभन्दा बढी परीक्षार्थी काठमाडौँका ३८ हजार ८१३ जना र सबैभन्दा कम जापान परीक्षा केन्द्रमा २३ जना छन् ।
  • यस पटकबाट परीक्षार्थीको प्राप्ताङ्कलाई आठ वटा ग्रेडमा विभाजन गरेर नतिजा प्रकाशन गरिने छ । गत वर्षसम्म नौ वटा ग्रेडमा नतिजा प्रकाशन गर्ने गरिएको थियो ।
  • यस पटकदेखि परीक्षार्थीले हरेक विषयमा सैद्धान्तिकतर्पm न्यूनतम ३५ प्रतिशत र आन्तरिक मूल्याङ्कनतर्फ ४० प्रतिशत ल्याउनैपर्ने छ ।
  • दुई विषयसम्म ननग्रेडेड (एनजी) ल्याउनेलाई ग्रेड वृद्धिको मौका दिइने छ ।
  • यस वर्षदेखि परीक्षा सञ्चालन हुने सात वटै विषयमा २५ अङ्कको आन्तरिक मूल्याङ्कन हुने छ भने ७५ अङ्कको सैद्धान्तिक परीक्षा हुने छ ।

९. मातृभाषा राष्ट्रिय सेवा पुरस्कार–२०८० कसलाई प्रदान गरियो ?

  • दुर्गालाल श्रेष्ठ

१०. एचथ्री नामक नयाँ पुस्ताको रकेटको सफल परीक्षण गर्ने राष्ट्र कुन हो ?

  • जापान 

११. सुनथराली विमानस्थल कहाँ रहेको छ ?

  • कालीकोट (नरहरिनाथ गाउँपालिका–१, कोटवाडा)
  • वि.सं. २०८० फागुन १४ मा विमानस्थल उद्घाटन गरिएको हो ।
  • यस विमानस्थलको धावनमार्गको लम्बाइ ६४० मिटर र चौडाइ २० मिटर छ ।
  • सुनथराली विमानस्थल दुवै तर्फबाट हवाईजहाज अवतरण गर्न सकिने नेपालकै पहिलो विमानस्थलका रूपमा रहेको छ ।

१२. राष्ट्रिय बिमा नीति कहिलेदेखि कार्यान्वयनमा आएको छ ?

  • वि.सं. २०८० फागुन 
  • बिमा सेवा सुरु भएको साढे सात दशकपछि सरकारले राष्ट्रिय बिमा नीति ल्याइएको हो ।
  • वि.सं. २०८० मङ्सिर २४ को मन्त्रीपरिषद् बैठकले बिमा नीति–२०८० स्वीकृत गरेको हो ।
  • नेपाल बैङ्कको लगानीमा २००४ सालमा नेपाल माल चलानी तथा बिमा कम्पनी (हालको नेपाल इन्स्योरेन्स) स्थापना भएको थियो ।
  • सोपश्चात् २०२४ सालमा राष्ट्रिय बिमा संस्थान (हालको राष्ट्रिय जीवन बिमा कम्पनी) र २०२५ मा नियामक निकाय बिमा समिति (हालको नेपाल बिमा प्राधिकरण) स्थापना भएको हो ।

      ✺ प्रमुख प्रावधान:

  • बिमा क्षेत्रमा भएको लगानीयोग्य पुँजीलाई राष्ट्रिय पूर्वाधार विकास र उत्पादनशील क्षेत्रमा परिचालन गर्ने,
  • गरिबीको रेखामुनि रहेकालाई बिमा शुल्कमा छुट,
  • बिमा कलेज स्थापना,
  • बिमा क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको लेखा प्रणाली,
  • सामूहिक कोषमार्फत भूकम्प, हवाई, कृषि र लघुबिमा सञ्चालन,
  • बिमा क्षेत्रको की पर्फर्मेन्स इन्डिकेटर बनाइने,
  • वातावरणीय प्रभाव र गरिबीको दृष्टिले जोखिममा रहेका व्यवसायीको बिमा,
  • भूगोल र समय अनुसार फरक फरक बिमा,
  • विदेशमा रहेका नेपालीलाई बिमाको दायरामा,
  • पुनर्बिमा विदेशी मुद्रा आर्जनको माध्यम बनाइने,
  • बिमामा हुन सक्ने ठगी एवं जालसाजी नियन्त्रण,
  • भूगोल र समाज अनुसार फरक फरक बिमा,

१३. मातृभूमि राष्ट्रिय सम्मान–२०८० कसलाई प्रदान गरियो ?

  • संस्कृतिविद् डा. जगमान गुरुङ 

१४. संसद्को एउटा अधिवेशनको समाप्ति र अर्को अधिवेशनको प्रारम्भका बिचको अवधि कति समयभन्दा बढी हुनु हुँदैन ?

  • छ महिना

१५. पाकिस्तानका राष्ट्रपिता भनेर कसलाई चिनिन्छ ?

  • मोहम्मद अलि जिन्ना 

१६. नयाँ सत्ता गठबन्धनको निर्माणसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा चार सदस्यीय मन्त्रीमण्डलको गठन कहिले गरियो ?

  • वि.सं. २०८० फागुन २१
  • प्रधानमन्त्री प्रचण्डद्वारा पुराना सबै मन्त्री हटाई फागुन २१ मा एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डोलप्रसाद अर्याललाई मन्त्री नियुक्त गरिएको हो ।
  • सत्ता समीकरण बदलिएपछि फागुन २१ मा चार दलको बैठकद्वारा आठ बुँदे सहमति गरियो । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, रास्वपाका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवद्वारा सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

१७. विश्वमा सर्वप्रथम ओजोन तह सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कहिले र कहाँ भएको थियो ?

  • सन् १९८७, क्यानडाको मन्ट्रियल 

१८. दिगो विकास लक्ष्यको ‘फाइभ पी’ भन्नाले के के बुझिन्छ ?

  • पिपुल, प्लानेट, प्रोस्परिटी, पिस एन्ड पार्टनरसिप (मानिस, ग्रह, समृद्धि, शान्ति, साझेदारी) 

१९. दण्डपाणि–नन्दकुमारी अज्र्याल राष्ट्रिय पुरस्कार–२०८० कसलाई प्रदान गरियो ?

  • सीमाविद् बुद्धिनारायण श्रेष्ठ 
  • पुरस्कार राशि ५० हजार रुपियाँ रहेको छ ।
  • यो पुरस्कार इतिहास, साहित्य, संस्कृति, ज्योतिष, समाज सेवालगायतका विविध विषयमा राष्ट्रियस्तरमा योगदान पु¥याउनेलाई २०६३ सालदेखि प्रत्येक वर्ष प्रदान गरिँदै आएको छ ।

२०. बान्तवा भाषाको शब्दकोश कहिले प्रकाशित भएको हो ?

  • वि.सं. २०८० चैत 
  • ‘बान्तवा शब्दकोश’ बान्तवा–नेपाली–अङ्ग्रेजी भाषामा रहेको छ ।
  • नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँला, बान्तवा शब्दकोश तथा व्याकरण निर्माण समितिका अध्यक्ष कुलबहादुर राई, किराँत राई यायोक्खाका उपाध्यक्ष युवराज राईलगायतद्वारा २०८० चैत १४ मा सार्वजनिक गरिएको हो ।
  • ११ वर्षअघि कुलबहादुर राईको अध्यक्षतामा बान्तवा शब्दकोश तथा व्याकरण निर्माण समिति बनेको थियो । समितिले भाषा वैज्ञानिक प्राडा नोवलकिशोर राईको संयोजकत्वमा शब्दकोश निर्माण सम्पादक मण्डल गठन गरेको थियो । सदस्यमा पदमकुमार राई, नीराजन राई तथा डिक बान्तवा थिए ।

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 799
  • Gorkhapatra 343
  • Others 1189
  • Vacancy 1
  • Past Questions 148
  • Nepal Police 9

Latest Blogs

Lumbini Province, Education Officer, Seventh Level, 2083/06/06
Past Questions

लुम्बिनी प्रदेश, शिक्षा अधिकृत, सातौँ तह, २०८३/०६/०६

  • Sep 22, 2026
  • 233
History of the establishment of the Non-Aligned Movement (NAM)
Others

असंलग्न आन्दोलन (NAM) को स्थापनाको इतिहास

  • Sep 22, 2026
  • 239
Nepal's diplomatic relations with BIMSTEC countries
Others

नेपालको बिमस्टेक (BIMSTEC) राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध

  • Sep 22, 2026
  • 132
Khardar, Fourth Level, Pre-Qualification Examination - 2083/06/04
Past Questions

खरिदार, चौथो तह, पूर्वयोग्यता परीक्षा - २०८३/०६/०४

  • Sep 21, 2026
  • 259
World Day of Peace, 2026
Current Affairs

विश्व शान्ति दिवस, २०२६

  • Sep 21, 2026
  • 71
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA