विश्व उच्च रक्तचाप दिवस, २०२६
- मिति: हरेक वर्ष मे १७ (यस वर्ष सन् २०२६ मे १७, विक्रम संवत अनुसार २०८३ जेठ ४ गते)
- संस्करण: २१ औं
- सन् २०२६ को अन्तर्राष्ट्रिय नारा: "Controlling Hypertension Together: check your blood pressure regularly, defeat the silent killer (उच्च रक्तचाप नियन्त्रणमा सामूहिक सहकार्य: आफ्नो रक्तचाप नियमित जाँचौं, यो मौन हत्यारालाई परास्त गरौं।)"
- शुरुआत: यो दिवस सन् २००५ देखि "विश्व उच्च रक्तचाप लिग (World Hypertension League (WHL))" को नेतृत्वमा मनाउन थालिएको,
उच्च रक्तचाप (Hypertension) भनेको के हो?
- मुटुले शरीरभरि रगत पम्प गर्दा रक्तनलीको भित्तामा पर्ने चाप (Pressure) सामान्य भन्दा लगातार बढी हुनु नै उच्च रक्तचाप (Hypertension),
- यसलाई बोलचालको भाषामा "High Blood Pressure" भनिन्छ,
-
रक्तचापलाई दुईवटा अंकमा नापिन्छ (जस्तै: १२०/८० mmHg):
- सिस्टोलिक (माथिल्लो अंक): मुटु खुम्चिएर रगत बाहिर पम्प हुँदाको चाप
- डायस्टोलिक (तल्लो अंक): दुई धड्कनको बीचमा मुटुले आराम गर्दाको चाप
नेपाली र अन्तर्राष्ट्रिय स्वास्थ्य मापदण्ड अनुसार रक्तचापको अवस्थालाई यसरी वर्गीकरण गरिएको छ:
| क्र.सं. | रक्तचापको अवस्था (Category) | सिस्टोलिक (माथिल्लो अङ्क) | डायस्टोलिक (तल्लो अङ्क) | |
| १ | सामान्य (Normal) | १२० भन्दा कम | र (AND) | ८० भन्दा कम |
| २ | बढेको (Elevated) | १२० – १२९ | र (AND) | ८० भन्दा कम |
| ३ | उच्च रक्तचाप - चरण १ (Hypertension Stage 1) | १३० – १३९ | वा (OR) | ८० – ८९ |
| ४ | उच्च रक्तचाप - चरण २ (Hypertension Stage 2) | १४० वा सोभन्दा बढी | वा (OR) | ९० वा सोभन्दा बढी |
| ५ | अत्यधिक उच्च जोखिम (Hypertensive Crisis) | १८० भन्दा बढी | र/वा (AND/OR) | १२० भन्दा बढी |