Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Ajnabee Khadka
  • October 28, 2026
  • 166

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)

१. तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल), २०२६ को आयोजना मिति कुन हो ? 

➤ सन् २०२६ अक्टोबर २६–नोभेम्बर २१

  • स्थान : अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुर 
  • उद्घाटन : प्रधानमन्त्री वालेन्द्र शाहद्वारा । 
  • सहभागी टोली : ८ 

  • पहिलो खेल : लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स (लुम्बिनी लायन्स विजयी)
  • कुल खेल : ३२ 
  • सन् २०२६ अक्टोबर १६ मा आइसिसीले एनपिएललाई ‘लिस्ट ए टी२०’ को मान्यता प्रदान गरेको । 
  • यस संस्करणमा पहिलोपल्ट डिआरएस प्रणालीको सुरुवात भएको । 
  • पहिलो संस्करण : सन् २०२४ नोभेम्बर ३० डिसेम्बर २१  विजेता : जनकपुर बोल्ट्स, उपविजेता : सुदूरपश्चिम रोयल्स 
  • दोस्रो संस्करण : सन् २०२५ नोभेम्बर १७ डिसेम्बर १३ 
  • विजेता : लुम्बिनी लायन्स, उपविजेता : सुदूरपश्चिम रोयल्स 

 

२. विश्व भोकमरी सूचकाङ्क २०२६ अनुसार नेपाल कति औँ स्थानमा रहेको छ ?

➤ ७२ औँ 

  • कुल १२२ देशमध्ये नेपाल १४.५ अङ्कसहित ७२ औँ स्थानमा रहँदै मध्यम श्रेणीमा सूचीकृत भएको ।
  • पाँच वर्षमुनिका बालबालिकामा पुड्कोपन सन् २००० को ५५.९ प्रतिशतबाट हाल २६.२ प्रतिशतमा सीमित भएको ।
  • गणनाका चार सूचक : अपर्याप्त क्यालोरी सेवन, उमेर अनुसार उचाइ कम हुनु (पुड्कोपन), उचाइ अनुसार तौल कम हुनु (ख्याउटेपन) र पाँच वर्षमुनिको बाल मृत्युदर समावेश गरिएको ।

  • विश्वको औसत १८.१ अङ्क रहँदा दक्षिण एसियाको क्षेत्रीय औसत २३.५ अङ्क रहेकाले यस क्षेत्रमा भोकमरीको समस्या विश्व औसतभन्दा बढी गम्भीर देखिएको ।

 

३. सन् २०२७ मा अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैङ्क समूहको ‘बोर्ड अफ गभर्नर्स’ को अध्यक्षता कुन देशले समाल्ने भएको छ ?

➤ पाकिस्तान 

  • थाइल्यान्डको बैङ्ककमा आयोजित बैठकबाट पाकिस्तानका आर्थिक मामिला मन्त्री एवम् विश्व बैङ्कका गभर्नर अहद खान चीमा आगामी अध्यक्षका रूपमा चयन भएका ।
  • ड्ब्ल्युबिजीआईएमएफको वार्षिक बैठक थाइल्यान्डको बैङ्ककमा अक्टोबर १२ देखि १८ सम्म आयोजना भएको ।
  • विश्व अर्थतन्त्रका समसामयिक चुनौतीमाथि छलफल गर्न १९१ देशका गभर्नर तथा नीति निर्मातासहित १५ हजारभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको । 

 

४. ७१ औँ प्रहरी दिवसका अवसरमा ‘सर्वोत्कृष्ट अपराध अनुसन्धानकर्ता पुरस्कार’ कसलाई प्रदान गरियो ?

➤ सुवास भट्ट (प्रहरी नायब उपरीक्षकडिएसपी)

  • फौजदारी अपराधको वस्तुनिष्ठ तथा वैज्ञानिक अनुसन्धानमा उत्कृष्ट कार्यसम्पादन र व्यावसायिक निष्ठा प्रदर्शन गरेबापत सो पुरस्कार प्रदान गरिएको । 
  • २०८२ फागुन महिना बागमती प्रदेशकै सर्वोत्कृष्ट प्रहरी घोषित भएका । 
  • गोरखा जिल्ला निवासी भट्ट वि.सं. २०७० मा प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदबाट नेपाल प्रहरी सेवामा प्रवेश गरेका ।

71st Police Day 2083

५. हालै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट आधिकारिक मान्यताप्राप्त गर्न सफल नेपालको घरेलु क्रिकेट प्रतियोगिता कुन हो ?

➤ नेपाल प्रिमियर लिग (एनपिएल)

  • वि.सं. २०८३ असोज ३० (सन् २०२६ अक्टोबर १६) गते क्यानद्वारा प्रेस विज्ञप्ति जारी गरी आइसिसीबाट मान्यता पाएको जानकारी दिइएको ।
  • आइसिसीको मान्यताले नेपाली क्रिकेटको विकास, विस्तार र अन्तर्राष्ट्रिय पहिचानलाई सुदृढ बनाउन सहयोग पुग्ने विश्वास गरिएको ।
  • आगामी मङ्सिर पहिलो हप्ता काठमाडौँमा आइसिसीको एसिया सम्मेलन आयोजना गर्ने तय भएको ।
  • एसिया सम्मेलनमा सहभागी अन्तर्राष्ट्रिय प्रतिनिधिहरूले एनपीएलको फाइनलसहित दुई खेल प्रत्यक्ष अवलोकन गर्ने बताइएको । 

नेपाल प्रिमियर लिग मंसिर १५ देखि सुरु हुने | Nagarik News

६. लन्डनस्थित नेचुरल हिस्ट्री म्युजियमद्वारा प्रदान गरिने प्रतिष्ठित ‘वाइल्ड लाइफ फोटोग्राफर अफ दी इयर २०२६’ को उपाधि विजेता फोटोग्राफर को हुन् ? 

➤ फेडेरिको भेरोनेसी 

  • नामिबियाको हुब नदी उपत्यकामा मृत बच्चालाई सुँड र दाह्राको बिचमा च्यापेर हिँडिरहेको पोथी हात्तीको भावुक दृश्य कैद गरिएको तस्बिरका लागि इटालियन फोटोग्राफर भेरोनेसीले सो अवार्ड जितेका । 
  • विगत २० वर्ष लामो वन्यजन्तु फोटोग्राफी यात्रामा यो घटना सबैभन्दा हृदयविदारक भएको फोटोग्राफरले बताएका ।
  • लन्डनस्थित नेचुरल हिस्ट्री म्युजियमद्वारा सन् १९६५ देखि यो प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगिता नियमित आयोजना हुँदै आएको ।

७. विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस कहिले मनाउने गरिन्छ ? 

➤ अक्टोबर १३ 

  • सन् २०२६ को नारा : उत्थानशीलताको सुरुवात घरबाटै हुन्छ ।
  • घर तथा आवासलाई सुरक्षित, किफायती र स्थानीय विपत् जोखिम सामना गर्न सक्षम बनाउने लक्ष्य लिइएको ।
  • अनियन्त्रित मानवीय क्रियाकलाप, प्राकृतिक स्रोतको अविवेकी प्रयोग र जलवायु परिवर्तनले विपत्को जोखिम थप बढाएको ।
  • जटिल भूबनोट, भौगोलिक विविधता र फरक हावापानीका कारण नेपाल भूकम्प, बाढी तथा पहिरो जस्ता प्राकृतिक विपत्तिको उच्च जोखिममा रहेको ।

८. अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को ‘विश्व आर्थिक परिदृश्य’ प्रतिवेदन अनुसार सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर कति प्रतिशत रहने प्रक्षेपण गरिएको छ ?

➤ ३.६ प्रतिशत

  • आईएमएफले सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत र सन् २०२७ मा ३.७ प्रतिशत रहने प्रक्षेपण गरेको ।
  • सन् २०२५ को अनुमानित ४.४ प्रतिशतको तुलनामा आगामी दुई वर्ष नेपालको आर्थिक विस्तार सुस्त भई ४ प्रतिशतभन्दा तल नै रहने जनाइएको । 
  • सन् २०२६ मा महँगीको दबाब केही कम भए पनि सन् २०२७ मा उपभोक्ताले पुन: मूल्यवृद्धिको सामना गर्नुपर्ने सङ्केत देखिएको ।
  • पेट्रोलियम पदार्थको मूल्यवृद्धि र अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खलाको अवरोधले नेपाल जस्तो आयातमा निर्भर अर्थतन्त्र प्रभावित हुन सक्ने प्रतिवेदनले जनाएको । 

 

९. विश्व मानसिक स्वास्थ्य दिवस कहिले मनाउने गरिन्छ ? 

➤ अक्टोबर १० 

  • सन् २०२६ को नारा : जीवन्त अनुभवको सुनुवाइ : वास्तविक आवाज, वास्तविक परिवर्तन । 
  • विश्व मानसिक स्वास्थ्य महासङ्घको पहलमा सन् १९९२ देखि सुरु भई सन् १९९४ देखि विश्व स्वास्थ्य सङ्गठनको सहकार्यमा वार्षिक नारासहित मनाउन थालिएको ।
  • सामाजिक सङ्कोच, नकारात्मक धारणा र विभेदका कारण समस्यामा परेका व्यक्तिहरूले समयमै परामर्श तथा उपचार लिन हिचकिचाउने अवस्थालाई प्रभावकारी ढङ्गले सुधार कार्य अघि बढाउनुपर्ने । 
  • मानसिक स्वास्थ्य सेवाको विस्तार, दक्ष जनशक्ति व्यवस्थापन, पूर्वाधार निर्माण र पर्याप्त बजेट विनियोजन गर्नुपर्नेमा जोड दिइएको ।

World Mental Health Day, 2026

१०. प्रतिष्ठित ‘बालोन डी’ओर’ अवार्ड २०२६ विजेता फुटबलर कोको हुन् ? 

➤ पुरुषतर्फ : ह्यारी केन (इंग्ल्यान्ड/बायर्न म्युनिख)

  • महिलातर्फ : एलेक्सिया पुटेलास (स्पेन/बार्सिलोना)
  • सन् २०२६ को विश्वकप फुटबल प्रतियोगितामा ६ गोल गर्दै इंग्ल्यान्डलाई सेमिफाइनलसम्म पुर्‍याउन केनले महत्वपूर्ण भूमिका खेलेका ।
  • स्पेनकी मिडफिल्डर एलेक्सिया पुटेलासले तेस्रोपटक महिला बालोन डी’ओर हात पार्न सफल भएकी ।

११. हालै अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनको आयोजना कहिले र कहाँ सम्पन्न भयो ? 

➤ वि.सं. २०८३ असोज २७-२८, विराटनगर, कोशी प्रदेश 

  • आयोजना : कोशी प्रदेश सरकार
  • विराटनगर घोषणापत्र जारी । 
  • सङ्घीयता कार्यान्वयनमा देखिएका संवैधानिक तथा प्रशासनिक जटिलता समाधान गर्दै प्रदेशको अधिकार सुनिश्चित गर्न साझा धारणा तय गरिएको ।
  • आयोजक कोशीसहित मधेश (कृष्णप्रसाद यादव), बागमती (किरण थापामगर), गण्डकी (सुरेन्द्रराज पाण्डे), लुम्बिनी (चेतनारायण आचार्य) र कर्णाली (मङ्गलबहादुर शाही) गरी ६ प्रदेशका मुख्यमन्त्री सहभागी भएका ।
  • सुदूरपश्चिम प्रदेशको तर्फबाट प्रमुख सचिव उत्तरकुमार खत्रीको सहभागिता रहेको । 
  • सम्मेलनमा प्रदेशहरूका प्रमुख सचिव, प्रदेश योजना आयोगका उपाध्यक्ष र मुख्य न्यायाधिवक्तासहितको टोली सामेल रहेको ।

अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन सुरु – Online Khabar

१२. भैरव पुरस्कार गुठीद्वारा वि.सं. २०८३ को ‘भैरव पुरस्कार’ कसलाई प्रदान गरियो ? 

➤ हास्य व्यङ्ग्यकार आरसी. रिजाल (राशि: रु. १,११,१११/)

  • भैरव वाङ्मय पुरस्कार : टेकवीर मुखिया (वरिष्ठ चित्रकार) 
  • पुरस्कार राशि : (राशि: रु. १,११,१११/) 
  • भैरव प्रतिभा पुरस्कार : स्रष्टा देवीप्रसाद चापागाईं (राशि: रु. ५१ हजार १ सय ११) 

Bhairava Award, 2083

१३. नेपाल राष्ट्र बैङ्कको आर्थिक गतिविधिसम्बन्धी वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८२/८३ मा बागमती प्रदेशको आर्थिक वृद्धिदर कति प्रतिशत रहने अनुमान छ ?

➤ ५.४० प्रतिशत (राष्ट्रिय आर्थिक वृद्धिदर उपभोक्ताको मूल्यमा ३.८५ प्रतिशत रहने अनुमान)

  • प्रदेशको कुल गार्हस्थ उत्पादनमा सेवा क्षेत्रको ७६.५३ प्रतिशत, उद्योग क्षेत्रको १२.२४ प्रतिशत र कृषि क्षेत्रको ११.२३ प्रतिशत योगदान रहेको ।
  • समग्र बालीले ढाकेको क्षेत्रफल १.४ प्रतिशत र बाली उत्पादन ७.८ प्रतिशतले घटेको (प्रमुख खाद्यान्नमध्ये जौ सर्वाधिक १३.६ प्रतिशतले बढेको र अन्डा उत्पादन ८.३ प्रतिशतले घटेको) ।
  • उद्योगहरूको औसत उत्पादन क्षमता उपयोग बढेर ४१.०८ प्रतिशत (अघिल्लो वर्ष ३७.४९ प्रतिशत) पुगेको र होटेलहरूको औसत अकुपेन्सी ४७.९ प्रतिशत रहेको ।
  • प्रदेशमा कुल निक्षेप सङ्कलन ९.७९ प्रतिशत र कर्जा प्रवाह ९.०७ प्रतिशतले बढेको 
  • (कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा ३६.८१ प्रतिशत र कृषिमा ३.३ प्रतिशत प्रवाह भएको) ।
  • घरजग्गा रजिस्ट्रेसन सङ्ख्या ९.६ प्रतिशतले बढे तापनि सोबापतको राजस्व सङ्कलन १६.८ प्रतिशतले घटेको ।
  • कुल विनियोजित ६७ अर्ब ४८ करोड बजेटमध्ये ६८.१८ प्रतिशत (४६ अर्ब रुपियाँ) खर्च भई ३० अर्ब ६७ करोड रुपियाँ राजस्व सङ्कलन भएको ।

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1197
  • Vacancy 1
  • Past Questions 155
  • Nepal Police 10

Latest Blogs

Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 117
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 33
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 165
Ballon d'Or 2026
Current Affairs

बैलन डी'ओर, २०२६

  • Oct 27, 2026
  • 150
Best Bank Award, 2026
Current Affairs

बेष्ट बैंक अवार्ड, २०२६

  • Oct 26, 2026
  • 165
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA