Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

  • Ajnabee Khadka
  • January 03, 2024
  • 432

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

१. नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२३ मा नेपाल आएका पर्यटकको सङ्ख्या कति रहेको छ ?

१० लाख १५ हजार ८७६

  • यो आगमन सन् २०२२ को तुलनामा चार लाख ७२८ ले बढी हो । सन् २०२२ मा छ लाख १४ हजार १४८ जना पर्यटक नेपाल भ्रमणमा आएका थिए ।
  • सबैभन्दा धेरै पर्यटक भारतबाट आएका थिए । नेपालले हवाईमार्गबाट आउने भारतीय नागरिकलाई मात्र पर्यटक गणना गर्दै आएको छ ।
  • नेपालको पर्यटन इतिहासमा १० लाखमाथि पर्यटक आगमन भएको यो तेस्रो वर्ष हो । यसअघि सन् २०१८ र २०१९ मा १० लाखभन्दा धेरै पर्यटक भित्रिएका थिए ।
  • पर्यटक आगमनका हिसाबले प्रमुख पाँच राष्ट्र क्रमशः भारत, अमेरिका, चीन, बेलायत र अस्ट्रेलिया हुन् ।
  • सरकारले सन् २०११ मा भ्रमण वर्ष मनाउने क्रममा वार्षिक १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो । सन् २०२० मा अर्को भ्रमण वर्षको सन्दर्भमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको भए पनि सो वर्षबाट सुरु भएको कोरोना महामारीका कारण लगातार तीन वर्ष पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित बन्न पुगेको छ ।
  • सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा सन् २०२३ मा १० लाख पर्यटक आगमन पुराउने घोषणा गरेकोमा सो लक्ष्य पूरा हुन पुगेको हो ।

 

२. चितवनको सौराहामा सञ्चालित हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत हात्ती सौन्दर्य प्रतियोगिताको उपाधि कसले जित्यो ? 

सेल्फीकली (वि.सं. २०८० पुस १०–१४, सौराहा, चितवन)

  • राइनो लज एन्ड होटलका सञ्चालक रामकुमार अर्यालको सेल्फीकलीले ३९४ अङ्क ल्याई उपाधि जितेको हो ।
  • प्रतियोगितामा ३९३ नम्बरसहित चितवन राष्ट्रिय निकुञ्जको रिमझिमकली द्वितीय र ३५६ अङ्कसहित युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थामा आबद्ध समृद्धिकली तृतीय भए ।
  • निकुञ्जका ३० र सौराहाका व्यवसायीहरूले पालेका सात हात्तीका बिच प्रतिस्पर्धा भएको थियो ।
  • प्रतियोगितामा सहभागी हात्तीहरूको आनिबानी, चिल्लोपना, अनुशासन, शारीरिक बनावट, हिँडाइ, नङहरूको विकास र व्यवस्थापन, चहकिलोपन जस्ता विषयका आधारमा अङ्क प्रदान गरिएको थियो ।
  • यस पटकको हात्ती महोत्सवमा हात्तीको शृङ्गार, हात्ती वनभोज जस्ता कार्यक्रम राखिएको थियो ।
  • कोरोना भाइरसको सङ्क्रमणपश्चात् रोकिएको हात्ती महोत्सव चार वर्षपछि भएको हो ।

 

३. वि.सं. २०८० पुसमा सम्पन्न पहिलो संस्करणको प्रो–क्लब टी–२० च्याम्पियनसिप क्रिकेट प्रतियोगिताको उपाधि कसले जित्यो ? 

नेपाल पुलिस क्लब (उपविजेता : पर्सा क्लब–११)

 

 

४. नेपाल सुपर लिग (एनएसएल)–२०८० को उपाधि जित्ने टिम कुन हो ? 

ललितपुर सिटी एफसी (उपविजेता: धनगढी एफसी)

  • वि.सं. २०८० पुस १४ मा सम्पन्न फाइनलमा ललितपुर सिटीले धनगढी एफसीलाई ३–२ ले हराउँदै उपाधि जितेको हो ।
  • जितसँगै ललितपुरले ७० लाख रुपियाँ प्राप्त ग¥यो भने धनगढीले २० लाख रुपियाँ प्राप्त गरेको छ ।
  • ललितपुर सिटी एफसीलाई च्याम्पियन बनाएका कप्तान तथा मार्की अनन्त तामाङ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुनु भयो ।

 

५. देशकै जेठो त्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोहमा सर्वाधिक विद्यार्थी सहभागी गराएर अफिसियल वल्र्ड रेकर्डको प्रमाणपत्र कहिले प्राप्त गर्‍यो ? 

वि.सं. २०८० पुस २ (सन् २०२३ डिसेम्बर १८)

‘अफिसियल वल्र्ड रेकर्ड’ संस्थाले २६ हजारभन्दा बढी मानिसको भौतिक उपस्थितिमा दीक्षान्त समारोह सम्पन्न गरेको भन्दै त्रिविलाई विश्व रेकर्डको प्रमाणपत्र प्रदान गरेको हो ।

४९ औँ दीक्षान्त समारोहमा १२ हजार ४१५ जना विद्यार्थी दीक्षित भएका थिए ।

७३ हजार छ सय विद्यार्थी दीक्षित हुन योग्य भएको भए पनि प्रमाणपत्र बुझेर दीक्षित हुने विद्यार्थीको सङ्ख्या भने १२ हजार ४१५ रहेको थियो ।

वि.सं. २०१६ मा स्थापित सो विश्वविद्यालयमा हाल चार लाख ८२ हजार ५४१ विद्यार्थी अध्ययनरत छन् । तीमध्ये ५२ प्रतिशत छात्रा रहेका छन् ।

 

६. अपरेसन म्यान हन्ट भन्नाले के बुझिन्छ ? 

नक्कली डाक्टर पत्ता लगाउन नेपाल प्रहरीद्वारा सञ्चालित अभियान

 

७. कुन अवधिलाई सार्वजनिक विद्यालय सबलीकरण दशकका रूपमा घोषणा गरिएको छ ?

वि.सं. २०७६–२०८५

 

८. प्रशासनमा ‘एक्स र वाइ’ को सिद्धान्त केसगँ सम्बन्धित छ ?

उत्प्रेरणा

 

९. द गोल्डम्यान इन्भाइरनमेन्टल प्राइज– २०२३ प्राप्त गर्ने व्यक्तित्व को हुन् ? 

जेफर किजिल्काया (टर्किए), एलेसान्ड्रा कोराप मुन्डुरुकु (ब्राजिल), चिलेक्वा मुम्वा (जाम्बिया), टेरो मस्टोनेन (फिनल्यान्ड), डेलिमा सिलालाही (इन्डोनेसिया) र डाइआन विल्सन (अमेरिका) 

  • द गोल्डम्यान इन्भाइरनमेन्टद्वारा प्रदान गरिने यस पुरस्कारलाई ग्रिन नोबेल भनेर पनि चिनिन्छ ।
  • ग्रासरुट तहमा वातावरण संरक्षणको क्षेत्रमा महत्वपूर्ण योगदान पुराउनेलाई प्रदान गरिने यस पुरस्कारको स्थापना सन् १९८९ मा भएको हो । पुरस्कार सन् १९९० देखि प्रदान गर्न थालिएको हो ।
  • भौगोलिक क्षेत्रका आधारमा छ जनालाई प्रदान गरिने यस पुरस्कारको राशि दुई लाख अमेरिकी डलर रहेको छ ।

 

१०. सिद्धार्थ गौतम बुद्धको धर्मपत्नी को हुन् ?

यशोधरा

  • यशोधराको जन्म रुपन्देही जिल्लाको पूर्वी क्षेत्रमा पर्ने कोलीय राज्यको देवदहमा भएको थियो ।
  • अमृता र सुप्पबुद्धको कोखबाट यिनको जन्म भएको थियो ।
  • सिद्धार्थ र यशोधराको कोखबाट एक छोरा राहुलको जन्म भएको थियो ।

 

११. एवेल प्राइज–२०२३ कसलाई प्रदान गरियो ? 

लुइस ए. क्याफारेली (अमेरिका)

  • गणित क्षेत्रको नोबेल पुरस्कारका रूपमा चिनिने यो पुरस्कार नर्वे सरकारद्वारा प्रदान गरिन्छ ।
  • यस पुरस्कारको स्थापना सन् २००१ मा भएको हो ।

 

१२. मदन पुरस्कार प्राप्त गर्ने पहिलो विदेशी सर्जक को हुन् ?

फादर विलियम बर्क

  • वर्कको कृति सही शब्दले वि.सं. २०५१ मा मदन पुरस्कार प्राप्त गरेको हो ।
  • वर्कको सन् २०१९ नोभेम्बरमा निधन भएको थियो ।

 

१३. गोस्वारा हुलाकको पुरानो नाम के हो ?

नेपाल हुलाक घर

 

१४. अवाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानले २०८० सालको षडानन्द राष्ट्रिय पुरस्कार कसलाई प्रदान ग¥यो ? 

प्राध्यापक विद्यानाथ उपाध्याय भट्ट

  • पुरस्कार राशि एक लाख रुपियाँ रहेको छ ।
  • उपाध्याय भट्टले त्रिभुवन विश्वविद्यालय र तत्कालीन महेन्द्र संस्कृत विश्वविद्यालय सेवामा रही चार दशकभन्दा बढी समय पूर्वीय दर्शन, तन्त्रशास्त्र र योगशास्त्रको अध्ययन, अध्यापन तथा साधनामा र संस्कृत विश्वविद्यालयको पहिलो शिक्षाध्यक्षका रूपमा शैक्षिक प्रशासनका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनुभएको छ ।
  • षडानन्द क्षेत्रीय पुरस्कार वरिष्ठ साहित्यकार एवं आख्यानकार परशु प्रधानलाई प्रदान गरिएको छ ।
  • यस पुरस्कारको राशि ५१ हजार रुपियाँ रहेको छ ।
  • प्रतिष्ठानले नेपालको शिक्षा, संस्कृति, अध्यात्म, समाज सुधार, जैविक विविधता र पर्यावरण संरक्षण, भाषा तथा लोकसंस्कृतिलगायत क्षेत्रमा योगदान पु¥याउँदै आएका व्यक्ति तथा संस्थालाई हरेक वर्ष पुरस्कृत गर्दै आएको छ ।

 

१५. चिया बगानका श्रमिकलाई बस्नका लागि साहुले बनाइदिएको घरलाई के भनिन्छ ?

धुरा

 

१६. नेपालबाहिर बनेको पहिलो नेपाली चलचित्र कुन हो ?

सत्य हरिशचन्द्र

  • (यो नेपाली भाषाको पहिलो चलचित्र हो ।)

 

१७. शिक्षा एउटा निरन्तर गतिशील तथा विस्तृत प्रव्रिmया हो । यस भनाइले शिक्षाको कुन अर्थलाई सङ्केत गर्दछ ? 

शिक्षाको व्यापक अर्थ

 

१८. क्षेत्रफलका आधारमा सबैभन्दा ठुलो गाउँपालिका हुम्लाको नाम्खा (२४१९.६४ वर्ग किलोमिटर) हो भने सबैभन्दा सानो गाउँपालिका कुन हो ?

परवानीपुर (बारा), १५.४८ वकिमी

  • क्षेत्रफलका आधारमा सबैभन्दा ठुला पाँच गाउँपालिका क्रमशः नाम्खा (हुम्ला), मुगुम कार्मारोङ्ग (मुगु), फाक्ताङलुङ (ताप्लेजुङ), चुमनुब्री (गोरखा) र खुम्बु पासाङ ल्हामु (सोलखुम्बु)
  • क्षेत्रफलका आधारमा सबैभन्दा साना पाँच गाउँपालिका क्रमशः परवानीपुर (बारा), यमुनामाई (रौतहट), दुर्गाभगवती (रौतहट), विश्रामपुर (बारा) र प्रसौनी (बारा)

 

१९. चन्द्र धरातलमा पुग्ने पहिलो अन्तरिक्ष यान कुन हो ?

लुना–२

Categories

  • Current Affairs 799
  • Gorkhapatra 343
  • Others 1189
  • Vacancy 1
  • Past Questions 148
  • Nepal Police 9

Latest Blogs

Lumbini Province, Education Officer, Seventh Level, 2083/06/06
Past Questions

लुम्बिनी प्रदेश, शिक्षा अधिकृत, सातौँ तह, २०८३/०६/०६

  • Sep 22, 2026
  • 218
History of the establishment of the Non-Aligned Movement (NAM)
Others

असंलग्न आन्दोलन (NAM) को स्थापनाको इतिहास

  • Sep 22, 2026
  • 227
Nepal's diplomatic relations with BIMSTEC countries
Others

नेपालको बिमस्टेक (BIMSTEC) राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध

  • Sep 22, 2026
  • 131
Khardar, Fourth Level, Pre-Qualification Examination - 2083/06/04
Past Questions

खरिदार, चौथो तह, पूर्वयोग्यता परीक्षा - २०८३/०६/०४

  • Sep 21, 2026
  • 259
World Day of Peace, 2026
Current Affairs

विश्व शान्ति दिवस, २०२६

  • Sep 21, 2026
  • 71
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA