Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह, २०८३

  • Ajnabee Khadka
  • November 22, 2026
  • 120

विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह, २०८३

World Antimicrobial Resistance Awareness Week, 2083
  • यो सप्ताह विश्वव्यापी रूपमा हरेक वर्ष नोभेम्बर १८ देखि २४ सम्म (मङ्सिर १ देखि ८ गते) मनाइने,
  • वि.सं. २०८३ को मुख्य नारा (नेपाली): "एक स्वास्थ्य, एक अभियानः प्रतिजैविक प्रतिरोधको आजैबाट रोकथाम"
  • सन् २०२६ को मुख्य नारा (अंग्रेजी): "One Health, One Action: Prevent AMR Now"
  • मूल नाराको सन्देश: मानव, पशुपन्छी, वनस्पति र वातावरणीय स्वास्थ्यबीचको गहन अन्तरसम्बन्धलाई आत्मसात् गर्दै AMR को रोकथाम तथा नियन्त्रणका लागि सरोकारवाला सबै क्षेत्रको सामूहिक, समन्वयात्मक र एकीकृत प्रयासको निरन्तरता आवश्यक रहेको सन्देश यस नाराले दिएको,
  • प्रतिजैविक प्रतिरोध (AMR) को मुख्य कारण: एन्टिबायोटिक लगायतका प्रतिजैविक औषधिको अनुचित वा अत्याधिक प्रयोग एवं दुरुपयोगका कारण सूक्ष्मजीवहरूमा औषधिको प्रतिरोधात्मक क्षमतामा तीव्र वृद्धि
  • AMR का प्रत्यक्ष असरहरू: सामान्य सङ्क्रमणको उपचार जटिल बन्दै जानुका साथै मानव स्वास्थ्य, पशुपन्छीको स्वास्थ्य, कृषि उत्पादन, खाद्य सुरक्षा तथा वातावरणमा प्रत्यक्ष नकारात्मक असर परिरहेको,
  • चुनौती न्यूनीकरणका उपायहरू: प्रतिजैविक औषधिको समुचित प्रयोग, सङ्क्रमण रोकथाम तथा नियन्त्रण, सरसफाइ, खोपको प्रवर्द्धन र प्रभावकारी निगरानी प्रणालीको सुनिश्चितता गर्नु आजको मुख्य आवश्यकता
  • औषधि सेवनसम्बन्धी आचरण: चिकित्सकको सिफारिसबिना र आफूखुसी प्रतिजैविक औषधि प्रयोग नगर्ने तथा निर्धारित मात्रा र तोकिएको अवधिसम्म मात्र सेवन गर्ने व्यवहारको अनुपालन गर्न जरुरी
  • Reserve समूहका एन्टिबायोटिकको बिक्री नियम: Reserve समूहका एन्टिबायोटिकहरू अस्पताल फार्मेसीबाट मात्र बिक्री वितरण गर्ने व्यवस्था मिलाउन विभाग क्रियाशील रहेको,
  • औषधि व्यवस्था विभागको मुख्य भूमिका: प्रतिजैविक औषधिको गुणस्तर, सुरक्षा र प्रभावकारिता सुनिश्चित गर्नुका साथै उत्पादन, आयात, बिक्री वितरण र प्रयोगको नियमन तथा खपतसम्बन्धी तथ्याङ्क सङ्कलन गरी अन्तर्राष्ट्रिय स्तरमा प्रतिवेदन गर्ने कार्य विभागले गर्दछ,

Categories

  • Current Affairs 884
  • Gorkhapatra 356
  • Others 1208
  • Vacancy 1
  • Past Questions 163
  • Nepal Police 10

Latest Blogs

Chief Ministers and Provincial Heads of all seven provinces (Updated)
Current Affairs

सातै प्रदेशका प्रदेश मुख्यमन्त्री र प्रदेश प्रमुख (Updated)

  • Nov 22, 2026
  • 35
World Antimicrobial Resistance Awareness Week, 2083
Current Affairs

विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह, २०८३

  • Nov 22, 2026
  • 119
The third edition of the Nepal Premier League (NPL)
Current Affairs

नेपाल प्रिमियर लिग (NPL) को तेस्रो संस्करण

  • Nov 22, 2026
  • 92
Far Western Province, Sub Engineer (Fifth Level)— 2083/08/05
Past Questions

सुदुरपश्चिम प्रदेश, सब इन्जिनियर (पाँचौँ तह)— २०८३/०८/०५

  • Nov 21, 2026
  • 260
World Television Day, 2026
Current Affairs

विश्व टेलिभिजन दिवस, २०२६

  • Nov 21, 2026
  • 199
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA