Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

खानेपानी तथा सरसफाइ

  • Bikash Shrestha
  • August 12, 2025
  • 555

खानेपानी तथा सरसफाइ

Water supply and sanitation

राष्ट्रिय योजना आयोगका अनुसार नेपाल सरकारले “दिगो विकासका लक्ष्यहरू २०१५–२०३०” अनुरूप सन् २०३० सम्म ९९ प्रतिशत जनसङ्ख्यालाई आधारभूत स्तरको खानेपानी र सरसफाइ सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ। यो लक्ष्य सरकारी प्रयास मात्रले हासिल गर्न कठिन हुने भएकाले स्थानीय तह, समुदाय, उपभोक्ता, गैरसरकारी सङ्घ–संस्था लगायतका निकायहरूले एकीकृत र समन्वयात्मक रूपमा काम गर्न आवश्यक छ। साथै, खानेपानी र सरसफाइका कार्यक्रमहरूलाई आपसमा सम्बद्ध गर्दै कार्यान्वयनमा लैजानुपर्ने देखिन्छ।आर्थिक सर्वेक्षण २०८०/८१ अनुसार, २०८० फागुनसम्म आधारभूत खानेपानी पहुँच ९६.७५ प्रतिशत जनसङ्ख्यामा पुगेको छ भने उच्च मध्यमस्तरको खानेपानी पहुँच २७.७६ प्रतिशत जनसङ्ख्यामा मात्र पुगेको छ। आधारभूत सरसफाइको पहुँच भने ९५.५० प्रतिशत जनसङ्ख्यामा पुगेको छ। खानेपानी क्षेत्रमा विभिन्न निकाय सक्रिय रहेका छन्। खानेपानीको गुणस्तर र सेवा स्तर वृद्धि गर्न शहरी तथा अर्धशहरी क्षेत्रमा उपभोक्ताको सहकार्यमा आयोजना कार्यान्वयन भइरहेका छन्। सरोकारवालासँगको सहकार्य र सहभागितामा पूर्ण सरसफाइ कार्यक्रम सञ्चालन गरी खुला दिशामुक्त क्षेत्रको विकास गर्ने प्रयास भइरहेको छ। यसै सन्दर्भमा बागमती नदी सफाइलाई ‘महाअभियान’का रूपमा सञ्चालन गरी, देशभरका नदी–नाला सफा राख्ने सन्देश फैलाइएको देखिन्छ।

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1197
  • Vacancy 1
  • Past Questions 155
  • Nepal Police 10

Latest Blogs

Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 129
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 42
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 183
Ballon d'Or 2026
Current Affairs

बैलन डी'ओर, २०२६

  • Oct 27, 2026
  • 159
Best Bank Award, 2026
Current Affairs

बेष्ट बैंक अवार्ड, २०२६

  • Oct 26, 2026
  • 178
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA