विश्व टेलिभिजन दिवस, २०२६
- हरेक वर्ष नोभेम्बर २१ (तदानासुर वि.सं. २०८३ मङ्सिर ५ गते) मा विश्व टेलिभिजन दिवस मनाइन्छ,
- घोषणा तथा सुरुवात: संयुक्त राष्ट्रसङ्घको महासभा (UNGA) ले सन् १९९६ डिसेम्बर १७ मा प्रस्ताव नं. ५१/२०५ पारित गरी नोभेम्बर २१ लाई आधिकारिक राष्ट्रसङ्घीय दिवसका रूपमा घोषणा गरेको— सन् १९९६ नोभेम्बर २१ र २२ मा संयुक्त राष्ट्रसङ्घले पहिलो 'विश्व टेलिभिजन फोरम' (World Television Forum) आयोजना गरेको दिनको स्मरणमा यो मिति तय गरिएको,
- सन् २०२६ मा यस दिवसको विश्वव्यापी विमर्श: "Television: Bridging Global Communities"
- मुख्य उद्देश्य: विश्व शान्ति, सुरक्षा, द्वन्द्व समाधान, आर्थिक–सामाजिक विकास र निर्णय प्रक्रियामा टेलिभिजनले पार्ने सकारात्मक प्रभावलाई उजागर गर्नु,
- टेलिभिजनका आविष्कारक: सन् १९२६ मा स्कटल्यान्डका वैज्ञानिक जोन लोगी बेयर्ड (John Logie Baird) ले यान्त्रिक टेलिभिजन (Mechanical Television) र सन् १९२७ मा फिलो फार्नस्वर्थ (Philo Farnsworth) ले विद्युतीय टेलिभिजन (Electronic Television) को सफल प्रदर्शन गरेका,