नेपाल प्रिमियर लिग (NPL) को तेस्रो संस्करण
- आयोजक संस्था: नेपाल क्रिकेट संघ (क्यान)
- प्रतियोगिता अवधि: सन् २०२६ अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म (वि.सं. २०८३ कात्तिक ९ देखि मङ्सिर ५ गतेसम्म)
- मुख्य प्रायोजक (Title Sponsor): सिद्धार्थ बैंक (Siddhartha Bank)— एनपीएल (NPL) को पहिलो संस्करणदेखि नै मुख्य प्रायोजक रहँदै आएको,
- सहप्रायोजक (Official Partner): नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)— नेपाल क्रिकेट संघ (क्यान) र नेपाल टेलिकमबीच वि.सं. २०८३ कात्तिक १ गते (अक्टोबर १८, २०२६) मा आधिकारिक सम्झौता पत्र (MoU) मा हस्ताक्षर भएसँगै नेपाल टेलिकम तेस्रो संस्करणको एनपीएल (NPL Season 3) को 'आधिकारिक दूरसञ्चार साझेदार (Official Telecom Partner)' को रूपमा अनुबन्धित भएको,
- खेल स्थान (Venue): त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान (त्रिवि मैदान), कीर्तिपुर
- सहभागी टोली संख्या: कुल ८ वटा फ्रेन्चाइज टोलीहरू
१.) सुदूरपश्चिम रोयल्स (Sudurpaschim Royals)
२.) लुम्बिनी लायन्स (Lumbini Lions)
३.) चितवन राइनोज (Chitwan Rhinos)
४.) काठमाडौँ गोर्खाज (Kathmandu Gorkhas)
५.) विराटनगर किंग्स (Biratnagar Kings)
६.) जनकपुर बोल्ट्स (Janakpur Bolts)
७.) पोखरा एभेन्जर्स (Pokhara Avengers)
८.) कर्णाली याक्स (Karnali Yaks) - कुल खेल (Match) संख्या: ३२ खेलहरू
- एनपीएल (NPL) को तेस्रो संस्करणको पहिलो खेल: लुम्बिनी लायन्स बनाम सुदूरपश्चिम रोयल्स— लुम्बिनी लायन्स ७ विकेटले विजयी भएको,
- एनपीएल (NPL) को तेस्रो संस्करणको अन्तिम खेल (Final Match): लुम्बिनी लायन्स बनाम सुदूरपश्चिम रोयल्स
- एनपीएल (NPL) को तेस्रो संस्करणको विजेता टोली: दीपेन्द्रसिंह ऐरीको कप्तानीमा सुदूरपश्चिम रोयल्स
- एनपीएल (NPL) को तेस्रो संस्करणको उपविजेता टोली: रोहितकुमार पौडेलको कप्तानीमा लुम्बिनी लायन्स
- एनपीएल (NPL) को तेस्रो संस्करणको अन्तिम खेल (फाइनल) सम्बन्धी तथ्यपत्र;
- खेल मिति: वि.सं. २०८३ मंसिर ५ गते शनिबार (सन् २०२६ नोभेम्बर २१)
- खेल स्थान: त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
- प्रतिस्पर्धी टोलीहरू: सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स
- टस (Toss): सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले बलिङ (फिल्डिङ) रोजेको
- लुम्बिनी लायन्सको स्कोर: निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन (लक्ष्य १५६ रन) बनाएका ,
- सुदूरपश्चिम रोयल्सको स्कोर: १३.३ ओभरमा विना कुनै विकेट गुमाई १५८ रन बनाएका,
- खेलको नतिजा: सुदूरपश्चिम रोयल्स विजयी— अघिल्ला दुई संस्करणमा उपविजेता भएका सुदूरपश्चिम रोयल्सले पहिलो पटक उपाधि जितेको,
- फाइनल खेलको म्यान अफ द म्याच (Man of the Match): सुदूरपश्चिम रोयल्सका स्कटिस मूलको ओपनर ब्याट्सम्यान जर्ज मुन्सी
- जर्ज मुन्सीको विशेष कीर्तिमान: जर्ज मुन्सीले ४९ बलमा शतक प्रहार गर्दै ५४ बलमा अविजित १२५ रन (८ चौका, १२ छक्का) बनाएका — एनपीएल फाइनलमा शतक प्रहार गर्ने पहिलो खेलाडी
- उद्घाटन साझेदारी: जर्ज मुन्सी (१२५*) र विनोद भण्डारी (३०*) बीच पहिलो विकेटका लागि अविजित १५८ रनको कीर्तिमानी साझेदारी कायम भएको,

- एनपीएल (NPL) को तेस्रो संस्करणमा तेस्रो र चौथो हुने टोली क्रमशः चितवन राइनोज र काठमाडौँ गोर्खाज
- पुरस्कार राशि: विजेतालाई रु. १ करोड ५० लाख, उपविजेतालाई रु. ८० लाख, तेस्रोलाई रु. ४० लाख र चौथोलाई रु. ३० लाख
एनपीएल (NPL) को तेस्रो संस्करण – सम्पूर्ण तथ्यांकगत, व्यक्तिगत पुरस्कार र खेल नतिजासम्बन्धी संशिप्त तथ्यतालिका:
|
विवरण / शीर्षक |
जानकारी |
|
पहिलो विकेट लिने खेलाडी |
लुम्बिनी लायन्सका शेर मल्ल |
|
संस्करणको कुल छक्का (Total Sixes) |
३९१ वटा |
|
संस्करणको कुल चौका (Total Fours) |
५६९ वटा |
|
पहिलो अर्धसतक (Half-Century) बनाउने खेलाडी |
सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी |
|
पहिलो सतक (Century) बनाउने खेलाडी |
पोखरा एभेन्जर्सका युवराज सिंह साप्रा— उनले कर्णाली याक्सविरुद्ध १०२ रन प्रहार गर्दै संस्करणको पहिलो शतक बनाएका, |
|
सर्वाधिक अर्धसतक (Half-Century) बनाउने खेलाडी |
सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी— सिजनभर सर्वाधिक ३ वटा अर्धशतक प्रहार गरेका, |
|
सर्वाधिक छक्का (Six) प्रहार गर्ने खेलाडी |
बिराटनगर किंग्सका लोकेश बम (बिराटनगर)— १८ वटा |
|
सर्वाधिक चौंका (Four) प्रहार गर्ने खेलाडी |
युवराज सिंह साप्रा (पोखरा)— २९ वटा |
|
सतक हान्ने खेलाडीहरू |
जर्ज मुन्सी (सुदूरपश्चिम रोयल्स), कमिल मिशारा (चितवन राइनोज) र युवराज सिंह साम्रा (पोखरा एभेन्जर्स) |
|
२०० रन कटाउने पहिलो टोली |
पोखरा एभेन्जर्स— २०२६ नोभेम्बर ९ मा कर्णाली याक्सविरुद्ध २१७/३ रन बनाउँदै सिजन ३ मा २००+ स्कोर बनाउने पहिलो टोली बनेको, |
|
प्लेअफमा र फाइनल पुग्ने पहिलो (दुवै) टोली |
लुम्बिनी लायन्स |
|
उच्च टोली स्कोर (Highest Team Total) |
पोखरा एभेन्जर्स — २२४/३ (काठमाडौँ गोर्खाज विरुद्ध) |
|
न्यूनतम टोली स्कोर (Lowest Team Total): |
विराटनगर किंग्स — काठमाडौँ गोर्खाज विरुद्धको खेलमा १८.३ ओभरमा ८३ रन कायम गरेर अलआउट |
|
पहिलो छक्का (Six) हान्ने खेलाडी |
लुम्बिनी लायन्सका डी'आर्सी सर्ट |
|
पहिलो चौका (Four) हान्ने खेलाडी |
सुदूरपश्चिम रोयल्सका बिनोद भण्डारी |
|
प्लेअफबाट बाहिरिने पहिलो टोली |
पोखरा एभेन्जर्स |
|
स्कोर टेबलको शिर्षमा रहने टोली |
लुम्बिनी लायन्स |
|
ह्याट्रिक लिने पहिलो खेलाडी |
बिराटनगर किंग्सका कप्तान सन्दिप लामिछाने |
|
सर्वोत्कृष्ट खेलाडी (Player of the Tournament) |
सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी |
|
उत्कृष्ट नेपाली खेलाडी (Best Nepali Player) |
चितवन राइनोजका रिजन ढकाल |
|
गोल्डेन क्याप (सर्वाधिक विकेट) |
चितवन राइनोजका रिजन ढकाल (१७ विकेट लिएका) |
|
प्लाटिनम क्याप (सर्वाधिक रन) |
पोखरा एभेन्जर्सका युवराज सिंह साम्रा (२९४ रन) |
|
उदीयमान खेलाडी (Emerging Player) |
जनकपुर बोल्ट्सका राहुल यादव |
|
इनर्जेटिक प्लेयर अफ दी टुर्नामेन्ट (Energetic Player of the Match) |
चितवन राइनोजका कमिल मिशारा |
|
सर्वाधिक रन बनाउने तीन खेलाडी |
१.) युवराज सिंह साप्रा (पोखरा एभेन्जर्स): २९४ रन २.) लोकेश बम (बिराटनगर किंग्स): २४२ रन ३.) रबि बोपरा (चितवन राइनोज): २३८ रन |
|
सर्वाधिक विकेट लिने खेलाडी |
१. रिजन ढकाल (चितवन राइनोज): १७ विकेट २. स्कट कुगलिन (सुदुरपश्चिम रोयल्स): १५ विकेट ३. कमल सिंह ऐरी (चितवन राइनोज): १३ विकेट |
- एनपीएल (NPL) को तेस्रो संस्करण (तेस्रो संस्करणलाई मात्र) लाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (International Cricket Council - ICC) ले आधिकारिक रूपमा स्वीकृति (Sanction) प्रदान गरेको— क्यानका सचिव पारस खड्काले वि.सं. २०८३ असोज ३१ गते (अक्टोबर १६, २०२६) मा प्रेस विज्ञप्ति जारी गर्दै आईसीसीको यस ऐतिहासिक निर्णयबारे औपचारिक जानकारी गराएका,
- एनपीएल (NPL) को तेस्रो संस्करणदेखि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) को नयाँ नियमअनुसार एउटा फ्रेन्चाइज टोलीले बढीमा ८ जना विदेशी खेलाडी टिममा राख्न पाउने व्यवस्था गरिएको— वि.सं. २०८३ आश्विन ३०
- एनपीएल (NPL) को तेस्रो संस्करणमा पहिलोपटक निर्णय पुनरावलोकन प्रणाली (DRS - Decision Review System) प्रविधि लागू गर्ने तयारी अन्तिम चरणमा— यस प्रविधिको पहिलो प्रयोग वि.सं. २०८३ कात्तिक ९ को एनपीएल (NPL) को तेस्रो संस्करणको लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स बीच भएको उद्घाटन खेलमा भएको,
- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) ले नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने एनपीएल (NPL) को तेस्रो संस्करणका सबै खेललाई आधिकारिक रूपमा 'लिस्ट ए टी–२० (List A T20)' को मान्यता प्रदान गरेको,