Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

विश्व खुशी प्रतिवेदन २०२६

  • Ajnabee Khadka
  • March 20, 2026
  • 1119

विश्व खुशी प्रतिवेदन २०२६

World Happiness Report 2026
  • अक्सफोर्ड विश्वविद्यालयको वेलबिइङ रिसर्च सेन्टर, ग्यालप (Gallup) र संयुक्त राष्ट्र संघको दिगो विकास समाधान नेटवर्क (UN SDSN) को सहकार्यमा तयार पारिएको एक आधिकारिक दस्तावेज,
  • सन् २०२६ को प्रतिवेदनको मुख्य विषयवस्तु 'खुशी र सामाजिक सञ्जाल' (Happiness and Social Media) रहेको,
  • यसले विशेष गरी डिजिटल प्लेटफर्महरूको बनोट, प्रयोगको तरिका र एल्गोरिदमले युवा पुस्ताको मानसिक स्वास्थ्य एवं जीवन सन्तुष्टिमा पारिरहेको गम्भीर प्रभावलाई केन्द्रमा राखेको;
    • यो वर्षको प्रतिवेदनले विशेष गरी सामाजिक सञ्जाल र यसले युवाहरूको मानसिक स्वास्थ्यमा पार्ने प्रभावलाई केन्द्रित गरेको,
    • अध्ययनले देखाएको छ कि सामाजिक सञ्जालको अत्यधिक प्रयोग (विशेष गरी दिनको ५ घण्टाभन्दा बढी) ले अंग्रेजी भाषी देशहरू र पश्चिमी युरोपमा युवाहरूको खुशी घटाएको,
    • यद्यपि, ल्याटिन अमेरिका जस्ता क्षेत्रहरूमा सामाजिक सञ्जालको उच्च प्रयोग भए पनि युवाहरूको खुशीको स्तर तुलनात्मक रूपमा राम्रो देखिएको छ, जसले गर्दा प्लेटफर्मको डिजाइन र प्रयोग गर्ने तरिका महत्वपूर्ण रहेको,

विश्वव्यापी र्‍याङ्किङ २०२६: शीर्ष १० देशहरू:

विश्वव्यापी स्थान
देश
खुशीको अंक (Score)
१
फिनल्याण्ड
७.७६४
२
आइसल्याण्ड
७.५४०
३
डेनमार्क
७.५३९
४
कोस्टा रिका
७.४३९ 
५
स्वीडेन
७.२५५
६
नर्वे
७.२४२
७
नेदरल्याण्ड्स
७.२२३
८
इजरायल
७.१८७
९
लक्जमबर्ग
७.०६३
१०
स्विट्जरल्याण्ड
७.०१८
  • फिनल्याण्ड लगातार नौ वर्षदेखि (२०१८ देखि) विश्वको सबैभन्दा खुसी देशको रूपमा रहेको,
  • कोस्टा रिका चौथो स्थानमा उक्लिनु कुनै पनि ल्याटिन अमेरिकी देशका लागि अहिलेसम्मकै उच्च र्‍याङ्किङ,
  • शीर्ष १० को सूचीमा अधिकांश देशहरू नर्डिक र पश्चिमी युरोपेली राष्ट्रहरू रहेका,

विश्वव्यापी र्‍याङ्किङ २०२६: न्यूनमा रहेका १० देशहरू:

विश्वव्यापी स्थान
देश
खुशीको अंक (Score)
१४७
अफगानिस्तान
१.४४६ 
१४६
सिएरा लियोन
३.२५१
१४५
मलावी
३.२८४
१४४
जिम्बावे
३.३४६ 
१४३
बोत्स्वाना
३.४६४ 
१४२
यमन
३.५३२
१४१
लेबनान
३.७२३ 
१४०
कंगो लोकतान्त्रिक गणतन्त्र
३.७६१
१३९
इजिप्ट
३.८६२
१३८
तान्जानिया
३.९०२ 

 

विश्व खुशी प्रतिवेदन २०२६ अनुसार नेपालको स्थिति:

  • विश्वव्यापी स्थान: नेपाल विश्वका १४७ देशहरूमध्ये ९९औँ स्थानमा रहेको,
  • खुशीको अंक (Score): नेपालले १० मा ५.१४७ अंक प्राप्त गरेको,
  • तथ्याङ्कको आधार: यो र्‍याङ्किङ सन् २०२३ देखि २०२५ सम्मको ग्यालप वर्ल्ड पोल (Gallup World Poll) को तीन वर्षको औसत तथ्याङ्कमा आधारित

दक्षिण एसियाली राष्ट्रहरूको खुशीको स्तर (२०२६):

विश्वव्यापी स्थान
देश
खुशीको अंक (Score)
९९
नेपाल
५.१४७ 
१०४
पाकिस्तान
४.८६८
११६
भारत
४.५३६
१२७
बंगलादेश
४.३१९
१३४
श्रीलंका
४.०१३
१४७
अफगानिस्तान
१.४४६
  • नेपाल दक्षिण एसियामा सबैभन्दा खुशी देश: यो क्षेत्रमा नेपाल ९९औँ स्थानका साथ शीर्ष स्थानमा रहेको,
  • अफगानिस्तान (१४७औँ स्थान) दक्षिण एसियामा मात्र नभई विश्वकै सबैभन्दा कम खुशी देशको रूपमा रहेको,

Categories

  • Current Affairs 804
  • Gorkhapatra 345
  • Others 1189
  • Vacancy 1
  • Past Questions 149
  • Nepal Police 9

Latest Blogs

National Day Collection (2083, Vaisakh-Asoj)
Current Affairs

राष्ट्रिय दिवस सङ्गालो (वि.सं. २०८३ वैशाख–असोज)

  • Sep 24, 2026
  • 67
Kavidanda National Short Story Award-2082
Current Affairs

कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार-२०८२

  • Sep 24, 2026
  • 196
Nepal Rastra Bank issues Rs. 1,000 note with new features
Current Affairs

नेपाल राष्ट्र बैंकद्वारा नयाँ विशेषतासहितको रु. १,००० को नोट जारी

  • Sep 24, 2026
  • 213
International Sign Language Day, 2026
Current Affairs

अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस, २०२६

  • Sep 23, 2026
  • 95
The number of countries with which Nepal has established diplomatic relations has reached 186
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८६ पुगेको

  • Sep 23, 2026
  • 133
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA