Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर

  • Ajnabee Khadka
  • January 31, 2024
  • 758

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर

१. ट्रान्सपरेन्सी इन्टरनेसनलले २०८० माघ १६ (सन् २०२४ जनवरी ३०) मा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क, २०२३ अनुसार नेपाल कति औँ स्थानमा रहेको छ ? 

  • १०८ औँ
  • १८० देशमा गरिएको सर्वेक्षणमा नेपाल १०० मा ३५ अङ्क पाएर १०८ औँ स्थानमा रहेको छ । यसअघि ३४ अङ्कसहित १०० औँ स्थानमा थियो ।

२. सन् २०२४ जनवरीमा प्रदान गरिएको फिफा उत्कृष्ट पुरुष खेलाडीको सम्मान कसलाई प्रदान गरियो ?

  • लियोनल मेसी

३. सन् २०२४ जनवरीमा सम्पन्न अस्ट्रेलियन ओपनको पुरुष एकल उपाधिको जित हासिल गर्ने खेलाडी को हुन् ?

  • यानिक सिनर (इटाली)
  • उनले तेस्रो वरीयताका रसियाली खेलाडी डेनिल मेडभेडेभलाई हराएर वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपनको पुरुष एकल उपाधि जितेका हुन् ।
  • २२ वर्षीय सिनरको यो पहिलो ग्रान्डस्लाम उपाधि हो । उपाधि जितसँगै सिनर अस्ट्रेलियन ओपन जित्ने इटालीका पहिलो खेलाडी बनेका छन् ।
  • बेलारुसकी आर्यना सावालेन्काले चीनकी जेङ चिनवेनलाई पराजित गरी वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपन महिला एकलको उपाधि जितेकी छन् ।

४. सन् २०२४ जनवरीमा जर्जियामा सम्पन्न वल्र्ड राइजिङ स्टार–२०२४ को शीर्ष उपाधि जित्न सफल नेपाली बालप्रतिभा को हुनुहुन्छ ?

  • लोयाङ शेर्पा
  • कपनको त्रिज्योति स्कुलमा कक्षा ७ मा अध्ययनरत लोयाङले ४० देशका बालबालिकालाई पछि पार्दै शीर्ष उपाधि जित्नुभएको हो ।
  • प्रतियोगितामा सहभागी एन्जलबाबु कँडेलले ‘ट्यालेन्ट अवार्ड’ र सनिस्ता रेग्मीले ‘युरोसिया अवार्ड’ जित्नुभएको छ ।

५. नेपालमा भूकम्प पूर्वसूचना प्रणाली कुन देशको सहयोगमा जडान गरिएको हो ?

  • चीन

६. २०७८ को जनगणना अनुसार नेपालमा बोलिने मातृभाषाको सङ्ख्या कति रहेको छ ?

  • १२४ (जातजातिको सङ्ख्या : १४२) 

७. विश्व वन्यजन्तु दिवस–२०२३ को नारा के हो ?

  • वन्यजन्तु संरक्षणका लागि साझेदारी

८. ग्रिन हाइड्रोजन नीति, २०८० कहिले स्वीकृत भएको हो ?

  • वि.सं. २०८० माघ ३
  • जलविद्युत्लगायतका नवीकरणीय स्रोतबाट उत्पादित ऊर्जा प्रयोग गर्दै हाइड्रोजनको उत्पादन तथा उपयोग प्रवर्धन गर्ने, रासायनिक मल उत्पादन गर्ने, पेट्रोलियम पदार्थमाथिको परनिर्भरता घटाउने तथा न्यून कार्बन अर्थतन्त्र सिर्जना गर्ने जस्ता उद्देश्य नीतिमा समेटिएको छ ।
  • विश्वव्यापी तापमान वृद्धि, त्यसको असर न्यूनीकरणका लागि भइरहेका अन्तर्राष्ट्रिय पहल, कार्बन उत्सर्जन कटौतीमा विश्वव्यापी प्रतिबद्धताले नेपालमा जलविद्युत् र हाइड्रोजन उत्पादन हुने देखिएको छ ।
  • ‘हरित अर्थतन्त्र दिगो विकासको मन्त्र’ नारा दिएर वातावरण संरक्षण र जलवायु परिवर्तन अनुकूलन तथा न्यूनीकरणका व्रिmयाकलापलाई मूलप्रवाहीकरण गरिने कुरा आर्थिक वर्ष २०८०÷८१ को बजेटमा उल्लेख गरिएको छ ।

९. दक्षिणपूर्वी एसियाका लागि विश्व स्वास्थ्य सङ्गठनको क्षेत्रीय निर्देशकमा कसलाई नियुक्त गरियो ?

  • साइमा वाजेद (बङ्गलादेश)
  • वाजेद बङ्गलादेशबाट पहिलो र विश्व स्वास्थ्य सङ्गठनको दक्षिणपूर्वी एसिया क्षेत्रका लागि दोस्रो महिला क्षेत्रीय निर्देशक हुन् ।
  • कार्यकाल सुरु : सन् २०२४ फेब्रुुअरी १

१०. अन्तर्राष्ट्रिय भन्सार दिवस कहिले मनाइन्छ ?

  • जनवरी २६

११. विश्वकै ठुलो पानीजहाज कुन हो ?

  • आइकन अफ दी सिज 
  • सन् २०२४ जनवरी २८ देखि यो जहाज सञ्चालनमा आएको हो । एक हजार १९७ फिट लम्बाइ भएको यो पानीजहाज २० तला रहेको छ । जहाजमा एक पटकमा सात हजार छ सय यात्रुले यात्रा गर्न सक्छन् ।
  • रोयल क्यारेबियन ग्रुपको यो जहाजमा ४० वटा रेस्टुरेन्ट र बार, सात वटा स्विमिङ पुल तथा एउटा वाटरपार्क रहेको छ । सुरक्षाका लागि जहाजमा करिब १७ वटा लाइफबोट राखिएको, एक लाइफबोटमा करिब ४५० जना मानिस अट्ने दाबी कम्पनीले गरेको छ । फ्लोडियाको मायामीमा जहाजको उद्घाटन गरिएको छ ।

१२. पाण्डाको औसत उमेर कति हुन्छ ?’

  • २० वर्ष
  • प्राकृतिक वासस्थानमा पाण्डाको औसत आयु २० वर्षको हुन्छ ।
  • मानव रेखदेख र स्याहारसुसार पाउँदा थप १० वर्ष बाँच्न सक्ने अध्ययनले देखाएको छ ।
  • मानव रेखदेख र स्याहारसुसारमा रहेको एनएन नामक पाण्डाको ३५ वर्षको उमेरमा मृत्यु (सन् २०२२ जुलाईमा) भएको थियो ।
  • यसअघि बढी उमेरसम्म जीवित रहन सकेको पाण्डा जियाजिया थियो । मानव स्याहारसुसारमा रहेको सो पाण्डा ३८ वर्षसम्म जीवित रहेको थियो ।

१३. नेपालमा सामाजिक सुरक्षा कर कहिलेदेखि लिन थालिएको हो ?

  • आर्थिक वर्ष २०६६/६७ 

१४. कुनै ग्रहले सूर्यको वरिपरि एक पटक घुम्न लागेको अवधिले त्यस ग्रहको केलाई जनाउँछ ?

एक वर्षको अवधि

(कुनै ग्रहले आफ्नो अक्षमा एक फन्को घुम्न लागेको अवधिले त्यस ग्रहको एक दिनको अवधिलाई जनाउँछ ।)

१५. दक्षिण एसियाका लागि युनिसेफको क्षेत्रीय कार्यालय कहाँ रहेको छ ?

  • नेपाल 

१६. नेपालले कुन आवधिक योजनादेखि वैदेशिक सहयोग लिन सुरु गरेको हो ?

  • प्रथम पञ्चवर्षीय योजना

१७. ७१ मेगावाटको क्यासकेड जलविद्युत् आयोजना कहाँ रहेको छ ?

  • म्याग्दी 
  • म्याग्दीको नारच्याङमा ७१ मेगावाट क्षमताको नीलगिरिखोला दोस्रो ‘क्यासकेड’ जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ ।
  • म्याग्दीमा हालसम्म निर्माण भएकामध्ये सबैभन्दा ठुलो सो जलविद्युत् आयोजनाको २०८० माघ १५ मा परीक्षण गरिएको छ ।
  • नीलगिरि पहिलोको करिब ८० प्रतिशत भौतिक प्रगति भएको जनाइएको छ ।
  • दुवै आयोजना रन अफ रिभर प्रकृतिका हुन् ।
  • नीलगिरिखोलाबाट उत्पादन भएको बिजुली २२० केभी क्षमताको दाना सबस्टेसनबाट केन्द्रीय ग्रिडमा जोडिने छ ।
  • नारच्याङमा यसअघि पाँच मेगावाटको घलेम्दी खोला र ४२ मेगावाटको मिस्त्रीखोला जलविद्युत् आयोजना निर्माण भएका छन् ।

१८. द्वितीय विश्वयुद्धमा ब्रिटिस इन्डियाको सहयोगका लागि पठाइएको नेपाली सैन्य टोलीको नेतृत्व कसले गरेको थियो ? 

  • एकराजशमशेर र ब्रह्मशमशेर 

१९. सार्कमा हालसम्म कति जना महिला महासचिव नियुक्त भएका छन् ?

  • एक जना (माल्दिभ्सकी फथिमाथ धियना शैयद)

२०. सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार–२०८० कसलाई प्रदान गरियो ? 

  • सुप्रिम मल्ल ठकुरी 
  • पुरस्कार राशि : रु. ५० हजार
  • ११ वर्षीय मल्ल सानो उमेरमै गीत/सङ्गीतको क्षेत्रमा लोकप्रियता हासिल गर्न सफल भएका छन् ।

२१. ओस्कार अवार्डले उत्कृष्ट फिल्मको विधामा छनोट हुन कति किसिमको मापदण्ड तय गरेको छ ?

  • चार (ए, बी, सी र डी) 
  • नेपालीलाई समेत औँल्याउँदै ओस्कारले सन् २०२४ का लागि श्रर्वश्रेष्ठ फिल्म विधाको मापदण्डमा केही परिमार्जन गरेको छ ।
  • नयाँ मापदण्ड अनुसार अबदेखि उत्कृष्ट फिल्मको विधामा छनोट हुनका लागि स्ट्यान्डर्ड ए, बी, सी र डी गरी चार खण्डमा विभाजन गरिएको छ ।
  • सर्वश्रेष्ठ फिल्म विधामा छनोट हुनका लागि फिल्मले चारमध्ये कम्तीमा दुई मापदण्ड पूरा गरेको हुनुपर्ने छ ।
  • स्ट्रयान्डर्ड ए ः कम्तीमा एक प्रमुख अभिनेता वा सहायक अभिनेता, एक विशिष्ट देश वा उत्पादन गरिएको क्षेत्रको जाति वा जातीय समूहबाट प्रतिनिधित्व भएको हुनुपर्ने, जसमा अफ्रिकी, अमेरिकी, पूर्वी एसियाली, हिस्प्यानिक, ल्याटिनो, आदिवासी जनजाति, मध्यपूर्वी, प्रशान्त महाद्वीपीय, दक्षिण एसियाली र पूर्वी एसियाली क्षेत्रको जाति वा जातीय समुदाय रहेका छन् । दक्षिण एसियाली देशमा नेपालीसहित बङ्गलादेशी, भुटानी, भारतीय, पाकिस्तानी र श्रीलङ्काली भए हुने मापदण्ड तय गरिएको छ ।
  • स्ट्यान्डर्ड बी र डीमा पनि नेपाली समावेश हुनुपर्ने मापदण्ड तोकिएको छ ।
  • नयाँ मापदण्डले अल्पसङ्ख्यक जातजाति, क्षेत्रीय समावेशी र प्रतिनिधित्व बढ्ने ओस्कारको दाबी रहेको छ ।
  • नयाँ नियम अनुसार नेपाली मूलको कलाकारले अन्तर्राष्ट्रिय फिल्ममा सहभागिता जनाउने बाटो खुला हुँदै जाने छ ।
  • विश्वको जनसङ्ख्यालाई पर्दामा राम्रोसँग दर्शाउन र समान प्रतिनिधित्वलाई प्रोत्साहन गर्न यो नियम ल्याइएको ओस्कारले जनाएको छ ।

Categories

  • Current Affairs 729
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 111
  • Nepal Police 8

Latest Blogs

Nepal Health Service, A.H.W., Fourth - 2083/04/14
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.हे.व., चौथो - २०८३/०४/१४

  • Jul 31, 2026
  • 16
International Day Against Trafficking in Persons, 2026
Current Affairs

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस, २०२६

  • Jul 31, 2026
  • 114
'Padma Shri Literature Award' best five (Shortlist) works public
Current Affairs

'पद्मश्री साहित्य पुरस्कार' उत्कृष्ट पाँच (Shortlist) कृति सार्वजनिक

  • Jul 31, 2026
  • 75
Nepal Engineering Service, Mechanics (Unlisted II) - 2083
Past Questions

नेपाल इन्जिनियरिङ्ग सेवा, मेकानिक्स (अनङ्कित द्वितीय) - २०८३

  • Jul 30, 2026
  • 44
Nepal Health Service, A.N.M. (ANM), 4th - 2083/04/12
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.न.मी. (ANM), चौथो - २०८३/०४/१२

  • Jul 30, 2026
  • 46
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA