आणविक हतियारको पूर्ण उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस, २०२६
- अन्तर्राष्ट्रिय परमाणु हतियार पूर्ण उन्मूलन दिवस: हरेक वर्ष सेप्टेम्बर २६ मा
- दिवस घोषणा: संयुक्त राष्ट्रसङ्घ महासभाको डिसेम्बर २०१३ को प्रस्ताव ६८/३२ द्वारा घोषित
- पहिलो पटक मनाइएको: सन् २०१४ देखि नियमित रूपमा मनाउन थालिएको,
- पहिलो महासभा प्रस्ताव (१९४६): संयुक्त राष्ट्रसङ्घ महासभाको पहिलो प्रस्ताव (१९४६) नै आणविक ऊर्जा नियन्त्रण र परमाणु हतियार उन्मूलनमा केन्द्रित रहेको,
- संयुक्त राष्ट्रसङ्घको प्राथमिकता: विश्वव्यापी परमाणु निशस्त्रीकरण (Nuclear Disarmament) राष्ट्रसङ्घको सर्वोच्च प्राथमिकता रहेको,
- वर्तमान अवस्था (अनुमानित): हाल विश्वमा करिब १२,१८७ वटा परमाणु हतियार अस्तित्वमा रहेका,
- परमाणु हतियार सम्पन्न देशहरू: विश्वमा हाल ९ वटा देशहरू (अमेरिका, रुस, बेलायत, फ्रान्स, चीन, भारत, पाकिस्तान, इजरायल र उत्तर कोरिया) सँग परमाणु हतियार रहेको अनुमान
- विश्वमा आणविक (परमाणु) हतियारहरूको होडबाजी रोक्न, परीक्षणमा प्रतिबन्ध लगाउन र निःशस्त्रीकरणलाई बढवा दिन विभिन्न अन्तर्राष्ट्रिय सन्धिहरू कार्यान्वयनमा ल्याइएका; आणविक अप्रसार सन्धि (NPT), व्यापक आणविक-परीक्षण-प्रतिबन्ध सन्धि (CTBT), आणविक हतियार निषेध सन्धि (TPNW), सीमित परीक्षण प्रतिबन्ध सन्धि (LTBT) आदि
- सुरुवाती आणविक विनाश (१९४५): सन् १९४५ मा जापानको हिरोसिमा र नागासाकीमा भएका आणविक बम प्रहारबाट करिब २,१३,००० मानिसको तत्काल मृत्यु भएको,
- परमाणु परीक्षण विरुद्धको अन्तर्राष्ट्रिय दिवस: अगस्ट २९ मा मनाइन्छ (प्रस्ताव ६४/३५, सन् २००९)