विश्व पर्यटन दिवस, २०२६
- मनाइने मिति: हरेक वर्ष सेप्टेम्बर २७ का दिन
- सन् २०२६ को अन्तर्राष्ट्रिय नारा: "Digital Agenda and Artificial Intelligence to Redesign Tourism"
- अन्तर्राष्ट्रिय आयोजक (विश्वव्यापी नेतृत्व): संयुक्त राष्ट्र संघको विशिष्टीकृत निकाय संयुक्त राष्ट्र विश्व पर्यटन संगठन (UN Tourism) द्वारा
- ऐतिहासिक सुरुवात: संयुक्त राष्ट्र विश्व पर्यटन संगठनको विधानलाई सन् १९७० मा अंगीकार गरिएको सम्झनामा सन् १९८० देखि औपचारिक रूपमा यो दिवस मनाउन थालिएको,
लोकसेवा आयोग परीक्षा उपयोगी पर्यटन क्षेत्रका प्रमुख तथ्यहरू (आ.व. २०८२/०८३ को सर्वेक्षण अनुसार)
- आ.व. २०८२/८३ मा कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान: २.४४ % (आ.व. २०८१/८२ मा २.४२ %)
- आ.व २०८२/८३ मा पर्यटन क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर: ३.१२ %
- भ्रमण आय: रु. ८७ अर्ब ३७ करोड
- कुल पर्यटक आगमन (सन् २०२५): कुल ११,६२,३६५ जना
- औसत बसाइ अवधि: १६.३४ दिन (सन् २०२४ मा १३.३० दिन)
- प्रतिदिन औसत खर्च: ३३.०८ अमेरिकी डलर (सन् २०२४ मा ४०.८४ अमेरिकी डलर)
- सरकारले पर्यटन दशकको अन्त्यसम्ममा प्रति पर्यटक प्रतिदिन औसत खर्च १२५ अमेरिकी डलर पुर्याउने लक्ष्य राखेको,
- नेपाल आउने पर्यटकमध्ये सबैभन्दा बढी ६०.२% (६,९९,७४४ जना) मनोरञ्जन/बिदा मनाउन, १४.४% तीर्थयात्रा गर्न र १४.२% पदयात्रा तथा पर्वतारोहणका लागि आएका,
- प्रमुख पाँच स्रोत मुलुकहरू (सन् २०२५): १.) भारत (२,९३,०००), २.) अमेरिका (१,१३,०००), ३.) चीन (९६,०००), ४.) बेलायत (५९,०००), र ५.) बङ्गलादेश (५८,०००)
- सन् २०२५ मा ९,८२० जना पर्वतारोहीबाट रु. १ अर्ब २६ करोड २६ लाख रोयल्टी संकलन भएको (अघिल्लो वर्षभन्दा ३६.४% ले वृद्धि)
- अन्तर्राष्ट्रिय उडान भर्ने नेपाली वायुसेवा: सन् २०२५ सम्म ५ वटा पुगेका,
- नेपालमा उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवा: सन् २०२५ मा २७ वटा रहेका,
- द्विपक्षीय हवाई सेवा सम्झौता: हालसम्म ४२ वटा देशहरूसँग द्विपक्षीय हवाई सम्झौता भएको,
- विमानस्थलको स्थिति: नेपालमा अन्तर्राष्ट्रिय विमानस्थल ३ वटा, सबै मौसममा चल्ने कालोपत्रे विमानस्थल ४२ वटा र सञ्चालनमा रहेका कुल विमानस्थल ३५ वटा रहेका,