Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर

  • Ajnabee Khadka
  • March 20, 2024
  • 718

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर

१. राष्ट्रिय सभा अध्यक्षमा को निर्वाचित हुनुभएको छ ?

  • नारायणप्रसाद दाहाल
  • वि.सं. २०८० फागुन २९ मा भएको निर्वाचनमा नारायण दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा उपस्थित ५६ जनामध्ये ३९ मत परेको थियो भने प्रस्तावको विपक्षमा १७ मत परेको थियो ।
  • दाहालले शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएपछि सिंहदरबार पुगेर सोही दिन पदभार ग्रहण गर्नुभयो ।
  • उहाँ २०२७ सालमा अनेरास्ववियुको सदस्यता लिई विद्यार्थी राजनीतिमा प्रवेश गर्नुभएको थियो ।
  • २०६३ सालमा गठित अन्तरिम व्यवस्थापिका संसद्को सदस्य बन्नुभएका दाहाल २०६४ सालमा सम्पन्न पहिलो संविधान सभा निर्वाचनमा चितवन–३ बाट निर्वाचित हुनुभयो।
  • २०७८ चैत २५ गते राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा मनोनीत हुनुभएका दाहाल बाँकी कार्यकालका लागि अध्यक्ष बन्नुभएको छ।

२.  अन्तर्राष्ट्रिय महिला दिवस कहिले मनाइन्छ ?

  • मार्च ८ 
  • (११४ औँ (सन् २०२४) को नारा ‘महिलामा लगानी : सभ्य र समुन्नत समाजको थालनी’

३.  आर्थिक विकासमा देशभरमै उत्कृष्ट भई म्युनिसिपल एक्सिलेन्स अवार्ड प्राप्त गर्न सफल नगर कुन हो ?

  • बुटवल उपमहानगरपालिका 

४.  देशभरका नगरपालिकामध्ये सामाजिक क्षेत्रमा उत्कृष्टता हासिल गर्दै सम्मानित हुन सफल नगरपालिका कुन हो ?

  • गौर नगरपालिका (रौतहट)
  • नेपाल नगरपालिका सङ्घको ३१ औँ वार्षिकोत्सवका अवसरमा काठमाडौँमा आयोजित कार्यव्रmममा गौरलाई उत्कृष्ट नगरपालिकाको पुरस्कार प्रदान (२०८० फागुन) गरिएको हो ।
  • गत वर्ष गौर नगरपालिका मधेश प्रदेशमै सबै क्षेत्रमा पहिलो स्थानमा थियो ।

५.  संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले सन् २०२४ मार्चमा सार्वजनिक गरेको प्रतिवेदन अनुसार मानव विकास सूचकाङ्कमा नेपाल कति औँ स्थानमा रहेको छ ?

  • १४६ औँ 
  • अध्ययन गरिएका १९३ राष्ट्रमध्ये नेपाल १४६ औँ स्थानमा रहेको छ ।
  • मानव विकास सूचकाङ्कमा नेपालको तीन स्थान सुधार भएको छ ।
  • तीन वर्षअघि सन् २०२१ मा नेपाल १४९ औँ स्थानमा थियो । सन् २०२१ को तुलनामा नेपालको मानव विकास सूचकाङ्कमा ०.०१० ले प्रगति भएको छ ।
  • ‘गतिरोधको अन्त्य: ध्रुवीकृत विश्वमा सहकार्यको पुनर्कल्पना’ शीर्षकको सन् २०२३÷२४ को प्रतिवेदन अनुसार नेपालको मानव विकास सूचकाङ्क मान ०.६०१ पुगेको छ।
  • नेपाल मध्यम मानव विकास श्रेणीको वर्गमा परेको छ । मध्यम मानव विकास श्रेणी भन्नाले मानव विकास सूचकाङ्कको मान ०.५५० देखि ०.६९९ बिचको श्रेणीलाई बुझिन्छ ।
  • सन् १९९० देखि २०२२ सम्म नेपालको प्रतिव्यक्ति कुल राष्ट्रिय आय (जिएनआई) १६५.७ प्रतिशतले परिवर्तन भएको छ ।
  • नेपालको प्रतिव्यक्ति कुल राष्ट्रिय आय ४०२३ अमेरिकी डलर रहेको प्रतिवेदनको आकलन छ । गत वर्षको प्रतिवेदनमा यो ३,८७७ डलर थियो भने २०२०÷२१ मा २,७४८ अमेरिकी डलर थियो।
  • सन् १९९० मा ०.३९५ रहेको नेपालको मापन २०२२ सम्म आइपुग्दा ०.६०१ पुगेको र त्यस अवधिमा नेपालको जन्ममा सरदर १५.७ वर्ष, विद्यालय जाने अपेक्षित वर्ष २.१ वर्ष र प्रतिव्यक्ति कुल राष्ट्रिय आय (जिएनआई) करिब १६५.७ प्रतिशतले परिवर्तन भएको प्रतिवेदनमा उल्लेख छ ।
  • सन् २०२३ मा मानव विकासको असर सवैभन्दा बढी अफगानिस्तान र युक्रेनमा परेको छ ।
  • मानव विकासको उच्च स्थानमा स्विट्जरल्यान्ड, नर्वे, आइसल्यान्ड हङकङ, डेनमार्क रहेका छन्।

६.  बद्री पहाडी समाजसेवा पुरस्कार–२०८० कसलाई प्रदान गरियो ?

  • अधिकारकर्मी डा. विष्णुमाया परियार (पुरस्कार राशि : एक लाख १० हजार रुपियाँ) 
  • अभियन्ता डा. परियारको जीवनकथा अमेरिकाको म्यासाच्युसेट्स राज्यको शिक्षा विभागद्वारा कक्षा ७ को पाठ्यक्रममा समेत संलग्न छ ।

७.  अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का अध्यक्ष ग्रेग बार्क कहिले काठमाडौँ आएका हुन् ?

  • सन् २०२४ मार्च १८

८.  नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सातौँ संस्करण कहिले सञ्चालन भएको हो ?

  • वि.सं. २०८० चैत १–५

९.  आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको स्थापना कहिले भएको हो ?

वि.सं. २०५८ फागुन १२

१०.  सर्वप्रथम सुशासन शब्दको प्रयोग कहिले भएको हो ?

  • सन् १९८९ (विश्व बैङ्कद्वारा)

११.  संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार आयोगको स्थापना कहिले भएको हो ?

  • सन् १९४६ 

१२. जात्रा, पर्वको सहर भनेर कुन सहरलाई चिनिन्छ ? 

  • भक्तपुर

१३.  पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा कहिले गरिएको हो ?

  • वि.सं. २०८० चैत ४
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गरिएको हो ।
  • पर्यटन राजधानी घोषणाले समग्र गण्डकी प्रदेश र मुलुककै श्रीवृद्धिमा नयाँ आयाम थपिने विश्वास लिइएको छ ।

१४. स्पाइनी ब्याब्लर भनेर कुन चरालाई भनिन्छ ?

  • काँडे भ्याकुर

१५.  सर्वप्रथम बजेटको सुरुवात कुन देशबाट भएको हो ?

  • सन् १७३३, बेलायत

१६.  नेपाल प्रज्ञा–प्रतिष्ठानले प्रज्ञा दर्शन पुरस्कार कसलाई प्रदान गर्यो ?

  • मोहनविक्रम सिंह (महामन्त्री, नेकपा मसाल)
  1. प्रज्ञा–प्रतिष्ठानद्वारा पुरस्कृत व्यक्तित्वहरू
  2. प्रज्ञा अनुवाद पुरस्कार: खगेन्द्र सङ्ग्रौला
  3. प्रज्ञा दर्शन पुरस्कार: मोहन विक्रम सिंह
  4. प्रज्ञा सामाजिक शास्त्र पुरस्कार: शान्ता श्रेष्ठ
  5. प्रज्ञा संस्कृति, लोकवार्ता तथा मौखिक इतिहास पुरस्कार: घनश्याम शर्मा पौडेल
  6. प्रज्ञा समालोचना तथा साहित्येतिहास पुरस्कार: कृष्ण गौतम
  7. प्रज्ञा भाषा पुरस्कार: प्राडा देवीप्रसाद गौतम
  8. प्रज्ञा साहित्य पुरस्कार (पद्य): वम देवान
  9. प्रज्ञा साहित्य पुरस्कार (गद्य): राजव
  10. प्रज्ञा बाल साहित्य पुरस्कार: गङ्गा कर्माचार्य
  11. प्रज्ञा अन्तरदेशीय पुरस्कार: पदम विश्वकर्मा
  • यसअघि अन्तर्राष्ट्रिय मातृभाषा दिवस–२०२४ को अवसरमा मातृभाषा साहित्य पुरस्कार हिमाली÷पहाडी क्षेत्रबाट डा. योगेन्द्रमान प्रधानाङ्ग र मधेश क्षेत्रबाट बेचन उराँवलाई प्रदान गरिएको थियो ।
  • उपरोक्त पुरस्कारहरूको राशि जनही एक लाख रुपियाँ रहेको छ ।

१७.  संसारकै पुरानो जङ्गल कहाँ फेला परेको छ ?

  • बेलायतको डेभोन तथा समरसेट इलाकामा 
  • वैज्ञानिकहरूले उक्त जङ्गल ३९ करोड वर्ष पुरानो भएको जनाएका छन् ।
  • उक्त जङ्गलका जीवाश्म डेभोनियन कालका भएको ठम्याइ छ ।
  • वैज्ञानिकहरूले त्यहाँ रुखका हाँगा तथा काण्डका अवशेष पनि फेला पारेका छन् ।
  • यसअघि अमेरिकाको न्युयोर्कनजिकै फेला परेको जङ्गल संसारको पुरानो जङ्गलका रूपमा मानिएको थियो ।

१८.  नेपालमा समावेशीकरण आयोगको स्थापना कहिले भएको हो ?

  • वि.सं. २०६५ पुस २९ 

१९.  भ्लादिमिर पुटिन पाँचौँ पटक रुसको राष्ट्रपति कहिले भएका हुन् ?

  • सन् २०२४ मार्च 

२०.  बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को बडापत्र सङ्घीय संसद्को प्रतिनिधि सभामा कहिले प्रस्तुत गरियो ? 

  • वि.सं २०८० चैत ५
  • सन्धि र सम्झौतालाई संसद्बाट अनुमोदन गराउनुपर्ने संवैधानिक व्यवस्था अनुसार बडापत्रलाई संसद्मा पेस गरिएको हो ।
  • बिम्स्टेकले स्थापनाको २४ वर्षपछि सन् २०२२ मा बडापत्र पाएको थियो ।

२१. राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रकाशित (विसं २०८० चैत) गरेको ‘पपुलेसन कम्पोजिसन अफ नेपाल’ नामक प्रतिवेदन अनुसार कर्णाली प्रदेशको बहुआयामिक गरिबी कति रहेको छ ? 

  • ५२ प्रतिशत

२२.  सालक पदमार्ग कहाँ घोषणा गरिएको छ ? 

  • कीर्तिपुरको बाघभैरव सामुदायिक वन (वि.सं. २०७७ फागुन ८)

२३.  सौर्य ऊर्जा, वायु ऊर्जा, जलस्रोत ऊर्जा एवं ज्वारभाटा कुन प्रकृतिको ऊर्जाका स्रोत हुन् ?

  • नवीकरणीय 

२४.  प्राकृतिक ग्यास, खनिज तेल, कोइला आदि कस्तो प्रकारका ऊर्जाका स्रोत हुन् ?

  • अनवीकरणीय 

२५.  नेपाल राष्ट्र बैङ्कले तर्जुमा गरेको चौथो रणनीतिक योजनाको अवधि कुन हो ?

  • सन् २०२२–२०२६
  • राष्ट्र बैङ्कले पाँच वर्ष अवधिको रणनीतिक योजना तर्जुमा गरेको छ ।
  • केन्द्रीय बैङ्कले बैङ्किङ पद्धतिप्रतिको विश्वासलाई पुनस्र्थापना गर्न, राष्ट्रले अपेक्षा गरे अनुसार अन्तर्राष्ट्रिय समुदाय र विकास साझेदारसँग प्रभावकारी संयोजन गर्न र बैङ्किङ, वित्तीय र बाह्य क्षेत्रसँगको स्थायित्व कायम गर्न अवलम्बन गनुपर्ने विशेष र नवप्रवर्धनात्मक उपाय यो रणनीतिक योजनामा समेटिएको छ ।
  • रणनीतिले परिलक्षित गरेको आधारमा नै राष्ट्र बैङ्कले आगामी दिनमा आफ्ना कामकारबाहीलाई अगाडि बढाउने राष्ट्र बैङ्कले जनाएको छ ।
  • राष्ट्र बैङ्कले सन् २००६ देखि रणनीतिक योजना बनाउन थालेको हो ।
  • योजनाले सात रणनीतिक खम्बा र १८३ कार्ययोजना समेटेको छ ।

Categories

  • Current Affairs 640
  • Gorkhapatra 310
  • Others 1031
  • Vacancy 1
  • Past Questions 78
  • GK Loksewa Past Question Collection 0
  • Nepal Police 4

Latest Blogs

Nepal's Provincial Gross Domestic Product Estimates, 2082/83
Current Affairs

नेपालको प्रादेशिक कुल गार्हस्थ उत्पादन अनुमान, २०८२/८३

  • May 27, 2026
  • 102
Major records set during the spring Everest climbing season of 2083 BS
Current Affairs

वि.सं. २०८३ को वसन्तकालीन सगरमाथा आरोहण सिजनमा कायम भएका प्रमुख कीर्तिमानहरू

  • May 27, 2026
  • 129
The concept of a common national market: thematic questions and answers (13 Jestha 2083, Wednesday)
Gorkhapatra

साझा राष्ट्रिय बजारको अवधारणा : विषयगत प्रश्नोत्तर (१३ जेठ २०८३, बुधबार)

  • May 27, 2026
  • 17
Public Service Preparation Special: Objective Questions and Answers (13 Jestha 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१३ जेठ २०८३, बुधबार)

  • May 27, 2026
  • 106
Development of Constitutional Bodies in Nepal's Constitutional History
Others

नेपालको संवैधानिक इतिहासमा संवैधानिक निकायहरूको विकास

  • May 26, 2026
  • 74
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA