नेपाल प्रिमियर लिग (NPL) को तेस्रो संस्करण— के के हुँदै छ त नयाँ?
- आयोजक संस्था: नेपाल क्रिकेट संघ (क्यान)
- मुख्य प्रायोजक (Title Sponsor): सिद्धार्थ बैंक (Siddhartha Bank NPL 2026)— नेपाल प्रिमियर लिग (NPL) को पहिलो संस्करणदेखि नै मुख्य प्रायोजक रहँदै आएको,
- सहप्रायोजक (Official Partner): नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)— नेपाल क्रिकेट संघ (क्यान) र नेपाल टेलिकमबीच वि.सं. २०८३ कात्तिक १ गते (अक्टोबर १८, २०२६) मा आधिकारिक सम्झौता पत्र (MoU) मा हस्ताक्षर भएसँगै नेपाल टेलिकम तेस्रो संस्करणको एनपीएल (NPL Season 3) को 'आधिकारिक दूरसञ्चार साझेदार (Official Telecom Partner)' को रूपमा अनुबन्धित भएको,
- प्रतियोगिता अवधि: सन् २०२६ अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म (वि.सं. २०८३ कात्तिक ९ देखि मङ्सिर ५ गतेसम्म)
- खेल स्थान (Venue): त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान (त्रिवि मैदान), कीर्तिपुर
- सहभागी टोली संख्या: कुल ८ वटा फ्रेन्चाइज टोलीहरू
- कुल खेल (Match) संख्या: ३२ खेलहरू
- नेपाल प्रिमियर लिग (NPL) को तेस्रो संस्करण (तेस्रो संस्करणलाई मात्र) लाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (International Cricket Council - ICC) ले आधिकारिक रूपमा स्वीकृति (Sanction) प्रदान गरेको— क्यानका सचिव पारस खड्काले वि.सं. २०८३ असोज ३१ गते (अक्टोबर १६, २०२६) मा प्रेस विज्ञप्ति जारी गर्दै आईसीसीको यस ऐतिहासिक निर्णयबारे औपचारिक जानकारी गराएका,
- एनपीएल (NPL) को तेस्रो संस्करणदेखि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) को नयाँ नियमअनुसार एउटा फ्रेन्चाइज टोलीले बढीमा ८ जना विदेशी खेलाडी टिममा राख्न पाउने व्यवस्था गरिएको— वि.सं. २०८३ आश्विन ३०
नेपाल प्रिमियर लिग (NP) को तेस्रो संस्करणमा आवद्ध हुनेभएका विदेश खेलाडीहरु:
| फ्रेन्चाइज टोली (Team) | खेलाडी | खेलाडीको आवद्ध राष्ट्र |
| विराटनगर किङ्स (Biratnagar Kings) | आन्द्रे रसेल (Andre Russell) | वेस्ट इन्डिज (West Indies) |
| काठमाडौँ गुर्खाज़ (Kathmandu Gorkhas) | डेविड वार्नर (David Warner) | अस्ट्रेलिया (Australia) |
| पोखरा एभेन्जर्स (Pokhara Avengers) |
शकिब अल हसन (Shakib Al Hasan) धनञ्जय लक्षण (Dhananjaya Lakshan) |
बंगलादेश (Bangladesh) श्रीलंका (Sri Lanka) |
- पाकिस्तानका पूर्वकप्तान मिसबाह उल हक सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षक नियुक्त— वि.सं. २०८३ आश्विन ३०
- फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सले भारतका पूर्वअन्तर्राष्ट्रिय प्रसिद्ध अलराउन्डर इरफान पठानलाई आफ्नो आधिकारिक 'क्रिकेट सद्भावना दूत (Cricket Ambassador)' नियुक्त— वि.सं. २०८३ आश्विन ३१
- एनपीएल (NPL) को तेस्रो संस्करणमा पहिलोपटक निर्णय पुनरावलोकन प्रणाली (DRS - Decision Review System) प्रविधि लागू गर्ने तयारी अन्तिम चरणमा— यस प्रविधिको कुल लागत नेपाल क्रिकेट संघ (क्यान) र सहभागी आठवटै फ्रेन्चाइज टोलीहरूले संयुक्त रूपमा बेहोर्ने सहमति भएको,