Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर ,६ वैशाख २०८०, बुधबार

  • Prija Shrestha
  • April 19, 2023
  • 579

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर ,६ वैशाख २०८०, बुधबार

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर ,६ वैशाख २०८०, बुधबार

१. तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन कहिले सम्पन्न भएको हो ?

  • वि.सं. २०७९ चैत २३–२५, काठमाडौँ 
  • राष्ट्रिय सहकारी महासङ्घ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा सम्मेलन सम्पन्न भएको ।
  • सम्मेलनले ११ बुँदे घोषणापत्र जारी गरेको । घोषणापत्रमा समेटिएका मुख्य व्यवस्था
  • सहकारीको पुँजीलाई उत्पादन, प्रशोधन र बजारीकरणमा लगानी गरी मूल्य शृङ्खला विकासमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड,
  • वातावरणमैत्री कृषि उत्पादनमा वृद्धि, आयात प्रतिस्थापन, निर्यात प्रवद्र्धन र रोजगारी सिर्जना गर्न सार्वजनिक, निजी र सहकारी साझेदारी मोडेल अगाडि बढाउने,
  • नवीन सोच र सिर्जनात्मकताका आधारमा सहकारीमार्फत कृषि पर्यटन, जलस्रोत, स्वास्थ्य, शिक्षा, उद्योगलगायतका क्षेत्रमा लगानी वृद्धि, 
  • विशिष्टीकृत सहकारी सङ्घमार्पmत बृहत् र विशिष्ट उत्पादनको विकास, कृषि र पशुजन्य क्षेत्रको प्रवद्र्धन एवं ठूला कृषि फार्मको स्थापना, 
  • कृषिजन्य वस्तु तथा सेवाको मूल्य तथा आपूर्ति शृङ्खला विकास गरी सहकारीको ब्रान्ड प्रवद्र्धन,
  • सदस्यको बचतको सुरक्षाका लागि तीनै तहका सरकारका तर्फबाट सम्बोधन गर्न सामूहिक रूपमा बहस पैरबीका लागि पहल गरिने, 
  • सहकारीको स्वस्थ एवं प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिका लागि एकीकरणलाई अभियानका रूपमा सञ्चालन गर्नुका साथै नवप्रविधिलाई आत्मसात् गर्दै गुणस्तरीय सेवा प्रवाह गर्ने, 
  • सरकार मातहत रहेका कोषहरू सरकारी बैङ्कमार्पmत सहुलियतपूर्ण रूपमा लगानी गर्न तथा उच्चतम प्रविधि अपनाउन सामूहिक पहलकदमी गर्ने ।

२. विश्वकप फुटबल–२०२६ मा कति समूह निर्माण गरिने भएको छ ?

  • १२ (चार–चार टोली सम्मिलित) 
  • सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा हुने फिफा विश्वकप समूहको फम्र्याट परिवर्तन भएको ।
  • विश्वकपको इतिहासमा पहिलो पटक ४८ देशबीच प्रतिस्पर्धा हुन गइरहेको । यसअघि ३२ टोलीले सहभागिता जनाउँदा चार–चार टोलीको आठ समूह विभाजित गरिएको थियो तर २०२६ को विश्वकपमा टोलीको सङ्ख्या बढेपछि फम्र्याटमा तीन–तीन टोली राखेर १६ समूह बनाउने बताइएको थियो तर अब चार–चार टोली सामेल गरेर १२ समूह बनाइने भएको ।
  • १२ समूहमा शीर्ष दुई टोली र तेस्रो स्थानमा रहने उत्कृष्ट आठ टोली गरी कुल ३२ टोली दोस्रो चरणमा पुग्ने फिफाले जनाएको । प्रत्येक टोलीलाई कम्तीमा तीन खेल खेलाउनका लागि फम्र्याट परिवर्तन गरिएको फिफाले जनाएको । 

विश्वकपमा छनोट हुने टोली

एसियाबाट : आठ

अफ्रिकाबाट : नौ

उत्तर अमेरिकाबाट : छ 

दक्षिण अमेरिकाबाट : छ

ओसियानाबाट : एक 

युरोपबाट : १६

प्लेअफबाट : दुई 

  • (युरोपबाहेक अरू क्षेत्रका लागि प्लेअफ कोटा हुने ।)

३ . निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा को चयन भएका छन् ?

  • चन्द्रप्रसाद ढकाल
  • व्यावसायिक घराना आईएमई समूहका अध्यक्ष ढकाल २०७९ चैत ३० मा महासङ्घको अध्यक्ष बनेका । 
  • महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने प्रावधानअनुरूप ढकाल अध्यक्ष बनेका । 
  • महासङ्घको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्विरोध चयन भएका । विधानअनुसार वरिष्ठ उपाध्यक्षमा निर्वाचित अञ्जन श्रेष्ठ तीन वर्षपछिको कार्यकालका लागि स्वतः अध्यक्ष बन्नेछन् । अञ्जन यसअघि महासङ्घमा वस्तुगततर्फको उपाध्यक्ष थिए । पोखरामा डेरी व्यवसायबाट व्यवसायी बनेका उनी लक्ष्मी ग्रुपका निर्देशक हुन् । 
  • महासङ्घको जिल्ला–नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य, एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित भएका । 
  • कार्यसमिति सदस्यहरू प्रत्येक प्रदेशबाट एक–एक जना रहने व्यवस्थाअनुरूप कोशी प्रदेशबाट नरेन्द्रकुमार खड्का, मधेश प्रदेशबाट अरुणकुमार प्रधान, बागमती प्रदेशबाट सबिन श्रेष्ठ, गण्डकीबाट जीवनज्योति श्रेष्ठ र युवराज राजभण्डारीले (आधा–आधा कार्यकाल), लुम्बिनीबाट जमशेर मियाँ, कर्णालीबाट लालीमान बुढा र सुदूरपश्चिमबाट जङ्गबहादुर मल्ल निर्वाचित भएका ।

४ . नेपालमा व्यक्तिगत घटना दर्ता सप्ताह कहिले मनाउने गरिएको छ ?

  • हरेक वर्ष वैशाख १–७
  • ‘व्यक्तिको कानुनी पहिचान र राज्यबाट प्रवाह हुने विभिन्न सेवा प्राप्तिका लागि जन्म, मृत्यु, विवाह, बसाइँसराइ र सम्बन्ध विच्छेदलगायतका व्यक्तिगत घटना घटना घटेको ३५ दिनभित्र आफ्नो वडा कार्यालयमा दर्ता गरौँ– गराऔँ’ भन्ने मूल सन्देशसाथ यो वर्ष व्यक्तिगत घटना दर्ता सप्ताह मनाइएको । 
  • नेपालमा वि.सं. २०३४ वैशाख १ देखि जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना (दर्ता गर्ने) ऐन, २०३३ को कार्यान्वयनसँगै व्यक्तिगत घटना दर्ता कार्यको सुरुवात भएको ।
  • व्यक्तिको कानुनी पहिचान र सेवा प्रवाह प्राप्त गर्ने अधिकार सुनिश्चित गर्ने क्रममा व्यक्तिगत घटना दर्ता 
  • कार्यलाई थप व्यवस्थित बनाउन हाल राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ कार्यान्वयनमा रहेको ।
  • युनाइटेड नेसन्स इकोनोमिक एन्ड सोसियल कमिसन फर एसिया एन्ड प्यासिफिकले सन् २०१५ देखि २०२४ सम्मको दशकलाई एसिया प्रशान्त क्षेत्रमा व्यक्तिगत घटना दर्ताको दशकका रूपमा मनाउने घोषणा गरेको । 
  • नेपालले सन् २०२४ सम्ममा जन्म र मृत्युजस्ता व्यक्तिगत घटना दर्तालाई शतप्रतिशत पु¥याउने लक्ष्य लिएको । 
  • २०७८ को राष्ट्रिय जनगणनाअनुसार पाँच वर्ष वा सोभन्दा कम उमेरका बालबालिकामध्ये ७४ प्रतिशतको मात्रै जन्मदर्ता भएको देखिएको ।
  • राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ र नियमावली, २०७७ ले घटना घटेको ३५ दिनभित्र स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट जन्म, विवाह, सम्बन्ध विच्छेद, बसाइँसराइ र मृत्युजस्ता व्यक्तिगत घटना निःशुल्क दर्ता हुने व्यवस्था गरेको ।
  • स्थानीय तहका छ हजार ७४३ वडामध्ये छ हजार ५७६ वडाका घटना अनलाइनमा नै दर्ता गर्ने गरिएको । हालसम्म अनलाइन माध्यमबाट करिब ४८ लाख व्यक्तिगत घटना दर्ता भइसकेका । 
  • ६९७ स्थानीय तहमा व्यक्तिगत घटनाका पुराना अभिलेखहरू ‘डिजिटाइजेसन’ गर्ने कार्य सम्पन्न भइसकेको । 

५. नेपाल लेखक सङ्घले राष्ट्रिय लेखन पुरस्कार कसलाई प्रदान गर्ने निर्णय ग-यो ?

  • वैरागी काइँला
  • सङ्घद्वारा पहिलो पटक प्रदान गरिने यस पुरस्कारको राशि एक लाख रुपियाँ रहेको ।
  • सङ्घले वैशाख १६ (२०८०) मा राष्ट्रिय लेखक दिवस मनाउने र सोही अवसरमा पुरस्कार प्रदान गर्ने निर्णय गरेको ।
  • वि.सं. १९८७ मा सरस्वती गुठी नामक सामाजिक संस्था स्थापना गरी त्यसमार्फत पुस्तकालय सञ्चालन गर्ने उद्देश्यले ४५ जना कवि, लेखक एवं बुद्धिजीवीले हस्ताक्षर गरेर तत्कालीन श्री ३ भीमशमशेरसमक्ष निवेदन पेस गर्दा श्री ३ बाट हस्ताक्षर गर्ने सबै युवालाई दरबारमा बोलाई दण्डित गरेको स्मरण गर्दै राष्ट्रिय लेखक दिवस मनाउने निर्णय भएको ।

६. संवैधानिक परिषद्को सचिव को हुने व्यवस्था छ ?

  • मुख्य सचिव

७. साहित्य कलाश्री पुरस्कार–२०७९ कसलाई प्रदान गरियो ?

  • युवराज नयाँघरे 

८. पूर्वी नवलपरासीको गैँडाकोटस्थित मौलाकालिका मन्दिरमा मौलाकाली केबलकार कहिलेदेखि सञ्चालनमा आएको हो?

  • वि.सं. २०८० वैशाख १
  • केबलकारको लम्बाइ एक हजार दुई सय मिटर रहेको ।
  • छवटा टावर रहेको केबलकारमा १२ वटा डब्बा छन् भने एउटा डब्बामा आठ जना अट्न सक्ने । 
  • मौलाकाली देवीको दर्शनसँगै यहाँको पर्यटन प्रवद्र्धन, विकास र रोजगारीका अवसर बढ्ने स्थानीयको भनाइ रहेको ।

९. २०७८ को जनगणनाअनुसार नेपालको मातृ मृत्युदर कति रहेको छ ?

  • १५१ जना (प्रति एक लाखमा), सबैभन्दा बढी मातृ मृत्युदर भएको प्रदेश लुम्बिनी र कम भएको प्रदेश बागमती रहेको ।

१०. सार्कस्तरीय बाल साहित्य तदर्थ समितिको गठन कहिले गरिएको हो ?

  • वि.सं. २०७९ चैत ४
  • बाल वाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष प्रमोद प्रधानको संयोजकत्वमा सार्कस्तरीय बाल–साहित्यकारको एकता, सहकार्य र सार्कस्तरीय बाल साहित्य संस्था बनाउने उद्देश्यले तदर्थ समिति गठन गरिएको । 
  • समितिको सचिवमा बङ्गलादेश शिशु साहित्यिक फोरमका अध्यक्ष हुमायु कविर ढाली रहेका । सदस्यमा नेपालका बालसाहित्यकार विजयराज आचार्य र अनन्त वाग्ले, बङ्गलादेशका सुजन बरुवा र डा. मिजानुर रहमान कल्लोल तथा भारतका अजित पात्र र माणिक पण्डित रहेका । 

११. वि.सं. २०८० वैशाख ३ मा (सन् २०२३ अप्रिल १६)मा आईक्यू एयरद्वारा सार्वजनिक प्रतिवदनअनुसार वायु प्रदूषण उच्च भएको सहरको सूचीको पहिलो नम्बरमा कुन सहर परेको छ ?

  • काठमाडौँ 
  • विश्वभरका सहरको वायु प्रदूषणको मात्रा नाप्दै आएको आईक्यू एयरका अनुसार काठमाडौँको एयर क्वालिटी इन्डेक्स २०८ रहेको ।
  • एयर क्वालिटी इन्डेक्स १८३ रहेको थाइल्यान्डको चियाङमाई सहर विश्वको सबैभन्दा प्रदूषण भएको दोस्रो सहरमा परेको ।

१२. सर्वोत्कृष्ट संसद् सेवा पुरस्कार, २०७९ कसलाई प्रदान गरियो ? 

  • उपसचिव सिर्जना बराल
  • (उत्कृष्ट संसद् सेवा पुरस्कार : शाखा अधिकृत बाबुराम बस्याल एवं संसद् सेवा पुरस्कार ः खरिदार चन्द्रप्रसाद ढुङ्गाना र माली चन्द्रबहादुर नगरकोटीलाई प्रदान गरिएको ।)

१३. महालेखा परीक्षक कार्यालयले वि.सं. २०७९ चैत ३० मा प्रस्तुत ६०औँ वार्षिक प्रतिवेदनअनुसार सबैभन्दा बढी बेरुजु भएको मन्त्रालय कुन हो ? 

  • अर्थ मन्त्रालय

Categories

  • Current Affairs 799
  • Gorkhapatra 343
  • Others 1186
  • Vacancy 1
  • Past Questions 147
  • Nepal Police 9

Latest Blogs

Khardar, Fourth Level, Pre-Qualification Examination - 2083/06/04
Past Questions

खरिदार, चौथो तह, पूर्वयोग्यता परीक्षा - २०८३/०६/०४

  • Sep 21, 2026
  • 163
World Day of Peace, 2026
Current Affairs

विश्व शान्ति दिवस, २०२६

  • Sep 21, 2026
  • 50
Nepal's diplomatic relations with ASEAN countries
Others

नेपालको आसियान (ASEAN) राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध

  • Sep 20, 2026
  • 120
Ranking of SAARC countries by population (from largest to smallest)
Others

जनसंख्याको आधारमा सार्क राष्ट्रहरूको क्रम (ठूलो देखि सानो)

  • Sep 20, 2026
  • 108
Short list of best works for the Pahachan Award for BS 2081 and 2082
Current Affairs

पहिचान पुरस्कारको लागि वि.सं. २०८१ र २०८२ सालका लागि उत्कृष्ट कृतिहरूको संक्षिप्त सूची

  • Sep 19, 2026
  • 118
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA